' अभीष्टको खोज ' – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास ? • नवीन पौड्याल १. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि , कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखा परेका हुन्। यद्यपि उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका प्रकाशित पुस्तकाकार कृतिहरूमा तीनवटा उपन्यास ' अभीष्टको खोज' ( सन् १९९२ ), ' द्रोह' ( सन् २००२ ), ' विद्रोह' ( सन् २००५ ) , एउटा कथासङ्ग्रह : ' मेरो मनको साइनो तिम्रो मनलाई' ( सन् १९९२ ) , दुईवटा कवितासङ्ग्रह : ' समृद्ध व्यथा : कङ्गाल अभिव्यक्ति' ( सन् १९९७ ), ' रगतको हस्ताक्षर' ( सन् २००० ) तथा विविध : ' विचार , क्रान्ति र परिवर्तन'। भीम दाहालको जन्म सन् १९५४ नोभेम्बर २९ मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती मा भएको हो । यिनले बी . ए . अनर्ससम्मको औपचारिक शिक्षा हासिल गरेका छन् भने पत्रकारिता पनि अध...
वर्ष 2014 को 27 सितम्बरका दिन संयुक्त राष्ट्र महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्भाषणमा योगलाई अन्तर्राष्ट्रिय स्तरमा ल्याउने विचार व्यक्त गरेका थिए। उनले योगलाई भारतीय मूलको एक सांस्कृतिक धरोहरको रूपमा प्रस्तुत गरेका थिए। नरेन्द्र मोदीको विचारलाई समर्थन गर्दै 11 दिसम्बर 2014 को दिन संयुक्त राष्ट्रका 193 सदस्यहरूको समर्थनमा 21 जूनलाई अन्तरराष्ट्रिय योग दिवस मनाउने कुरामा मञ्जूरी प्राप्त भएको हो। नरेन्द्र मोदीद्वारा उठाइएको यस प्रस्तावलाई पारित गर्नको निम्ति संयुक्त राष्ट्रले केवल 90 दिनको मात्र प्रतीक्षा गराएको थियो। संघको यो पहिलो यस्तो प्रस्ताव हो, जसलाई सबै भन्दा कम्ती समयमा पारित गरिएको थियो। यस प्रस्तावलाई सर्वप्रथम नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए। यस अतिरिक्त चीन, क्यानाडा, मीश्र लगायत अन्य देशको समर्थनमा विश्वले 21 जूनको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा स्वीकारेको थियो। राजधानी दिल्लीको राजपथमा आयोजित पहिलो अन्तर्राष्ट्रिय योग दिवसमा भारतका प्रधानमन्त्रीसहित लगभग 36 हजार मानिसहरूले योग अभ्यासमा भाग लिएका थिए। य...
1. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका उपन्यास: ‘अभीष्टको खोज’ (सन् 1992), ‘द्रोह’ (सन् 2002), ‘विद्रोह’ (सन् 2005)। कथा सङ्ग्रह: ‘मेरो मनको साइनो तिम्रो मनलाई’ (सन् 1992)। कविता सङ्ग्रह: ‘समृद्ध व्यथा: कङ्गाल अभिव्यक्ति’ (सन् 1997), ‘रगतको हस्ताक्षर’ (सन् 2000)। विविध: ‘विचार, क्रान्ति र परिवर्तन’। भीम दाहालको जन्म सन् 1954 नोभेम्बर 29 मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती भन्ने ठाउँमा भएको हो। यिनले बी.ए. अनर्स सम्मको शिक्षा हासिल गरेका छन् भने पत्रकारितामा पिजी गरेका छन्। सिक्किम विधान सभामा केही समय अनुवादक भएर काम गरेका दाहाल सिक्किम हेराल्डको सहसम्पादक, जिल्ला सूचना अधिकृत हुँदै सिक्किम हेराल्डको सम्पादक पनि भएका हुन्। उनी राजनैतिक क्षेत्रमा पनि देखा पर्छन्। उनी सिक्किमको एक मात्र लोकसभाका तीनपटकसम्म सांसद बनेका हुन्। 2. भीम दाहालको औपन्यासिक प्रवृत्तिको संक्षिप्त अध...
Comments
Post a Comment