नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् भने प्रायःजसो दार्जीलिङ-सिक्किमतिर शिक्षण र शिक्षा विभागतिर आवद्ध थिए। श्री पौड्यालले आफ्नो युवावस्थामा रामकृष्ण शर्मा, पारसमणि प्रधान, अगमसिंह गिरी, सिद्धिचरण श्रेष्ठ नरबहादुर दाहाल आदिसित साहित्यिक संसर्ग र सम्पर्कमा रहेका थिए। उनका मौलिक, अनूदित र अनुसन्धानात्मक गरी एघारवटा पुस्तक, तेह्रवटा जति पुस्तक र पाठ्यपुस्तकको लेखन, सम्पादन र प्रकाशन, आठवटाजति साहित्यिक पत्रिकाको सम्पादनमा सरिक छन्। सिक्किममा नेपाली साहित्यिक परिवेश सिर्जना गर्न उनी धेरै सक्रिय रहेका हुन्। पुस्तकको अध्ययन, लेखन, प्रकाशन तथा साहित्यिक पत्र-पत्रिका सम्पादन प्रकाशन एवं साहित्य पढाउँदै उनले आफ्नो सम्पूर्ण जीवन साहित्यलाई समर्पित गरेका छन्। उनका प्रकाशित पुस्तकहरूमा झुम्राक...
मौरी पालन प्राचिनकाल देखि नै मानिसले पशु उत्पादको प्रयोग गर्न शुरु गरेका हुन्। पशु उत्पादनको प्रयोग गर्दा मानिसले पशुको जीवन मूल्य समेत प्रयोग गरेका छन्। मौरीको मह मानव सभ्यताको प्रगैतिहासिक समयदेखि नै मानिसले प्रयोग गर्न शुरु गरेका हुन्। यी कुराहरू हाम्रो धर्म ग्रन्थहरू जस्तै वेद, पुराण, रामायण, महाभारत र चारकसंहितामा पनि उल्लेख गरिएको छ। केही विदेशी यात्री जस्तै फाहिन र वेनसनले पनि महलाई औषधीको रूपमा प्रयोग गरिएको विषयलाई चर्चा गरेका छन्। मानिसहरूले मौरीको मह औषधी हुन्छ भन्ने कुरामा धेरै निर्भर रहेको र अति नै आवश्यक पोषण आहार तत्वको रूपमा स्वीकारेको पाउँछौं। मौरीको अतिनै विकसित सामाजिक सङ्गठनको स्थापना मानव जातिको उत्पति हुनभन्दा अघि नै भएको हो। मौरीले हामीलाई काम-काम अनि सहकार्यसहित कामको शिक्षा दिँदछ। हामी सहजै मौरीको अथक परिश्रमबारे विचार गर्न सक्छौं। एक पावा मह बनाउनका निम्ति एउटा मौरी हाम्रो पृथ्विको परिधिभन्दा दोब्बर यात्रा गर्ने गर्दछ। शुरुमा मौरीको मह निकाल्ने तरिका एकदमै कच्चा किसिमको रहेको थियो। तर सन् 1991 मा लङस्ट्रोटले कृतिम चाका अविस्कार गरेपछि मौरीको मह निका...
Comments
Post a Comment