Posts

अब गुड्नेछ पिसाबबाट कार

Image
पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ,जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।मलमूत्र स्वभावैले फोहर चिज हो र यसलाई हामीले फोहरकै रुपमा वर्गिकरण गरी थान्को लगाइन्छ । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् । दक्षिण कोरियाका वैज्ञानिकहरुले यस्तो महत्वाकांक्षी परियोजना सुरु गरिसकेका छन् जसबाट भविष्यमा पिसाबबाटै उर्जा निकालेर गाडि चलाउने मात्र होइन गाउँ तथा सहरमा विजुली समेत बाल्न सकियोस् ।कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले मानिसको पिसाबमा हुने कार्वन परमाणुबाट सस्तो विजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना सुरु गरेका हुन् ।वैज्ञानिकहरुको दाबी पत्याउने हो भने उर्जा उत्पादनका लागि अहिले प्रयोग भैरहेको प्लाटिनम फ्युल सेलको साटो मानव मूत्रमा पाइने कार्वनको प्रयोग गरिनेछ । फ्युल सेल्स भनेको यस्तो प्रविधि हो जसले रासायनिक उर्जालाई विद्युतिय उर्जामा परिवर्तन गर्छ, जसमा अक्सिजन र हाइड्रोजन बीच प्रतिक्रिया गराइन्छ ।फ्युल सेलमा प्रयोग हुने प्लाटिनमको साटो कार्वन प्रयोग गर्न सकिए...

भारतीय विज्ञान संस्थान, बंगलुरूमा उत्कृष्टता केन्द्रको उद्घाटन

  केन्द्रीय सूक्ष्म, लघु एंव मध्यम उद्यम (एमएसएमई) मन्त्री कलराज मिश्रले 17 जूनको दिन बंगलुरू स्थित भारतीय विज्ञान संस्थान (आईआईएस) को उत्कृष्टता केन्द्रको उद्घाटन गरे। आईआईएस आफ्नो अनुसंधानकर्ताहरू, बुद्धिजीवीहरू र प्राध्यापकहरूको ज्ञान भण्डारबाट यस केन्द्रको माध्यमबाट एमएसएमई क्षेत्रमा नवरचना, प्रतिस्पर्धा र विकासमा योगदान गर्नेछ।यो केन्द्र उद्योगहरूको स्वदेशीकरण र मूल्य इंजीनियरिंगको लागि प्रक्रिया र उत्पाद डिजाइन तथा विकासको लागि एक मञ्चको रूपमा कार्य गर्नेछ। यो धारणा विस्तृत विचार- विमर्शपछि तयार गरिएको थियो औ यस कार्यको लागि आईआईएसमा आठ विभागहरूलाई चिन्हित गरिएको थियो।मिश्रले यस पहिलो कदमको लागि , जसमा सरकार र शिक्षाविद् उत्कृष्टतालाई  यस केन्द्रको माध्यमले  सेवा उपलब्ध गराउनेछ,।उनले यो उद्योग क्षेत्र मुख्यरूपमा एमएसएमईलाई अझ अधिक ऊचाईमा लानेछ भने। 

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भुटानको संयुक्त सत्रलाई सम्बोधन

प्रधानमन्त्री नरेन्द्र मोदीले आज भोटानको थिम्पुमा भोटानी संसदको दुवै सत्रलाई सम्बोधन गरे।आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले भोटानमा विगत शताब्दीमा या यता वैश्‍विक प्रविृत्तिलाई व्यापकरूपमा विस्तार गर्दै तथा शक्तिलाई केन्द्रियकरण गरेको बताए। उनले लोकतन्त्रको वलियो आधार तयार गरेर भोटानले संवैधानिक लोकतन्त्रको स्थापना गर्ने परिवर्तन ल्याएको बताए।  प्रधानमन्त्रीले भने, देशको लोकतान्त्रिक इतिहासमा 7 वर्ष थोरै समय हो।तर यस छोटो समयमा भोटानका नागरिकले लोकतन्त्रको संस्थानमा विश्‍वास विकसित गरेका छन।सरकारमा पनि परिवर्तन भएको छ।यसले जनतामा जागरूकता र परिपक्वता आएको प्रमाणित गर्दछ।श्री मोदीले भने,भारतमा हालै चुनाउ सम्पन्न भयो अनि यस चुनाउमा भारतका जनताले असल प्रसाशन र विकासका निम्ति भोट गरे। भोटान राष्ट्रिय एसेम्बलीका अध्यक्षको स्वागत सम्बोधनमा शक्तिशाली भारत भोटानका लागि राम्रो भनेको कुरालाई प्रधानमन्त्री मोदीले स्वागत जनाए। उनले अझ भने यदि भारत सम्मृद्ध भए सम्पुर्ण क्षेत्र विशेषगरी सार्क देशहरूको  निम्ति नै राम्रो हुन्छ।शक्तिशाली र सम्मृद्ध भारतले मात्र छिमेकी राष्ट्रहरूको समस्या...

फ्रान्सीसी उपग्रह छोड़ने तयरीमा जुट्यो इसरो

चेन्नई। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) 26 जूनकोको दिन श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट फ्रान्सी दूर भेदी उपग्रह स्पट-7  प्रक्षेपिण गर्ने योजनामा छ।यसलाई पीएसएलवी-सी 23 रकेटबाट छोड़ीनेछ। यसै दिन थप चार उपग्रह छोड़ीने योजना छ।इसरोका अधिकारीहरूअनुसार इसरोले पीएसएलवी-सी 23 मार्फत स्पट-7 लाई प्रक्षेपणका लागि 26 जूनको बिहान नौ बजेर 50 मिनटको समय निर्धारित गरिएको छ। यसका लागि  52 घण्टाको उल्टो गन्तीको योजना बनाएको छ जो 24 जून को बिहान छ बजे शुरू भएको छ।अधिकारीअनुसार स्पट-सात इण्डियन रिमोट सेटेलाइट सिस्टम जस्तै छ यो पृथ्वीको अवलोकन गर्ने उपग्रह हो।

अमेरिकामा भारतीय वैज्ञानिक पञ्चनाथनको महत्वपूर्ण पदमा नियुक्ति

नयाँ दिल्ली, 14 जून। अमेरिकाको राष्ट्रपति बराक ओबामाले प्रतिष्ठित भारतीय-अमेरिकी वैज्ञानिकलाई आफ्नो प्रशासनमा महत्वपूर्ण वैज्ञानिक पदमा नियुक्त गरेको छ। व्हाइट हाउसले आफ्नो ताजा बयानमा भन्यो सेतुरमण पंचनाथन आईआईटीका छात्र रहेका छन्। उनलाई नेशनल साइन्स ङ्गाउंडेशनको प्रतिष्ठित नेशनल साइन्स बोर्डका सदस्यको रूपमा नियुक्त गरिएको छ। वर्ष 1981 मा विवेकानन्द कलेज (मद्रास मिश्‍वविद्यालय) बाट भौतिकीमा स्नातक पंचनाथनले वर्ष 1986 मा चेन्नईमा इन्टरनेशनल सफ्टवेयर इन्डिया लिमिटेडको लागि डेटा कम्युनिकेशन इञ्जीनियरको रूपमा काम गरेका थिए। पञ्चनाथनले वर्ष 1984 मा आईआईएससी बङ्गलोरबाट इलेक्ट्रोनिक्स र कम्युनिकेशन इंजीनियरिंगमा स्नातकको डिग्री प्राप्त गरे। यसबाहेक उनले आइआइटीबाट एमटेकको उपाधि लिए औ ङ्गेरि ओटावा, कनाडाबाट उनले पीएचडी (डाक्टरेट) को डिग्री हासिल गरे। अरिजोना स्टेट यूनिवर्सिटीमा वर्ष 1998 देखि नै उनी धेरै विभिन्न पदहरूमा रहे। यसबाहेक उनी त्यहाँ वर्ष 2009 देखि कम्प्युटिङ एन्ड इन्ङ्गमर्रेटिक्समा प्रोङ्गेसर पनि रहेका छन्। उनले धेरै महत्वपूर्ण पत्रिकाहरूमा 400  भन्दा अधिक लेखको प्रकाशन ...

