Posts

Dhara Vikash in Sikkim

धारा विकास कार्यक्रम pani (water)मानव समाजको निम्ति अमूल्य संसाधन हो, तर वैश्‍विक तापमानमा वृद्धिका कारण मौसममा हुने परिवर्तनले प्रकृतिको यस निशुल्क उपहारलाई भारत जस्तो देशमा पनि (sangkat ko)समटको सामना गर्नुपरिरहेको छ। हाम्रो देश भारतमा बसोबासो गर्ने अरबौं मानिसहरूको निम्ति स्वच्छ जलस्रोतका रूपमा परिचित हिमालय क्षेत्रका कतिपय जलस्रोतहरू अहिले मौसममा निर्भर गर्नेभएका छन् अर्थात बाह्रैमास पानी पलाउने पानीका मुहानबाट लगभग 6 महिनामात्र पानी बग्नेगर्छ। अर्कातिर कतिपय पानीका मुहानहरू सुक्दै जानथालेका छन्। दिन प्रदिदिन बढ्दो जनसङ्ख्या र हिमालय क्षेत्रमा स्थापित विकास कार्यक्रमको परिणास्वरूप हिउँदका महिनामा पानीको समस्या बढ्दै जाने विषयले पहाडी क्षेत्रलाई समेत सताउन शुरु गरेको छ। पानीको मुहानलाई पारम्पारिक रूपमा संरक्षण गर्ने कार्य मात्र सीमित राखे पहाडी क्षेत्रमा बसोबासो गर्ने मानिसहरू चाँडै पानीको समटमा पर्ने स्थिति आउनसक्छन्। यसैले नयाँ तक्निकी र समाधानका उपायहरू खोजी गरी, हिमालय क्षेत्रका मानिसलाई वर्षभरि नै शुद्ध पिउने पानीको व्यवस्था सुनिश्‍चित गर्न आवश्यक देखिन्छ। जनसङ्ख्याको वृद्धिस...

Sikkim in Innovative Age

कृषिदेखि नवीन प्रयोगसम्म सिक्किम कृषि युगदेखि नवीनतम (इनोबेटीव) युगमा प्रवेश गर्यो। कृषि युगदेखि औद्योगीकरण, सेवा क्षेत्र(सर्विस सेक्टर) हुँदै वर्तमानमा नवीनतम प्रयोगको युगमा प्रवेश गरेको छ। यहाँ महत्वपूर्ण विषय के छ भने विकसित देशहरूले कृषि युगदेखि औद्योगीक युगसम्म पुग्न 200 देखि 300 वर्षसम्म सङ्घर्ष गरेको इतिहास छ। यसरी नै औद्योगीकरणको सफलताका निम्ति पनि सयौं वर्ष सङ्घर्ष गरेको पाइन्छ भने यसपछि सेवा क्षेत्र र वर्तमानको नवीनतम युगमा प्रवेश गर्नका निम्ति धेरै सङ्घर्ष गर्नु परेको छ। यद्यपि सिक्किमले विकसित राष्ट्रलाई सयौं वर्ष लागेको काम मात्र दुई दशकमा गर्न सक्यो। सिक्किमलाई दुई दशकको अवधिमा कृषि युगदेखि नवीनतम युगसम्म ल्याउन राज्य सरकार सफल बनेको छ। सन् 1994 मा एसडीएफ सरकार सत्तामा आउँदा यहाँ प्रमुख उद्योग भनेको नै कृषि थियो। यद्यपि कृषि पारम्परिक ढङ्गमा नै गरिन्थ्यो। यसपछि यसलाई नवीनतम प्रयोग मार्फत, जैविक कृषि शुरू गरेर वर्तमानमा यसलाई कमाई पेशाका रूपमा विकसित गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको छ। सरकारले चाहे कृषि होस् अथवा पर्यटन उद्योग सबैलाई सम्मानित पेशाका रूपमा विकसित गर्न...

