मौरी पालन- अनुवाद

मौरी पालन
प्राचिनकाल देखि नै मानिसले पशु उत्पादको प्रयोग गर्न शुरु गरेका हुन्। पशु उत्पादनको प्रयोग गर्दा मानिसले पशुको जीवन मूल्य समेत प्रयोग गरेका छन्। मौरीको मह मानव सभ्यताको प्रगैतिहासिक समयदेखि नै मानिसले प्रयोग गर्न शुरु गरेका हुन्। यी कुराहरू हाम्रो धर्म ग्रन्थहरू जस्तै वेद, पुराण, रामायण, महाभारत र चारकसंहितामा पनि उल्लेख गरिएको छ। केही विदेशी यात्री जस्तै फाहिन र वेनसनले पनि महलाई औषधीको रूपमा प्रयोग गरिएको विषयलाई चर्चा गरेका छन्। मानिसहरूले मौरीको मह औषधी हुन्छ भन्ने कुरामा धेरै निर्भर रहेको र अति नै आवश्यक पोषण आहार तत्वको रूपमा स्वीकारेको पाउँछौं। 
मौरीको अतिनै विकसित सामाजिक सङ्गठनको स्थापना मानव जातिको उत्पति हुनभन्दा अघि नै भएको हो। मौरीले हामीलाई काम-काम अनि सहकार्यसहित कामको शिक्षा दिँदछ। हामी सहजै मौरीको अथक परिश्रमबारे विचार गर्न सक्छौं। एक पावा मह बनाउनका निम्ति एउटा मौरी हाम्रो पृथ्विको परिधिभन्दा दोब्बर यात्रा गर्ने गर्दछ। शुरुमा मौरीको मह निकाल्ने तरिका एकदमै कच्चा किसिमको रहेको थियो। तर सन् 1991 मा लङस्ट्रोटले कृतिम चाका अविस्कार गरेपछि मौरीको मह निकाल्ने वैज्ञानिक तरिकासितै यो व्यवसायिक विषय बन्न पुग्यो। संयुक्त राज्य अमेरिका, कनाडा, अस्ट्रेलिया र न्युजिल्यान्डले मौरी पालनको विषयमा उल्लेखनीय सफलता हासिल गरेको छ। भारतमा व्यवसायिक दृष्टिकोणमा  मौरी पालन प्रति मानिस त्यति इच्छुक भएको पाइँदैन। तर आफ्नो दैनिक प्रयोगका निम्ति भने मौरी पाल्ने गरेको पाइन्छ। मह मौरीले उत्पादन गर्दछ यसर्थ मौरी पालन कार्यक्रमको सफलतापूर्वक कार्यन्वयन गर्न मौरीको जीवविज्ञानलाई विस्तृत रूपमा अध्ययन गर्न आवश्यक छ। 

मह दिने मौरी
फाइलम-अर्थोपोडा
वर्ग-इन्सेक्टा
अर्डर- हेमिनोपेटेरा 
वंश- एपिडा
जिनस-एपिस
आदत र बसोबास
विश्‍वभरिबाट प्राप्त गरिएको प्रतिवेदनअनुसार मह दिने मौरी अतिनै उच्च सङ्गठित सामाजिक किरा हो। तथापि वर्षभरि नै मौरी सक्रिय भए तापनि शितकालिन मौसममा भने उनीहरू थोरै काम गर्छन् अनि यस समयमा  बच्चा काड्दैनन्। 
जब वसन्त ऋतु लाग्छ अर्थात जुन समयमा फूलहरू धेरै फुल्ने गर्छन् तब  मौरीले चाकामा अतिनै ठूलो सङ्ख्यामा अण्डा पारेर बच्चा काड्ने गर्दछ अनि यस समय मह पनि अत्याधिक पाइन्छ। मौरीको विविध रूप हुन्छ र कार्य विभाजन पनि राम्रो गरी हुन्छ। घरको सिलिङ अथवा रूखको हाँगामा हजारौं सङ्ख्यामा मौरी झुन्डिरहेको हामी देख्ने गर्छौं। मौरीले एक प्रकारको नृत्य गरेर आफ्ना साथीहरूलाई मौरीको खानपान फूलको रस आदिको सङ्केत दिँदछ। चर्चित जीवविज्ञानी कार्ल भोन फ्रिसअनुसार यस प्रक्रियालाई ‘मौरीको भाषा’ भनिन्छ। उनको भनाइअनुसार मौरीको आहारको स्रोत कति टाढा वा नजिक छ त्यो कुरा मौरीको नृत्यको भाकाले नै पुष्टि गर्दछ। 

मह दिने मौरीको प्रजातिहरू 
मह दिने मौरीका चार प्रजाति भएको पत्तो लगाइएको छ। 
1. एपिस डोरसाटा एफ (भीर मौरी) यो सबैभन्दा ठूलो मौरी हो, लगभग 20 मिलिमिटर लम्बाई भएको कारण यसलाई ठूलो मौरी साराङ र बोम्बारा र अन्य नामले सम्बोधन गरिन्छ। अन्य प्रजातिका मौरीहरूको तुलनामा भीर मौरीले धेरै मह उत्पादन गर्छ। एउटा चाकामा मौरीले 60 पाउन्डसम्म मह उत्पादन गर्दछ जो एउटा चाकामा उत्पादित हुने मह अत्याधिक हो। यस मौरीका कर्मीहरू धेरै सक्रिय र फूर्तिला हुन्छन् जसले 12 हजार फूलमा दैनिक परागसेचन गर्छन्। यद्यपि आदतले झर्को गर्ने र निर्दयी प्रजातिको मौरी भएकोले गर्दा अनि समय समयमा वास सर्ने प्रवृति आदिले यसलाई मौरी पालनको उद्योगका निम्ति घरेलु मौरीका रूपमा राख्न अतिनै कठिन हुन्छ। 

2. एपिस इन्डिका एफ (भारतीय मौरी) साधारणत यो मौरी भारतका वन र समतल क्षेत्रमा पाइन्छ। यो मौरी एपिस डोरसाटा (भीर मौरी) भन्दा आकारमा केही सानो हुन्छ। यस मौरीले विशेषगरि अँध्यारोमा बस्न रुचाउँछ अनि एक समानको विभिन्न चाकाहरू लगभग एक फूटको तयार गर्छ। यस मौरीले विशेशगरि रूखको धोन्द्रो, टोड्का, माटाको पर्खाल, माटाको भाँडा, बाक्लो झोडी, नाला र घर आदिको पर्खालमा आफ्नो वासस्थान बनाएर चाका लगाउँछ। सभावले नै यो मौरी भद्र किसिमको हुन्छ यसर्थ यसलाई सहजै घरेलू मौरीका रूपमा पाल्न वा राख्न सकिन्छ। यस मौरीले कम्तिमा 6 देखि 7 पाउन्ड मह उत्पादन गर्छ।

3. एपिस फ्लोरिया एफ (सानो मौरी) यो भीर मौरी भन्दा धेरै सानो हुन्छ अनि मह पनि धेरै कम्तिमात्रमा उत्पादन गर्दछ।  यो मौरी सभावलेनै सुसामाजिक हुँदैन अनि यसले मात्र एउटा चाका बनाउँछ। प्राकृतिक सभावमा सोझो र कम्ति टोक्ने भएको कारण यसको चाकालाई सहजै निकालेर मह काड्न सकिन्छ। 

4. एपिस मेलिफेरा एफ (युरोपियन मौरी) यो मौरीले मह कम्ति उत्पादन गरे तापनि व्यवसायिक दृष्टिकोणमा यसलाई प्रयोगमा ल्याउन धेरै सहज र श्रेष्ट प्रजातिको रूपमा पहिचान गरिएको छ। यसको सोझोपनाका कारण यसलाई सहजै घरेलु पालनमा प्रयोग गरेर सय वर्षसम्म यसजातिलाई फैलाउन सकिन्छ। यसका विभिन्न उपजाति भए तापनि इटालियन प्रजातिको मौरी युरोप र अमेरिकाको कृतिम मौरी पालनका रूपमा अत्याधिक प्रयोगमा ल्याएको पाइन्छ। 

मौरीको सामाजिक सङ्गठन
मौरीको परिवारमा अतिनै सङ्गठित श्रम विभाजन भएको पाइन्छ। एउटा राम्रो र विकसित मौरीको घारमा 40 देखि 50 हजारसम्म मौरी हुन्छन् जो तीन वर्गमा विभाजित छन् जसमा रानी, रानो र श्रमिक सामेल छन्। रानी मौरीले गभर्र्धानपछि फर्टिलाइज अथवा भालेे लागेको र बतासे दुवै किसिमका अण्डा पार्ने गर्छिन्। रानीले गर्भधान नगरी पारेको अनफर्टिलाइज अण्डाबाट भाले मौरी अर्थात रानोका रूपमा सिर्जना हुन्छ अनि रानीले गर्भधानपछि पारेको अण्डाबाट श्रमिक मौरी उत्पन्न हुन्छ। श्रमिक मौरीले जब गुलियो तत्व वा शाही जेली ग्रहण गर्छन् भने तब त्यसबाट रानी मौरी विकसित हुन्छ। 
रानीः यो अतिनै विकसित तथा गर्भधान गर्नसक्ने पोथी मौरी हो जसले निरन्तर अण्डासाय विकसित गर्दछ। साधारणतः मौरीको एक घारमा एउटा रानी हुन्छ अनि यसले शाही जेली ग्रहण गर्छ। यो साच्चो अर्थमा रानी हुन्छ अर्थात यो एउटा घारको आमाको रूपमा रहेको हुन्छ जसलाई धेरैवटा मौरीले सुरक्षा प्रदान गरेको हुन्छ। रानी मौरीलाई अण्डा पार्ने जिम्मेवारी बाहेक अन्य कुनै दायित्व दिइँदैन। आफ्नो सक्रिय जीवनकालमा रानी मौरीले गर्नुपर्ने काम भनेको नै अण्डा पार्नु हो। रानी मौरी 15 देखि 20 मिलिमिटर लम्बाईको हुन्छ अनि उसको लामो भूँडी, छोटो खुट्टा र पखेटाका कारण सहजै चिन्न सकिन्छ। यसको ढाँचागत रूपको कारणनै मैन, मह र कुट आदि उत्पादन गर्न सक्दैन। रानी मौरीमा अण्डनिधानाङ्गसहित डङ्कको प्रारूप विकसित हुनेहुँदा अण्डा पार्नका निम्ति उसलाई सहज हुँदछ। भनिन्छ रानी मौरीले आफ्नो जीवनकालमा एकपल्टमात्र सम्भोग गरेको हुन्छ। यद्यपि यो एक्लो मिलनमा रानो मौरीले दुइ करोड विर्य भर्ने गर्छ जो एउटा रानी मौरीले जीवनभरनै पार्ने अण्डाको गर्भधानका निम्ति पुगिसरी हुन्छ। हालै संयुक्त राज्य अमेरिका (युएसए) मा भएको एउटा अध्ययनअनुसार 110 रानी मौरीमध्ये 55 वटा रानीले मात्र अण्डा पार्न भन्दा अघि दुइपल्टसम्म सम्भोग गरेका छन्। यो सत्य हो की रानी मौरीले आफ्नो इच्छाअनुसारनै फर्टायल (उर्वरक) र अनफर्टायल (गैर उर्वरक) अण्डा पार्ने गर्छिन्। यद्यपि यो गतिविधिको सही कारण विषय कुनै पनि अध्ययनले पुष्टि गर्न सकेको छैन। रानी मौरीले एक दिनमा लगभग 15 सयदेखि दुइ हजासम्म अण्डा पार्छ। यद्यपि यो पनि मौसमीय अन्तर र अन्य पर्यावरणीय तत्वहरूमा निर्भर गर्दछ। एक सयवटा अण्डाको वजन रानी मौरीको तौल बराबर हुन्छ। आफ्नो सम्पूर्ण जीवनकालको अर्थात दुइ वर्षदेखि पाँच वर्षसम्मको समयअवधिमा एउटा रानी मौरीले 15 लाख अण्डा पार्छ। जब रानी मौरीले  आफ्नो घार वा गुँडमा अण्डा पार्ने क्षमता गुमाउछिन् तब सोही घारमा भएको अन्य श्रमिक मौरीलाई रानीको आहार अर्थात शाही जेली शुरु गरेर नयाँ रानी विकसित गरिन्छ अनि सही अर्थमा त्यसलाई रानीको सुविधाहरू प्रदान गरिन्छ। अर्कातिर बुडी भएकी अर्थात पुरानो रानीलाई घारदेखि बाहिर  निकालिन्छ तर केही समयसम्म  श्रमिक मौरीले आफ्नो आमा समान मौरीलाई किन बाहिर निकाल्नु भन्ने कुराको विरोध जनाउँछन्। यसो हुँदा कतिपय श्रमिक मौरी पुरानो रानीसितै बाहिरिन्छन्। कतिपय अवस्थामा जब एउटा घारमा दुइ देखि तीनवटा रानी विकसित हुन्छन् तब त्यस समयमा एउटाले मात्र सही अर्थमा रानीको स्थान ग्रहण गरेर अन्यले नयाँ घार स्थापना गर्ने दायित्व लिएर काम गर्छन्। 

