Posts

बारही मिजोङ- सङकलन

प्रत्येक वर्षको मङसिरे पुर्णिमासग वश्‍वभरी छरिएका मगर जातीको इतिहास जोडिएको छ । मङसिरे पुर्णिामादेखि पन्चमीसम्म पाच दिन गरिने पुजालाई बारही मिजोङ भनिन्छ ।  बारहि मिजोङको अर्थ इश्‍वर हो । यो मङसिरे पुर्णिमाको दिनदेखि 5 दिन सम्म पालन गरिने महत्त्वपूर्ण चाड हो मगर जातीको ऐतिहासिक पर्व हो सस्कार हो सस्कृति हो  । यो पर्वलाई पाँच  दिन विविध पुजा गरि आफ्नै तरिकाले पालन गरिने गरेको छ । मगर जातीले यश पर्वलाई बडो धुमधामसग पालन गरि आफ्नै रितिरिवाजमा जोडेर फलफुल कन्तमुल  आदि लिएर पुजा गर्ने गर्छन् । मगर जातीको विकास, र भाषा साहित्य सस्कृति वर्तमान सरकारको कार्यकालमा मात्रै ट्रेकमा आएको यश   जातीले आफ्नो हक अधिकार प्राप्त गरेको एसडीएफ सरकारकै स्थपना काल यता भएको हो । अब यति मात्रै होइन यश जातीले अन्य जातीकै तुल्नामा शिर खडा गरेर  केन्द्र सरकारको विभिन्न नोकरीको आरक्षणमा 27 प्रतिशत प्राप्त गरेका छन । सब भन्दा ठुलो उपलब्धि र विकास यश जातीलाई सरकारले केन्द्रस्तरको अन्य पछौटे जाती बनाएर विभिन्न अवसर दिने काम गरेको छ । अब यो जातीको अर्को महत्त्वपूर्ण र ऐतिहासिक भनेको ...

बासुदेव बलवन्त फड्के -प्रियादर्शी दत्त (नेपाली अनुवाद)

बासुदेव बलवन्त फड्के -प्रियादर्शी दत्त सन् 1870 को मध्यतिर एकजना 30 वर्षीय उज्यालो अनुहारको रूप रङ र हेर्दा सुन्दर देखिने व्यक्ति जसलाई पुणेको गल्लीमा हातमा थाल चम्ची लिएर हिँडेको देखिन्थ्यो। चम्चीले थाल बजाउँदै उनी आफ्नो आगामी सम्बोधनबारे घोषणा गरिरहेका हुन्थे ‘आज बेलुकी सबै सानिवारवाडा मैदानमा आउनु पर्छ, हाम्रो देशमुक्त हुनुपर्छ, अंग्रेजहरूलाई बाहिर निकाल्नै पर्छ यसका लागि के गर्नुपर्छ त्यो उपाय मसित छ। ती उपायहरू सबै म आफ्नो  भाषणमा बताउने छु।’ यो भन्ने व्यक्ति हुन् बासुदेव बलवन्त फड्के जो पुणेस्थित सैन्य वित्त कार्यालयमा एकजना कर्मचारीका रूपमा सेवारत थिए। 4 नोभेम्बर 1845 मा ठाने जिल्लाको सिरडोनमा जन्मेका फड्केको परिवार कोणकणको एउटा गाउँबाट रहेको थियो। उनी बम्बई युनिभर्सिटीबाट स्नातक गर्ने प्रथम विद्यार्थीहरूको समूह मध्ये एकजना थिए। उनले ग्रान्ट मेडिकल कलेज र मुम्बईको कमिशार परीक्षण कार्यालयमा काम गरेपछि 1865 मा पुणे गएका थिए। उनी एकजना पारिवारिक जीवन भएका व्यक्ति थिए। त्यस समय पारिवारिक व्यक्तिले सरकारप्रति असन्तोषको भावनालाई लिएर उभिनु लगभग असम्भव नै थियो। तर उनले वास्...

भारत की अग्निपुत्री – डा. टेस्सी थोमस

भारतकी ‘ अग्निपुत्री ‘ या ‘ मिसाइल-वुमन अव् इंडिया ‘ को रूपमा परिचित – डा.टेस्सी थोमसलाई थोरै मात्र चिन्ने गर्छन। किनभने यीनले आफ्नो अहिलेसम्मको सम्पूर्ण जीवन भारतको अग्नि मिसाइललाई अनेक उन्नत एवं परिष्कृत संस्करणका लागि अनुसन्धान गरेर यसलाई विकसित गर्नुमा नै समय बिताएकी छन्।  भारतको 3500 किलो मीटर सम्म लक्ष्य साध्ने अग्नि- 4 मिसाइलको सफल परीक्षणपछिदेखि नै रक्षा अनुसन्धान एवं विकास संगठन अर्थात {DRDO} की यी महिला वैज्ञानिक डा. टेस्सी थोमसलाई अग्नि पुत्रीको नामले सम्बोधन गर्न थालिएको हो। जस्तो प्रकारले डा.ए.पीजे अब्दुल कलामलाई भारतका मिसाइल-मेन भनिन्छ , किन कि उनले आफ्नो सम्पूर्ण जीवन देशको मिसाइल कार्यक्रम अंतर्गत- पृथ्वी , आकाश , अग्नि , नाग , धनुष , त्रिशूल र ब्रहमोस जस्ता मिसाइलको अनुसन्धान र विकासमा समर्पित गरेका थिए। उसै गरी डा. टेस्सी थोमसका लागि पनि अग्निपुत्रीको नाम एकदमै उपयुक्त छ , किन भने यीनले यीनै मिसाइल परियोजनामा अग्नि मिसाइलका लगभग सबै संस्करणलाई जन्म दिएकी छन्। उनी डा.अब्दुल कलामलाई आफ्नो गुरु मान्छिन , जो भारतका मिसाइल कार्यक्रम र परियोजनाका जनक हुन। विश्वले...

अरूलाई सरप्राइज दिने हुँदा आफै सरप्राइज नबनौं

फर्जी ई-मेल, फोन र एसएमएसप्रति  देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सतर्क गराएका छन्। 31 जुलाईको दिन प्रधानमन्त्रीले आकाशवाणीमार्फत आफ्नो मनकी बातमा जनतालाई सम्बोधन गर्दै  विशेष फर्जी मेल र एसएमएसदेखि बाँच्ने सल्लाह दिएका छन्। हुन त प्रधानमन्त्रीले ओलम्पिकका खेलाडीलाई शुभकामना दिनसितै स्वास्थ्य र विज्ञानमा नवोन्मेशीको विषयमा पनि सम्बोधन गरेका छन्। फर्जी मेल, एसएमएस तथा फोनले देशका लाखौं जनताबाट अरबौं रूपियाँ लुटिरहेको छ। यो महालुटलाई  नियन्त्रण गर्न देशका लागि धेरै कठिन भएको छ। देशमा यस प्रकारको अपराधलाई नियन्त्रण गर्ने कुनै तकनिकी व्यवस्था सम्भव नभएको कारण पनि यो देशकै निम्ति चुनौतीपूर्ण भएको छ। यस सन्दर्भमा भारतीय रिजर्भ ब्याङ्क (आरबीआइ) र अन्य ब्याङ्कहरूले पनि हात उठाएका छन्। हुन त आरबीआइ तथा अन्य ब्याङ्कहरूले यस विषयमा आफ्ना ग्राहकहरूलाई निरन्तर सतर्क गराउँदै आएको छ। प्रिन्ट तथा इलेक्ट्रोनिक मीडियाहरूमा पनि धेरै सतर्क गराउने विज्ञापनहरूको प्रचार प्रसार भइरहेको छ। तर पनि देशले यो समस्यादेखि छुटकारा पाउन सकेको छैन। फर्जी मेलमा विशेष लटरी फसेको र त्यो रकम पाउनका ...

प्रतीक्षा सङ्लो संसारको कविता सङ्ग्रह

पश्‍चिम सिक्किमको मानेबुङ देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत पर्ने दाथोङ गाउँ निवासी नन्दकुमार राईको पहिलो कविता सङ्ग्रह हो-प्रतीक्षा सङ्लो संसारको। यस कविता सङ्ग्रहलाई कवि नन्दकुमार राईले त्यो वर्गलाई समर्पित गरेका छन्, जुन वर्गले शोषण, उत्पीडन तथा अन्यायमा डुबेर आफ्नो अमूल्य जीवनको अस्तित्व खोज्न सकिरहेको छैन। शोषण, उत्पीडन तथा अन्यायको चक्रव्यूह तोडदै आफ्नो अस्तित्वको निम्ति जाग्नुपर्ने आह्वान गर्दै कवि नन्दकुमार राईले आफ्नो पहिलो कृति पनि त्यही वर्गलाई नै समर्पण गरेका छन्, जुन वर्गलाई सर्वहरा वर्ग भन्दछौं। जबसम्म समानतामूलक समाजको निर्माण हुँदैन तबसम्म समाजको कुनै न कुनै पाटो अन्धकारमै रहन्छ भन्ने धरातलीय यथार्थलाई उजागर गर्दै कविले सङ्लो संसार निर्माणको परिकल्पना गरेका छन्। वर्गभेदरहित संसार निर्माण गर्नुपर्ने आग्रहपूर्ण परिकल्पनालाई कवि नन्दकुमारका कविताहरूको मूल स्वर अथवा भावभूमि मान्न सकिन्छ। विभिन्न प्रकारका विसङ्गति तथा विकृतिहरू हटाएर सङ्गतिपूर्ण र गतिशील संसार निर्माण गर्नुपर्ने कविको आह्वान छ। यस दृष्टिकोणबाट हेर्दा यस कविता सङ्ग्रहको नाम-‘प्रतीक्षा सङ्लो संसारको’ सान्दर्भ...

सतर्क बन्न आवश्यक

सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहाँ कुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ्। विभिन्न प्रकारको मौसम, अविरल वर्षा र भिरालो जमिन, वर्षाको भार सहन गर्न नसक्ने माटोको क्षमता आदि संवेदनशील विषयहरू छन्। महत्त्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको हो। एकातर्फ भुइँचालोको झट्का र यसले सिर्जना गरेको त्रास। भारी वर्षाको कारण पैह्रोको त्रासले पुनः ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरूको निद्रा खास्ने गरेको छ। अहिले भारी वर्षाले शुरू भएको छ। वितेका वर्षमा यो मौसममा धेरै स्थानमा सडकहरू अवरूद्ध भएका थिए। एक त सिक्किमको भौगोलिक बनावट नै यस्तो छ जसले कुनै पनि समय प्राकृतिक आपदाको सामना गर्नुपर्ने स्थिति आइपर्छ भने भुइँचालोले यसलाई अझ संवेदनशील बनाइदिने गर्छ। दोस्रो सडक निर्माणबाट निस्किएको ढुङ्गा माटोलाई सही स्थानमा जम्मा नगर्नु, सडक बनाएपछि सुरक्षा पर्खाल नबनाउनु, भल निकासीका निम्ति सही नाला प्रबन्धन नहुनु जस्ता समस्याहरू देखिँदैछ। राष्ट्रियस्तरको पूर्वाधार विकासमा यही समस...

पशुपालनमा स्वनिर्भर बन्ने दिशातर्फ

पशुपालनमार्फत राज्यका कृषक तथा आर्थिक रूपमा कमजोर वर्गको आर्थिक उन्नति गर्न राज्य सरकारले विशेष जोर दिएर काम गर्दै आएको छ। पशुपालन र पशुधन ग्रामीण क्षेत्रमा आयको स्रोत मात्र नभएर यसले रोजगारको अवसर पनि सिर्जना गर्दछ। विशेष गरी श्रमिक, साना तथा मध्यम कृषक, युवाहरूका निम्ति यसले रोजगारको अवसर प्रदान गर्दै आएको छ। पशुपालन र पशुधनमार्फत रोजगार र आम्दानी मात्र नभएर यसले लाखौं मानिसलाई सहजै पोशिलो खानपान पनि उपलब्ध गराउँछ। राज्यमा पशुपालन, पशुधन, मत्स्यपालनमार्फत दूध, माछा, मासु, कुखुरा, अण्डाको उत्पादन गरेर  स्थानीय बजारको माग पूरा गर्न सक्नु नै महत्वपूर्ण विषय रहेको छ।  यसर्थ सरकारले यस विषयलाई प्राथमिकता दिएर पूर्वाधारहरूको निर्माणसितै कृषकहरूलाई पशुपालन क्षेत्रमा क्षमता विकास गराउनसितै आवश्यक तकनिकी र आधुनिक सहयोग पनि प्रदान गर्दै आएको छ। जैविक कृषिमा सफलता प्राप्त गर्नुसितै पशुपालन क्षेत्रलाई पनि जैविक विधिअनुरूप अघि बढाउन महत्त्वपूर्ण पहलहरू गरिएको  छ। पशुपालन विभागले स्थानीय प्रजातिका पशुधनलाई गुणस्तर रूपमा विकसित गरेर राम्रो परिणाम ल्याउनका निम्ति विविध उपायहरू शु...