सफलतापछि दायित्व बढ्छ (organic Farming in sikkim)

निरन्तर प्रयास र परिश्रम पछिको सफलता स्वर्णिम अक्षरमा लेखिन्छन्। अहिले यो कुरा सिक्किमको निम्ति सान्दर्भिक भएको छ। विगत एक दशकदेखि मुख्यमन्त्री पवन चामलिङको पूर्ण जैविक राज्यको परिकल्पनालाई आत्मसात गरेर सिक्किमका कृषक, सरकारी अधिकारी र हितधारकहरूले दिन रात परिश्रम गरे। सिक्किमलाई दिसम्बर 2015 भित्र पूर्ण जैविक राज्य बनाउन अथक परिश्रम गरिरहेका छन्। सिक्किमको यस परिश्रमलाई निरन्तर देशका प्रधानमन्त्रीले हौसला दिदैं आएका छन्। पहिला लोकतन्त्रको मन्दिर मानिने देशको संसदमा अनि पछि क्रमशः अन्तरराष्ट्रिय मञ्चमा सिक्किमको जैविक कृषिको प्रशंसा गर्दै आएका छन्। यसर्थ यस विषयले सिक्किमको सफलतालाई पुष्टि गरेको छ अनि प्रधानमन्त्रीको प्रत्येक वाक्यलाई सिक्किमका शुभचिन्तक, कृषक, हितधारकले स्वर्णिम अक्षरका रूपमा स्वीकार्ने छन् भन्दा अतियुक्ति नहोला।
स्मरण गरौ, हालै सिक्किमले गरेको जैविक कृषिलाई प्रधानमन्त्री नरेन्द्र मोदीले विश्‍वव्यापी बनाएका छन्। 10 दिनको विदेश यात्रामा रहेका प्रधानमन्त्रीले जर्मनीको राजधानी बर्लिनमा आयोजित सामुदायिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम जैविक राज्य बनिसकेको बताएका छन्। बर्लिनमा यो कार्यक्रम भारतीय दूतावासद्वारा आयोजन गरिएको थियो। यस कार्यक्रममा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा सानो राज्य भएर सिक्किमले जैविक कृषिमा वैश्‍विकस्तर प्राप्त गरिसकेको र भारतको पहिलो जैविक कृषि राज्य बनेको बताएका छन्।
प्रधानमन्त्री मोदीले भनेका छन्, ‘भारतमा एउटा सानो राज्य छ सिक्किम। 6 देखि 7 लाख जनसंख्या भएको सिक्किममा वर्षमा 10 लाख पर्यटकहरू आउने गर्दछन्।  सिक्किम हिन्दुस्तानको कुन कुनामा छ र यसको शक्ति कति छ भन्ने कुरा धेरै कम मानिसहरूलाई मात्र थाहा छ। हिमालयको काखमा अवस्थित छ अनि यसमाथि चीन राष्ट्र छ।’ 
‘सिक्किम एउटा सानो राज्य भएर पनि जैविक कृषिको अवधारणा लिएको छ र यसले वैश्‍विकस्तर हासिल गरेको छ। आज सिक्किम हिन्दुस्तानको पहिलो जैविक राज्य बनेको छ। अब सिक्किमले उब्जाएको सबै उत्पादन वैश्‍विक बजारका निम्ति तयार भएको र यसको निम्ति ढोका खुल्ला भएको छ।’
सिक्किमको जैविक कृषिले विश्‍व बजार प्राप्त गरोस् भन्ने आफ्नो चाहना रहेको प्रधानमन्त्रीले बताएका छन्। यसरी नै सिक्किमको जैविक उत्पादनलेफ डलर साट्न सकोस् भन्ने चाहना रहेको उल्लेख गर्दै सिक्किमको शक्ति पनि जैविक कृषिमाथि नै रहेको प्रधानमन्त्रीले बताएका छन्। जुन उत्पादन अहिलेसम्म विश्‍व बजारमा रुपियाँमा बिक्री भइरहेको थियो त्यसले डलर लियोस् भन्ने आफ्नो चाहना रहेको र यसै दिशामा कार्य कोसिस भइरहेको प्रधानमन्त्रीले बताएका छन्। सिक्किमसहित देशको पूर्वोत्तर राज्य नागाल्यान्ड, मिजोराम, मेघालय, आदले पनि परम्परागत रूपमा रसायनिक खादको प्रयोग न्यूनतम रूपले गर्ने गरेको उनले बताएका छन्। प्रधानमन्त्रीले पूर्वोत्तर राज्यलाई नै जैविक क्षेत्रको रूपमा विकास गर्ने चाहना रहेको पनि बताएका छन्।
अवश्य नै प्रधानमन्त्रको यस वक्तव्यले सिक्किमलाई हौसला प्राप्त भएको छ। हौसलासितै  सिक्किमका शुभचिन्तक, कृषक, हितधारकमा थप परिश्रम गर्दै यस गरिमालाई कायम राख्ने दायित्व पनि बढेको छ। एक प्रकारले यो सिक्मिका निम्ति चुनौति नै भएको छ। यद्यपि, अहिलेसम्म सिक्किमले प्राप्त गरेको सफलताबाट ऊर्जा भरेर पूर्ण जैविक राज्यको आधिकारिक घोषणा गर्न प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई निसङ्कोच प्रतीक्षा गर्नुपर्छ। यहाँ महत्वपूर्ण कुरा के छ भने, देशको प्रथम जैविक राज्यको सफलता प्राप्त गरेपछि सिक्किम देशको अन्य राज्यका निम्ति जैविक गुरू बन्नेछ, अर्थात जैविकसितै विश्‍व बजारमा सिक्किमको मानव संसाधनको माग पनि निसन्देह बढ्ने। यस मागलाई पूरा गर्न पनि सिक्किमले पहल शुरू गर्नुपर्ने समय आएको माथि उल्लेख गरिएका वाक्यहरूले स्पष्ट सङ्केत दिएको छ।
सफलतापछि दायित्व बढ्छ

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद