Posts

Social Media

सोसियल मीडिया पनि आदर्श आचार संहितामा पारदर्शिता अथवा चुनाउमा सबैलाई समान अवसर उपलब्ध गराउन केही समयदेखि सोसियल मीडियालाई पनि आदर्श आचार संहिताको परिधिभित्र राख्नुपर्ने कुरा गरिँदै थियो। अन्ततः चुनाउ आयोगले सोसियल मीडियामा पनि आदर्श आचार संहिता लागू हुने घोषणा गरेको छ। महत्वपूर्ण कुरा के छ भने, राजनीतिक एवं सामाजिक समूहको तर्फबाट चुनाउको समयमा जसरी अन्य मीडियालाई नियन्त्रण गरिन्छ, त्यसरी नै सोसियल मीडियालाई पनि नियन्त्रण गर्ने माग गर्दै आएका थिए। आयोगको आदेशअनुसार सबै प्रत्याशीहरूले ई-मेल र सोसियल मीडियाको एकाउन्टको विवरण उपलब्ध गराउनु पर्नेछ। यसरी नै सोसियल मीडियामा दिइने राजनीतिक विज्ञापनलाई पनि प्रमाणित गर्नु पर्नेछ अनि नयाँ मीडियामा गरिएको खर्चको रेकर्ड पनि राख्नु पर्नेछ। उल्लेख्य, राजधानी दिल्ली, छत्तीसगढ, मध्य प्रदेश, मिजोरम र राजस्थानमा अहिले विधानसभा चुनाउको घोषणा भइसकेको छ, अनि यी राजयहरूमा गत चार अक्टोबरदेखि सोसियल मीडियामा पनि आचार संहिता लागू भएको छ। अर्को महत्वपूर्ण विषय के छ, आदर्श आचार संहिता प्रिन्ट र टीभीका विषयवस्तुमा पनि लागू गरिएको छ। यद्यपि अहिले राजनीतिक दलह...

