सुरक्षा संयन्त्रमा प्रयोग गरिने उपकरण

कुन सुरक्षा संयन्त्रले कस्तो काम गर्छ ?
यस विषयमा के के पर्छन त्यो ति नै महत्वपुर्ण विषय हो। यसर्थ सुरक्षा संयन्त्रमा प्रयोग गरिने उपकरण बारे जान्नु अति नै आवश्यक छ।यसर्थ पहिला यो जानौ कि सुरक्षा संयन्त्रमा के के छन। विशेष सुरक्षा संयन्त्रमा सीसीटीभी क्यामेरा, कम्युनिटी साइरन सिष्टम, फायर अलार्म सिष्टम, फायर एक्ष्टिङ्ग्विशर, ग्यास अलार्म सिष्टम, मेटल डिटेक्टर , भिडियो डोरफोन, एक्सेस कण्ट्रोल सिष्टम , अण्डर भेहिकल सर्च मिरर, कन्सर्टिना तार, लबी फोन, होम अटोमेसन सिष्टम. गेट अटोमेसन सिष्टम, अर्थ मेटल डिटेक्टर, अटोमेटिक मोटर अपरेटर, सुरक्षासम्बन्धी एक्सरे मेशिन सामेल छन।
सीसीटीभी क्यामेरा सीसीटीभी क्यामेराले खिचेको दृश्यलाई भिडियोका रूपमा कैद गर्छ । यसले निर्धारित स्थानमा भइरहेको गतिविधिबारे जानकारी लिन मद्दत गर्छ । अहिले यसको प्रयोग सडकदेखि निजी घरमा समेत हुन थालेको छ । सीसी क्यामेरा जडान गर्न कम्तीमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्छ । अहिले बजारमा साधारणदेखि धेरै फिचर भएका क्यामेरासमेत उपलब्ध छन् ।
कम्युनिटी साइरन सिष्टम
यसले निश्चित क्षेत्रभित्र कुनै घटना भएमा त्यसको जानकारी दिने काम गर्छ । यो प्रविधिमा आबद्ध व्यक्तिलाई फोनमार्फत घरमै जानकारी दिने र साइरनमार्फत तोकिएको क्षेत्रभित्र जानकारी दिने गर्छ भारतीय बजारमा स्वदेशमै उत्पादन भएकादेखि आयातित कम्युनिटी साइरन सिष्टम उपलब्ध छन् ।
फायर अलार्म सिष्टम
यसको सहायताले घर वा कार्यालयमा आगो लाग्नेबित्तिकै नियन्त्रणमा लिन सकिन्छ । यसले आगो सल्केको केही सेकेण्डमै आवाज निकाल्छ । अहिले यो प्रविधिको प्रयोग अधिकांश कार्यालयमा गर्न थालिएको छ । सामान्य कार्यालयमा यो प्रणाली जडान गर्दा करीब १ लाख रुपैयाँ खर्च हुन्छ । तर, अस्पताल, विमानस्थलजस्ता स्थानका लागि भने ३० लाखदेखि करोडौं रुपैयाँसम्म खर्च हुन सक्ने सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
फायर एक्ष्टिङ्ग्विशर--- प्रारम्भिक चरणको आगलागी नियन्त्रणका लागि प्रयोग गरिने वस्तु फायर एक्ष्टिङ्ग्विशरहो । फायर एक्ष्टिङ्ग्विशरलाई अग्नि नियन्त्रक सिलिण्डर भनिन्छ । यस्तासिलिण्डरको सहायताले सम्भावित दुर्घटना कम गर्न सकिन्छ । भारतीय बजारमा एकदेखि १० किलो क्षमतासम्मका फायर एक्ष्टिङ्ग्विशरका सिलिण्डर उपलब्ध छन् । एक किलो क्षमताको सिलिण्डरलाई औसतमा २ हजार रुपैयाँ पर्छ । 
ग्यास अलार्म सिष्टम
कुनै क्षेत्रभित्र ग्यास फैलिएमा त्यसको जानकारी दिने संयन्त्र ग्यास अलार्म सिष्टम हो ।
मेटल डिटेक्टर
धातुका सामान पत्ता लगाउन मेटल डिटेक्टरको प्रयोग गरिन्छ । यसको सहायताबाट निषेधित क्षेत्रमा कुनै पनि धातुका सामग्री लैजान लागेको छ भने पत्ता लगाउन सकिन्छ । बैङ्क, कार्यालय, विमानस्थल, संवेदनशील स्थानलगायत क्षेत्रमा यसको प्रयोग हुने गरेको छ ।