श्रमिक मौरीः  श्रमिक मौरी तीन वर्गका मौरी भन्दा सानो हुन्छ। तर यसले मौरीको चाका बनाउने र मह उत्पादन गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गर्दछ। रानी मौरी जस्तै श्रमिक मौरी पनि रानीले पारेको उर्वर अण्डाबाट उत्पन्न हुन्छ यो श्रमिक अनुभागमानै बस्ने गर्दछ। अण्डाबाट विकसित बन्न यसलाई 21 दिनको समय लाग्छ। 21 दिनपछि यो जवान हुन्छ र एउटा श्रमिक मौरीको जीवनकाल लगभग 6 हप्ता हुन्छ। श्रमिक मौरीले अपेक्षाले पीडित हुन्छ जसले आफ्नो परिवारको खुशहालीका निम्ति आफैलाई बलिदान दिँदछ। सबै घारभित्र र बाहिरको जिम्मेवारी श्रमिक मौरीले लिइन्छ। यसर्थ उनीहरूलाई विशेष कार्य र विशेष जिम्मेवारी दिइन्छ। 
1. फूलको रस चुस्न सक्ने लामो  थुतुनो।
2. हावामा उड्न दह्रो पखेटा।
3. पराग जमा गर्नका निम्ति पराग झोली।
4. कुनै पनि आक्रमणको प्रतिरक्षा गर्न आक्रमक खिल। 
5. मैन उत्पन्न गर्न मैन ग्रन्थी।
बाहिरी कार्यमा खटेका श्रमिक मौरीले फूलको रस संग्रह गर्नु, पराग, गम र पानी आदि संग्रह गरेर आफ्नो गुँडमा ल्याएर उचित ढङ्गमा जमा गर्छन्। यसरीनै घारभित्र कार्य गर्ने मौरीलाई पनि विभिन्न दायित्वका निम्ति उप समुहका रूपमा खटाइएको हुन्छ। यसमा केही मौरी धेरैनै लगनशील भएर रानीको स्याहार गर्न बाहेक अन्य शैसव मौरीको देखरेख गर्छन् जसलाई नर्सरी मौरी भनिन्छ। चाका बनाउनका निम्ति केही मौरीले मैन उत्पादन गर्छन् र यी मौरीलाई निर्माता भनिन्छ। यसरीनै चाका मरम्मती गर्ने कार्यका निम्ति पनि मरम्मतीका दायित्व लिने मौरीले काम गर्छन्। सफाई कर्मचारीले मौरीको डुँडबाट फोहोर मैलासितै मरेका मौरी अथवा अन्य हटाउनुपर्ने वस्तुलाई हटाउँछन्। 
शितलता प्रदान गर्ने वा हावा दिने मौरीको दायित्व पनि छुट्याइएको हुन्छ। पङ्खे मौरी  समुहले आफ्नो पखेटामार्फत हावा दिने काम गर्छन्। यस अतिरिक्त मह जमा गर्नु र यसलाई परिपक्व बनाउने कार्य पनि श्रमिक मौरीले गर्छन्। सुरक्षामा खटेका मौरीले सधैव प्रवेशद्वारमा खटेर सेवा दिन्छन्। भनिन्छ आफ्नो जीवनकालको लगभग आधा समय श्रमिक मौरीले घरभित्रको जिम्मेवारी लिइन्छन् अनि पछि मात्र उनीहरू बाहिरी कार्यमा खट्छन्।  भालेः मह दिने मौरीको घारमा रानो मौरी भाले मौरी हो। यसको कार्य रानीलाई गर्भधान गराउनु भएकोले यसलाई घारको रानो वा राजाको सम्बोधन गरिन्छ। अण्डाबाट जवान अवस्थामा पुग्न यसले 24 दिनको समय लिन्छ।  यस मौरीमा लामो थुतुनो र मैन ग्रन्थी हुँदैन। यद्यपि नर मौरीको प्रजनन् ग्रन्थी धेरै विकसित र प्रभावशाली हुन्छ। यो गैर उर्वरक अण्डाबाट अर्थात वृहत र रानो कोशिकाबाट उत्पन्न हुन्छ। रानो मौरी पूर्णरूपले श्रमिक मौरीमा निर्भर गर्छ अनि सदैव श्रमिकहरूबाट महको अपेक्षा गरिरहेको पाइन्छ। रानो मौरीको सम्पूर्ण दायित्व भनेको नै एउटा कुमारी रानीलाई गर्वधान गराउनु हो। मौरीको झूण्डमा सदैव रानो मौरीले रानीलाई पछ्याउँछ, सम्भोग गर्छ अनि सम्भोगपछि जीवन समाप्त हुन्छ। 

जीवन इतिहास
सम्भोग पछि रानी मौरीले एउटा अण्डा कोशिकामा अण्डा पार्छे। अण्डा गुलाबी रङको हुन्छ जो बेल्ना आकारको हुन्छ अनि कोसिकाको फेदमा गएर जोडिएको हुन्छ। बच्चा भाले लागेको र बतासे दुवै प्रकारको अण्डाबाट सिर्जना हुन्छ यसर्थ बतासे अण्डाबाट उत्पति हुने बच्चाबाटनै रानो बनिन्छ भने श्रमिक मौरी भाले लागेको अण्डाबाटनै सिर्जना हुन्छ। यसै श्रमिक मौरी उत्पति हुने अण्डापछिको बच्चालाई नै मौरीको घारका युवा कार्यकर्ताले विशेष प्रकारको आहार जसलाई शाही जेली भनिन्छ त्यो खुवाउने गर्छन् अनि शाही जेली ग्रहण गर्ने बच्चा नै बढेर घारको रानी बनिन्छ। शाही जेलीमा विशेष सहजै पच्नसक्ने मह हुन्छ र यो श्रमिक मौरीको थुतुनाबाट पराग मिश्रित भएर निस्कन्छ। पाँच दिनसम्म आहार दिएपछि  कोशिकालाई मोहरबन्द गरिन्छ यसपछि अण्डाबाट बच्चा आकारमा अनि यसपछि तेस्रो चरण जसलाई मौरी आकारमा विकसित हुन्छ। यसबेला यो रेसम झैं कोमल अवस्थाबाट मौरी आकारमा पूर्णरूपले विकसित हुन्छ। तीन सप्ताहपछि यो जवान हुन्छ। जवान भएपछि दुइ देखि तीन सप्ताहसम्म घरभित्रको काम गर्न व्यस्त हुन्छन्। सबै मौरीले आफ्नो जीवनअवधिमा विभिन्न प्रकारको दायित्व लिएर विभिन्न प्रकारको रूपान्तरण पनि गर्दछन्। यो सबै मौरीको चाकामानै हुन्छ। (चित्र-1)

गोला बनाउन वा स्थान छोड्नुः रानीले घार छोड्ने प्रक्रियालाई गोला बनाउनु भनिन्छ। यो विशेष गरी वसन्त ऋतुको अन्त्यतिर अथवा गर्मी मौसमको अन्त्यतिर हुने गर्दछ। यद्यपि यसको सही कारण भने पत्तो लगाउन सकिएको छैन। जब गर्मीको मौसममा मौरीको आहार प्रचुर मात्रमा उपलब्ध हुन्छ तब  मौरीको चाकामा मौरीको धेरै भीड देखिन्छ। रानीले विशेष गरी पूर्वार्द्धमानै केही पुरानो रानो र श्रमिक मौरीसहित स्थान छोडेर नयाँ घार कुनै अन्य स्थानमा स्थापना गर्ने गर्छन्। यसपछि पुरानो घारमा रानीको तयारी गर्ने काम शुरु हुन्छ श्रमिकहरूले शाही जेली शुरु गरेर घारमा नयाँ रानी सिर्जना गर्छन्। जब एउटा घारमा रानीको पद ग्रहण गरिसकेपछि त्यहाँ उनीहरूको उत्तरदायीको उपस्थितिलाई रानीले सहन गर्दैनन् यसर्थ रानीले यदि कुनै उत्तरदायीका रूपमा रानी सिर्जना हुँदैछ भने त्यसलाई पनि मार्ने आदेश दिन्छन्। यो एउटा प्राकृतिक नियम रहेको पाइन्छ। 
स्थान लिनुः जब पुरानो रानीले अण्डा पार्ने क्षमतालाई गुमाउँदै जान्छिन् अथवा रानीको अकास्मित निधन हुन्छ भने एउटा नयाँ र जवान रानीले पुरानो रानीको स्थान ग्रहण गर्छिन् र यस प्रक्रियालाई स्थान लिने प्रक्रिया मानिन्छ। 
लापत्ता हुनुः मौरीको घार एक ठाउँ देखि अर्को ठाउँ सर्ने प्रक्रियो हो यो। केही प्रतिकूल अवस्था जस्तै मौरीका शत्रुद्वारा उनीहरूको चाकामा आक्रमण गरेपछि जीवनलाई खतराको महसुस भए अथवा मैनखाने किराको खतरा बढे र आफ्नो इलाकामा रस दिने फूल फुल्न छोडेको अथवा पाउन छोडेपछि यो अवस्था सिर्जना हुन्छ र यस अवस्थालाई लापत्ता हुनु मानिन्छ। यद्यपि यो अवस्था स्थान छोड्नुसित मिल्दैन। 
वैवाहिक अथवा मिलनको झगडाः प्रथममा पुरानो रानीले स्थान छोड्छिन् यसपछि सात दिनको जवान तथा कुमारी रानीले स्थान दिएपछि यसलाई रानोले पछ्याउन गर्छ र यसलाई वैवाहिक द्वन्द भनिन्छ। एउटा रानोले रानीलाई आकाशमा सम्भोग गरेर गर्वधान गराएपछि उसले आफ्नो जीवन लिला त्यहीं समाप्त गर्छ। भनिन्छ सम्भोगको अवस्थामानै मौरीको रानोले अन्तिम श्‍वास लिनेगर्छ। रानीले रानोबाट वीर्य ग्रहण गरेपछि रानो रानीसितै जमिनमा खस्छ अनि रानी फर्केर आफ्नो घारमा पुग्छिन्। 

चाकाः मौरी बस्ने घरलाईनै चाका अथवा मौरीकोष भनिन्छ। चाका श्रमिक मौरीहरूको भुँडीबाट निस्किएको मैनबाट बनिन्छ जो 6 कोणीय कोशिकाको हुन्छ। चाका विशेषगरि ढुङ्गा, भवन अथवा रूखका हाँगामा झुण्डिएको हुन्छ। प्रत्येक चाकामा हजारौं 6 कोणीय प्वाल छरिएको कोशिकालाई मिलाएर दुवैपाटामा एउटै आधारबाट 6 कोणीय प्वाल सिर्जना गरिएको हुन्छ। वनस्पतीबाट उत्पति भएको गम र चोपलाई चाकाको मरम्मति गर्न प्रयोग गरिन्छ। युवा अवस्थाका मौरीले तल्लो र चाकाको मध्यम कोशिकामा स्थान ग्रहण गर्छन् जसलाई जो ‘अण्डा कोशिका’ को रूपमा जानिन्छ। 
डोरसाटा वृहत कोशिकाको पनि सही आकार र बनावट हुन्छ। तर अन्य प्रजातिका मौरीको अण्डा कोशिकाको तीन भिन्ना भिन्नै अनुभाग हुन्छन्। जसमा श्रमिकहरूका निम्ति श्रमिक अनुभाग, रानोका निम्ति रानो अनुभाग र रानीका निम्ति रानी अनुभाग सामेल छ। यद्यपि रानीको अनुभागलाई भने पुनः प्रयोग गरिँदैन तर अन्य अनुबागलाई पटक पटक प्रयोग गरिन्छ। जवान 

मौरीका निम्ति बस्ने कुनै विशेष अनुभाग हुँदैन यसर्थ उनीहरू साधारनः समुहमा झूण्ड बनाएर बस्ने वा चाकाको वरिपरि घुमफिर गर्ने वा बस्ने गर्छन्। चाका विशेषगरि मह जमा गर्ने उद्देश्यले नै बनाइएको हुन्छ र पराग अथवा कुटलाई चाकाको माथिल्लो भागमा जमा गरिन्छ भने तल्लो भागलाई भने बच्चा काड्ने कार्यमा प्रयोग गरिन्छ। (चित्र दुइ)

मौरी पालनका निम्ति वनस्पतिः हुन त मौरीले धेरै लामो दूरीसम्मको यात्रा गरेर फूलको रस र पराग सेचन गर्ने र संग्रह गर्ने काम गर्छ तर मौरी पालनका निम्ति वनस्पतिको उपलब्धता हुनुपर्ने कुरा महत्वपूर्ण छ। चाहे त्यो जङ्गलमा पाइने वनस्पति होस् वा खेती गरिएको। धेरै मात्रामा रस सिर्जना गर्ने पौधाहरूमा निम, जामुन, रिट्ठा (सोपनट) आदि हुन् अन्य पौधाहरू जस्तै मकै, गुलाब, सोरगम आदि पनि परागका निम्ति राम्रा स्रोतहरू हुन्। केही पौधाहरू जस्तै किशमिश, चेरी, आइफल, सिसम, नरीवल, अम्बक, तोरी आदिमा रस र पराग दुवैको राम्रो स्रोत भएको मानिन्छ। 
मौरी पालनको निम्ति मौरीको चयनः 
राम्रो मौरी पालन गर्न मौरीको चयन गर्ने विषय महत्वपूर्ण छ। यसर्थ मौरी पालनका निम्ति मौरी चयन गर्दा निम्नलिखित विषयहरूलाई ध्यान दिन आवश्यक छ। 
1. मौरी एकदमै सोभानी स्वाभावको हुनुपर्छ। 
2. मौरीले आफ्नो शक्तिशाली घार सिर्जना गर्ने क्षमता राखेको हुनुपर्दच। 
3. आफ्नो शत्रुबाट सुरक्षित बस्नसक्ने क्षमता हुनुपर्छ। 
4. मौरीमा ऊर्जावान र उद्योग गर्ने क्षमता भएका  श्रमिकहरूको उपस्थिति हुनुपर्छ।
5. श्रमिक मौरीमा विभिन्न प्रजातिका वनस्पतिबाट रस चुस्नसक्ने क्षमता हुनुपर्छ।
6. चाकामा धेरैभन्दा धेरै मौरीले धेरै भन्दा  धेरै मह उत्पादन गर्ने सिकिमको हुनुपर्छ। 
7. कुनै पनि स्थानमा मौरीले आफ्नो चाका बनाउन सक्ने हुनुपर्दछ। 
मौरी पालनको क्षेत्रमा खटेका वैज्ञानिकहरूले अनुवंशिक जातीय मौरीको पत्तो लगाउने प्रयास गरिरहेका छन्। जुन जातिको मौरीमा निर्दयी पना नहोस् अनि जसले धेरै मह उत्पन्न गरोस्। भारतमा मौरी पालन उद्योगका निम्ति एपिस इन्डिकालाई उत्कृष्ट मौरीका रूपमा पहिचान गरिएको छ। स्वाभावलेनै यो मौरी सोबानी र आफ्नो कार्य निष्पादन गर्न क्षमतावान रहेको कारणनै एपिस इन्डिकालाई मौरी पालनको निम्ति शीर्ष स्थानमा राखिएको छ। 
मौरी पालन गर्ने विधिः
मौरी पालनको उद्देश्यनै शुद्ध मह धेरै मात्रामा प्राप्त गर्नु हो। मौरी पालकले परम्परादेखि चलाउँदै आएको तरिका एकदमै क्रूर, कच्चा र अनियोजित प्रकारको मानिन्छ। यसर्थ पुरानो परम्परालाई स्थानीय वा स्वदेशी तरिका पनि भन्ने गरिन्छ। 

स्थानीय वा स्वदेशि विधिः 
1. डुँढः स्वदेशि विधिमा दुइ प्रकारको डुँढ रहेको मौरी पालनका निम्ति प्रयोग गरिन्छ। जस्तै भित्ता अथवा स्थायी डुँढ र सार्न सक्ने डुँढ। 
(क) भित्ता अथवा स्थायी डुँढः यो पूर्णरूपले प्राकृतिक प्रकारको डुँढ मानिन्छ किनभने यसमा मौरीले भित्ताको कुनै पनि स्थान अथवा रूखका कुनै पनि स्थानमा चाका बनाउन सक्छ। यसको एउटा मात्र प्रवेश वा निकासद्वार हुन्छ जहाँबाट मौरी भित्र बाहिर गर्छन्। 
(ख) सर्न सक्ने डुँढः यो बीचमा धोद्रो भएको मुडो, रित्तो बक्सा र माटोको भाँडा आदिको हुन्छ जो घरको बरन्डामा अधिक जसो राखेको पाइन्छ। यस प्रकारको डुँढमा दुइवटा द्वार हुन्छ एउटा द्वारबाट मौरी डुँढभित्र प्रवेश गर्छन् भने अर्को निकास अथवा बाहिर जानका निम्ति प्रयोगमा आउँछ। यद्यपि, स्थान छोड्ने मौरीले साधारनतः डुँढमा  आफ्नै इच्छा अनुसार प्रवेश गर्दछ। कतिपय मौरी पालकले छुट्टीएका मौरीलाई रूख अथवा कुनै पनि स्थानबाट पक्रिएर यस प्रकारको पारम्परिक डुँढमा राख्ने गर्छन्। 
2. मह निकाल्ने विधिः
मह निकाल्नका निम्ति मौरीको चाका नजिक कपडामा आगो बालेर त्यसको धुवाँ मौरीलाई लगाउने गरिन्छ र विशेषगरि रातिको समयमा मौरीलाई आगो देखाएपछि भाग्ने अथवा कतिपय मौरी आगोको तापमा परि मर्ने गर्छन्। यसपछि महले भरिेको चाकालाई निकाल्ने गरिन्छ। काटेर टुक्रा टुक्रा गरिन्छ अनि निचोरेर मह निकालिन्छ। यस प्रक्रियामा विशेष मौरी भगाउन धुवाँ नै प्रयोग गरिन्छ। 
3. पारम्परिक विधिमा हुने हानीः
पारम्परिक विधिमा विभिन्न प्रकारका हानी सामेल छन् र यस कमी कम्जोरीलाई वर्तमान समयको प्यानलले यसलाई मान्यता दिँदैन। कम्जोरीका विविध कारणहरू यस प्रकार छन्।
1. मह अशुद्ध हुन्छ कारण मह निकाल्दा चाका जमै निचोर्दा त्यसमा भएको मौरीको अण्डा, मौरीमा विकसित भइरहेको अण्डा, परागकोशिका, मह कोशिका आदि सबै निचोरिएर महमा मिसिन्छ। 
2. मौरीको अण्डा र अण्डाबाट हुर्किएको बच्चा/छोरा सबै निचोरेर मारेको कारण मौरीको सङ्ख्या कमजोर हुन्छ वा घट्छ। 
3. नयाँ चाका बनाउनका निम्ति मौरीलाई नयाँ समय र ऊर्जा खर्च हुन्छ जसले गर्दा महको उत्पादन गर्न पनि समय लाग्छ। 
4. मौरीको गतिविधिमा नियन्त्रण हुन्छ। 
5. सोही स्थानमा मौरी भाग्यले मात्र बस्न सक्छ। 
6. मह चोर्ने चोरहरू जस्तै मुसा, कमिला, बारूला, अरिंगाल, बच्छ्यौं र  बाँदरले चाकालाई सहजै नोक्सानी पुर्‍याउँछन्। 
7. यस विधिमा जातिको सुधार गर्ने कार्यक्रम लागू हुँदैन यसर्थ त्यहाँ उत्कृष्ट मौरीको चयन गर्न सम्भव हुँदैन। 
8. मौसमीय कारणबाट उत्पन्न भएको जोखिम वा हैंजालाई नियन्त्रण गर्न सकिन्न। 

मौरी पालनको आधुनिक विधिः
पारम्परिक विधिमा भएको कमी कम्जोरीबाट मुक्त हुँदै वैज्ञानिक आधारमा रहेको अत्याधुनिक विधिलाई विकसित गरिएको छ। यसले भारतमा लघू उद्योगको नयाँ आयम सिर्जना गर्दै लाखौं वेरोजगार व्यक्तिलाई रोजगारको अवसर प्रदान गर्दै यस उद्योगमा उनीहरूलाई व्यस्त बनाएको छ। यस लघू उद्योग कार्यक्रमका निम्ति नियमित कृषि कार्य प्रभावित हुँदैन। प्रथममानै मौरीको डुँढको प्रारूपलाई सुधार गर्ने विषयलाई लिइएको छ। जुन प्रारूप मौरीको जाति र ढाँचा भारतमा शुरु भएपछिनै यसै अनुरूपको मौरीको घर बनाउने प्रक्रिया शुरु भएको हो। न्युटन मोडलको 7 देखि 10 वटा फ्रेम (21 गुणा 14.5 सेन्टिमिटर) र ब्रूड च्याम्बर (अण्डाशय) सेलोसुपर (21 गुणा 6.5 सेन्टिमिटर आकारको फ्रेम)ले  दक्षिण, पूर्व र मध्य भारतमा धेरैनै प्रसिद्धि प्राप्त गरेको छ। अर्को  लङस्ट्रोट ढाँचाको डुँढ (44.8 गुणा 23 सेन्टिमिटर) को फ्रेमलाई स्तरीय डुँडका रूपमा हिमाचल प्रदेश, जम्मू कश्मिर र पञ्जाबमा प्रयोग गरिन्छ। उत्तर प्रदेशमा अर्को प्रकारो डुँढ प्रयोग गरिन्छ जो ज्योलिकोट मौरी पालनमा शुरु गरिएको हो र यसको ढाँचा आठवटा फ्रेम जसको आकार (30 गुणा 18 सेन्टिमिटर) हुन्छ। 
माथि उल्लेख गरिएका डुँढहरूको अनुभवपछि भारतीय मानक संस्थानले सानो र ठूलो  आकारको डुँढलाई मानकिकरण गरेको छ, जो सानो आकारको डुँढमा फ्रेम 21 गुणा 14.5 सेन्टिमिटर र ठूलो आकारमा 31 गुणा 20.4 सेन्टिमिटर हुन्छ। 
वर्तमानमा एउटा विशेष प्रारूपको चलयमान डुँढ तयार गरिएको छ, जसलाई आवश्यकता अनुसार स्थान बढाउनु र मौसम र वातावरणअनुसार प्रबन्धन गर्न सहज मानिएको छ। 
आधुनिक विधिका उपकरणहरू
1. विशेष चलायमान 
2. रानी छुट्याउने
3. मह झिक्ने 
4. खोल्ने छुरी
5. अन्य उपकरणहरू। 

1. विशेष चलायमानः कृतिम चलायमान डुँढ काठको बक्साको आधारमा चित्र-3 को स्थान विधानअनुसार निर्माण गरिन्छ। मौरीको आवश्यकता र आकार अनुसार डुँढको आकार र फ्रेमको सङ्ख्या निर्भर गर्छ। एउटा सानो ठाउँ श्रमिक मौरी र रानो मौरीका निम्ति पर्याप्त हुँदछ तर  रानी जब एकपल्ट आफ्नो स्थानमा बस्छिन् तब कहिले पनि डुँढबाट बाहिर आउँदिनन्। जिङ्ग सिटको प्वाल आकार मात्र 0.375 सेन्टिमिटरको हुन्छ र रानीको छाति 0.43 देखि 0.45 सेन्टिमिटरसम्म हुन्छ। यसैकारण माथि उल्लेख गरिएको आकारअनुसारको प्वालबाट रानी छिर्न सक्दैन। यस विशेष चलायमान डुँढको 6 विभिन्न बाग हुन्छन् जो निम्न प्रकारले जनाइएको छः-
(क) टेवा (स्टेन्ड)ः यो डुँढको आधार हो। यही आधारबाट सबै डुँढको ढाँचा निर्माण गरिन्छ। डुँढको ढाल मिलाउन टेवा मार्फतनै सम्भव हुन्छ। ढाल बनाउनाले वर्षाको पानी सहजै तरिन्छ।
(ख) फेदको पटल (बटम बोर्ड)ः यो स्टेन्डदेखिको माथिल्लो भागमा हुन्छ र यसले डुँढको सही आधार सुनिश्‍चित गर्छ अनि अगाडिको भागमा दुइवटा प्रवेश वा निकास द्वार हुन्छ। एउटा द्वारबाट मौरी भित्र पस्छन् भने अर्कोबाट बाहिर निस्कन्छन्। 
(ग). अण्डाको कक्ष (ब्रूड च्याम्बर)ः फेदमा भएको पटल (बोर्ड) मा अण्डा कक्ष हुन्छ जो मौरीको डुँढको महत्वपूर्ण भाग हो यो 5 देखि 10 वटा फ्रेमसहितको वृहत आकारमा हुन्छ। प्रत्येक फ्रेममा मैन सूचिसहित 6 कोणीय फ्रेमलाई झुण्डाएर तारले बुनेको हुन्छ। ए एउटा दूरीबाट प्रत्येक 6 कोणीय विन्दूबाट मौरीले पर्खाल निर्माण गर्ने र कोशिका तयार गर्ने गर्छन्। यहाँ प्रत्येक सूचीमा मैनलाई चाकाको  आधारशिला भनेर जानिन्छ जसले मौरीलाई आकर्षित गर्छ अनि दुवै दिशामा चाका बनाउने आधार उपलब्ध गराउँदछ। अण्डा कक्षमा फ्रेमलाई लामबद्ध रूपमा ठाडोगरि राखिन्छ, जसलाई तार बुनेको अन्य फ्रेमले ढाकेर राखिन्छ जसमार्फत श्रमिक मौरी एकदेखि अर्को स्थानमा घुमफिर गर्न सक्छन्। चाकाको आधारले  परिश्रमि श्रमिक मौरीलाई नियमित अण्डा कक्ष र चाकामा कार्य गर्न सहयोग पुर्‍याउँदछ अनि जसलाई पुनः प्रयोग गर्न सकिन्छ। पुणे स्थित केन्द्रिय मौरी अनुसन्धान स्टेसनले चाकाको आधारशिला बनाउने कारखाना मार्फत चाकाको आधारशिला उत्पादन गर्छ, विभिन्न आकारको अनुभाग देशको क्षेत्रको आवश्यकताअनुसार यस कारखानाले यसको उत्पादन गर्छ। अण्डा कक्षलाई अर्को उत्कृष्ट (सुपर) च्याम्बरले ढाकेको हुन्छ। यस दोस्रो कक्षलाई सुपर च्याम्बर भनिन्छ। 
(घ). सुपरः यो पनि छानोरहित र आधार बिनाको हुन्छ सुपरमा धेरैवटा फ्रेम हुन्छ जसमा चाकाको आधारसहित डुँढ बढाउनका निम्ति अतिरिक्त स्थानहरू उपलब्ध हुन्छन्। 
(ङ). भित्रि ढक्कनः यस ढक्कनलाई सुपर च्याम्बर ढाक्नका निम्ति प्रयोग गरिन्छ। हावा छिर्नका निम्ति यसमा ससाना प्वाल (भेन्टिलेसन)को व्यवस्था गरिएको हुन्छ। 
(च). माथिको ढक्कनः पानीबाट मौरीको घार बचाउनका निम्ति यो आवश्यक छ। यो जिङ्ग सिट (पाता) को हुन्छ जो साधा र भिरालो बनाइएको हुन्छ। 

2. रानी छुट्याउनेः
यो एउटा तारको गज हो जसलाई रानो पक्रिनका निम्ति प्रत्येक तारलाई 0.375 सेन्टिमिटरको दूरीमा राखिएको छ। यसले श्रमिक मौरीलाई सहजै छिर्न दिन्छ तर रानी मौरीलाई भने अण्डा कक्षमा फर्काउने सुरक्षा प्रदान गर्छ। 

3. मह झिक्नेः यो उपक्रम चाकाबाट मह झिक्ने कार्यमा प्रयोग हुन्छ। केन्द्रित बलको आधारमा यसले कार्य गर्छ, जब यस उपक्रमसित चाका केन्द्रित हुन्छ तब शुद्ध मह चाकालाई कुनै असर नगरिकन बाहिर निस्कन्छन्। 

4. छुरीः जब सबै चाका महले भरिन्छ त्यसलाई मैनद्वारा मोहरबन्द गरिएको हुन्छ। यसर्थ चाकालाई निकालेर मह झिक्ने मसिनमा लगाउन अघि मैनलाई हटाउन छुरीको आवश्यक पर्छ। यस छुरीलाई प्रयोग गर्नअघि तताइन्छ। 

5. अन्य उपकरणहरूः मौरीको सफल प्रबन्धनका निम्ति सबैभन्दा आवश्यक उपकरणहरू स्थानीय रूपमा उत्पादन हुन्छ र यो सस्तो पनि छ। यो स्थानीय रूपमा तयार गरिएको हुँदा अन्य स्थानमा तयार गरिएको उकरणसित मेल खाँदैन अथवा एकै किसिमको हुँदैन। यसर्थ भारतीय मानक संस्थानले केही साधारण उपकरणको मानकिकरण गर्दै समान उपकरणको तयारी विधि दिएको छ। केही सामग्री जस्तै सुरक्षात्मक पोषाक, गमदानी, पञ्जा, अनुहार छोप्ने जाली, मौरी जाली, ब्रस आदि सहज र सरल ढङ्गमा मौरीसित कामकाज गर्न आवश्यक पर्छन्। 

अत्याधुनिक विधिः
आधुनिक मौरी पालनको विधिमा धेरै लाभहरू छन् जसले उचित योजनामा मौरी पालन गर्न उत्साहित बनाउँदछ। जस्तै 
1. मौरीको गतिविधिलाई सही ढङ्गमा हेर्चाह गर्न सकिन्छ। 
2. चिनी, झोल, पराग वस्तु आदि मौरीलाई उपलब्ध गराएर शक्तिसाली घार विकसित गर्न सकिन्छ। 
3. स्थान छोड्ने मौरीलाई अत्याधुनिक डुँढ मार्फत जाँच गर्न सकिन्छ। 
4. एउटै चाकालाई पटक-पटक प्रयोग गर्न सकिन्छ। यसो हुँदा श्रमिक मौरीले चाका बनाउने काममा खट्नु पर्दैन अनि उनीहरू मह बनाउनमा नै व्यस्त रहन्छन्। 
5. प्रतिकूल अथवा हानीकारण मौसममा मौरीको डुँढलाई सुरक्षित स्थानमा सारेर मौरीको सुरक्षा सुनिश्‍चित गर्न सकिन्छ। 
6. चाकालाई मौरीका शत्रुबाट सुरक्षा प्रदान हुन्छ। 
7. शुद्ध मह वृहत मात्रामा प्राप्त गर्न सकिन्छ। 

सावधानीः
मौरी पालनको उचित प्रबन्धनका निम्ति निम्नलिखित सावधानी अप्नाउन जरूरी हुन्छः-
1. मौरीले संग्रह गर्ने फूलको रस र पराग  आदि भएको स्थानदेखि आधा माइलको दूरीमा मौरीको डुँढ राख्नु पर्छ। यसभन्दा टाढा हुनुहुँदैन। 
2. मौरी पालकले स्थानीय मानिसहरूसित उचित सम्पर्क बनाउन आवश्यक हुन्छ।
3. मौरीको डुँढलाई शितल अथवा छाँयामा राख्न आवश्यक छ। 
4. उचित यातायात सुविधाका निम्ति उद्योग सडक नजिकमा हुनुपर्छ। 

5. डुँढ राखिएको परिसरमानै स्वच्छ पानीको भण्डारन गरिनुपर्छ। 
6. पराग र रस संग्रहका निम्ति राम्रो वनस्पति हुनुपर्छ। 

मौरी पालनका उत्पादहरूः
मौरी पालन उद्योगका प्रमुख उत्पादहरूमा एक मह र दुइ मौरीको मैन सामेल छन्। 
महः यो शुद्ध रूपमा उच्च पोषणमूल्य युक्त किराको उत्पादन हो। महको खाद्य मूल्यलाई 80 प्रतिशत चिनीको उपलब्धताबाट अनुमानित गरिन्छ।
मह उत्पादनः मह वनस्पतिको प्रत्यक्ष उत्पाद हो भन्ने कुरामा कोही पनि दुविधामा पर्नु हुँदैन कारण पराग,रस र चिनीको रस  आदि मौरीले चुसेर वा सङ्ग्रह गरेर योे मौरीको रालसित मिसिए पछि इन्जायम प्रक्रियाको कारण रसायनिक परिवर्तन हुन्छ।यस चरणमा चिनीको रस (शुक्रोश) परिवर्तित भएर डोक्ट्रोज र लिभोलुज हुन्छ। यसरी नै मौरीका केही थप सामाग्रीहरू पनि मिश्रित भएर यसको पानीलाई घटाउने कार्य गरिन्छ। यस पछि त्यस मिश्रित पदार्थलाई चाकामा भर्नु अघी एउटा स्थानमा जमा गरिन्छ जसलाई हनी स्याक पनि भनिन्छ। जब यसलाई मौरीले चाकामा भर्ने प्रक्रिया पूरा हुन्छ तब त्यो महका रुपमा जानिन्छ। यस पछि मौरीले अफ्नो पखेटाद्वारा सिर्जना गरेको हावाद्वारा मह बाक्लो हुने गर्दछ। महको स्वाद अति नै गुलियो हुन्छ, र यसको रङ सेतादेखि कालो हुने र विभिन्न फूलबाट सङ्ग्रह गरिएको रसअनुसार वासन हुन्छ।
महको रसायन समिश्रणः महमा चिनीको समिश्रण अधिक हुन्छ जो निम्नलिखित मिश्रणको आधारमा जोख्नेे गरिन्छः
1. लिभोलोज - 38.9 प्रतिशत
2. डेक्सट्रोज - 21.28 प्रतिशत
3. मालटोस अनि अन्य गुलियो पदार्थ - 8.81 प्रतिशत
4. इन्जायमस् अनि पिजमेन्टस् - 2.21 प्रतिशत
5. एस् (राख) - 1.0 प्रतिशत
6. पानी - 17.20 प्रतिशत
मह भण्डारणः भण्डारण गरेको लामु समय पछि मह दानादार हुने र जामिने गर्छ। 
क) दानादार मह धेरै समयसम्म मह राखे पछि दाना-दाना भएर मह दानादार हुन्छ। यसरी दानादार भएर परिणत भए मह शुद्ध थियो वा छ भन्ने प्रमाण हुन्छ। यसलाई डेक्सट्रोजको 10 भाग पानीको एक भागमा मिश्रण भए पछि ठोस पदार्थमा परिणत भएको मानिन्छ। लिभोलोज निम्न घुलनशील भएको कारण टोस रुपमा परिणत हुँदैन र यसले धमिलो पना सिर्जना गर्छ। हावाका फोका, कोलाइड तथा परागको समिश्रणले ठोस(कूट) पदार्थमा परिणत हुन्छ। 
ख) मह कुमिनु-मह कूटमा परिणत भए पछि यसलाई कुमिएको मानिन्छ। कूटमा परिणत हुँदा 9 प्रतिशत डेक्सट्रोज बाहिर निस्किदा अन्य रहल हावा, पुष्प तथा माटोले लिभोलोजको स्थान लिन्छन् र लिभोलोज र डेक्सट्रोज मिले पछि कुमिन्छ।
उ2 क12ज6 - 2उ2 क5जक + 2उज2

महको आर्थिक महत्वः मानव समाजले महलाई विभिन्न प्रकारले प्रयोग गर्छन्। यसलाई एउटा महत्वपूर्ण आहार तथा औषधीका रुपमा लिने गरेको पाइन्छ।
क) आहार मूल्य- एउटा अनुमानअनुसार दुइ सय ग्राम महले 11.5 लिटर दूध बाराबर वा यस भन्दा अधिकको ताकत दिन्छ अथवा यसले 1.6 केजी घिउ अथवा 330 ग्राम मासुको काम गर्छ।  भनिन्छ 2.1 ग्राम महले 67 केलोरी अधिक ऊर्जा प्रदान गर्छ। यसमा भएको चिनी, मिनिरल, भिटामेन र अन्य महत्वपूर्ण तत्वहरूलाई सहजै पचाउन सकिन्छ। महलाई स्वास्थ र रोगी दुवै प्रकारका मानिसले प्रयोग गर्न सक्छन र यसलाई कुनै पनि समयमा, कुनै पनि मौसममा, कुनै पनि उमेरका व्यक्तिले अथवा भर्खरै जन्मिएको शिशुले पनि ग्रहण गर्न सक्छ। यसलाई मोम बत्ती केक र ब्रेट बनाउन पनि प्रयोग गरिन्छ। रोगीलाई दूधसँग मिश्रण गरेर सेवन गर्ने कुरालाई प्राथमिकता दिइन्छ किन भने आधा भन्दा अधिक शरीरको ऊर्जा डेक्सट्रोजको तापद्वारा प्राप्त हुन्छ।
ख) औषधी मूल्य- आयुर्वेद र युनानी औषधी प्रणालीमा महलाई नरम, रोगाणुरोधक र दर्दनिवारक औषधीरा रुपमा महलाई प्रयोग गरेको पाइन्छ। रगतको मात्रा बढाउन र रूगा-मार्की, जोरो आदिको प्रतिरोधक क्षमता बढाउन, रगतलाई शुद्धिकरण गर्न, अल्सर जिब्रो र पाचक नलीको घाउ आदिको सुरक्षा वा उपाचार गर्न पनि महको पर्योग गरिन्छ। कुपोषण पछि ह्रिदयघात, अपच र मधुमेहको पहिचान पछि नियमित मह सेवन गर्न सिफारिस गरिनन्छ। मह सेवन गरेको 48 घण्टाभित्रमा टाइफाइड किटाणु मरेको प्रमाणित गरिएको छ भने  श्‍वास नली-निमोनिया चार दिनमा र 50 घण्टाभित्रमा पखाला ठीक हुन्छ।
अन्य प्रयोगः अन्य खाद्यान्न र औषधी भन्दा महलाई अन्य धेरै र्कारले प्रयोग गर्न सकिन्छ। यसलाई तोस, कोक र विस्कुट बनाउनमा प्रयोग गरिन्छ। यसले गुणास्तरियता पनि कायम राख्छ। मादक पेय पदार्थको निम्ति धेरै मात्रामा मह जाने गर्छ। पोल्टेरी र मत्स्य पालनमा पनि मौरीको मह वृहत रुपमा प्रयोग गरिन्छ। प्रयोगशालामा पौधाको विकास गुराउन, व्याकटेरियल कल्चर, बीज संरोपण गर्न, किराको आहार फल खाने र अन्य किराको बिष समिश्रणको निम्ति पनि महको प्रयोग गरिन्छ।

मौरीको मैन
मौरी पालन उद्योगको उप उत्पादन (बाय प्रोडक्ट)का रूपमा मौरीको मैन  उत्पादन हुन्छ। यो पहेंलो रङदेखि खैरो वा खागी रङको हुन्छ अनि यो पानीसित घोलिनसक्छ भने एसिड (तेजाब) तत्वसित सहजै घोलिन सक्छ। मौरीको मैन विषय एउटा साधारणतः गलत अवधारणा छ जसले गर्दा यसलाई पनि मौरीले पराग सेचन गरेर पचाएको वस्तुबाट विशेषगरि श्रमिक मौरीको दिशाबाट नै यो उत्पादन भएको कारण यसलाई प्राकृतिक उत्पाद मान्ने गरिन्छ। चीबनल (1934) ले गरेको रिपोर्टअनुसार सबै किराको मैनमा विभिन्न तत्वहरूको समिश्रण हुन्छ। 
1. समान सङ्ख्या मदिरा (एल्कोहल) को  सीमा  उ24  देखि  उ36 ।
2. साधारणतः समान सङ्ख्या चिल्लो पदार्थ (फेट्टी एसिड)  उ24  देखि  उ34   र
3. असमान सङ्ख्यामा साधारण तेल (प्याराफिन) को सीमा उ23  देखि  उ37   हुन्छ।

