आना देखि 300 रूपियाँसम्मको यात्रा
आना देखि 300 रूपियाँसम्मको यात्रा आज विश्व मजदुर दिवस। भारत कोश सञ्जालअनुसार हाम्रो देश भारतमा पहिलो पल्ट 15 जुन 1923 मा मई दिवस पालन गरिएको थियो। त्यतिबेला सिक्किममा झारलाङ्गी, बेठी, कुरूवा र कालो भारीले सिक्किमका मजदुरहरूलाई अन्यार र अत्यचारले थिचिरहेको थियो। इतिहासअनुसार आजभन्दा 100 वर्ष अघि अर्थात सन् 1914 मा तत्कालिन छोग्यालले सिक्किमको सामाजिक आर्थिक सूधारका निम्ति सिक्किमका मजदुरहरूलाई सामान्तीहरूको अन्याय र अत्यचारबाट मुक्त गर्ने सोच बनाए पनि सामान्तीहरूको चुङ्गलबाट मजदुरहरूलाई छुटाएर बिना रोज काम गराउने प्रथालाई समाप्त गर्ने बिचारलाई सार्वजनिक रूपमा घोषणा गर्न लगभग 10 वर्ष लागेको थियो अर्थात सन् 1924 मा मात्र तत्कालिन राजाले यस विषयको सार्वजानिक घोषणा गरेका थिए तर पनि श्रमिक मजदुरले पाउने रोज चार आना-आठानाको कुरा सुन्दा आश्रचर्य लाग्छ तर यो भन्दा पनि कम्ति पाउने र थाप्ने गरेको कथा व्यथा सुन्दा मान्छेको समाजमा मान्छेलाई मान्छे गनिन्दैन थिएछ भन्ने बुझिन्छ। बिशौं सताब्दी शूरू भएपछि विश्वका विभिन्न स्थानमा भएका आन्दोलनपछि कतिपय स्थानहरूमा केही हदसम्म म...