Pro youth programme in sikkim

युवामुखी कार्यक्रममा अब्बल बन्दै अब सिक्किम सरकारले शुरु गरेको युवामुखी कार्यक्रमले राष्ट्रिय मान्यता पाउने प्रतीक्षा गरिरहेको छ। एसडीएफ सरकारले धेरैअघि छुट्टै क्षमता विकास संस्थान शुरु गरेर युवाहरूलाई क्षमतावान बनाउने योजना शुरु गरेको थियो। पछि गएर केन्द्र सरकारले पनि सोही अनुरूप युवाहरूको क्षमता विकास गर्ने विषयलाई प्राथमिकता दिन शुरु गर्यो। केन्द्र सरकारले पूर्वोत्तर राज्यका युवाहरूलाई क्षमता विकास गराई सकारात्मक दिशा तर्फ डोहोर्याउने काम शुरु गरेको छ। विशेष आतङ्कवादले ग्रस्त क्षेत्रका युवाहरूको भविष्य सुनिश्‍चित गर्न विशेष प्याकेज र घोषणा सरकारले गरेको छ। यद्यपि, सिक्किम सरकार यस प्रकारको योजना शुरु गर्न अब्बल बनेको छ। सिक्किमले शुरु गरेको युवामुखि योजनाको सकारात्मक परिणाम पनि आउन थालेको छ। राज्य सरकारले शुरुमा क्षमता विकास कार्यक्रम अनि क्रमैले उच्च शिक्षा आर्जन गर्न ब्याजसहित तथा निर्ब्याजी ऋण, जीविकोपार्जन स्कूल, करोबार शुरु गर्न ऋण सहायता (मुख्यमन्त्री स्वरोजगार योजना) मुख्यमन्त्री छात्रवृत्ति योजना पछि अहिले भारतीय प्रशासनिक एवं सम्बन्धित क्षेत्रमा तालिम, मुख्यमन्त्री फेलोशी...

Sikkim multi hazard Zone

वविध आपदाको राज्य सिक्किमका वैज्ञानिक तथा प्राकृतिक विशेषज्ञहरूअनुसार सिक्किम सबैप्रकारका प्रकोपका निम्ति संवेदनशील छ। भुइँचालो विषय धेरै जागरूक छन्, यद्यपि समय बित्दै जाँदा यसलाई पनि भुल्ने गरिन्छ। यसरी नै बर्खा लागेर पानी पर्न थालेपछि पैह्रोको त्रास बढ्ने गर्छ भने यसैसित आउने भल-बाढी र हुरी बतास पनि राज्यको निम्ति संवेदनशील विषय बन्ने वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकहरूअनुसार साइकलोन अर्थात हुरी बतासले पनि सिक्किम राज्यलाई छुट्याउँदैन। यद्यपि, यस विषयमा धेरै जागरण र सुरक्षाका उपायहरू विषय कम्ती नै चर्चा भएको देखिन्छ। गाउँ-बस्तीमा हुरी बतास चलेर रुख भाँचिएको, घर-गाई-गोठका छाना उडाएको धेरै देखिने गरिन्छ। यसरी नै सिक्किमको भौगोलिक संरचना अभिन्न किसिमको भएको कारण राज्यको कतिपय स्थानमा सुख्खा (खडेरी)-को प्रकोप पनि देख्ने गर्छौ भने असिना-पानीले पनि वर्षमा एकपल्ट कृषकहरूलाई सताउने गर्छ। प्राकृतिक प्रकोपपछि मानवजनित प्रकोपको दृष्टिले पनि सिक्किम संवेदनशील छ। तीन अन्तरराष्ट्रिय सीमाले घेरिएको राज्यमा कुनै पनि समय आपदको स्थिति आउनसक्छ। यद्यपि, देशको सुरक्षासित सम्बन्धि इकाई र स्थानीय प्र...

Dhyan Dinuhawas

कम्प्यूटर र मोबाइल प्रयोगकर्ताहरुले जान्न पर्ने कुराहरु 14 January 2013 हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो आँखा अस्पतालका डक्टर ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ । एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ राख्नाले आंखामा ड्राई आई सिन्ड्रोम नामको रोग पनि हुने गर्दछ । प्रयाजसो मानिसहरू टेन्शन, माइग्रेन अथवा वर्क लोडको कारणले यस्तो हुने सोच्दछन, तर यसको मुख्य कारण भने कम्प्यूटर भिजन सिन्ड्रोम (सीवीएस) नै हो । खास कुरा के भने यो समस्या हरेक बर्ष ६ देखि ७ प्रतिशत बढिरहेको छ । ...

