निश्चेतक औषधि भिन्न प्रक्रियामध्ये शल्यचिकित्सा एक प्रमुख पद्धति हो। शल्यचिकित्सा गर्न अगावै बिमारीलाई निश्चेतक-एनेस्थेटिक औषधि दिइन्छ। निश्चेतक औषधि त्यो हो जसले रोगीमा बेहोसी ल्याउँछ। अर्थात शरीरलाई चेतना शुन्य बनाइदिन्छ। कुनै कुनै औषधि यस्ता हुन्छन् जसले पूरै शरीरलाई चेतना शुन्य नबनाइ कुनै निर्दिष्ट स्थानलाई मात्र बनाइदिन्छ र त्यहाँ चिरङ्गार गरे पनि बिमारीलाई कुनै दुखाइको अनुभव हुंँदैन। अहिले यस्ता किसिमका धेरै निश्चेतक औषधि पाइन्छन्। सर्वप्रथम यस प्रकारको निश्चेतक औषधि पत्ता लगाउने वैज्ञानिकको नाम हो जेम्स योङ सिम्पसन। उनले यस प्रकारको औषधि सर्वप्रथम सन् 1847 मा पत्ता लगाएका थिए। उनको जन्म सन् 1811 को जुन 7 तारिखका दिन स्कटल्याण्डको वार्थगेट भन्ने ठाउँमा भएको थियो। अत्यन्त तीक्ष्ण बुद्धिका सिम्पसनले बाल्यकालमै बेलायतको इडिनवर्ग विश्वविद्यालयमा पुगे र चाँडै नै उनी शल्य चिकित्सकको दर्जा पाउन सङ्गल भए। सिम्पसनको समयमा शल्यचिकित्सा अत्यन्त पीडादायक हुने गर्दथ्यो। त्यस बेलासम्म कुनै निश्चेतक औषधि पत्ता नलागेकाले बिमार...
Posts
Sikkim
- Get link
- X
- Other Apps
सिक्किम गणतन्त्रको 38 वर्षमा 7 मा भारतले स्वाधीनता प्राप्त गर्यो त्यसपछि सिक्किममा राजनीतिक पार्टीहरूको स्थापना शुरु हुनथाल्यो। प्रथममा यी राजनीतिक पार्टीहरूले सिक्किममा जमीनदारी प्रथाको उन्मूलन हुनु, गणतान्त्रिक सरकारको गठन गर्नु र भारतीय संविधानको आधारमा भारतमै सिक्किमलाई विलय गर्नु आदि मागलाई अघि बढाएको थियो। भारत स्वाधीन भएको तीन वर्षपछि अर्थात 1950 मा सिक्किमका राजा टाशी नामग्याल र भारत सरकारमाझ सन्धि भएको थियो। त्यस सन्धिअनुसार सिक्किम भारतको संरक्षणमा थियो। भारतले सिक्किमको विदेशी सम्बन्ध, रक्षा र रणनीति संवादलाई आफ्नो अधीनमा लिएपछि स्थानीय राजनीतिक पार्टीलाई आफ्नो माग अघि बढाउन धेरै सजिलो भएको थियो। 1970 को शुरुदेखि नै राज्यमा स्थापित भएका राजनीतिक पार्टीहरूले राजशासनको विरोध गर्दै गणतान्त्रिक पद्धतिमा सरकार स्थापना गर्ने मागलाई अझ तीव्र बनाउँदै लगे। यसका निम्ति 1973 मा वृहत आन्दोलन भएको थियो। सिक्किममा बिग्रँदो प्रशासनिक व्यवस्थालाई ध्यानमा राख्दै भारत सरकारले यसलाई सम्हाल्न बी. एस. दासलाई मुख्य प्रशासक नियुक्त गरेको थियो। लगभग 25 वर्षको सङ्घर्षपछि अर्थात 16 मई, 1...
