Posts

Samay News on Basu

दानवीर कमरेड ज्योति बाबुको अन्तिम संस्कार ज्योति बाबुको पार्थिव शरीर घाट होइन अस्पताल पुग्यो समय संवाददाता कोलकाता, 19 जनवरी। पश्चिम बङ्‌गालका पूर्व मुख्यमन्त्री एवं वरिष्ठ वामपन्थी नेता ज्योति बसूको आज कोलकातामा अन्तिम संस्कार पूरै राजकीय सम्मानसहित गरियो, तथापि राष्ट्रिय झण्डा तिरङ्गा र पार्टीको रातो झण्डामा लपेटिएको उनको पार्थिव शरीर पञ्चतत्वमा विलिन भएन। उनको अन्तिम यात्रा एक उदाहरण बन्यो आफैमा ऐतिहासिक बन्यो। उनले शोधकार्यका लागि मृत्युपछि शरीर दान गरेर एउटा उदाहरण पेश गरे। आफ्ना प्रिय मार्क्सवादी नेता ज्योति बसूको अन्तिम दर्शन गर्नका लागि कोलकातामा लाखौं मानिस भेला भएका थिए। बसूको अन्तिम यात्रामा लाखौंले सहभागिता जनाए। तर ज्योति बसूको पार्थिव शरीर न त जलाइयो न त दफन गरियो। उनको पार्थिव शरीर अस्पताललाई दान दिइयो। स्वर्गीय वामपन्थी नेता ज्योति बसूको पार्थिव शरीर पञ्च तत्वमा विलिन भएन उनको पार्थिव शरीर शमसानघाट लगिएन। उनले अन्तिम यात्रा अस्पतालको गरे। आज बिहानबाटै कोलकाताका सडकहरूमा मानिसहरूको भीड थियो। मानिसहरू हातमा फूल र आँखामा आशु लिएर ज्योति बाबुलाई बिदा गर्न भेला भएका थिए।...

Samay News

राज्यस्तरीय पञ्चायत सम्मेलन सम्पन्न जबसम्म सिक्किमे जनता उत्पादक बन्दैनन्‌ तबसम्म सिक्किम उत्पादक राज्य बन्नसक्दैन ः मुख्यमन्त्री 0अर्जुन राई गान्तोक, 19 जनवरी। \"प्रत्येक सिक्किमे उत्पादक बन्नुपर्छ, जबसम्म सिक्किमे जनता उत्पादक बन्दैनन्‌ तबसम्म सिक्किम उत्पादक राज्य बन्नसक्दैन, पूर्ण विकसित राज्य बन्नसक्दैन। जनतालाई धनी बनाउन उत्पादक बनाउनु पर्छ र यसमा प्रत्येक पञ्चायतले आफ्ना जनतालाई उत्पादक बनाउने जिम्मेवारी उठाउनुपर्छ। हाम्रो सरकारले सम्पूर्ण सिक्किमे र सिक्किमलाई धनी र विकसित गराउने उद्देश्यले काम गरिरहेको छ। हाम्रो सरकारमा पनि गल्ती हुनसक्छन्‌, हामीसित पनि कमी-कमजोरी हुनसक्छन्‌। त्यसलाई सुधार्नुपर्छ।\' उक्त मन्तव्य मुख्यमन्त्री पवन चामलिङले व्यक्त गरेका हुन्‌। मुख्यमन्त्री चामलिङले आज सिच्छे सब्जीमण्डीस्थित खेल मैदानमा आयोजित राज्यस्तरीय पञ्चायत सम्मेलन 2010-लाई सम्बोधन गरिरहेका थिए। राज्यमा पञ्चायतीराज व्यवस्थाको अवलोकन र पञ्चायतलाई अझ सक्षम, सुदृढ र सशक्त बनाउने उद्देश्यले आयोजित यस राज्यस्तरीय सम्मेलनमा उपस्थित राज्यका चारै जिल्लाबाट उपस्थित रहेका पञ्चायत, जिल्ला ...

Gram vikash sangathan NGO Pendam

Image
http://www.gvspendamngo.org/ Winter Camp 2009

samaydainik.com

देशका महान्‌ वामनेता ज्योति बसूको निधन गुमायो देशले अद्वितीय नेता समय ब्यूरो- कोलकाता, 17 जनवरी। भारतीय वामपन्थी राजनीतिका मूल स्तम्भ वरिष्ठ मार्क्सवादी नेता एवं पश्चिम बङ्गाल राज्यका पूर्व मुख्यमन्त्री ज्योति बसू अब रहेनन्‌। उनको आज बिहान 11ः47 बजे कोलकातामा निधन। गत 1 जनवरीको दिनदेखि साल्टलेकस्थित एएमआरआई अस्पतालमा उनको उपचार चल्दै थियो। उनी 95 वर्षका थिए। उनी गत 17 दिनदेखि न्यूमोनियाले पीडित थिएतथा उनका धेरै अङ्गले काम गर्न छाडिसकेका थिए। गत 6 जनवरीदेखि उनलाई वेन्टिलेटरमा राखिएको थियो। उनको परिवारमा उनका पुत्र चन्दन छन्‌ भने पत्नी कमलको चार वर्ष नै निधन भएको थियो। ज्योति बसूको निधनले देशमा शोक लहर छाएको छ भने वाममोर्चा मर्माहत बनेको छ। पश्चिम बङ्‌गाल राज्यमा दक्षिणपन्थी दलहरूको वर्चस्व तोडेर वामपन्थी शासन कायम गर्ने यी राजनेताले 23 वर्षसम्म त्यस राज्यको मुख्यमन्त्रीको पद सम्हाल्दै अनेक क्रान्तिकारी परिवर्तन पनि गरे। देशमा सबैभन्दा लामो समयसम्म कुनै राज्यको मुख्यमन्त्री बन्ने गौरव प्राप्त ज्योति बसू आजबाट भारतीय राजनीतिमा इतिहास बन्नपुगेका छन्‌। उनको अन्तिम संस्कार मङ्‌गलवार गरिनेछ...

nepali comedy film

Image
के साइनोले बोलाऊ तिमीलाई फिल्मको सूटिंग सुरु आज समर्दोंग सिक्किम्मा

Sikkim GOvernment Collage

Image
 A View of Sikkim Government Collage

Symbool of peace

Image
Dr.Pawan Chamling inagurating Mage Meela at Jorthang on 14th Janaury2010