Posts

Dhyan Dinuhawas

कम्प्यूटर र मोबाइल प्रयोगकर्ताहरुले जान्न पर्ने कुराहरु 14 January 2013 हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो आँखा अस्पतालका डक्टर ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ । एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ राख्नाले आंखामा ड्राई आई सिन्ड्रोम नामको रोग पनि हुने गर्दछ । प्रयाजसो मानिसहरू टेन्शन, माइग्रेन अथवा वर्क लोडको कारणले यस्तो हुने सोच्दछन, तर यसको मुख्य कारण भने कम्प्यूटर भिजन सिन्ड्रोम (सीवीएस) नै हो । खास कुरा के भने यो समस्या हरेक बर्ष ६ देखि ७ प्रतिशत बढिरहेको छ । ...

Vigyan Samachar

गणतन्त्र दिवस प्रत्येक वर्ष 26 जनवरी एउटा यस्तो दिन हो जुन दिन प्रत्येक भारतीयको  मनमा देश भक्तिको लहर र मातृभूमिप्रति अपार स्नेह जाग्ने गर्छ।यस्ता धेरै महत्वपुर्ण स्मृतिहरू छन् जो यस दिनसित जोडिएको छ। यो दिन अर्थात 26 जनवरी 1950 मा भारतीय गणतंत्र र यसको संविधान प्रभावी भएको हो। यही दिन हो जब 1965 मा हिन्दीलाई भारतको राजभाषा घोषित गरिएको थियो।भारतमा 26 जनवरीको दिन गणतंत्र दिवस मनाइन्छ।यो हाम्रो देश भारतको एक राष्ट्रिय पर्व हो। हरेक बर्ष 26 जनवरी एउटा यस्तो दिन हो जब प्रत्येक भारतीयको मनमा देश भक्तिको लहर र मातृभूमिका प्रति अपार स्नेह भरिएर आउने गर्छ। यस्ता अनेक महत्त्वपूर्ण स्मृतिहरू छन्,जो यस दिनसित जोडिएका छन्।26 जनवरी, 1950 मा हाम्रो देशमा संविधान लागू भयो र यसरी संसदीय रूपमा एक संप्रभुताशाली समाजवादी लोकतान्त्रिक गणतन्त्रको सरकारको गठनसितै  भारत देश स्थापित भयो।भारतीय संविधान,जसबाट देशको सरकारको रूपरेखाको प्रतिनिधित्व गर्नेगर्छ, जबदेखि पर्याप्त विचार विमर्श गरेर  विधान मण्डलद्वारा भारतीय संविधानलाई अपनाइयो, तबदेखि 26 जनवरीको दिन भारतको गणतंत्र दिवसको रूपमा धेरै उ...
  वैज्ञानिक समुदायले विज्ञानमा समयबद्ध ढंगले नोबेल पुररूकार प्राप्त गर्नका लागि काम गर्नु पर्ने र्े तथा प्रौद्योगिकीमा मानिसको जीवन परिवर्तन गर्ने क्षमता छ:राष्ट्रपति भारतका राष्ट्रपति श्री प्रणब मुखर्जीने वैज्ञानिक समुदायलाई भारतको  भविष्य-निर्माणकालागि वैज्ञानिक संस्कृतिलाई बढ़ाउने सम्बन्धमा कार्य गर्नु पर्ने आह्वान गर्नु भएको छ। श्री मुखर्जीले 3 जनवरीको दिन कोलकतामा भारतीय विज्ञान कांग्रेसको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदैँ उक्त कुरा बताउनु भएको हो।वहाँले भन्नु भयो, भारत 2035 सम्म प्रमुख महाशक्ति बन्ने आशा छ। भारतले मानवीय र सामाजिक मूल्यहरूसितै प्रमुख ज्ञान शक्तिका रूपमा पनि अघि बडनु पर्छ। राष्ट्रपतिले अझ भन्नु भयो, भौतिकीको क्षेत्रमा भारतका  सीभी रमनलाई नोबेल पुरस्कार प्राप्त भएको 83 वर्षभयो। यसैले अब वैज्ञानिक समुदायले विज्ञानको क्षेत्रमा समयबद्ध ढंगले नोबेल पुरस्कार प्राप्त गर्नका लागि कार्य गर्नुपर्छ। राट्रपति श्री प्रणव मुखर्जीले प्रौद्योगिकीमा मानिसको जीवन परिवर्तन गर्ने क्षमता भएको पनि बताउनु भएको छ।राष्ट्रपतिले प्रौद्योगिकीको बलमा अर्थव्यवस्था मजबूत बनाउ...
Image
सम्मानका विषय बढ्दैछन् एसडीएफ सरकारको 18 वर्षको कार्यकालमा सिक्किमलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तर गरेर लगभग 30 पुरस्कार तथा सम्मान प्राप्त भइसकेको छ। अब सिक्किमले चाँडै नै थप दर्जनौं विषयहरूमा राष्ट्रिय छवि कायम राख्ने निश्‍चित देखिँदैछ। हालै पर्यावरण संरक्षण, नागरिक सुरक्षा, स्वच्छता एवं जल सुरक्षासितै सर्वाङ्गीण विकासको क्षेत्रमा राष्ट्रिय स्तरको पुरस्कार पनि प्राप्त भएको छ। यहाँ महत्वपूर्ण विषय के छ भने राज्यले सर्वाङ्गीण विकासको क्षेत्रमा साना राज्यमा प्रथम पुरस्कार प्राप्त गर्नु नै महत्वपूर्ण कुरा हो। हुन त यस अघि पनि सिक्किमले पर्यटन, पञ्चायतीराज, कृषि बागवाणी, पर्या-पर्यटन, राष्ट्रिय संसाधनको संरक्षण, शिक्षा, भारत निर्माण अभियान, ई-प्रशासन, ग्रामीण सडक, स्वास्थ्य, सूचना प्रौद्योगिकी, शाहसिक पर्यटन आदि विषयहरूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको सम्मान प्राप्त गरिरहेको छ। राज्य सरकारले विकासलाई निरन्तरता दिँदै माथि उल्लेख गरिएका विषयसितै अन्य प्रमुख अभियानहरू शुरु गरिसकेको छ। यी अभियानलाई 12औं पञ्चवर्षीय योजना अवधिमा मूर्त रूप दिएर तथा परिणाममूलक बनाएर सिक्किमका ना...

Sikkim Environment Conservation

पर्यावरण नीतिलाई मान्यता सिक्किमले आफ्नो राज्यलाई मात्र नहेरेर सम्पूर्ण हिमालय क्षेत्र अनि समग्रमा गएर राष्ट्रहितका निम्ति पर्यावरण संरक्षण गर्ने उद्देश्यमा काम गरिरहेको छ। भौगोलिक रूपमा सिक्किम सानो भए तापनि सिक्किमलाई जल सुरक्षा तथा राष्ट्रिय सुरक्षा जस्ता विषयहरूमा महत्वपूर्ण दायित्व छ। हिमालय क्षेत्रमा सिक्किममा अवस्थित भएको कारण यहाँका हिमनदी औ जल श्रोतहरू राज्यको निम्ति मात्र नभएर राष्ट्रका निम्ति नै महत्वपूर्ण छन्। यसरी नै सीमावर्ती राज्य भएको कारण आफ्ना नागरिकसितै राष्ट्रिय सुरक्षाको दृष्टिले पनि सिक्किम सरकार सदैव सर्तक बन्नु पर्ने विषय महत्वपूर्ण छन्।  हुनत सिक्किमले पर्यावरण संरक्षणको विषयलाई राष्ट्रिय र समग्रमा गएर अन्तरराष्ट्रिय विषय बनाएको छ। यसैकारण सिक्किमले पर्यटन क्षेत्रमा धेरैलाई नेतृत्व दिने क्षमता राखेको पनि प्रमाणित गरेको छ। यति मात्र हो कि सिक्किम सानो राज्य भएको र यस राज्यमा भइरहेको कार्यलाई कसैले महत्व दिन विलम्ब गर्दछन्। यद्यपि, कर्म गर्नु फलको आशा नराख्नु भने जस्तै प्रकारले सिक्किमले पर्यावरण क्षेत्रमा आफ्नै प्रकारले काम गर्दै आएको छ अनि अहिले आएर स...