Printing press in sikkim
- Get link
- X
- Other Apps
मुद्रण पत्रकारिता फस्टाउँदै सिक्किमको मुद्रण पत्रकारिता फष्टाएको अनि यो भारतका अन्य राज्यको तुलनामा आउनसक्ने कुरा राष्ट्रको प्रतिष्ठित राष्ट्रिय दैनिक समाचार पत्रका सम्पादकले उल्लेख गरेर सिक्किमका पत्रकारहरूको हौसला बढाउने काम गरेका छन्। राष्ट्रिय दैनिकका सम्पादकले यो भन्नु अनि राज्य सरकारले राज्यमा प्रजातान्त्रिक संस्थाहरूको पूर्ण कदर गरिएको छ भन्नु एउटा सिक्किाका दुइ पाटा मान्न सकिन्छ। हुन त राष्ट्रिय दैनिकका सम्पादकले आज भन्दा 30-35 वर्ष अघि अर्थात सिक्किम भारतमा विलय हुनु भन्दा अघि र विलय कालको तुलना अहिलेको पत्रकारिता संस्थानले जसरी देशका ठूल्ठूला- मुद्रण संस्थानले सामाजिक उत्तरदायित्वका कार्यहरू गर्छन् सोही अनुरूप यहाँका मुद्रण संस्थानले पनि गर्ने गरेको विषयलाई उठाएर-सिक्किमलाई देशका अन्य राज्यहरूको हाराहारीमा सामेल गराई दिए। वास्तवमा सिक्किम जस्तो सानो राज्यलाई अन्य कुनै राज्यसित तुलना गर्नु धेरै दृष्टिबाट स्वीकार्न सकिँदैन, तरै पनि पत्रकारिता जगतले यस विषयलाई आधार बनाएर-पुनः सिक्किमको पत्रकारितालाई बलियो आधार दिने कार्यको थालनी गर्न आवश्यक देखिन्छ। यद्यपि यहाँ उल्लेख योग्य वि...
Dhara Vikash in Sikkim
- Get link
- X
- Other Apps
धारा विकास कार्यक्रम pani (water)मानव समाजको निम्ति अमूल्य संसाधन हो, तर वैश्विक तापमानमा वृद्धिका कारण मौसममा हुने परिवर्तनले प्रकृतिको यस निशुल्क उपहारलाई भारत जस्तो देशमा पनि (sangkat ko)समटको सामना गर्नुपरिरहेको छ। हाम्रो देश भारतमा बसोबासो गर्ने अरबौं मानिसहरूको निम्ति स्वच्छ जलस्रोतका रूपमा परिचित हिमालय क्षेत्रका कतिपय जलस्रोतहरू अहिले मौसममा निर्भर गर्नेभएका छन् अर्थात बाह्रैमास पानी पलाउने पानीका मुहानबाट लगभग 6 महिनामात्र पानी बग्नेगर्छ। अर्कातिर कतिपय पानीका मुहानहरू सुक्दै जानथालेका छन्। दिन प्रदिदिन बढ्दो जनसङ्ख्या र हिमालय क्षेत्रमा स्थापित विकास कार्यक्रमको परिणास्वरूप हिउँदका महिनामा पानीको समस्या बढ्दै जाने विषयले पहाडी क्षेत्रलाई समेत सताउन शुरु गरेको छ। पानीको मुहानलाई पारम्पारिक रूपमा संरक्षण गर्ने कार्य मात्र सीमित राखे पहाडी क्षेत्रमा बसोबासो गर्ने मानिसहरू चाँडै पानीको समटमा पर्ने स्थिति आउनसक्छन्। यसैले नयाँ तक्निकी र समाधानका उपायहरू खोजी गरी, हिमालय क्षेत्रका मानिसलाई वर्षभरि नै शुद्ध पिउने पानीको व्यवस्था सुनिश्चित गर्न आवश्यक देखिन्छ। जनसङ्ख्याको वृद्धिस...
Sikkim in Innovative Age
- Get link
- X
- Other Apps
कृषिदेखि नवीन प्रयोगसम्म सिक्किम कृषि युगदेखि नवीनतम (इनोबेटीव) युगमा प्रवेश गर्यो। कृषि युगदेखि औद्योगीकरण, सेवा क्षेत्र(सर्विस सेक्टर) हुँदै वर्तमानमा नवीनतम प्रयोगको युगमा प्रवेश गरेको छ। यहाँ महत्वपूर्ण विषय के छ भने विकसित देशहरूले कृषि युगदेखि औद्योगीक युगसम्म पुग्न 200 देखि 300 वर्षसम्म सङ्घर्ष गरेको इतिहास छ। यसरी नै औद्योगीकरणको सफलताका निम्ति पनि सयौं वर्ष सङ्घर्ष गरेको पाइन्छ भने यसपछि सेवा क्षेत्र र वर्तमानको नवीनतम युगमा प्रवेश गर्नका निम्ति धेरै सङ्घर्ष गर्नु परेको छ। यद्यपि सिक्किमले विकसित राष्ट्रलाई सयौं वर्ष लागेको काम मात्र दुई दशकमा गर्न सक्यो। सिक्किमलाई दुई दशकको अवधिमा कृषि युगदेखि नवीनतम युगसम्म ल्याउन राज्य सरकार सफल बनेको छ। सन् 1994 मा एसडीएफ सरकार सत्तामा आउँदा यहाँ प्रमुख उद्योग भनेको नै कृषि थियो। यद्यपि कृषि पारम्परिक ढङ्गमा नै गरिन्थ्यो। यसपछि यसलाई नवीनतम प्रयोग मार्फत, जैविक कृषि शुरू गरेर वर्तमानमा यसलाई कमाई पेशाका रूपमा विकसित गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको छ। सरकारले चाहे कृषि होस् अथवा पर्यटन उद्योग सबैलाई सम्मानित पेशाका रूपमा विकसित गर्न...
Pro youth programme in sikkim
- Get link
- X
- Other Apps
युवामुखी कार्यक्रममा अब्बल बन्दै अब सिक्किम सरकारले शुरु गरेको युवामुखी कार्यक्रमले राष्ट्रिय मान्यता पाउने प्रतीक्षा गरिरहेको छ। एसडीएफ सरकारले धेरैअघि छुट्टै क्षमता विकास संस्थान शुरु गरेर युवाहरूलाई क्षमतावान बनाउने योजना शुरु गरेको थियो। पछि गएर केन्द्र सरकारले पनि सोही अनुरूप युवाहरूको क्षमता विकास गर्ने विषयलाई प्राथमिकता दिन शुरु गर्यो। केन्द्र सरकारले पूर्वोत्तर राज्यका युवाहरूलाई क्षमता विकास गराई सकारात्मक दिशा तर्फ डोहोर्याउने काम शुरु गरेको छ। विशेष आतङ्कवादले ग्रस्त क्षेत्रका युवाहरूको भविष्य सुनिश्चित गर्न विशेष प्याकेज र घोषणा सरकारले गरेको छ। यद्यपि, सिक्किम सरकार यस प्रकारको योजना शुरु गर्न अब्बल बनेको छ। सिक्किमले शुरु गरेको युवामुखि योजनाको सकारात्मक परिणाम पनि आउन थालेको छ। राज्य सरकारले शुरुमा क्षमता विकास कार्यक्रम अनि क्रमैले उच्च शिक्षा आर्जन गर्न ब्याजसहित तथा निर्ब्याजी ऋण, जीविकोपार्जन स्कूल, करोबार शुरु गर्न ऋण सहायता (मुख्यमन्त्री स्वरोजगार योजना) मुख्यमन्त्री छात्रवृत्ति योजना पछि अहिले भारतीय प्रशासनिक एवं सम्बन्धित क्षेत्रमा तालिम, मुख्यमन्त्री फेलोशी...
Sikkim multi hazard Zone
- Get link
- X
- Other Apps
वविध आपदाको राज्य सिक्किमका वैज्ञानिक तथा प्राकृतिक विशेषज्ञहरूअनुसार सिक्किम सबैप्रकारका प्रकोपका निम्ति संवेदनशील छ। भुइँचालो विषय धेरै जागरूक छन्, यद्यपि समय बित्दै जाँदा यसलाई पनि भुल्ने गरिन्छ। यसरी नै बर्खा लागेर पानी पर्न थालेपछि पैह्रोको त्रास बढ्ने गर्छ भने यसैसित आउने भल-बाढी र हुरी बतास पनि राज्यको निम्ति संवेदनशील विषय बन्ने वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकहरूअनुसार साइकलोन अर्थात हुरी बतासले पनि सिक्किम राज्यलाई छुट्याउँदैन। यद्यपि, यस विषयमा धेरै जागरण र सुरक्षाका उपायहरू विषय कम्ती नै चर्चा भएको देखिन्छ। गाउँ-बस्तीमा हुरी बतास चलेर रुख भाँचिएको, घर-गाई-गोठका छाना उडाएको धेरै देखिने गरिन्छ। यसरी नै सिक्किमको भौगोलिक संरचना अभिन्न किसिमको भएको कारण राज्यको कतिपय स्थानमा सुख्खा (खडेरी)-को प्रकोप पनि देख्ने गर्छौ भने असिना-पानीले पनि वर्षमा एकपल्ट कृषकहरूलाई सताउने गर्छ। प्राकृतिक प्रकोपपछि मानवजनित प्रकोपको दृष्टिले पनि सिक्किम संवेदनशील छ। तीन अन्तरराष्ट्रिय सीमाले घेरिएको राज्यमा कुनै पनि समय आपदको स्थिति आउनसक्छ। यद्यपि, देशको सुरक्षासित सम्बन्धि इकाई र स्थानीय प्र...