भिडियो डोरफोन
प्रवेशद्वारमा कुनै व्यक्ति आएको खण्डमा भिडियो डोरफोनले जानकारी दिन्छ ।
एक्सेस कण्ट्रोल सिष्टम -----विशेषगरी कार्यालयहरूमा हाजिरी गर्न तथा ढोका खोल्न र असम्बन्धित व्यक्तिको प्रवेशलाई रोक्न एक्सेस कण्ट्रोल सिष्टमको प्रयोग गरिन्छ । यसअन्तर्गत फिङ्गर प्रिण्ट एक्सेस कण्ट्रोल, इलेक्ट्रिक लक, म्याग्नेटिक लक, डिजिटल लक, भ्वाइस कण्ट्रोल लक, नम्बरिङ लकलगायत पर्छन् । यसबाहेक यो प्रणालीको माध्यमबाट कुनै पनि कार्यालय वा घरमा अनावश्यक मानिसको आगमन नियन्त्रण गर्न सकिन्छ । संसारको कुनै पनि कुनामा बसेर यो प्रणालीको सञ्चालन गर्न सकिन्छ । कसलाई भित्र जान दिने र कसलाई नदिने भन्ने कुरा प्रणाली सञ्चालकले निर्धारण गर्छ । एउटा ढोकामा यो प्रणाली जडान गर्न करीब ३० हजार रुपैयाँ खर्च हुने व्यवसायीहरू बताउँछन् । तर, प्रविधिको फिचरअनुसार पनि मूल्यमा थपघट हुन सक्छ ।
अण्डर भेहिकल सर्च मिरर ---ठूला गाडीमुनि लुकाएर राखिएका सामान पत्ता लगाउन अण्डर भेहिकल सर्च मिररको प्रयोग गरिन्छ ।कन्सर्टिना तार पर्खालमा लगाइने यो उपकरणले मानिसहरूको प्रवेशलाई रोक्छ । यसको प्रयोग सामान्यतया सेना तथा प्रहरी र विभिन्न कूटनीतिक नियोगमा हुने गरेको छ । पछिल्लो समय यसको प्रयोग निजी घरमा समेत गर्न थालिएको छ ।
लबी फोन --विशेषगरी अपार्टमेण्टमा प्रयोग हुने लबी फोनबाट निश्चित कोडको प्रयोग गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्न सकिन्छ । कतिपय यस्ता फोनमा प्रयोग गर्ने व्यक्तिको तस्वीरसमेत लिन सक्ने सुविधा रहेको हुन्छ । यसलाई मल्टिपल भिडियो डोर फोनका नामले पनि चिनिन्छ । 
होम अटोमेसन सिष्टम
यो प्रविधिबाट घरमा प्रयोग हुने विभिन्न इलेक्ट्रोनिक सामानहरूलाई आफूसँग भएको फोनका माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । घरभित्र रहेका सामानको बाहिरबाटै नियन्त्रण गर्न सक्नु यसको विशेषता हो । राइस कुकर, टेलिभिजन, अलार्म, लाइट आदिलाई यसबाट नियन्त्रण गर्न सकिन्छ ।
गेट अटोमेसन सिष्टम
रिमोटको प्रयोबाट गेट खोल्न र बन्द गर्न प्रयोग हुने संयन्त्र नै गेट अटोमेशन सिष्टम हो ।
अर्थ मेटल डिटेक्टरजमीनमुनि ६ मिटरसम्म रहेका धातुका वस्तु पत्ता लगाउन प्रयोग गरिने उपकरण अर्थ मेटल डिटेक्टर हो ।
अटोमेटिक मोटर अपरेटर
ट्याङ्कीमा पानी भरिएमा स्वचालित रूपमा मोटर बन्द गर्न र कम भएमा त्यसलाई भरी बनाइराख्न अटोमेटिक मोटर अपरेटरको प्रयोग गर्न सकिन्छ ।
सुरक्षासम्बन्धी एक्सरे मेशिन

यसले झोला, सवारीसाधन वा गुण्टाभित्र निषेधित सामान लुकाएर राखेको पत्ता लगाउँछ । विशेषगरी प्रतिबन्धित हातहतियार, गोलाबारुद, लागूपदार्थलगायत सामान लुकाएर एक ठाउँबाट अर्को ठाउँमा लान खोज्नेलाई पक्रिन यसले मद्दत गर्छ । यो विशेषगरी विमानस्थल, भन्सार नाका, विभिन्न चेकपोष्टलगायत स्थानमा राख्ने गरिन्छ । 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद