Posts

सतर्क बन्न आवश्यक

सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहाँ कुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ्। विभिन्न प्रकारको मौसम, अविरल वर्षा र भिरालो जमिन, वर्षाको भार सहन गर्न नसक्ने माटोको क्षमता आदि संवेदनशील विषयहरू छन्। महत्त्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको हो। एकातर्फ भुइँचालोको झट्का र यसले सिर्जना गरेको त्रास। भारी वर्षाको कारण पैह्रोको त्रासले पुनः ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरूको निद्रा खास्ने गरेको छ। अहिले भारी वर्षाले शुरू भएको छ। वितेका वर्षमा यो मौसममा धेरै स्थानमा सडकहरू अवरूद्ध भएका थिए। एक त सिक्किमको भौगोलिक बनावट नै यस्तो छ जसले कुनै पनि समय प्राकृतिक आपदाको सामना गर्नुपर्ने स्थिति आइपर्छ भने भुइँचालोले यसलाई अझ संवेदनशील बनाइदिने गर्छ। दोस्रो सडक निर्माणबाट निस्किएको ढुङ्गा माटोलाई सही स्थानमा जम्मा नगर्नु, सडक बनाएपछि सुरक्षा पर्खाल नबनाउनु, भल निकासीका निम्ति सही नाला प्रबन्धन नहुनु जस्ता समस्याहरू देखिँदैछ। राष्ट्रियस्तरको पूर्वाधार विकासमा यही समस...

पशुपालनमा स्वनिर्भर बन्ने दिशातर्फ

पशुपालनमार्फत राज्यका कृषक तथा आर्थिक रूपमा कमजोर वर्गको आर्थिक उन्नति गर्न राज्य सरकारले विशेष जोर दिएर काम गर्दै आएको छ। पशुपालन र पशुधन ग्रामीण क्षेत्रमा आयको स्रोत मात्र नभएर यसले रोजगारको अवसर पनि सिर्जना गर्दछ। विशेष गरी श्रमिक, साना तथा मध्यम कृषक, युवाहरूका निम्ति यसले रोजगारको अवसर प्रदान गर्दै आएको छ। पशुपालन र पशुधनमार्फत रोजगार र आम्दानी मात्र नभएर यसले लाखौं मानिसलाई सहजै पोशिलो खानपान पनि उपलब्ध गराउँछ। राज्यमा पशुपालन, पशुधन, मत्स्यपालनमार्फत दूध, माछा, मासु, कुखुरा, अण्डाको उत्पादन गरेर  स्थानीय बजारको माग पूरा गर्न सक्नु नै महत्वपूर्ण विषय रहेको छ।  यसर्थ सरकारले यस विषयलाई प्राथमिकता दिएर पूर्वाधारहरूको निर्माणसितै कृषकहरूलाई पशुपालन क्षेत्रमा क्षमता विकास गराउनसितै आवश्यक तकनिकी र आधुनिक सहयोग पनि प्रदान गर्दै आएको छ। जैविक कृषिमा सफलता प्राप्त गर्नुसितै पशुपालन क्षेत्रलाई पनि जैविक विधिअनुरूप अघि बढाउन महत्त्वपूर्ण पहलहरू गरिएको  छ। पशुपालन विभागले स्थानीय प्रजातिका पशुधनलाई गुणस्तर रूपमा विकसित गरेर राम्रो परिणाम ल्याउनका निम्ति विविध उपायहरू शु...

कृषिको क्षेत्रमा समयसापेक्ष पहल

एक गाउँमा एक बाली उत्पादन गर्ने नीति राज्यलाई उपभोक्तावादी संस्कृतिदेखि उत्पादकतर्फ विकसित गर्ने एउटा महत योजना हुने कृषिका हितधारकहरूले स्वीकार गर्न थालेका छन्। कृषि हितधारकहरूको विचारअनुसार एउटा गाउँमा गाउँविशेष कुनै एउटा बाली उत्पादन गर्नका निम्ति कृषकहरूको समूह गठन हुन्छ। यो समूह गठन भएपछि कृषकहरूमा सामाजिक एकता बड्नुसितै उत्पादन गर्ने विषयमा पनि प्रतिस्पर्धा हुनेछ। यसको परिणाम उत्पादनको मात्रामा बढोत्तरी हुनेछ। महत्त्वपूर्ण विषय के छ भने, सरकारले कृषकहरूलाई स्वनिर्भर बन्न तथा उनीहरूको जीविकोपार्जनको माध्यमलाई सुधार गर्न विभिन्न प्रकारको बिऊ बिजन, मल, तकनिकी सहयोग, मूल्यसमर्थन र बजार व्यवस्थापन गरे तापनि कतिपय कृषकहरूले यस सहुलियतलाई दुरूपयोग गरेको पाइन्छ। यद्यपि, सरकारले समूह आधारमा अथवा गाउँ विशेष खेती गर्न गाउँ र बालीको पहिचान गरेपछि सहुलियतको देखरेख पनि कृषक स्वयंले गर्ने कुरा स्पष्ट छ।  यससितै सम्बन्धित विभागले पनि यसको देखरेख गरि नै रहेको हुन्छ। अर्को महत्त्वपूर्ण विषय के छ भने, कुन स्थानमा कुन खेती गर्नुपर्ने हो वा मौसम अनुसारको खेती गर्ने निर्णय लिन कृषि, बागवानी ...

पर्यावरण महोत्सवको

यस वर्षको पर्यावरण महोत्सवको उद्घाटन टाइटेनिक पार्क, एमजी मार्गबाट गरियो। यो उत्सव प्रत्येक वर्ष 15 जूनदेखि 30 जूनसम्म पालन गरिन्छ। यस उत्सवको उद्देश्य पर्यावरणबारे मानिसहरूमा जागरूकता फैलाउनु रहेको छ। सिक्किम राज्यमा पर्यावरण दिवसलाई एक उत्सवका रूपमा पालन गरिन्छ। प्रत्येक वर्ष 5 जूनको दिन पालन गरिने विश्‍व पर्यावरण दिवसको कार्यक्रमले 10 दिनपछि उत्सवको रूप लिनेगर्छ।  वास्तवमा वातावरण सम्पूर्ण प्राणीका लागि घर हो। वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ। वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ। मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो। वास्तवमा भन्नुपर्दा वातावरणको अत्याधिक शोषणका कारण विश्‍वको यो विकास सम्भव भएको हो। मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ। चाहे त्यो भौतिक वातावरण होस वा अभौतिक वातावरण। व्यक्ति वा सिङ्गो समुदायको विकास प्रक्रियामा वातावरणीय परिस्थितिको महत्त्वपूर्ण भूमिका रहन्छ। वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्याधिक शोषणले आज मानव अस्तित्व नै सङ्कटमा परेको छ।   ओजनतहको विनाश, त्यसको...

केवल बुख्याचा

एसडीएफ सरकारले विगत दुई दशकमा सिक्किमको समग्र विकासमा उदाहरणीय कार्य गरेको छ। सिक्किमले सामाजिक, आर्थिक, राजनैतिकलगायतका सबै क्षेत्रमा उल्लेखनीय कार्य गरेको कारण नै आज सिक्किमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो नयाँ पहिचान बनाउन सफल भएको छ। सरकारले गरेका कार्यहरू प्रत्यक्ष एवं परोक्ष दुवै रूपमा छन्। अर्को शब्दमा भन्नुपर्दा एसडीएफ सरकारले देख्नसक्ने विकास गरेकै कारण बाहिरबाट आउने विभिन्न विषयका विशेषज्ञले सिक्किमले प्रगति गरिरहेको स्पष्ट देख्न सक्छन्। उदाहरणका लागि जैविक खेती गर्ने प्रणाली समग्र हितसित सम्बन्धित भएको कारण यसलाई विश्‍वले नै स्वीकार्छ अनि सिक्किम प्रशंसनीय बन्ने गर्छ। दोस्रो सिक्किम मात्र यस्तो राज्य हो जहाँ रू. 5 लाखभन्दा अधिक खर्च गरेर गरीब परिवारको घर निर्माण गरिएको छ। यो  योजना विश्‍वमा नै अद्वितीय छ। सरकारले सिक्किमलाई झोपडीमुक्त राज्य बनाउने लक्ष्य राखेर शुरू गरेको यो योजनामा कुनै भेदभाव छैन। सरकारले एउटै लक्ष्य लिएको छ त्यो हो झोपडी वा कच्चाघरमुक्त सिक्किम निर्माण गर्ने। वास्तवमा प्रजातान्त्रिक प्रणालीमा विश्‍वास राख्ने एसडीएफ सरकारले आफ्नो नीति, स...

सन्दर्भ अन्तर्राष्ट्रिय योग दिवस

वर्ष 2014 को 27 सितम्बरका दिन संयुक्त राष्ट्र महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्भाषणमा योगलाई अन्तर्राष्ट्रिय स्तरमा ल्याउने विचार व्यक्त गरेका थिए। उनले योगलाई भारतीय मूलको एक सांस्कृतिक धरोहरको रूपमा प्रस्तुत गरेका थिए। नरेन्द्र मोदीको विचारलाई समर्थन गर्दै 11 दिसम्बर 2014 को दिन संयुक्त राष्ट्रका 193 सदस्यहरूको समर्थनमा 21 जूनलाई अन्तरराष्ट्रिय योग दिवस मनाउने कुरामा मञ्जूरी प्राप्त भएको हो। नरेन्द्र मोदीद्वारा उठाइएको यस प्रस्तावलाई पारित गर्नको निम्ति संयुक्त राष्ट्रले केवल 90 दिनको मात्र प्रतीक्षा गराएको थियो। संघको यो पहिलो यस्तो प्रस्ताव हो, जसलाई सबै भन्दा कम्ती समयमा पारित गरिएको थियो। यस प्रस्तावलाई सर्वप्रथम नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए। यस अतिरिक्त चीन, क्यानाडा, मीश्र लगायत अन्य देशको समर्थनमा विश्‍वले 21 जूनको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा स्वीकारेको थियो। राजधानी दिल्लीको राजपथमा आयोजित पहिलो  अन्तर्राष्ट्रिय योग दिवसमा भारतका प्रधानमन्त्रीसहित लगभग 36 हजार मानिसहरूले योग अभ्यासमा भाग लिएका थिए। य...

विभिन्न सूचकाङ्कका सन्दर्भमा सिक्किम

विगत दुई दशकदेखि राज्यमा स्थापित शान्ति उदाहरण बनेको छ। यस विषयमा गहन अध्ययन गर्नु हो भने सिक्किम शान्ति सूचकाङ्कमा देशमा नै प्रथम स्थानमा आउने कुरालाई कसैले नकार्न सक्दैन। शान्तिबाहेक मानव विकास सूचकाङ्क, प्रसन्नता सूचकाङ्क, सामाजिक प्रगति र आर्थिक प्रतिस्पर्धा, शिक्षा, स्वास्थ्य, समानता, मानव अधिकार, पर्यावरण आदि क्षेत्रमा पनि सिक्किम राज्यले उदाहरणीय कार्य गरेको छ। यसलाई देशले नै स्वीकार गरेको छ। विभिन्न राष्ट्रिय स्तरका पुरस्कारले पनि यस कुरालाई पुष्टि गर्दछ। सिक्किमका कतिपय कार्यक्रमलाई देशका विभिन्न राज्य साथै छिमेकी देश भुटान र नेपालले पनि अनुकरण गर्ने प्रयास गरिरहेको छ। ग्रामीण विकासमा भएको नवोन्मेशी प्रयोगलाई नेपाल र भुटान साथै पूर्वोत्तर भारतले अनुकरण गर्ने र यसका निम्ति सम्बन्धित स्थानका विशेषज्ञहरूले सिक्किम भ्रमणमा आएर अध्ययन गरेको कुरा प्रकाशमा आईरहेको छ। भुटानले सिक्किममा प्रयोग गरिएको धारा विकासलाई अध्ययन गरेको छ भने नेपालले भुइँचालोरोधी घर निर्माण गर्ने वा भुइँचालोपछिको पुनर्निर्माण गर्ने कार्यको अध्ययन गरिसकेको छ।  हुन त यी विभिन्न सुचकाङ्कहरूमा भारत अन्य दे...