'अभीष्टको खोज' – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास? • नवीन पौड्याल
' अभीष्टको खोज ' – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास ? • नवीन पौड्याल १. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि , कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखा परेका हुन्। यद्यपि उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका प्रकाशित पुस्तकाकार कृतिहरूमा तीनवटा उपन्यास ' अभीष्टको खोज' ( सन् १९९२ ), ' द्रोह' ( सन् २००२ ), ' विद्रोह' ( सन् २००५ ) , एउटा कथासङ्ग्रह : ' मेरो मनको साइनो तिम्रो मनलाई' ( सन् १९९२ ) , दुईवटा कवितासङ्ग्रह : ' समृद्ध व्यथा : कङ्गाल अभिव्यक्ति' ( सन् १९९७ ), ' रगतको हस्ताक्षर' ( सन् २००० ) तथा विविध : ' विचार , क्रान्ति र परिवर्तन'। भीम दाहालको जन्म सन् १९५४ नोभेम्बर २९ मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती मा भएको हो । यिनले बी . ए . अनर्ससम्मको औपचारिक शिक्षा हासिल गरेका छन् भने पत्रकारिता पनि अध...
Comments
Post a Comment