Posts

आपदाप्रति गम्भीर बन्न आवश्यक

सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहाँ कुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ। विभिन्न प्रकारको मौसम, अविरल वर्षा र भिरालो जमिन, वर्षाको भार सहन गर्न नसक्ने माटोको क्षमता आदि संवेदनशील विषयहरू छन्। महत्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामिण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको हो। एकातर्फ गत अप्रेल महिनाको भुइँचालोको झट्का र यसले सिर्जना गरेको त्रास भुल्दै गरेको स्थितिमा पैह्रोको त्रासले पुनः ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरूको निद्रा खोसिएको छ। अहिले भारी वर्षाले धेरै स्थानमा सडकहरू अवरूद्ध भएका छन्। एक त सिक्किमको भौगोलिक बनावट नै यस्तो छ जसले कुनै पनि समय प्राकृतिक आपदाको सामना गर्नुपर्ने स्थिति आइपर्छ भने भुइँचालोले यसलाई अझ संवेदनशील बनाइदिने गर्छ। दोस्रो सडक निर्माणबाट निस्किएको ढुङ्गा माटोलाई सही स्थानमा जम्मा नगर्नु, सडक बनाएपछि सुरक्षा पर्खाल नबनाउनु, भल निकासीका निम्ति सही नाला प्रबन्धन नहुनु जस्ता समस्याहरू देखिँदैछ। राष्ट्रियस्तरको पूर्वाधार विकासमा यही समस्या देखिँदैछ। निर्माण का...

नीति र सिद्धान्तले नै पार्टी बलियो बन्छ

भनिन्छ, जुन पार्टी संस्थागत हुँदैन, जहाँ राजनीतिमा नीति-सिद्धान्त हुँदैन, त्यो पार्टीमा व्यक्ति हावी हुन्छ। संस्थागत नभएको पार्टीमा सिद्धान्तमाथि व्यक्ति बुई चढ्छ। जब पार्टीभित्र सिद्धान्तको राजनीतिमा व्यक्ति हावी हुन्छ, तब पार्टीले गलत बाटो लिन्छ। पार्टीमा कुनै व्यक्ति अलि बढी नै हावी हुँदै गएपछि उसलाई हाँक्न सारथीहरु निस्कन्छन्। ती सारथीहरुले आफ्नो स्वार्थ लुट्न कसैलाई अर्जुन र कसैलाई दुर्योधन बनाउँछन्। यसरी शुरू हुन्छ, पार्टीहरुमा द्वन्द्व। यस द्वन्द्वमा सारथीको भूमिका बढ्दै गए त्यहाँ पछि गएर मात्र सारथी सिद्धान्त बाँकी रहन्छ। गत वर्षको आम चुनाउना राजनीतिक पार्टीको नीति र सिद्धान्तको विषय धेरै चर्चामा आयो। नभन्दै चुनाउमा विगत 20 वर्षदेखि आफ्नो नीति र सिद्धान्तमा अडिग रहेको एसडीएफ पीर्टीलाई नीति र सिद्धान्त नै नभएको विपक्षी पार्टीले केवल व्यक्तिको विरोध गरेर चुनौती दिने दुष्प्रयास गर्‍यो। एसडीएफ पार्टीले बारम्बार जनतालाई नीति र सिद्धान्तको आवश्यकता र महत्वबारे बुझाउने प्रयास गरे धेरैले यसलाई स्वीकारे यसैकारण आज एसडीएफ पीर्टीको सरकार छ।  नीति र सिद्धान्त नभए तापनि विपक्षले...

शहरी क्षेत्रहरूमा नयाँ आयाम थपिइने

विगत 22 वर्षदेखि सामाजिक सुरक्षा साथै मानवीय मूल्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको एसडीएफ सरकारले स्थानीय शहरी निकाय चुनाउको समयमा थप कल्याणकारी  योजनाहरू सिक्किम राज्यको शहरी क्षेत्रमा विस्तार गर्ने भएको छ। सामाजिक सुरक्षाको क्षेत्रमा प्रतिबद्ध रहेको एसडीएफ सरकारले सिक्किमलाई देशको उदाहरणीय राज्यको रूपमा स्थापित गर्न नवोन्मेषी र जनकल्याणकारी कार्यक्रमहरू विस्तार गर्न निरन्तर प्रयासरत छ।  नगर निगम, नगर परिषद तथा नगर पञ्चायत चुनाउका निम्ति एसडीएफ पार्टीले तयार गरेको घोषणा पत्रमा यी विषयहरू सामेल छन्। सिक्किमलाई नै कच्चाघरमुक्त बनाउने अभियानमा प्रतिबद्ध रहेको सरकारले ग्रामीण क्षेत्रका कच्चा घरहरूलाई पक्का घरमा परिणत गरिरहेको छ। यस योजनालाई अब शहरी क्षेत्रमा पनि लागू गर्ने घोषणा भएको छ। शहरी क्षेत्रका झोपडपट्टी र कच्चा घरहरूको पहिचान गरेर त्यसलाई पक्का आवासको रूपमा परिणत गर्ने योजना छ। महत्त्वपूर्ण विषय के रहेको छ भने शहरी क्षेत्रमा घरबार नभएका भाडाका घरमा बस्ने मानिसले भोक्दै आएका समस्याहरूसम्म पुग्न एसडीएफ सरकार सफल भएको छ।  सरकारले भाडाका घरमा बस्ने नागारिक...

नवोन्मेषी कार्यहरू निरन्तर सफल बन्दै

एसडीएफ सरकारले शुरू गरेका नवोन्मेषी(इनोभेटिभ) कार्यहरू निरन्तर सफल भइरहेको छ। हालै सिक्किमले प्राप्त गरेका दुईवटा पुरस्कार यो पुनः दर्शाएको छ। हुन त यसअघि पनि सिक्किमले शुरू गरेका नवोन्मेषी  कार्यका निम्ति राष्ट्रियस्तरको सम्मान प्राप्त गरिसकेको छ। नाम्चीको सोलोफोक चारधामलाई नवोन्मेषी  योजनाका रूपमा   लिने गरिन्छ। भारतका महत्त्वपूर्ण चारधामलाई एकै स्थानमा स्थापित गर्ने नवोन्मेषी विचारलाई  कार्यान्वयन गर्दै स्थापना गरिएको चारधामले अद्वतीय पर्यटनका निम्ति राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ। ग्रामीण क्षेत्रलाई सूचना प्रौद्योगिकीको भरपूर लाभ प्रदान गर्ने र गाउँको समग्र विकासका निम्ति सूचना प्रौद्योगिकीलाई प्रयोग गर्ने नवोन्मेषी  अवधारणालाई दक्षिण सिक्किमको मल्लीडाँडा पायोङमा विस्तार गरियो। यसले छोटो समयावधिमा नै राष्ट्रियस्तरमा ख्याति प्राप्त गर्‍यो। हालै मल्लीडाँडा साइबर भिलेजका  निम्ति स्कच-अर्डर मेरिट  अवार्ड  प्राप्त भएको छ। यसरी नै सिक्किमलाई नै पूर्ण जैविक राज्य बनाउने सदाबहार कृषि क्रान्तिका निम्ति  पनि सिक्किमलाई स्कच आवार्ड प्राप्...

महिला सशक्तिकरणको दिशामा नयाँ कीर्तिमान

सिक्किममा महिला सशक्तिकरणको क्षेत्रमा ऐतिहासिक निर्णयहरू हुँदैआएको छ। यसपल्टको स्थानीय शहरी निकाय चुनाउमा सत्तारूढ एसडीएफ पार्टीको सरकारले महिलाहरूका निम्ति 50 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरेको थियो। 13 सितम्बरको दिन   एसडीएफ पार्टीद्वारा  नगर निगम चुनाउको निम्ति आफ्नो उम्मेदवारहरू घोषणा गर्नसाथ महिलाहरूलाई 50 प्रतिशत आरक्षण प्राप्त भएको पुष्टि भयो। यो सिक्किममा महिला सशक्तिकरणको क्षेत्रमा एउटा थप ऐतिहासिक उपलब्धी भयो। महत्वपूर्ण विषय के छ भने, यसपल्ट सत्तारूढ एसडीएफ पार्टीले महिलाहरूको निम्ति 50 प्रतिशत आरक्षण सुनिश्‍चित गरेको भए तापनि चुनाउको मैदानमा 56 प्रतिशत महिला उम्मेदवारहरू उतारेको छ। महिला सशक्तिकरणको क्षेत्रमा एसडीएफ पार्टीले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण कार्यहरू गर्दैआएको छ। यी कार्यहरू सिक्किमको इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ।  सिक्किम विधानसभामा महिला विधानसभा अध्यक्ष,विधानसभामा पनि महिलाहरूलाई अवसर साथै मन्त्री र महत्वपूर्ण संवैधानिक पदहरूमा महिलाहरूलाई अवसर प्रदान गर्नु, पञ्चायतमा 50 प्रतिशत आरक्षण, पैत्रृक सम्पत्तिमा छोरी- चेलीलाई अ...

स्वच्छतामा सिक्किम रोल मोडल

स्वच्छतामा सिक्किम रोल मोडल स्वच्छताको क्षेत्रमा सिक्किमले प्राप्त गरेको सफलता अहिले राष्ट्रिय स्तरमा चर्चाको विषय भएको छ। हालै राष्ट्रिय टेलिभिजनमा सिक्किमको स्वच्छतालाई देशका निम्ति रोल मोडल बताइएको कुराले सिक्किमलाई  यस क्षेत्रमा धेरै हौसला प्राप्त भएको छ। सिक्किमले वर्ष 2008-मा नै पहिलो निर्मल राज्यको पुरस्कार प्राप्त गरिसकेको छ। यद्यपि, यस पछि पनि क्रमश निर्मल राज्यको गरिमालाई कायम राख्न सिक्किमले गरेका कार्यहरू राष्ट्र कै निम्ति अनुकरणीय भएको कुरा अहिले आएर राष्ट्रिय स्तरबाट स्वीकृति प्राप्त हुनु सिक्किमको निम्ति गौरवको विषय हो। विशेषगरी सार्वजनिक स्थलमा धुम्रपान निषेध, सार्वजनिक स्थलमा थुक्न नपाउने, प्लास्टिक वा पोलिथिन ब्याग प्रयोगमा निषेध, ट्याक्सीमा मोबाइल कुडादानको प्रयोग आदि विषयले राष्ट्रिय स्तरमा प्रंशसा प्राप्त गरेको छ।  यसरी नै स्कूल स्तरमा पर्यावरण सम्बन्धित विषयलाई पाठ्यक्रममा अनिवार्य गर्नु, पर्यावरण संरक्षणका निम्ति स्मृति वन, पटेका पट्काउन निषेध गर्नु, पृथ्वीका निम्ति 10 मिनट आदि विषय पनि देशका निम्ति अनुकरणीय भएको छ। महत्वपूर्ण कुरा के छ भने, सिक्कि...

प्रदुषण नियन्त्रणको लाभांश

सिक्किमले पटेका पडकाउन निषेध गरेको छ। राज्यमा यस सम्बन्धमा कानून लागू गरिएको धेरै समय नभए पनि राज्यका नागरिक धेरै सचेत भएको हालै सम्पन्न स्थानीय शहरी स्वशासनको चुनाउ परिणाममा पछि  देख्न पाइयो। आफूले रूचाएको उम्मेदवारको जितको खुशीमा एक-दुई ठाउँमा कतै-कतै पटेका पड्के पनि धेरै जसो ठाउँमा सधै जस्तो पटेका पड्किएन। यो राज्यको निम्ति राम्रो सङ्केत मान्नु पर्छ। अहिले दशैं तिहारको मौसम शुरू भएको छ। आशा छ, राज्यमा  विस्तारै पटेका पडकाउने परम्परा हराउँदै पर्यावरण संरक्षणको दिशामा सिक्किमको पहल विश्‍वका निम्ति अनुकरणीय हुनेछ।  भनिन्छ पटेकाबाट निस्कने धुँवामा विषालू ग्यास र पार्टिकुलेट मेटर्स(पीएम) हुन्छ। यो स्वाथ्यका लागि धेरै घातक हुन्छ। आम नागरिकमा यसको प्रभाव त पर्छ नै तर यसको अधिक असर बुज्रुक र बालबालिकामा पर्ने गर्छ। महत्वपूर्ण कुरा के छ भने, केही दिन अघि देशको सर्वोच्च आदालतमा 6 देखि 14 महिनाका तीन शिशुहरूले पटेका पडकाउँदा प्रदुषण हुने र यसको सोझो असर शिशुहरूले झेल्नु पर्ने तर्क राख्दै दशैं तिहारमा पटेका पडकाउन निषेध गर्ने मागमा याचिका दर्ता गरेका थिए। तिहारमा पटेका पडकाउ...