म चुइगम खादिनँ
रामकुमारको घर शहरको एउटा कुनामा छ। उसको घर काठले बनिएको भए तापनि रङ लगाएर सुन्दर ढङ्गमा सजाइएको थियो। घर वरिपरि फूलहरू रोपिएका थिए। फूलहरूमा पुतली-मौरीहरू आएर रस चुसिरहेका हुन्थे। रामकुमारलाई घरमा सबैले माया गरेर रामु भनेर बोलाउने गर्थे। रामुको घरमा घेरै परेवाहरूले गुँड़ लगाएर बसेका थिए। एक जोडी परेवाले गुँड़मा परेवाले बच्चा काड़ेको थियो। रामु फुर्सद पाउनासाथ लुकेर ती बच्चाहरूलाई परेवाका जोड़ीले चारो खुवाएको हेर्ने गर्थ्यो। स्कूलबाट आएपछि पनि लुगा नफेरिकन एकपल्ट परेवाको बच्चा हेर्न जान्थ्यो। एउटा ठूलो परेवाले ती बच्चाहरूलाई एकपछि अर्को गर्दै शहरका कुनाकुनाबाट चारो खोजी ल्याएर खुवाउने गर्थ्यो। सायद , त्यो ठूलो परेवा परिवारको आमा हुन् भनेर रामु सोच्ने गर्थ्यो। एकदिन रामु स्कूलबाट छिट्टै घर आयो। घर आउनसाथ सँधैजस्तो परेवाको बच्चा हेर्न गयो। बच्चाहरू एकलै ठूलो-ठूलो मुख बनाउँदै कराइरहेका थिए। रामुले सोच्यो , ‘ उनीहरूकी आमा चारो खोजेर घर फर्खीनन् होली अनि यिनीहरू भोकाएर कराएका हुन्। ’ रामुले ती बच्चाहरूलाई भोकले रोइरहेको सम्झ्यो। तर उसलाई अरुले देख्छ भनेर हतार-हतार त्यहाँबाट झरेर घरभित्र पस्यो।...