Posts

विश्व पर्यावरण दिवस

 5 जुन विश्व पर्यावरण दिवस संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ।यसको शुरुवात सन् 1972 मा 5 जूनदेखि 16 जुनसम्म संयुक्त राष्ट्र महासभाद्वारा आयोजित विश्व वातावरण सम्मेलन बाट भएको हो। ।5 जुन सन् 1973  का दिन पहिलो विश्व  पर्यावरण दिवस मनाइएको थियो।विश्व पर्यावरण दिवस संयुक्त राष्ट्र द्वारा सकारात्मक पर्यावरण कार्य गर्नलाई विश्वभरि नै मनाइने उत्सव हो।पर्यावरण र जीवनको गनिष्ठ सम्बन्ध छ।पर्यावरण प्रदूषणको समस्यामा  सन् 1972 मा संयुक्त राष्ट्र सङघले स्टाकहोम (स्वीडन)मा  विश्व भरिका देशहरूको पहिलो  पर्यावरण सम्मेलन आयोजित गरिएको थियो । यसमा 119 देशहरूले भाग लिएका थिए र पहिलो पल्ट  पृथ्वीको एक सिद्धान्तलाई मान्य गरियो। यसै सम्मेलनमा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP) को  जन्म  भयो तथा प्रति वर्ष 5 जूनको दिन पर्यावरण दिवस आयोजित गरेर नागरिकहरूलाई प्रदूषणको समस्या बारे अवगत गराउने निश्चय गरियो। यसको मुख्य उद्देश्य पर्यावरण प्रति जागरूकता ल्याउदै  राजनीतिक चेत...

बर्षमा दुइपल्ट छायाले साथ छोडने

बर्षमा दुइ पल्ट भनिन्छ छायाले कहिल्यै पनि साथ छोडदैन तर बर्षमा दुइ पल्ट यस्तो दिन आउछ जतिवेला केहि समयका लागि छायाले साथ छोडने गर्छ। गुजरातको  वडोदराबाट प्राप्त जानकारीका अनुसार छाया तब बन्ने गर्छ , जब प्रकाशका बीचमा कुनै वस्तु आउने गर्छ। यस्तो प्रकारले  सूर्यको प्रकाशबाट उत्पन्न भएको छाया  सूर्य पूर्वदेखि पश्चिमसम्म हिडदाखेरि पश्चिमदेखि पूर्वतर्फ झर्ने गर्छ। खगोलशास्त्री दिव्यदर्शन डा.पुरोहितका अनुसार , पृथ्वीदेखि 23.5 डिग्रीको झुकावका कारणले सूर्य 23.5 डिग्रीसम्म पुगेर फर्किआउछ।त्यस समय  विषुवृत्तदेखि कर्क वृत्तसम्म  सूर्य जादाँखेरिको समय र फर्किएर  कर्क वृत्तदेखि विषुवृत्तसम्म आएको समय वर्षमा दुइ पल्ट  ती दुवैका बीच आउने सबै वस्तुहरू अर्थात रूख , घर , गाड़ी सबैको छाया गायब हुन्छ तर  यो चम्तकार कर्कवृत्तदेखि माथि हुनेले देख्न सक्दैनन। दुइ र तीन जूनको दिन यो  स्थिति बनिन्छ।   पुरोहितअनुसार जब सूर्यको  देक्लिनेसन अर्थात आकाशीय ढलान हाम्रो  शहर या गाउँको लेटिट्युड अर्थात  अक्षांससित मेल खान्छ अनि  जब सूर्य शहरको...

