Posts

Showing posts from April, 2014

सुरक्षा संयन्त्रमा प्रयोग गरिने उपकरण

कुन सुरक्षा संयन्त्रले कस्तो काम गर्छ ? यस विषयमा के के पर्छन त्यो ति नै महत्वपुर्ण विषय हो। यसर्थ सुरक्षा संयन्त्रमा प्रयोग गरिने उपकरण बारे जान्नु अति नै आवश्यक छ।यसर्थ पहिला यो जानौ कि सुरक्षा संयन्त्रमा के के छन। विशेष सुरक्षा संयन्त्रमा सीसीटीभी क्यामेरा, कम्युनिटी साइरन सिष्टम, फायर अलार्म सिष्टम, फायर एक्ष्टिङ्ग्विशर, ग्यास अलार्म सिष्टम, मेटल डिटेक्टर , भिडियो डोरफोन, एक्सेस कण्ट्रोल सिष्टम , अण्डर भेहिकल सर्च मिरर, कन्सर्टिना तार, लबी फोन, होम अटोमेसन सिष्टम. गेट अटोमेसन सिष्टम, अर्थ मेटल डिटेक्टर, अटोमेटिक मोटर अपरेटर, सुरक्षासम्बन्धी एक्स – रे मेशिन सामेल छन। सीसीटीभी क्यामेरा सीसीटीभी क्यामेराले खिचेको दृश्यलाई भिडियोका रूपमा कैद गर्छ । यसले निर्धारित स्थानमा भइरहेको गतिविधिबारे जानकारी लिन मद्दत गर्छ । अहिले यसको प्रयोग सडकदेखि निजी घरमा समेत हुन थालेको छ । सीसी क्यामेरा जडान गर्न कम्तीमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्छ । अहिले बजारमा साधारणदेखि धेरै फिचर भएका क्यामेरासमेत उपलब्ध छन् । कम्युनिटी साइरन सिष्टम यसले निश्चित क्षेत्रभित्र कुनै घटना भएमा त्यसको

अलेक्ज्याण्डर ग्राहम बेल

अलेक्ज्याण्डर ग्राहम बेल को संक्षिप्त परिचय  (Alexander Graham Bell) ( ३ मार्च , १८४७ – २ अगस्ट , १९२२-लाई सारा दुनिया सामान्यतया टेलीफोनका आविष्कारकका रूपमा नैं ज्यादा जान्दछ। धेरै कम मान्छे नैं यो जान्दछन् कि ग्राहम बेलले न केवल टेलीफोन , बल्कि कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरैमा पनि उपयोगी आविष्कार गरे छन्। तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबरको चलनमा प्रयोग गरिने -अप्टिकल-फाइबर सिस्टम , फोटोफोन , बेल र डेसिबॅल यूनिट , मेटल-डिटेक्टर आदिका आविष्कारकहरूको  श्रेय पनि तिनलाईनैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन् , जो ऩभए संचार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।ग्राहम बेलको जन्म स्कटल्याण्डको एडिनबर्गमा ३ मार्च सन १८४७ मा भएको थियो। उनी विलक्षण प्रतिभाका धनी थिए।ग्राहम बेलको विलक्षण प्रतिभाको अन्दाज यस कुराबाट लगाउ सकिन्छ कि उनी मात्र तेरह वर्षका उमेरमा नैं ग्रेजुएट भएका थिए। यो पनि एकदम आश्चर्यको कुरा हो कि उनी केवल सोह्र वर्षको उमेरमै एक राम्रो म्यूजिक टीचरका रूपमा प्रसिद्ध भएका थिए।भनिन्छ, ग्राहम बेललाई आमाको बहिरोपनाले बाटो देखायो अपाङगता कुनै पनि व्यक्तिको ला