Posts

Showing posts from August, 2014

मौसम परिवर्तनमाथि १८ औं मन्त्री स्तरीय बेसिक सम्मेलनमा केन्द्रिय पर्यावरण राज्यमन्त्री प्रकाश जावडेकरको स्वागत सम्बोधन

    कलकत्ता, ८ अगस्त। बेसिकका सहयात्रीहरूलाई यहाँ स्वागत जनाउन पाउँदा म अति नै हर्षित छु। सौभाग्यवश यहाँ बेसिकका चारैजना मन्त्री सँगै उपस्थित छौं, जसको निम्ति म आभार प्रकट गर्न चाहन्छु।  हामी मौसम परिवर्तनको समस्यालाई सम्बोधित गदर्ने पहल अन्तर्गत अति नै महत्त्वपूर्ण चरणमा पुगेका छौं। विज्ञानले जहाँ एकातिर हामीलाई अरू धेरै कार्य गर्न उत्साहित गरिरहेको छ भने अर्कोतिर, राष्ट्रहरूको प्रतिक्रिया भने पर्याप्त नरहेको महसुस गरिरहेका छौं। हामीले कार्यलाई प्रेरणादायक बनाउनुपर्नेछ। यस दिशामा प्रथम पहलको रूपमा विकसित राष्ट्रहरूद्वारा अरू व्यापक कार्य गर्नुपर्नेछ।  १. भारतमा लोकतान्त्रिक पारगमन हालै मात्र सम्पन्न भएको छ। विश्‍वको सबैभन्दा बृहत् लोकतन्त्र भएका नाताले हामी मौसम परिवर्तनलाई सम्बोधित गर्न सक्रिय भूमिका निर्वाह गर्नेछौं। हामी दिगो विकास अनि किफायती उपयोगका साथै ऊर्जासहित सबै संसाधनको विकासप्रति कृतसङ्कल्प छौं।  २. वित्तीय वर्ष २०१४-१५ को निम्ति हाम्रो केन्द्रिय बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा केही महत्त्वपूर्ण  पहल गरिएका छन्, जस्तै ः - स्वच्छ ऊर्जाको निम्ति र