Posts

युवा र भविष्य

देशको विकासमा युवावर्गको महत्वपूर्ण योगदान हुन्छ अथवा देशको भविष्य कस्तो हुन्छ त्यो आजका युवाको भविष्य कुन दिशामा अघि बढदैछ त्यसले पनि सुनिश्‍चित गर्दछ।यसै त जमाना प्रतिस्पर्धाको हो, बालबालिकालाई सबै क्षेत्रमा दक्ष बनाउनुपर्छ भन्ने चलन पनि छ। बालबालिकाका अभिभावक कति पारम्पारिक शिक्षामा जोर दिन्छन भने कतिले युगसापेक्ष शिक्षा दिनुपर्छ भनेर जोड दिन्छन।यसमा विद्यार्थीको चासो होस या नहोस उसले जीवन धान्नका निम्ति समाज वा अभिभावकको रूचिलाई पनि स्वीकार्नु पर्छ।असल र दक्ष युवावर्गलाई घर वा स्कूलदेखि  मार्गदर्शन गराउने परम्परा त पुरानो हो।यहाँ महत्वपूर्ण विषय के छ भने सिक्किममा युवाहरू को निम्ति अभिभावकका रूपमा सरकारले काम गर्दै आएको छ। यो यसकारणले पनि महत्वपूर्ण छ,देशका अन्य राज्यमा जति काम युवाहरूको निम्ति हुन्छ त्यो भन्दा कयौ गुणा अधिक काम सिक्किममा    युवाहरूको निम्ति भइरहेको कुरालाई धेरै राजनितिज्ञ र समाजविद्हरूले स्वीकार गरेका छन। पहिला असल शिक्षा दिएर युवाहरूलाई असल नागरिक बनाउने काम भयो। हुन त यो परम्परा सर्वव्यापी नै हो। तर सिक्किम सरकारले एक पाइला अघि बढेर सिक्किमका...

ठूलो अलैंची सङ्कटमा

जलवायु परिवर्तनको प्रभाव, अनुसन्धानका निम्ति आवश्यक स्थानको अभाव, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूको अभाव, गुणस्तरी अलैंचीको विरूवा उपलब्धताको अभाव, सम्बन्धित विभागमा तालमेलको अभाव बाहेक अन्य धेरै लुकेका समस्याहरूका कारण ठूलो अलैंची अहिले सङ्कटमा छ। सिक्किमको कृषि राष्ट्रियस्तरमा चर्चामा छ। जैविक अभियानको सफलताको कुरा देशको संसदमा गुञ्जिएको छ। सिक्किमका कृषकहरू उत्साहित छन्। देशका विभिन्न स्थानबाट सिक्किमको कृषि विषयमा अध्ययन गर्ने चासो लिएर भ्रमणमा आउने कुरा पनि सुनिँदैछ। तर दुःखको कुरा के छ भने, प्रमुख नगदे बालीका रूपमा परिचित सिक्किमको ठूलो अलैंची सङ्कटमुक्त हुन सकेको छैन भन्ने कुरा गम्भीर विषय बन्नपुगेको छ। भारत सरकारको अलैंची अनुसन्धान संस्थानको स्पाइसेस बोर्डले अलैंचीलाई उच्च प्राथमिकता दिएर अनुसन्धानको निम्ति काम गरिरहेको छ तर यस संस्थानका पनि धेरै समस्याहरू छन्। यसलाई अन्य हितधारकहरूको तालमेलको आवश्यक देखिएको छ। अलैंची स्वभावले शीतल वा छाया मनपराउने बाली हो। सिक्किममा केही वर्ष अघिसम्म हिउँद लागेपछि पनि तीन चारपल्ट वर्षा हुने गरेको थियो तर जलवायु परिवर्तनको कारण हिउँदम...