Sikkim Tourism

पर्यटनः विश्‍वको ध्यान आकर्षण गराउँदै सीमावर्ती राज्यलाई शान्तिपूर्ण राख्न सफलता प्राप्त गर्दै आएपछि एसडीएफ सरकारले देशकै निम्ति सीमावर्ती क्षेत्र औं राज्यको परिभाषा नै बदली गरिदिएको कुरा अहिले विश्‍व पर्यटन बजारमा सर्वाधिक चर्चाको विषय बन्न पुगेको छ। विशेष विश्‍वको वृहत ट्राभल गाइड पुस्तक प्रकाशक लोनली प्लानेट कम्पनीले- गरेको एउटा सर्वेक्षण (भोट)-मा आगामी वर्ष 2014 सिक्किम विश्‍वकै लोकप्रीय पर्यटन गन्तव्य बन्ने दावी गरेको छ। वास्तवमा शान्तिपूर्ण वातावरण, प्राकृतिक सुन्दरता, जैविक उत्पादन तथा विचार, तीर्थ स्थल, हिमालयीन सुन्दरता, पर्यामैत्री परम्परा तथा सोच आदि नै सिक्किमको निम्ति महत्वपूर्ण तत्वहरू बन्न पुगेका छन्।  यी सबै तत्वहरूको जोगाड गर्न एसडीएफ सरकारले निरन्तर प्रभावकारी नीति निर्माण तथा विस्तार गर्दै आएको छ। यस अतिरिक्त सिक्किमलाई निशुल्क वरदान स्वरूप प्रकृतिबाट प्राप्त भएको प्राकृतिक संसाधनलाई दिगोरूपमा प्रयोग गर्न नीतिमा पर्यटनको एउटा कार्यक्रम एकान्तवास पनि पर्दछ। सिक्किमको घना जङ्गल साथै मनोरम प्राकृतिक दृश्य साथै विविध सांस्कृतिको उपलब्धताले पनि ग्रामीण पर्यटनलाई...
कृषिबालीको विमा सिक्किमका कृषकहरूले हाल कृषि बालीको बिमा गर्ने विषयमा माग उठाउन थालेका छन्। कृषि प्रधान देशमा कृषकहरूको यो विषय महत्वपूर्ण पनि छ। यसरी नै वैज्ञानिक तथा प्राकृतिक विशेषज्ञहरूअनुसार सिक्किम सबै प्रकारका प्रकोपका निम्ति संवेदनशील छ। भुइँचालो विषय मानिस धेरै जागरूक छन्, यद्यपि समय बित्दै जाँदा यसलाई पनि भुल्ने गरिन्छ। यसरी नै बर्खा लागेर पानी पर्न थालेपछि विषेश कृषकहरूको मनमा त्रास बढ्ने गर्छ। यसैसित आउने भल-बाढी र हुरी बतास पनि राज्यको निम्ति संवेदनशील विषय बन्ने वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकहरूअनुसार साइक्लोन अर्थात हुरी बतासले पनि सिक्किम राज्यलाई छुट्याउँदैन। यद्यपि, यस विषयमा धेरै जागरण र सुरक्षाका उपायहरू विषय कम्ती नै चर्चा भएको देखिन्छ। गाउँ-बस्तीमा हुरी बतास चलेर रुख भाँचिएको, घर-गाई-गोठका छाना उडाएको साग सब्जी, धान, मकै कोदो सबै नै क्षतिग्रस्त बनाएको धेरै देखिने गरिन्छ।  यसरी नै सिक्किमको भौगोलिक संरचना अभिन्न किसिमको भएको कारण राज्यको कतिपय स्थानमा सुख्खा (खडेरी)-को प्रकोप पनि देख्ने गरिन्छ भने असिना-पानीले पनि वर्षमा एकपल्ट कृषकहरूलाई सताउने गर्...
 निश्‍चेतक औषधि भिन्न प्रक्रियामध्ये शल्यचिकित्सा एक प्रमुख पद्धति हो। शल्यचिकित्सा गर्न अगावै बिमारीलाई निश्‍चेतक-एनेस्थेटिक औषधि दिइन्छ। निश्‍चेतक औषधि त्यो हो  जसले  रोगीमा बेहोसी ल्याउँछ। अर्थात शरीरलाई चेतना शुन्य बनाइदिन्छ। कुनै कुनै औषधि यस्ता हुन्छन्  जसले पूरै शरीरलाई चेतना शुन्य नबनाइ कुनै निर्दिष्ट  स्थानलाई मात्र बनाइदिन्छ र त्यहाँ चिरङ्गार गरे पनि बिमारीलाई कुनै दुखाइको अनुभव हुंँदैन। अहिले यस्ता किसिमका धेरै निश्‍चेतक औषधि पाइन्छन्।  सर्वप्रथम यस प्रकारको निश्‍चेतक औषधि पत्ता लगाउने वैज्ञानिकको नाम हो जेम्स योङ सिम्पसन। उनले यस प्रकारको औषधि सर्वप्रथम सन् 1847 मा पत्ता लगाएका थिए। उनको जन्म सन् 1811 को जुन  7 तारिखका दिन स्कटल्याण्डको वार्थगेट भन्ने ठाउँमा भएको थियो। अत्यन्त तीक्ष्ण बुद्धिका सिम्पसनले बाल्यकालमै बेलायतको इडिनवर्ग विश्‍वविद्यालयमा पुगे र चाँडै नै उनी शल्य चिकित्सकको  दर्जा पाउन सङ्गल भए। सिम्पसनको समयमा शल्यचिकित्सा अत्यन्त पीडादायक हुने गर्दथ्यो।  त्यस बेलासम्म कुनै निश्‍चेतक औषधि पत्ता नलागेकाले बिमार...

Sikkim

 सिक्किम गणतन्त्रको 38 वर्षमा 7 मा भारतले स्वाधीनता प्राप्त गर्यो त्यसपछि सिक्किममा राजनीतिक पार्टीहरूको स्थापना शुरु हुनथाल्यो। प्रथममा यी राजनीतिक पार्टीहरूले सिक्किममा जमीनदारी प्रथाको उन्मूलन हुनु, गणतान्त्रिक सरकारको गठन गर्नु र भारतीय संविधानको आधारमा भारतमै सिक्किमलाई विलय गर्नु आदि मागलाई अघि बढाएको थियो। भारत स्वाधीन भएको तीन वर्षपछि अर्थात 1950 मा सिक्किमका राजा टाशी नामग्याल र भारत सरकारमाझ सन्धि भएको थियो। त्यस सन्धिअनुसार सिक्किम भारतको संरक्षणमा थियो। भारतले सिक्किमको विदेशी सम्बन्ध, रक्षा र रणनीति संवादलाई आफ्नो अधीनमा लिएपछि स्थानीय राजनीतिक पार्टीलाई आफ्नो माग अघि बढाउन धेरै सजिलो भएको थियो। 1970 को शुरुदेखि नै राज्यमा स्थापित भएका राजनीतिक पार्टीहरूले राजशासनको विरोध गर्दै गणतान्त्रिक पद्धतिमा सरकार स्थापना गर्ने मागलाई अझ तीव्र बनाउँदै लगे। यसका निम्ति 1973 मा वृहत आन्दोलन भएको थियो। सिक्किममा बिग्रँदो प्रशासनिक व्यवस्थालाई ध्यानमा राख्दै भारत सरकारले यसलाई सम्हाल्न बी. एस. दासलाई मुख्य प्रशासक नियुक्त गरेको थियो। लगभग 25 वर्षको सङ्घर्षपछि अर्थात 16 मई, 1...

Printing press in sikkim

मुद्रण पत्रकारिता फस्टाउँदै सिक्किमको मुद्रण पत्रकारिता फष्टाएको अनि यो भारतका अन्य राज्यको तुलनामा आउनसक्ने कुरा राष्ट्रको प्रतिष्ठित राष्ट्रिय दैनिक समाचार पत्रका सम्पादकले उल्लेख गरेर सिक्किमका पत्रकारहरूको हौसला बढाउने काम गरेका छन्। राष्ट्रिय दैनिकका सम्पादकले यो भन्नु अनि राज्य सरकारले राज्यमा प्रजातान्त्रिक संस्थाहरूको पूर्ण कदर गरिएको छ भन्नु एउटा सिक्किाका दुइ पाटा मान्न सकिन्छ। हुन त राष्ट्रिय दैनिकका सम्पादकले आज भन्दा 30-35 वर्ष अघि अर्थात सिक्किम भारतमा विलय हुनु भन्दा अघि र विलय कालको तुलना अहिलेको पत्रकारिता संस्थानले जसरी देशका ठूल्ठूला- मुद्रण संस्थानले सामाजिक उत्तरदायित्वका कार्यहरू गर्छन् सोही अनुरूप यहाँका मुद्रण संस्थानले पनि गर्ने गरेको विषयलाई उठाएर-सिक्किमलाई देशका अन्य राज्यहरूको हाराहारीमा सामेल गराई दिए। वास्तवमा सिक्किम जस्तो सानो राज्यलाई अन्य कुनै राज्यसित तुलना गर्नु धेरै दृष्टिबाट स्वीकार्न सकिँदैन, तरै पनि पत्रकारिता जगतले यस विषयलाई आधार बनाएर-पुनः सिक्किमको पत्रकारितालाई बलियो आधार दिने कार्यको थालनी गर्न आवश्यक देखिन्छ। यद्यपि यहाँ उल्लेख योग्य वि...

Dhara Vikash in Sikkim

धारा विकास कार्यक्रम pani (water)मानव समाजको निम्ति अमूल्य संसाधन हो, तर वैश्‍विक तापमानमा वृद्धिका कारण मौसममा हुने परिवर्तनले प्रकृतिको यस निशुल्क उपहारलाई भारत जस्तो देशमा पनि (sangkat ko)समटको सामना गर्नुपरिरहेको छ। हाम्रो देश भारतमा बसोबासो गर्ने अरबौं मानिसहरूको निम्ति स्वच्छ जलस्रोतका रूपमा परिचित हिमालय क्षेत्रका कतिपय जलस्रोतहरू अहिले मौसममा निर्भर गर्नेभएका छन् अर्थात बाह्रैमास पानी पलाउने पानीका मुहानबाट लगभग 6 महिनामात्र पानी बग्नेगर्छ। अर्कातिर कतिपय पानीका मुहानहरू सुक्दै जानथालेका छन्। दिन प्रदिदिन बढ्दो जनसङ्ख्या र हिमालय क्षेत्रमा स्थापित विकास कार्यक्रमको परिणास्वरूप हिउँदका महिनामा पानीको समस्या बढ्दै जाने विषयले पहाडी क्षेत्रलाई समेत सताउन शुरु गरेको छ। पानीको मुहानलाई पारम्पारिक रूपमा संरक्षण गर्ने कार्य मात्र सीमित राखे पहाडी क्षेत्रमा बसोबासो गर्ने मानिसहरू चाँडै पानीको समटमा पर्ने स्थिति आउनसक्छन्। यसैले नयाँ तक्निकी र समाधानका उपायहरू खोजी गरी, हिमालय क्षेत्रका मानिसलाई वर्षभरि नै शुद्ध पिउने पानीको व्यवस्था सुनिश्‍चित गर्न आवश्यक देखिन्छ। जनसङ्ख्याको वृद्धिस...