Nirmal Rajya sikkim
सिक्किमले देख्नु न त्यपरेस्तो दिन सिक्किम देशको पहिलो निर्मल राज्य हो। निर्मल राज्यको निम्ति राष्ट्रिय पुरस्कारले सम्मानित सिक्किम अहिले देशका अन्य राज्यहरूको निम्ति अनुकरणीय बनेको छ। केन्द्रिय ग्रामीण विकास मन्त्री जयराम रमेश जुन राज्यमा पुग्छन्, त्यहॉं स्वच्छताको निम्ति सिक्किमको अनुकरण गर्नु भन्दैछन्। वर्ष 2015- सम्ममा देशमा एउटा अभिशापको रूपमा रहेको सामाजिक परम्परा खुल्ला स्थानमा शौच गर्ने विषयबाट मुक्त गर्ने केन्द्र सरकारको अभियान छ। महत्वपूर्ण विषय के छ भने यस अभियानलाई सफल बनाउनु देशका महिलाहरूले आफ्नो महत्वपूर्ण योगदान दिन शुरु गरेका छन्। विशेष देशको ग्रामीण क्षेत्रमा महिलाहरूले एउटा अनौठो आन्दोलन नै शुरु गरेका छन्। ग्रामीण क्षेत्रबाट आएको यो अभियानको घटनालाई सामाजिक परिवर्तन अर्थात् दूषित वातावरणबाट स्वच्छतातर्फ परिवर्तनको सूचक मान्नु पर्छ। अहिले यो शुरुवाती चरणमा नै छ। घटना मध्यप्रदेशको जनजातीय बाहुल्य क्षेत्र तथा बैतुलको हो। यहॉं एकजना नवविवाहिताले पहिलो रातमा नै लोग्नेलाई छोडेर माइता गएकी छन्। कारण आफूले बिहे गरेको घरमा शौचालय थिएन। उक्त महिलाको यस निर्णयले भ