कार्यसंस्कृतिको निष्पादन आवश्यक

सिक्किमको विकास र प्रगतिका निम्ति धेरै दिनदेखि केही विषयमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्दैथियो, अनि यिनै आवश्यकता मध्ये एउटा विषय हो, सरकारी कार्यालयहरूमा कार्य संस्कारको विकास। सरकारी कार्यालयमा अधिकारी र कर्मचारीको अनियमित उपस्थितिले साधारण जनता कार्यालयमा गएर एकै दिनमा काम गरेर फर्किने विषय अझ पनि आकाशकै फल मानिन्छ्। यसै पनि शहरी क्षेत्रमा भएका कार्यालयमा ट्राफिकको समस्या देखाएर 12 बजेभन्दा अघि कार्यालयमा उपस्थित नहुने अनि आफुभन्दा माथिको अधिकारी नभए 3 बजे भन्दा अधिक समयसम्म पनि बस्न नसक्ने अधिकारी र कर्मचारीको संख्या पनि बढदो छ। मुख्यमन्त्री नहुँदा विभागीय प्रमुख नै कार्यालयमा नहुने अनि आज त बुढो छैन भनेर तल्लोदर्जाका कर्मचारीसम्म मेहे बिनाको दाई हुनाले सरकारी कार्यालयमा जनताको कति काम हुन्छ त्यो कल्पना गर्न सकिन्छ। केही दिन अघि पाकिम महकुमा कार्यालमा विहान 11 बजेसम्म पनि अधिकारी र कर्मचारी नभएको कुरा सोसियल मिडियामा आएको थियो।  सरकारी कार्यालयमा कार्य संस्कृति जनतामा खट्किएको विषय हो। एकातिर सिक्किमका कर्मचारीले देशका अन्य राज्यहरूको तुलनामा धेरै वेतन पाउँछन् भन्न...

देशका सबै नागरिक हवाई अड्डाहरूमा विमानहरूको ल्याण्डिङमा सहयोग गर्नका लागि सीएसआईआर र आईएमडीमा समझौता

सीएसआईआर नेशनल एयरोस्‍पेस लेबोरेट्रीज (सीएसआईआर-एनएएल) बंगलोर  र भारतीय मौसम विज्ञान विभाग (आईएमडी) द्वारा विमानन सुरक्षाको  क्षेत्रमा  महत्‍वपूर्ण उप‍लब्धि हासिल गरिएको छ। दुवैले दृष्टि प्रणालीको संयुक्‍त उत्‍पादनका लागि भागीदारी समझौतामा  हस्‍ताक्षर गरेका छन। यो  कम दृष्‍यताको  स्थितिमा विमानलाई सुरक्षित उतरने र उड़ान भर्नका लागि  महत्‍वपूर्ण मार्गदर्शन हो , जसलाई रनवेको दृष्‍यता श्रेणीको मूल्‍याङकन गर्नका लागि  उन्‍नत उपकरण मानिन्छ।  यो अनुबन्ध प्रौद्यागिकी स्‍वदेशीकरण गर्नका लागि दुइ  सरकारी उपक्रमहरूमा सहयोगको अदान प्रदान गर्ने राम्रो उदाहरण हो। यसअघि यस प्रौद्योगिकीमा केही विकसित देशहरूको मात्र आधिपत्‍य थियो। यस परिष्‍कृत उपकरणको देशमा  उत्‍पादनले  विदेशी मुद्राको मात्र बचत ऩभएर देश उन्‍नत प्रौद्यगिकीको क्षेत्रमा पनि आत्‍मनिर्भर हुनेकुरा स्पष्ट भएको छ। यस समझौतामा  सीएसआईआर नेशनल एयरोस्‍पेस लेबोरेट्रीज (सीएसआईआर-एनएएल) का निदेशक डा. श्‍याम चेट्टी र भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का महानिदेशक डा. एल. एस. र...

प्रौद्योगिकी विकास बोर्डले राष्ट्रीय प्रौद्योगिकी दिवस 2014 मनायो

भारत सरकारको  विज्ञान एवं  प्रौद्योगिकी मंत्रालयको  वैधानिक इकाई प्रौद्योगिकी विकास बोर्डले 11 मईको दिन नयाँ दिल्लीमा  राष्ट्रीय प्रौद्योगिकी दिवस 2014 मनायो। विज्ञान एवं  प्रौदयोगिकी विभागका सचिव प्रोफेसर के.विजय राघवनले  समारोहको   अध्यक्षता गरेका थिए। यसमा  प्रोफेसर अशोक झुझुनवालाले  मुख्य अतिथिका रूपमा  विज्ञान एवं  नवोन्मेषी विषयमा  प्रमुख भाषण दिएका थिए।  उनले आफ्नो सम्बोधनमा  नवोन्मेषी र प्रौद्योगिकीको महत्वमा  जोर दिदै यसबाट केवल मानिसको समस्याहरूको हल मात्र ऩभएर  असमानता दूर गर्न अझ धेरै  अवसर प्रदान गर्नुमा सहयोग प्राप्त हुनेछ भने।उनले भने  एटीएम मशीनहरू , मोबाइल फोन र एप्सले मानिसको जीवनमा ठुलो परिवर्तन ल्याएको छ।प्रोफेसर झुझुनवालाले जोर दिदै भने  नवोन्मेष र प्रौद्योगिकीले ठुलोभन्दा ठुलो समस्याको समाधान निकाल्न सक्छ।उनले  शिक्षा र बिजुलीको  कमीका मुद्दाहरूको उल्लेख गर्दै भने प्रौद्योगिकी र नवीनताबाट सबै  शिक्षाको स्तरमा सुधार ल्याउन सकिन्छ। उनले भने  ...

