Posts

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

1. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका उपन्यास: ‘अभीष्टको खोज’ (सन् 1992), ‘द्रोह’ (सन् 2002), ‘विद्रोह’ (सन् 2005)। कथा सङ्ग्रह: ‘मेरो मनको साइनो तिम्रो मनलाई’ (सन् 1992)। कविता सङ्ग्रह: ‘समृद्ध व्यथा: कङ्गाल अभिव्यक्ति’ (सन् 1997), ‘रगतको हस्ताक्षर’ (सन् 2000)। विविध: ‘विचार, क्रान्ति र परिवर्तन’। भीम दाहालको जन्म सन् 1954 नोभेम्बर 29 मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती भन्ने ठाउँमा भएको हो। यिनले बी.ए. अनर्स सम्मको शिक्षा हासिल गरेका छन् भने पत्रकारितामा पिजी गरेका छन्। सिक्किम विधान सभामा केही समय अनुवादक भएर काम गरेका दाहाल सिक्किम हेराल्डको सहसम्पादक, जिल्ला सूचना अधिकृत हुँदै सिक्किम हेराल्डको सम्पादक पनि भएका हुन्। उनी राजनैतिक क्षेत्रमा पनि देखा पर्छन्। उनी सिक्किमको एक मात्र लोकसभाका तीनपटकसम्म सांसद बनेका हुन्।  2. भीम दाहालको औपन्यासिक प्रवृत्तिको संक्षिप्त अध...

महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी

Image
नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको  बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् भने प्रायःजसो दार्जीलिङ-सिक्किमतिर शिक्षण र शिक्षा विभागतिर आवद्ध थिए। श्री पौड्यालले आफ्नो युवावस्थामा रामकृष्ण शर्मा, पारसमणि प्रधान, अगमसिंह गिरी, सिद्धिचरण श्रेष्ठ नरबहादुर दाहाल आदिसित साहित्यिक संसर्ग र सम्पर्कमा रहेका थिए। उनका मौलिक, अनूदित र अनुसन्धानात्मक गरी एघारवटा पुस्तक, तेह्रवटा जति पुस्तक र पाठ्यपुस्तकको लेखन, सम्पादन र प्रकाशन, आठवटाजति साहित्यिक पत्रिकाको सम्पादनमा सरिक छन्। सिक्किममा नेपाली साहित्यिक परिवेश सिर्जना गर्न उनी धेरै सक्रिय रहेका हुन्। पुस्तकको अध्ययन, लेखन, प्रकाशन तथा साहित्यिक पत्र-पत्रिका सम्पादन प्रकाशन एवं साहित्य पढाउँदै उनले आफ्नो सम्पूर्ण जीवन साहित्यलाई समर्पित गरेका छन्। उनका प्रकाशित पुस्तकहरूमा झुम्राक...

'अभीष्टको खोज' – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास? • नवीन पौड्याल

' अभीष्टको खोज ' – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास ? • नवीन पौड्याल १.       आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि , कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखा परेका हुन्। यद्यपि उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका प्रकाशित पुस्तकाकार कृतिहरूमा तीनवटा उपन्यास ' अभीष्टको खोज' ( सन् १९९२ ), ' द्रोह' ( सन् २००२ ), ' विद्रोह' ( सन् २००५ ) , एउटा कथासङ्ग्रह : ' मेरो मनको साइनो तिम्रो मनलाई' ( सन् १९९२ ) , दुईवटा कवितासङ्ग्रह : ' समृद्ध व्यथा : कङ्गाल अभिव्यक्ति' ( सन् १९९७ ), ' रगतको हस्ताक्षर' ( सन् २००० ) तथा विविध : ' विचार , क्रान्ति र परिवर्तन'। भीम दाहालको जन्म सन् १९५४ नोभेम्बर २९ मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती मा भएको हो । यिनले बी . ए . अनर्ससम्मको औपचारिक शिक्षा हासिल गरेका छन् भने पत्रकारिता पनि अध...