अपराध नियन्त्रण गर्न आवश्यक

सिक्किम देशको सबैभन्दा शान्तीपूर्ण राज्यको रूपमा स्थापित छ। विगत केही दशकदेखिनै सिक्किममा शान्ति कायम रहेको कारण अन्तरराष्ट्रिय सीमा राज्यमा पनि शान्ति कायम हुनसक्छ भने कुरालाई सिक्किमले प्रमाणित गरेको छ। तर यो शान्तिलाई निरन्तर दिन सकिन्छ भन्ने कुरा अहिले केही घटनाहरूले प्रश्‍न उठाएको छ। विशेष राज्यमा व्यापक रूपमा सामाजिक अपराधका घटनाहरू बढ्दै जानु एउटा चिन्ताको विषय बनेको छ। सडक किनारमा राखेका वाहन बिहान उठेर हेर्दा नहुनु, धेरै सङ्ख्यामा मोटर वाइक र वाहनहरू हराउनु, वाहन राखेको ठाउँमा तोडफोड गर्नु वा आगो सलकाउनु, मादक पदार्थको अवैध कारोबार निरन्तर बढ्दै जानु, चोरीका घटनाहरू बढ्नु जस्ता कुराले सिक्किमको सामाजिक जनजीवनमा अशान्ति सृजना गर्नसक्छ भन्ने कुरा नकार्न सकिँदैन। हालैमा सिक्किममा वाहन चोरीको घटना बढ्दै गएको कुरा प्रकाशमा आएको छ। विशेष पार्किङको अभावमा सडक किनारमा राखिएको वाहनलाई कुनै पनि समयमा चोरले उठाउने आशंका बढेको छ। राज्यमा बाहिरबाट कामको खोजीमा सिक्किम आउनेले कतिपय स्थानीयलाई समेत संलग्न गराएर छोटो समयमा नै धेरै धन कमाउने लालचमा पनि अपराधका घटनालाई परिणाम दिइरहेको कुर...

अब गुड्नेछ पिसाबबाट कार

Image
पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ,जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।मलमूत्र स्वभावैले फोहर चिज हो र यसलाई हामीले फोहरकै रुपमा वर्गिकरण गरी थान्को लगाइन्छ । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् । दक्षिण कोरियाका वैज्ञानिकहरुले यस्तो महत्वाकांक्षी परियोजना सुरु गरिसकेका छन् जसबाट भविष्यमा पिसाबबाटै उर्जा निकालेर गाडि चलाउने मात्र होइन गाउँ तथा सहरमा विजुली समेत बाल्न सकियोस् ।कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले मानिसको पिसाबमा हुने कार्वन परमाणुबाट सस्तो विजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना सुरु गरेका हुन् ।वैज्ञानिकहरुको दाबी पत्याउने हो भने उर्जा उत्पादनका लागि अहिले प्रयोग भैरहेको प्लाटिनम फ्युल सेलको साटो मानव मूत्रमा पाइने कार्वनको प्रयोग गरिनेछ । फ्युल सेल्स भनेको यस्तो प्रविधि हो जसले रासायनिक उर्जालाई विद्युतिय उर्जामा परिवर्तन गर्छ, जसमा अक्सिजन र हाइड्रोजन बीच प्रतिक्रिया गराइन्छ ।फ्युल सेलमा प्रयोग हुने प्लाटिनमको साटो कार्वन प्रयोग गर्न सकिए...

