Posts

जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक

जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक पूर्व सिक्किमको रोलेपमा जुन दुर्घटना भयो यसलाई भुइँचालोपछिको पहिलो भारी वर्षाका कारण भारी नोक्सानी भएको मान्न सकिन्छ। हुन त भारी वर्षाका कारण उत्तर सिक्किममा पनि धेरै घरहरू क्षतिग्रस्त बनेका छन्‌। पूर्व कै कुरा गर्नुपर्दा विभिन्न स्थानमा पैह्रोको कारण सडक मार्ग अवरुद्ध बनेको छन्‌। यही क्रम उत्तरमा पनि व्याप्त छ। यसरी नै पश्चिम जिल्लामा पनि पैह्रोको कारण धेरै स्थानमा सडक मार्ग अवरुद्ध बनेका छन्‌। दक्षिणमा हावा-हुण्डरी र भारी वर्षाका कारण धेरै स्थानमा बिजुलीको लाइन क्षतिग्रस्त बनेको कारण केही दिन नाम्ची बजार र वरपर अँध्यारो रह्यो। तर जुन क्षति पूर्वको रोलेपमा भयो जहॉं सात जनाले आफ्नो ज्यान गुमाए त्यस्तो  अहिले अन्य जिल्लामा भएको छैन। सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहॉंकुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ। तर महत्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको छ। एकातर्फ गत वर्ष सितम्बर महिनाको भुइँचालोको त्रास...

Vigyan Express on World Environment Day

विज्ञान एक्सप्रेसमार्फत सिक्किमलाई विश्वमा प्रख्यात बनाउन आवश्यक भारत देश एउटा विविधतापूर्ण देश हो। जैवविविधताको मामिलामा भारत धनी र पारम्परिक ज्ञानले युक्त देशका रूपमा विश्वमा परिचित छ। भारतसित भूमिको केवल 2.4 प्रतिशत हिस्सा छ तर पनि भारतमा विश्वभरिको लगभग 7 प्रतिशत प्रजाति र सम्पूर्ण मानव जनसङ्‌ख्याको 18 प्रतिशत हिस्सा निवास गर्छन्‌। प्राकृतिक संसाधनको संरक्षण र यसको दिगो प्रयोगका सम्बन्धमा भारतको एउटा लामो इतिहास छ अनि जीववैज्ञानिक विविधतामा संयुक्त राष्ट्र महासम्मेलन समेत विभिन्न अन्तरराष्ट्रिय पर्यावरणीय महासम्मेलनमा पनि भारतको एउटा पक्ष छ। वर्तमान दशक (वर्ष 2011-2020)-लाई संयुक्त राष्ट्र जैवविविधता दशक र मरूस्थल र मरुभूमिकरण-को विरुद्ध लडाइँका लागि संयुक्त राष्ट्र दशकका रूपमा घोषित गरिएको छ। जैवविविधतामा संयुक्त राष्ट्र महासम्मेलनको पक्षका रूपमा 11औं बैठक भारतले यसैवर्ष 8 अक्टोबरदेखि 19 अक्टोबरसम्म हैदराबादमा कार्यक्रम गर्ने तय गरेको छ। यस सम्मेलनमा भारतले आफ्नो विस्तृत जैवविविधता, यसमा आउने खतरा तथा यसको संरक्षणका निम्ति चालिएका पाइलाहरूलाई प्रदर्शन गर्ने राम्रो अवसर छ। अ...

SIKKIM ECOLOGY

पर्यावरण र जलसंरक्षणका निम्ति राष्ट्रिय योगदानमा समर्पित सिक्किम भौगोलिक रूपमा सिक्किम ठूलो भए पनि सम्पूर्ण राष्ट्रको निम्ति पर्यावरण सुरक्षा र जलसुरक्षाको क्षेत्रमा गहन दायित्व सिक्किमलाई छ। सिक्किमसितै पूर्वोत्तर राज्यहरूले राष्ट्रको पर्यावरण र जलसुरक्षाको गम्भीर दायित्व भएकोले यस क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सिक्किम राज्य सदैव गम्भीर रहेको हालै चिन्तन भवनमा सम्पन्न पूर्वोत्तर बायोटेक हव समन्वय सभामा मुख्यमन्त्री पवन चामलिङले उल्लेख गरेका छन्‌। सिक्किम जस्तो हिमाली राज्यहरूमा करोडौं नागरिकहरूको निम्ति जलसंशाधनले युक्त भएको कारण हिमालय क्षेत्रको पर्या-प्रणालीलाई संरक्षण गर्ने विषय राष्ट्रिय मुद्दा हुन्‌ अनि यसका निम्ति राष्ट्रिय नीति हुन आवश्यक छ भन्ने महत्वपूर्ण मुद्दालाई पनि मुख्यन्त्रीले देशका पर्यावरणविद्‌ तथा वैज्ञानिकहरूसमक्ष उठान गरेका छन्‌ जो अतिनै महत्वपूर्ण मान्न सकिन्छ। महत्वपूर्ण विषय के छ भने, सिक्किमले जलसुरक्षा र पर्यावरण संरक्षणलाई राष्ट्रिय मुद्दा बनाउनु अघि यथेष्ट कार्यहरू सञ्चालन गरेर आफ्नो पक्ष बलियो बनाइसकेको छ। सरसर्ती हेर्दा सिक्किमले गरेका कार्यहर...