विभिन्न प्रकारको मौरीको मैनको अन्तर माथि उल्लेख गरिएका तत्वहरूको भिन्नताका आधारमा नै हुन्छ। वृहत रूपमा मौरीको मैन उत्पादन गरेर निर्यात गरिने एपिस डोरसाटा मौरीको मैन हो। निर्यातका निम्ति शुद्ध मौरीको मैनको मानकलाई भारतीय मानक संस्थानले तय गरेको छ। 

मौरीको मैनको आर्थिक महत्वः
सुन्दरीकल्पको उत्पादन गर्न, क्याथोलिक चर्चका निम्ति, अनुहारमा लगाउने क्रिम, चित्र बनाउन, महलम, बिजुलीको धारा रोक्ने इन्सुलेटर, प्लास्टिक कार्य, पोलिस, कार्बन पेपर र अन्य चम्काउने (लुब्रिकेन्ट) कार्यहरू।  प्रयोगशालामा पनि उत्तक (टिस्यू) को ब्लक तयारी गर्न  माइक्रोटोमी कार्यका निम्ति पनि प्रयोग गरिन्छ। 

मौरीका शत्रुः
 मौरीका विभिन्न शत्रुले विभिन्न प्रकारबाट मौरीलाई हानी पुर्‍याउँदछन्। देशको विभिन्न क्षेत्र अनुसारनै उनीहरूका शत्रुको पहिचान गरिएको छ तथा मौरीका निम्ति चुनौती बन्ने गर्छ। विशेशगरि मैन खाने किरा (गालेरिया मिलोनिला र एचोरिया ग्रिसेला), वास्प (भेस्पा प्रजा. अनि पालारूस प्रजा.), कालो कमिला (कोम्पोनट्स कोम्प्रेसस्) र मौरी खाने (मेरोफस ओरियान्टालिस) र किङ क्रो ( डिकरूरूस मेक्रोसेयरकस) आदि मौरीका साधारण शत्रु हुन्। मानिस मौरीको अन्तिम र सबैभन्दा क्रूर शत्रु हो। 
सन् 1958 अघि मौरीलाई रोगमुक्त रहेको मानिन्थ्यो यसपछि पञ्जाब र कश्मीरमा नोजिमाको मामिला मौरीको रोग हुनसक्ने शङ्का गरिएको थियो।  तर एउटा पराश्रयी घुन (एकारापिसवुडी)ले जवान मौरीलाई एकाराइन बिमार उत्पन्न गराएको घटना सन् 1956 मा पञ्जाबको कुलु घाटीमा देखा परेको थियो। पछि यो घटना हिमाचल प्रदेश, उत्तर प्रदेश र जम्मू कश्मीरमा पनि देखा पर्‍यो।  पञ्जाबको लुधियानास्थित कृषि  महाविद्यालय र संयुक्त राज्य अमेरिकाको शहकार्यमा  एउटा योजना शुरु गरेर यस रोगलाई नियन्त्रण गरिएको थियो। यसपछि विदेशबाट कुनै पनि रोग नआवस् भन्ने विषयलाई स्वदेशी मौरीलाई अलग गरेर रोगबाट सुरक्षित राख्ने काम पनि कडा रूपमा पालन गरिन्छ। तर युरोपेली देशहरूमा मौरीलाई साधारणतः माइक्रोस्पोडियनले आक्रमण गर्छ जसले मौरीलाई घाइते बनाउँदछ। 

मौरी पालन उद्योगः
युएसए, कनाडा र अस्ट्रेलियामा मौरी पालन उद्योगले राम्रो स्थान  हासिल गरेको छ। तर उष्ण कटिबन्धीय (ट्रपिकल) देशहरूमा मानिसको आवश्यकताअनुसार मौरी पालनको उद्योग फस्टाउन सकेको छैन। सन् 1953 अघि राज्य सरकारले मात्र मौरी पालनलाई ध्यान दिने गर्दथ्यो तर 1993 को वर्षदेखिनै अखिल भारतीय खादी एवं ग्राम उद्योग आयोगले यस तर्फ ध्यान दिँदै मौरी पालनको विषयलाई केन्द्र सरकार आफैंले नियन्त्रण गर्न थाल्यो। जब केन्द्र सरकारको सङ्गठनले कार्य शुरु गर्‍यो तब दक्षिण भारतमा मौरी पालन उद्योग फस्टायो भने यसै समय उत्तर भारतका केही राज्यहरूमा पनि मौरी पालन उद्योग शुरु गरियो।  वर्तमानमा मौरी पालन उद्योग राष्ट्रियस्तरमानै गरिन्छ र यो लघू उद्योगको राम्रो स्रोत बन्न पुगेको छ। अहिलेसम्म सिमित अध्ययन अनुसन्धान र विकास कार्य मौरी पालनको क्षेत्रमा गरिएको छ र यस अध्ययन अनुसन्धानले मौरी पालनलाई उष्ण कटिबन्धनीय मौसममा एउटा दिगो व्यवसायिकको रूपमा पहिचान गरिएको छ। यस अतिरिक्त आवश्यक वैज्ञानिक र विकासमूलक पहलहरू पनि सिर्जना गरिएको छ। उष्णकटिबन्धनीय मौसमका देशहरूमा वनस्पतीको उपलब्धतासितै मौरी पालनको क्षेत्रमा वैज्ञानिक विकासले कृषिमा पनि लाभ पुग्ने अनि पोषण आहार र ग्रामिण मानिसलाई रोजगारका निम्ति पनि योगदान दिने हुँदा तथा यसले मानिसको आर्थिकस्तरलाई पनि बढाउने हुँदा ठूलो भूमिका निर्वाह गरेको छ।

हालैका प्रयासहरू
उष्णकटिबन्धीय मौसममा मौरी पालनको विषयमा अन्तरराष्ट्रिय सङ्गोष्ठीको आयोजन भयो। जसको आयोजना वर्ल्ड क्रप्स (विश्‍व खेती) ले अन्तरराष्ट्रिय मौरी अनुसन्धान सङ्गठन् (आइबीआरए) को संयुक्त तत्वावधानमा 1976 मा लन्डनमा गरेको थियो। यस सम्मेलनमा मौरी पालनको अनुसन्धान र विकासलाई अघि बढाउँदै उष्णकटिबन्धीय क्षेत्रमा मौरी पालनलाई उच्च प्राथमिकता दिने कुरालाई सिफारिस गरेको थियो। उष्णकटिबन्धीय मौसममा मौरी पालनका निम्ति दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको आयोजना भारतीय कृषि अनुसन्धान परिसद्ले खादी तथा ग्राम उग्योग आयोग तथा  विज्ञान एवं प्रौद्योगिकी विभाग र भारतीय राष्ट्रिय विज्ञान अकादमीको संयुक्त तत्वावधानमा नयाँ दिल्लीमा 1990 मा गरेको थियो।  यस सम्मेलनमा प्रख्यात राष्ट्रिय तथा अन्तरराष्ट्रिय वैज्ञानिकहरू र विशेषज्ञहरूले मौरी पालनको महत्त्वबारे चिन्तन गर्दै आगामी दिनमा मौरी पालन उद्योगको स्तरलाई बढाउन अनुसन्धान विकासलाई एउटा उपकरणको रूपमा लिने सल्लाह दिएका थिए। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल