जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक
जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक पूर्व सिक्किमको रोलेपमा जुन दुर्घटना भयो यसलाई भुइँचालोपछिको पहिलो भारी वर्षाका कारण भारी नोक्सानी भएको मान्न सकिन्छ। हुन त भारी वर्षाका कारण उत्तर सिक्किममा पनि धेरै घरहरू क्षतिग्रस्त बनेका छन्। पूर्व कै कुरा गर्नुपर्दा विभिन्न स्थानमा पैह्रोको कारण सडक मार्ग अवरुद्ध बनेको छन्। यही क्रम उत्तरमा पनि व्याप्त छ। यसरी नै पश्चिम जिल्लामा पनि पैह्रोको कारण धेरै स्थानमा सडक मार्ग अवरुद्ध बनेका छन्। दक्षिणमा हावा-हुण्डरी र भारी वर्षाका कारण धेरै स्थानमा बिजुलीको लाइन क्षतिग्रस्त बनेको कारण केही दिन नाम्ची बजार र वरपर अँध्यारो रह्यो। तर जुन क्षति पूर्वको रोलेपमा भयो जहॉं सात जनाले आफ्नो ज्यान गुमाए त्यस्तो अहिले अन्य जिल्लामा भएको छैन। सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहॉंकुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ। तर महत्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको छ। एकातर्फ गत वर्ष सितम्बर महिनाको भुइँचालोको त्रास भुल