BBC Nepali Patrakarita

भाषा आधारभूत सञ्चार माध्यम हो ।  छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो, सञ्चारको वास्तविक माध्यम त भाषा नै हो ― चाहे लेखियोस् वा बोलियोस्। भाषाको यही महत्वलाई ध्यानमा राखेर बीबीसी पत्रकारिता पाठशाला (BBC College of Journalism) ले बीबीसी विश्व सेवाका भाषा शाखाहरुका लागि पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू तयार गर्ने निधो गरेको हो। नेपाली सेवाको वेबसाइटको यो खण्डमा प्रस्तुत सामाग्रीमा समाचार लेखनका संपादकीय पक्षहरू भन्दा पनि भाषागत पक्षहरुका बारे चर्चा गरिएको छ। यहाँ प्रस्तुत सामग्री  हाम्रो भाषा  पुस्तकका लेखक पत्रकार तथा भाषाविद् शरदचन्द्र वस्तीको सहयोगमा तयार पारिएको हो। बीबीसी पत्रकारिता पाठशाला तथा विश्व सेवा दक्षीण एशियाली भाषाहरू नेपाली, बंगाली, हिन्दी, तामिल, सिंहल र उर्दुमा पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू प्रस्तुत गर्न पाएकोमा गर्व गर्दछ। दक्षीण एशियाली लगायत १९ वटा भाषाहरूमा बीबीसीले यस्ता सामाग्रीहरू सार्वजनिक गरिसकेको छ। बीबीसीका पत्रकारहरुको लामो अनुभव र विशेषज्ञता तथा विज्ञहरुको सहयोगमा तयार पारिएका यी सहायक सा...

Nepali Patrakarita

अनुवाद गर्दा मूल भाषाको छायाँले नछोपोस् र आशय नउल्टियोस् भनेर सधैं सतर्क रहनुहोस् । छायाँ पर्दा अनुवाद गरिएको कुरा मात्र होइन आफ्नै भाषा समेत विकृत हुँदै जाने डर हुन्छ भने शब्दको आशय र अर्थ पर्गेल्न नसक्दा 'म गर्छु आग्राका कुरा, ऊ गर्छ गाग्राका कुरा' हुन पुग्छ। • तिमी तिम्रो घर जाऊ। यो अंग्रेजीको छायाँ परेको वाक्य हो। यसलाई नेपाली बनाउन भन्नुपर्छ ― तिमी आफ्नो घर जाऊ। — श्याम उसको होमवर्क नगरी आएको रहेछ। यहाँ पनि कुरा उही हो। 'उसको' को सट्टा 'आफ्नो' शब्द राख्‍नुपर्छ। — जब उनी फेल भइन्, सीता निकै रोइन्। अंग्रेजी वाक्यमा पहिले सर्वनाम, त्यसपछि नाम राख्‍ने चलन छ। नेपालीमा भने पहिले नाम, त्यसपछि मात्र सर्वनाम आउँछ। त्यसैले भन्नुपर्छ ― जब सीता फेल भइन्, उनी निकै रोइन्। (अझ राम्रो त 'फेल भएपछि सीता निकै रोइन्' हुन्छ।) संक्षेपमा भन्दा, स्रोत भाषामा भनिएको कुरालाई आफ्नो भाषामा पुनर्लेखन गर्नु नै अनुवाद हो। — म ज्यादै खुशी हुनेछु, यदि तिमी भोलि नै फर्क्यौ भने। यो पनि अंग्रेजीबाटै प्रभावित वाक्य हो। नेपाली शैलीको वाक्य हुन्छ ― तिमी भोलि नै फर्क्यौ भने म ज्यादै खुश...