Vigyan Samachar

गणतन्त्र दिवस प्रत्येक वर्ष 26 जनवरी एउटा यस्तो दिन हो जुन दिन प्रत्येक भारतीयको  मनमा देश भक्तिको लहर र मातृभूमिप्रति अपार स्नेह जाग्ने गर्छ।यस्ता धेरै महत्वपुर्ण स्मृतिहरू छन् जो यस दिनसित जोडिएको छ। यो दिन अर्थात 26 जनवरी 1950 मा भारतीय गणतंत्र र यसको संविधान प्रभावी भएको हो। यही दिन हो जब 1965 मा हिन्दीलाई भारतको राजभाषा घोषित गरिएको थियो।भारतमा 26 जनवरीको दिन गणतंत्र दिवस मनाइन्छ।यो हाम्रो देश भारतको एक राष्ट्रिय पर्व हो। हरेक बर्ष 26 जनवरी एउटा यस्तो दिन हो जब प्रत्येक भारतीयको मनमा देश भक्तिको लहर र मातृभूमिका प्रति अपार स्नेह भरिएर आउने गर्छ। यस्ता अनेक महत्त्वपूर्ण स्मृतिहरू छन्,जो यस दिनसित जोडिएका छन्।26 जनवरी, 1950 मा हाम्रो देशमा संविधान लागू भयो र यसरी संसदीय रूपमा एक संप्रभुताशाली समाजवादी लोकतान्त्रिक गणतन्त्रको सरकारको गठनसितै  भारत देश स्थापित भयो।भारतीय संविधान,जसबाट देशको सरकारको रूपरेखाको प्रतिनिधित्व गर्नेगर्छ, जबदेखि पर्याप्त विचार विमर्श गरेर  विधान मण्डलद्वारा भारतीय संविधानलाई अपनाइयो, तबदेखि 26 जनवरीको दिन भारतको गणतंत्र दिवसको रूपमा धेरै उ...
  वैज्ञानिक समुदायले विज्ञानमा समयबद्ध ढंगले नोबेल पुररूकार प्राप्त गर्नका लागि काम गर्नु पर्ने र्े तथा प्रौद्योगिकीमा मानिसको जीवन परिवर्तन गर्ने क्षमता छ:राष्ट्रपति भारतका राष्ट्रपति श्री प्रणब मुखर्जीने वैज्ञानिक समुदायलाई भारतको  भविष्य-निर्माणकालागि वैज्ञानिक संस्कृतिलाई बढ़ाउने सम्बन्धमा कार्य गर्नु पर्ने आह्वान गर्नु भएको छ। श्री मुखर्जीले 3 जनवरीको दिन कोलकतामा भारतीय विज्ञान कांग्रेसको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदैँ उक्त कुरा बताउनु भएको हो।वहाँले भन्नु भयो, भारत 2035 सम्म प्रमुख महाशक्ति बन्ने आशा छ। भारतले मानवीय र सामाजिक मूल्यहरूसितै प्रमुख ज्ञान शक्तिका रूपमा पनि अघि बडनु पर्छ। राष्ट्रपतिले अझ भन्नु भयो, भौतिकीको क्षेत्रमा भारतका  सीभी रमनलाई नोबेल पुरस्कार प्राप्त भएको 83 वर्षभयो। यसैले अब वैज्ञानिक समुदायले विज्ञानको क्षेत्रमा समयबद्ध ढंगले नोबेल पुरस्कार प्राप्त गर्नका लागि कार्य गर्नुपर्छ। राट्रपति श्री प्रणव मुखर्जीले प्रौद्योगिकीमा मानिसको जीवन परिवर्तन गर्ने क्षमता भएको पनि बताउनु भएको छ।राष्ट्रपतिले प्रौद्योगिकीको बलमा अर्थव्यवस्था मजबूत बनाउ...