भारतीय विज्ञान संस्थान, बंगलुरूमा उत्कृष्टता केन्द्रको उद्घाटन

  केन्द्रीय सूक्ष्म, लघु एंव मध्यम उद्यम (एमएसएमई) मन्त्री कलराज मिश्रले 17 जूनको दिन बंगलुरू स्थित भारतीय विज्ञान संस्थान (आईआईएस) को उत्कृष्टता केन्द्रको उद्घाटन गरे। आईआईएस आफ्नो अनुसंधानकर्ताहरू, बुद्धिजीवीहरू र प्राध्यापकहरूको ज्ञान भण्डारबाट यस केन्द्रको माध्यमबाट एमएसएमई क्षेत्रमा नवरचना, प्रतिस्पर्धा र विकासमा योगदान गर्नेछ।यो केन्द्र उद्योगहरूको स्वदेशीकरण र मूल्य इंजीनियरिंगको लागि प्रक्रिया र उत्पाद डिजाइन तथा विकासको लागि एक मञ्चको रूपमा कार्य गर्नेछ। यो धारणा विस्तृत विचार- विमर्शपछि तयार गरिएको थियो औ यस कार्यको लागि आईआईएसमा आठ विभागहरूलाई चिन्हित गरिएको थियो।मिश्रले यस पहिलो कदमको लागि , जसमा सरकार र शिक्षाविद् उत्कृष्टतालाई  यस केन्द्रको माध्यमले  सेवा उपलब्ध गराउनेछ,।उनले यो उद्योग क्षेत्र मुख्यरूपमा एमएसएमईलाई अझ अधिक ऊचाईमा लानेछ भने। 

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भुटानको संयुक्त सत्रलाई सम्बोधन

प्रधानमन्त्री नरेन्द्र मोदीले आज भोटानको थिम्पुमा भोटानी संसदको दुवै सत्रलाई सम्बोधन गरे।आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले भोटानमा विगत शताब्दीमा या यता वैश्‍विक प्रविृत्तिलाई व्यापकरूपमा विस्तार गर्दै तथा शक्तिलाई केन्द्रियकरण गरेको बताए। उनले लोकतन्त्रको वलियो आधार तयार गरेर भोटानले संवैधानिक लोकतन्त्रको स्थापना गर्ने परिवर्तन ल्याएको बताए।  प्रधानमन्त्रीले भने, देशको लोकतान्त्रिक इतिहासमा 7 वर्ष थोरै समय हो।तर यस छोटो समयमा भोटानका नागरिकले लोकतन्त्रको संस्थानमा विश्‍वास विकसित गरेका छन।सरकारमा पनि परिवर्तन भएको छ।यसले जनतामा जागरूकता र परिपक्वता आएको प्रमाणित गर्दछ।श्री मोदीले भने,भारतमा हालै चुनाउ सम्पन्न भयो अनि यस चुनाउमा भारतका जनताले असल प्रसाशन र विकासका निम्ति भोट गरे। भोटान राष्ट्रिय एसेम्बलीका अध्यक्षको स्वागत सम्बोधनमा शक्तिशाली भारत भोटानका लागि राम्रो भनेको कुरालाई प्रधानमन्त्री मोदीले स्वागत जनाए। उनले अझ भने यदि भारत सम्मृद्ध भए सम्पुर्ण क्षेत्र विशेषगरी सार्क देशहरूको  निम्ति नै राम्रो हुन्छ।शक्तिशाली र सम्मृद्ध भारतले मात्र छिमेकी राष्ट्रहरूको समस्या...

फ्रान्सीसी उपग्रह छोड़ने तयरीमा जुट्यो इसरो

चेन्नई। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) 26 जूनकोको दिन श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट फ्रान्सी दूर भेदी उपग्रह स्पट-7  प्रक्षेपिण गर्ने योजनामा छ।यसलाई पीएसएलवी-सी 23 रकेटबाट छोड़ीनेछ। यसै दिन थप चार उपग्रह छोड़ीने योजना छ।इसरोका अधिकारीहरूअनुसार इसरोले पीएसएलवी-सी 23 मार्फत स्पट-7 लाई प्रक्षेपणका लागि 26 जूनको बिहान नौ बजेर 50 मिनटको समय निर्धारित गरिएको छ। यसका लागि  52 घण्टाको उल्टो गन्तीको योजना बनाएको छ जो 24 जून को बिहान छ बजे शुरू भएको छ।अधिकारीअनुसार स्पट-सात इण्डियन रिमोट सेटेलाइट सिस्टम जस्तै छ यो पृथ्वीको अवलोकन गर्ने उपग्रह हो।