सक्किम क्रमशः धेेरै विषयमा फस्ट हुनेछ

सिक्किम राज्यले प्रगति गरेको कुरा अहिले राष्ट्रियस्तरमा चर्चा नै चर्चाको विषय भएको छ। केही दिन अघि देशको कृषि र ग्रामिण विकास विषय लिएर सिक्किमको चर्चा धेरै भयो। सिक्किमले यी विषयमा धेेरैै अघि नै प्रोत्साहन पाउनु पर्ने थियो तर पाएन तर जे होस ढिलो भए पनि सिक्किमले गरेको प्रयासलाई राष्ट्रियस्तरमा मान्यता प्राप्त भएको छ अनि यसले अवश्य नै सिक्किमका जनताको शीर उच्च भएको छ। महत्पूर्ण  कुरा के छ भने सिक्किमले कृषि क्षेत्रमा मात्र होइन अन्य धेरै क्षेत्रमा देशका निम्ति उदाहरणीय कार्य गरेको छ।  सिक्किमका राज्यपाल श्रीनिवास पाटिलले ग्रामिण विकासको क्षेत्रमा पनि सिक्किम फस्ट वा डिस्टिङसन हुने कुरा मुख्यमन्त्री पवन चामलिङलाई हालै बधाई दिने क्रममा बताइसकेका छन्। विचारयोग्य विषय के छ भने एसडीएफ सरकारले गाउँलाई उच्च प्राथमिकता दिएर विकास गतिविधि सञ्चालन गरेको परिणाम स्वरूप यसपल्ट सम्पन्न चुनाउमा ग्रामिण क्षेत्रका जनताले एसडीएफ सरकारलाई पूर्ण समर्थन जनाएर पुनः सरकारमा ल्याएका हुन्। पञ्चायतलाई शक्ति हस्तान्तरण गर्नु, ग्राम विकास केन्द्र स्थापना गर्नु, गरीबलाई पक्का घरमा बसाउनेदेखि लिएर स्...

तादोङ कलेजका डा. चक्रवर्तीले लन्दनमा व्याख्यान दिने

गान्तोक, 14 जून। सिक्किम सरकारी महाविद्यालयका रसायन विभागका विभागीय प्रमुख एवं सह प्राध्यापक डा. भाष्कर चक्रवर्तीलाई लन्दनमा 24 जूनदेखि शुरु हुने 15औं टेटराहेड्रोन सिम्पोजियममा कार्य पत्र प्रस्तुत गर्न निमन्त्रणमा आएको छ। स्मरण रहोस्, यूके लन्दनको मिलिनियम ग्लुसेस्टर केनसिङटोनमा 24 देखि 27 जूनसम्म सम्पन्न हुने यो कार्यक्रम अर्गेनिक क्यामेस्ट्रीको चर्चित अन्तरराष्ट्रिय सम्मेलन हो। उल्लेखनीय छ,विश्‍वको चर्चित अर्गेनिक क्यामेस्ट्री जर्नल टेट्राहेड्रोन लेटर्समा प्रकाशित चक्रवर्तीको उत्कृष्ट अनुसन्धान कार्यलाई आधार बनाएर यस संगोष्ठीका निम्ति निमन्त्रणा आएको छ। स्मरण रहोस्, डा. भाष्कर चक्रवर्तीको यस लेखलाई एउटा शैक्षिक वर्षभित्र मात्र कुल 314 प्रशंसा प्राप्त भएको छ। विश्‍वका धेरै नामी वैज्ञानिकहरूले चक्रवर्तीको यस अनुसन्धान कार्यको प्रशंसा गरेका छन्। जानकारीअनुसार यस अन्तरराष्ट्रिय सिम्पोजियममा विश्‍वका नामी वैज्ञानिक र अर्गेनिक केमेस्ट्रीमा नोबेल पुरस्कार विजेता 22 वैज्ञानिकहरूले आफ्नो व्याख्यान प्रस्तुत गर्ने छन्। भारतबाट प्रतिनिधित्व गर्ने 17 जना वैज्ञानिकहरूमध्ये डा. भाष्कर चक्रवर...