Nirmal Rajya sikkim
सिक्किमले देख्नु न त्यपरेस्तो दिन
सिक्किम देशको पहिलो निर्मल राज्य हो। निर्मल राज्यको निम्ति राष्ट्रिय पुरस्कारले सम्मानित सिक्किम अहिले देशका अन्य राज्यहरूको निम्ति अनुकरणीय बनेको छ। केन्द्रिय ग्रामीण विकास मन्त्री जयराम रमेश जुन राज्यमा पुग्छन्, त्यहॉं स्वच्छताको निम्ति सिक्किमको अनुकरण गर्नु भन्दैछन्। वर्ष 2015- सम्ममा देशमा एउटा अभिशापको रूपमा रहेको सामाजिक परम्परा खुल्ला स्थानमा शौच गर्ने विषयबाट मुक्त गर्ने केन्द्र सरकारको अभियान छ।
महत्वपूर्ण विषय के छ भने यस अभियानलाई सफल बनाउनु देशका महिलाहरूले आफ्नो महत्वपूर्ण योगदान दिन शुरु गरेका छन्। विशेष देशको ग्रामीण क्षेत्रमा महिलाहरूले एउटा अनौठो आन्दोलन नै शुरु गरेका छन्। ग्रामीण क्षेत्रबाट आएको यो अभियानको घटनालाई सामाजिक परिवर्तन अर्थात् दूषित वातावरणबाट स्वच्छतातर्फ परिवर्तनको सूचक मान्नु पर्छ। अहिले यो शुरुवाती चरणमा नै छ। घटना मध्यप्रदेशको जनजातीय बाहुल्य क्षेत्र तथा बैतुलको हो। यहॉं एकजना नवविवाहिताले पहिलो रातमा नै लोग्नेलाई छोडेर माइता गएकी छन्। कारण आफूले बिहे गरेको घरमा शौचालय थिएन। उक्त महिलाको यस निर्णयले भारतीय समाजले कसरी लियो, त्यो जान्न नसके पनि, केही दिनअघि उत्तर प्रदेशको अलग-अलग क्षेत्रमा तीन नवविवाहिताले ठीक यस्तै निर्णय लिएर शौच र सफाइसित जोडिएका ग्रामीण महिलाहरू दूषित वातावरणलाई प्रोत्साहन गर्ने छैनन् भन्ने सन्देश दिएका छन्।
ग्रामीण तथा दुर्गम क्षेत्रसित जोडिएको यी महिला आधुनिक सोचले सम्पन्न छन्। उनीहरूको विद्रोहले ग्रामीण भारतमा असङ्ख्य मानिससित जोडिएको त्यस दुखद सत्यतालाई छोएको छ। 21 औं सदीमा पनि हाम्रो देशमा करोडौं मानिस शौचालयको अभावमा खुल्ला स्थानमा शौच गर्न अभिशप्त छन्। यसको पीडा महिलाहरूले नै भोग्नुपर्छ, किनभने पुरुष जस्तो जुनसुकै समयमा महिलाहरू खुल्ला स्थानमा शौच गर्न जान सक्दैनन्। उनीहरूले कि त झिसमिसे अँध्यारोमा अथवा घाम अस्ताएर अँध्यारो भएसम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता हुन्छ। यो बाध्यता सहन गर्न नसक्ने त छॅंदैछ साथै बिस्तारै महिलालाई पेट र आन्द्राको बिमार लाग्नसक्छ। यसबाहेक अँध्यारोमा शौच गर्न जानु अर्को खतरा पनि छ। खुल्ला स्थानमा शौच गर्न आर्थिक मजबूरीको परिणाम भए पनि हाम्रो देशमा लामो समयदेखि यो परम्परा छ।
ग्रामीण भारतमा अहिले पनि शौचालय बनाउनु अनावश्यक खर्च हो भन्ने मानिसको सङ्ख्या पनि धेरै छ। हुन त यो पुरुषप्रधान समाजको वर्चस्ववादी मानसिकताको परिचायक हो जसले महिलाहरूको पीडालाई कहिल्यै पनि बुझ्ने प्रयास गरेन। शौचालय विहीन असङ्ख्य घरहरूको यो त्रासद सच्चाइ त्यस देशको हो, जुन देशले 2020 सम्ममा विकसित राष्ट्र बन्ने सपना देखेको छ। यो त्यस मुलुकको निर्मल सत्य हो जहॉं विगत दिनमा दुइवटा सरकारी शौचालयलाई आधुनिकतम रूप दिनलाई 35 लाख रुपियॉं खर्च गरियो। देशलाई निर्मल राज्य बनाउने देशको दुर्गम अति दुर्गम क्षेत्र यस्तो आन्दोलनको शूत्रपात हुनेछ भन्ने आशा गरौं।
भाग्यवश- सिक्किम यो आन्दोलनबाट मुक्त छ। कारण यो अघावै देशको अनुकरणीय निर्मल राज्य बनेको छ। यहॉंका कुनै नवविवाहिताले शौचालयको अभावमा घर-परिवार त्याग्नु पर्ने स्थिति छैन। महिलाहरूले शौच गर्न कहिले घाम अस्ताउँछ भन्ने कुनै स्थिति छैन। वास्तवमा सिक्किममा महिलाहरूले कुनै सङ्घर्ष नगरीकन नै उपहारस्वरूप यो सुविधा प्राप्त गरेका छन्। यो राज्यको निम्ति ठूलो उपलब्धी मान्न सकिन्छ। यो सबै महिलामुक्ति र सशक्तिकरणलाई उच्च प्राथमिकता दिने विचार भएका राजनीतिक नेतृत्वकै कारण सम्भव भएको छ। यद्यपि, सिक्किमको समाजले सित्थैमा प्राप्त गरेको यस महत्वपूर्ण सामाजिक परम्परा स्वच्छलाई अझ सुदृढ बनाउन आवश्यक छ। यसरी नै शहरी क्षेत्रमा देखिने पे एण्ड युज शौचालयहरूमा पैसा उठाउने बालश्रमलाई पुनरुत्थान गरेर शौचालयदेखि स्कूलसम्म पुऱ्याउने व्यवस्था सुनिश्चित गरे राज्यको गरिमा अझ बढेर जाने निश्चित छ।
Comments
Post a Comment