गाउँमुखी सरकार !

राज्यको कूल बजेटको 70 प्रतिशत अंश ग्रामिण विकासमा खर्च गर्ने एसडीएफ सरकारले नीति निर्धारण गरेर ग्रामिण जनतालाई जुन न्याय दिने काम गर्दै आएको छ, त्यसको गुण यस पल्टको चुनाउ जनताले एसडीएफलाई फर्काएर पुनः सरकारमा ल्याए। एसडीएफ पार्टीले पञ्चम् विजयी हाँसिल गरेर पुनः सिक्किमको सत्ता हाँक्ने जनताबाट जनादेश प्राप्त गरेको छ। यस ऐतिहासिक विजयका निम्ति एसडीएफ पार्टीको भाग्य निर्माण गर्ने नै ग्रामिण जनता भएको चुनाउको परिणामले स्पष्ट पारेको छ। यहाँ महत्वपूर्ण कुरा के छ भने ग्रामिण जनतालाई न्याय दिन एसडीएफ पार्टीले बजेटको 70 प्रतिशत अंशसितै अन्य धेरै नीति निर्माण गरेर गाउँको विकास गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ। सबै समष्ठिमा ग्राम विकास केन्द्रहरूको स्थापना गर्नु, महकुमा कार्यालयहरूको स्थापना गरेर ग्रामिण क्षेत्रमा जनतालाई सरकारी काम-ताजका महत्वपूर्ण कार्यहरूको सेवा दिनु, सत्ता विकेन्द्रिकरण गरेर पञ्चायतलाई प्रशासनिक शक्ति प्रदान गर्नु, ग्रामिण पर्यटनको नीति निर्माण गरेर गाउँमा नै आय श्रोतको माध्यम सिर्जना गर्नु, आर्थिक सामान्ताका निम्ति सहकारी समितिको स्थापना गरेर समानुपातिक ढङ्गमा सम...

मंगलमा पहिलो बस्ती बसाउन जानसक्छन 44 भारतीय

लन्दन नीदरल्यान्डको एक संस्था 'मार्स-वान' ले  2024 मा  मंगल ग्रहको एकतर्फी यात्राको आफ्नो योजनाका लागि 705 जना मानिसलाई  चुनेको छ ,त्यसमध्ये 44 भारतीय छन। जहाँ 17 महिला सामेल रहेको बताईएको छ।  यी व्याक्तिले अब मार्स-वानको एक सेलेक्शन कमिटी समक्ष  इन्टरव्यू दिनुपर्नेछ। स्मरण गराइन्छ, मंगल ग्रहको यो यात्रा यात्रा अहिलेसम्मको सबैभन्दा जोखिमपुर्ण यात्रा पनि हो किनभने मंगल ग्रहमा पुग्ने यी मानिस धर्तीमा फर्किएर आउनेछैनन् त्यही नै बस्नेछन। यस  संस्थाको योजना 2025 देखि मंगल ग्रहमा  एउटा बस्ती बसाउनु रहेकोछ । मार्स वानका  चीफ मेडिकल अफिसर नबर्ट क्राफ्टले उमेद्वारहरूको चयन दोस्रो चरण शुरू गर्नका लागि टीम उत्साहित भएको बताएका छन। यस राउंडमा उमेद्वारले  आफ्नो ज्ञान, अनुकूलन क्षमता र व्यक्तित्वको  परीक्षा दिनु पर्नेछ। मार्स-वानको  योजना 2024 मा मंगल ग्रहमाचार उपनिवेश उतारने रहेको छ । मंगलमा  बसाइने यस  बस्तीका लागि विश्वका  2 लाख मानिसले आवेदन दिएका थिए। संस्थाले दोस्रो  चरणका लागि लिए विश्वभरिबाट  418 पुरुषों र 2...