Vigyan Express on World Environment Day


विज्ञान एक्सप्रेसमार्फत सिक्किमलाई विश्वमा प्रख्यात बनाउन आवश्यक
भारत देश एउटा विविधतापूर्ण देश हो। जैवविविधताको मामिलामा भारत धनी र पारम्परिक ज्ञानले युक्त देशका रूपमा विश्वमा परिचित छ। भारतसित भूमिको केवल 2.4 प्रतिशत हिस्सा छ तर पनि भारतमा विश्वभरिको लगभग 7 प्रतिशत प्रजाति र सम्पूर्ण मानव जनसङ्‌ख्याको 18 प्रतिशत हिस्सा निवास गर्छन्‌। प्राकृतिक संसाधनको संरक्षण र यसको दिगो प्रयोगका सम्बन्धमा भारतको एउटा लामो इतिहास छ अनि जीववैज्ञानिक विविधतामा संयुक्त राष्ट्र महासम्मेलन समेत विभिन्न अन्तरराष्ट्रिय पर्यावरणीय महासम्मेलनमा पनि भारतको एउटा पक्ष छ। वर्तमान दशक (वर्ष 2011-2020)-लाई संयुक्त राष्ट्र जैवविविधता दशक र मरूस्थल र मरुभूमिकरण-को विरुद्ध लडाइँका लागि संयुक्त राष्ट्र दशकका रूपमा घोषित गरिएको छ। जैवविविधतामा संयुक्त राष्ट्र महासम्मेलनको पक्षका रूपमा 11औं बैठक भारतले यसैवर्ष 8 अक्टोबरदेखि 19 अक्टोबरसम्म हैदराबादमा कार्यक्रम गर्ने तय गरेको छ। यस सम्मेलनमा भारतले आफ्नो विस्तृत जैवविविधता, यसमा आउने खतरा तथा यसको संरक्षणका निम्ति चालिएका पाइलाहरूलाई प्रदर्शन गर्ने राम्रो अवसर छ।
अर्को विषय के छ भने देशको अनौठो जैवविविधताप्रति व्यापक जागरुकता ल्याउने उद्देश्यमा भू-विज्ञान मन्त्रालय र विज्ञान एवं प्रौद्योगिकी विज्ञानको संयुक्त तत्वावधानमा विशेष रेलगाडी "विज्ञान एक्सप्रेस- जैवविविधता स्पेशल' चलाउने निर्णय भइसकेको छ। यो केल दुइ वर्षभित्र देशको 200 रेलवे स्टेशन भएर चल्नेछ। यस रेलगाडीलाई 5 जून अर्थात विश्व पर्यावरण दिवसको अवसरमा प्रस्थान गराइनेछ। भारतको विशाल जैवविविधताको अनुभव गराउन वर्ष 2012-मा यो रेलगाडी 22 दिसम्बरसम्म गान्धी नगरमा रहनेछ। सीओपीको एघारौं बैठकसम्म अर्थात 9 अक्टोबरदेखि 19 अक्टोबरसम्म हैदराबादमा रोकिनेछ।
यसअतिरिक्त यस रेलगाडीका 16 डिब्बामध्ये 8 डिब्बा पूर्ण रूपले हिमालय-पारी र हिमालय क्षेत्र गंगाको मैदानी भाग, पूर्वोत्तर भारत, मरूस्थलीय र अर्धमरूस्थलीय क्षेत्रहरू, पश्चिमी घाट, समुद्र तटीय क्षेत्र र द्वीपहरू जस्ता जैव-भौगोलिक क्षेत्रको विशाल जैवविविधतामा केन्द्रित रहनेछ। अर्थात रेलको आठ डिब्बाले सम्पूर्ण देशको जैव-भौगोलिक क्षेत्रको जैवविविधतलाई रेखाङ्कित गर्नेछ र जीववैज्ञानिकले विविधता, चिन्तनीय रूपले अस्तित्वको खतरालाई सामना गरिरहेका प्रजातिहरू, जैवविविधताका मुख्य तत्त्व, घरेलुकृत जैवविविधता (कृषि एवं पशुपालन) जैवविविधता तथा जीविकोपार्जन, जीव संस्कृति- खतरा र चुनौती अर्थात (जलवायु परिवर्तन तथा मानव वैज्ञानिक) संरक्षणका उपाय सफलताको कथा, अनुभव, अनौठो कथा आदि प्रदर्शित गर्नेछन्‌।
रेलको अन्य तीन डिब्बामा जलवायु परिवर्तन, ऊर्जा तथा जल संरक्षण आदि बारेमा प्रदर्शन हुनेछ। विज्ञान एक्सप्रेसको विगतका संस्करणको सबैभन्दा लोकप्रिय प्रदर्शनीलाई पनि एउटा डिब्बामा प्रदर्शनी गरिनेछ। यसरी नै अर्को एउटा डिब्बामा "विज्ञानको आनन्द' प्रयोगशाला स्थापित गरिनेछ।
महत्वपूर्ण विषय यहॉं के छ भने विश्व पर्यावरण दिवसको अवसरमा प्रस्थान गर्ने यस रेलगाडी, सिक्किमको जैव विविधतालाई प्रदर्शन गर्ने र सिक्किमलाई विश्वमा परिचित गराउने महत्वपूर्ण माध्यम हुनसक्छ। सिक्किम भौगोलिक रूपमा सानो भए तापनि जैवविविधताको मामिलामा देशको उच्च स्थानमा छ। राष्ट्रको कुल भौगोलिक क्षेत्रको 0.2 प्रतिशतमात्र क्षेत्रफल रहेको सिक्किमलाई आज जैवविविधताका निम्ति राष्ट्रको गढ मानिन्छ। देशको 26 प्रतिशत अधिक फूल फुल्ने पौधा तथा उद्‌भिद, 150 अधिक प्रजातिका प्राणी, 552 प्रजातिका पक्षी, 690 अधिक प्रजातिका पुतली, 424 प्रजातिका औषधीय वनस्पति, 500 अधिक प्रजातिका सुनाखरी, 24 पर्वतमाला, 104 खोला-नालाले समृद्ध छ। यसअतिरिक्त जैवविविधताको क्षेत्रमा सिक्किम सरकारले गरेका कार्यक्रमहरू देश तथा विश्वका निम्ति उदारहणीय छन्‌ यसर्थ विज्ञान एक्सप्रेस- जैवविविधता विशेषमा सिक्किमका जैवविज्ञानी र पर्यावरणविद्‌सितै यहॉंको समृद्धतालाई झल्काउन आवश्यक छ। यस सन्दर्भमा राज्य सरकारको पहल हुन आवश्यक छ। यद्यपि पहल भएको भए त्यसलाई प्रकाशनमा ल्याउनु आवश्यक देखिन्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद