Posts

सिक्किमलाई पछ्याउँदैछन् देशका ठूला राज्यले गुट्का, पान मसला, पान पराग आदिको सेवन प्रौढको तुलनामा विद्यार्थीहरूले अधिक गर्ने गरेको पनि एउटा अध्ययनले पुष्टि गरेको छ। आजका विद्यार्थीनै देशको भविष्य हुन् तर यी देशका भविष्य मानिने विद्यार्थीले दिनौं स्वास्थ्यको निम्ति घातक पदार्थको सेवन गर्न देशको निम्ति खतरा हो भन्ने विषयलाई आज देशका अधिकांश राज्यले स्वीकार गर्दै आएका छन्। यहॉं महत्वपूर्ण विषय के छ भने सिक्किम सरकारले २७ मार्च २००२-मा नै खाद्य अपमिश्रण ऐन, १९५४ (३४)-को आधारमा सिक्किम खाद्य अपमिश्रण ऐन १९९१-लाई संशोधन गर्दै राज्यमा गुट्का अथवा सुर्तीजन्य पदार्थको बेच-विखानमा पूर्णरूपले प्रतिबन्ध लगाएको छ। यसरी नै सरकारले २ अक्टोबर २००८-देखि सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न निषेध गर्ने विषयलाई पनि प्रभावकारी ढङ्गमा कार्यान्वयन गरेको छ। यस अतिरिक्त सम्बन्धित ऐनविरुद्ध जाने व्यापारीलाई पहिलोपल्ट पक्राउ परेको खण्डमा रू. ५००/- जरिमाना, दोस्रोपल्ट दोब्बर जरिमाना साथै व्यापार लाइसेन्स जफत् गरिने प्रावधान पनि छ। यद्यपि कतिपय समाजविरोधी तत्त्वहरूले यस कल्याणकारी पहललाई निष्क्रिय बनाउने पहलसमे...

Lok Shabha

संसद सत्रमा धेरै कार्य अधुरो यसपल्ट संसद सत्रमा कुल 30 वटा विधेयक पारित हुने कार्यक्रम थियो यद्यपि कोल ब्लक आवण्टनमाथि क्यागको रिपोर्टपछि शुरु भएको हो-हल्लापछि मात्र चारवटा विधेयक पारित हुनसक्यो। यस सत्रमा बीमा, ब्याङ्किङदेखि लिएर भूमि सुधार र माइनिङ जस्ता कुल तीसवटा महत्वपूर्ण बिल पारित गरिने भनिएको थियो। संसदमा होहल्लाका कारण प्रश्नकालसम्मको कार्वाही समेत पूरा हुन सकेन। यहॉं महत्वपूर्ण विषय के छ भने संसदीय परम्परामा प्रश्नकाल साना राज्यका सांसदहरूको निम्ति धेरै महत्वपूर्ण हुन्छ। यस कालमा नै साना राज्य तथा नयॉं र अन्जान सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रको समस्या सदनमा राख्ने गर्छन्‌। यी सांसदले ठूल्ठूला बहसमा बोल्ने अवसर पाउँदैनन्‌, यद्यपि उनीहरूको निम्ति बहुमूल्य क्षण हुने प्रश्नकालको अवधि पनि ढङ्गले चल्न सकेन। लोकतन्त्रमा विरोधको आफ्नै स्थान हुन्छ, त्यसमा कुनै दुइमत छैन। विरोधबिनाको लोकतान्त्रिक व्यवस्था अराजकतातर्फ बढ्‌नसक्छ। यद्यपि प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले कोल ब्लक आवण्टनमा भएको कथित गडबडीलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सर्त राखेर सदनमा यस महत्वपूर...

Nirmal Rajya sikkim

सिक्किमले देख्नु न त्यपरेस्तो दिन सिक्किम देशको पहिलो निर्मल राज्य हो। निर्मल राज्यको निम्ति राष्ट्रिय पुरस्कारले सम्मानित सिक्किम अहिले देशका अन्य राज्यहरूको निम्ति अनुकरणीय बनेको छ। केन्द्रिय ग्रामीण विकास मन्त्री जयराम रमेश जुन राज्यमा पुग्छन्‌, त्यहॉं स्वच्छताको निम्ति सिक्किमको अनुकरण गर्नु भन्दैछन्‌। वर्ष 2015- सम्ममा देशमा एउटा अभिशापको रूपमा रहेको सामाजिक परम्परा खुल्ला स्थानमा शौच गर्ने विषयबाट मुक्त गर्ने केन्द्र सरकारको अभियान छ। महत्वपूर्ण विषय के छ भने यस अभियानलाई सफल बनाउनु देशका महिलाहरूले आफ्नो महत्वपूर्ण योगदान दिन शुरु गरेका छन्‌। विशेष देशको ग्रामीण क्षेत्रमा महिलाहरूले एउटा अनौठो आन्दोलन नै शुरु गरेका छन्‌। ग्रामीण क्षेत्रबाट आएको यो अभियानको घटनालाई सामाजिक परिवर्तन अर्थात्‌ दूषित वातावरणबाट स्वच्छतातर्फ परिवर्तनको सूचक मान्नु पर्छ। अहिले यो शुरुवाती चरणमा नै छ। घटना मध्यप्रदेशको जनजातीय बाहुल्य क्षेत्र तथा बैतुलको हो। यहॉं एकजना नवविवाहिताले पहिलो रातमा नै लोग्नेलाई छोडेर माइता गएकी छन्‌। कारण आफूले बिहे गरेको घरमा शौचालय थिएन। उक्त महिलाको यस निर्णय...

जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक

जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक पूर्व सिक्किमको रोलेपमा जुन दुर्घटना भयो यसलाई भुइँचालोपछिको पहिलो भारी वर्षाका कारण भारी नोक्सानी भएको मान्न सकिन्छ। हुन त भारी वर्षाका कारण उत्तर सिक्किममा पनि धेरै घरहरू क्षतिग्रस्त बनेका छन्‌। पूर्व कै कुरा गर्नुपर्दा विभिन्न स्थानमा पैह्रोको कारण सडक मार्ग अवरुद्ध बनेको छन्‌। यही क्रम उत्तरमा पनि व्याप्त छ। यसरी नै पश्चिम जिल्लामा पनि पैह्रोको कारण धेरै स्थानमा सडक मार्ग अवरुद्ध बनेका छन्‌। दक्षिणमा हावा-हुण्डरी र भारी वर्षाका कारण धेरै स्थानमा बिजुलीको लाइन क्षतिग्रस्त बनेको कारण केही दिन नाम्ची बजार र वरपर अँध्यारो रह्यो। तर जुन क्षति पूर्वको रोलेपमा भयो जहॉं सात जनाले आफ्नो ज्यान गुमाए त्यस्तो  अहिले अन्य जिल्लामा भएको छैन। सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहॉंकुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ। तर महत्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको छ। एकातर्फ गत वर्ष सितम्बर महिनाको भुइँचालोको त्रास...

Vigyan Express on World Environment Day

विज्ञान एक्सप्रेसमार्फत सिक्किमलाई विश्वमा प्रख्यात बनाउन आवश्यक भारत देश एउटा विविधतापूर्ण देश हो। जैवविविधताको मामिलामा भारत धनी र पारम्परिक ज्ञानले युक्त देशका रूपमा विश्वमा परिचित छ। भारतसित भूमिको केवल 2.4 प्रतिशत हिस्सा छ तर पनि भारतमा विश्वभरिको लगभग 7 प्रतिशत प्रजाति र सम्पूर्ण मानव जनसङ्‌ख्याको 18 प्रतिशत हिस्सा निवास गर्छन्‌। प्राकृतिक संसाधनको संरक्षण र यसको दिगो प्रयोगका सम्बन्धमा भारतको एउटा लामो इतिहास छ अनि जीववैज्ञानिक विविधतामा संयुक्त राष्ट्र महासम्मेलन समेत विभिन्न अन्तरराष्ट्रिय पर्यावरणीय महासम्मेलनमा पनि भारतको एउटा पक्ष छ। वर्तमान दशक (वर्ष 2011-2020)-लाई संयुक्त राष्ट्र जैवविविधता दशक र मरूस्थल र मरुभूमिकरण-को विरुद्ध लडाइँका लागि संयुक्त राष्ट्र दशकका रूपमा घोषित गरिएको छ। जैवविविधतामा संयुक्त राष्ट्र महासम्मेलनको पक्षका रूपमा 11औं बैठक भारतले यसैवर्ष 8 अक्टोबरदेखि 19 अक्टोबरसम्म हैदराबादमा कार्यक्रम गर्ने तय गरेको छ। यस सम्मेलनमा भारतले आफ्नो विस्तृत जैवविविधता, यसमा आउने खतरा तथा यसको संरक्षणका निम्ति चालिएका पाइलाहरूलाई प्रदर्शन गर्ने राम्रो अवसर छ। अ...

SIKKIM ECOLOGY

पर्यावरण र जलसंरक्षणका निम्ति राष्ट्रिय योगदानमा समर्पित सिक्किम भौगोलिक रूपमा सिक्किम ठूलो भए पनि सम्पूर्ण राष्ट्रको निम्ति पर्यावरण सुरक्षा र जलसुरक्षाको क्षेत्रमा गहन दायित्व सिक्किमलाई छ। सिक्किमसितै पूर्वोत्तर राज्यहरूले राष्ट्रको पर्यावरण र जलसुरक्षाको गम्भीर दायित्व भएकोले यस क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सिक्किम राज्य सदैव गम्भीर रहेको हालै चिन्तन भवनमा सम्पन्न पूर्वोत्तर बायोटेक हव समन्वय सभामा मुख्यमन्त्री पवन चामलिङले उल्लेख गरेका छन्‌। सिक्किम जस्तो हिमाली राज्यहरूमा करोडौं नागरिकहरूको निम्ति जलसंशाधनले युक्त भएको कारण हिमालय क्षेत्रको पर्या-प्रणालीलाई संरक्षण गर्ने विषय राष्ट्रिय मुद्दा हुन्‌ अनि यसका निम्ति राष्ट्रिय नीति हुन आवश्यक छ भन्ने महत्वपूर्ण मुद्दालाई पनि मुख्यन्त्रीले देशका पर्यावरणविद्‌ तथा वैज्ञानिकहरूसमक्ष उठान गरेका छन्‌ जो अतिनै महत्वपूर्ण मान्न सकिन्छ। महत्वपूर्ण विषय के छ भने, सिक्किमले जलसुरक्षा र पर्यावरण संरक्षणलाई राष्ट्रिय मुद्दा बनाउनु अघि यथेष्ट कार्यहरू सञ्चालन गरेर आफ्नो पक्ष बलियो बनाइसकेको छ। सरसर्ती हेर्दा सिक्किमले गरेका कार्यहर...

BBC Nepali Patrakarita

भाषा आधारभूत सञ्चार माध्यम हो ।  छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो, सञ्चारको वास्तविक माध्यम त भाषा नै हो ― चाहे लेखियोस् वा बोलियोस्। भाषाको यही महत्वलाई ध्यानमा राखेर बीबीसी पत्रकारिता पाठशाला (BBC College of Journalism) ले बीबीसी विश्व सेवाका भाषा शाखाहरुका लागि पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू तयार गर्ने निधो गरेको हो। नेपाली सेवाको वेबसाइटको यो खण्डमा प्रस्तुत सामाग्रीमा समाचार लेखनका संपादकीय पक्षहरू भन्दा पनि भाषागत पक्षहरुका बारे चर्चा गरिएको छ। यहाँ प्रस्तुत सामग्री  हाम्रो भाषा  पुस्तकका लेखक पत्रकार तथा भाषाविद् शरदचन्द्र वस्तीको सहयोगमा तयार पारिएको हो। बीबीसी पत्रकारिता पाठशाला तथा विश्व सेवा दक्षीण एशियाली भाषाहरू नेपाली, बंगाली, हिन्दी, तामिल, सिंहल र उर्दुमा पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू प्रस्तुत गर्न पाएकोमा गर्व गर्दछ। दक्षीण एशियाली लगायत १९ वटा भाषाहरूमा बीबीसीले यस्ता सामाग्रीहरू सार्वजनिक गरिसकेको छ। बीबीसीका पत्रकारहरुको लामो अनुभव र विशेषज्ञता तथा विज्ञहरुको सहयोगमा तयार पारिएका यी सहायक सा...