श्रमलाई सम्मान

श्रमलाई सम्मान
श्रमलाई श्रद्धा गर्नुपर्छ। यस वर्षको अन्तरराष्ट्रिय मजदुर दिवसले सिक्किम सरकार श्रमलाई श्रद्धा गर्छ अनि उनीहरूको  जीवन स्तरलाई सुधार गर्दै समाजमा सम्मानपूर्वक जीवन यापन गर्न पाउनु पर्छ भन्ने दिशामा कार्य गर्दै सोहीअनुसार नीति निर्माण गर्न प्रतिबद्ध रहेको कुरालाई स्पष्ट गरेको छ। सिक्किममा वर्ष 1994 देखि नै श्रमिक- मजदुरहरूका निम्ति महत्वपूर्ण घोषणा हुदै आएको छ। यसले गर्दा श्रमिक वर्गको जीवन स्तरमा पनि धेरै सुधार हुदै आएको देखिन्छ। एसडीएफ सरकारले राज्यमा औद्योगिक क्रान्ति शुरू गरेपछि सोही अनुरूप राज्यमा स्थापित कलकारखानमा श्रमशक्ति आवश्यकता बढ्यो। यसरी नै राज्य सरकारको विकास पूर्वाधारसितै निजी क्षेत्रबाट तीव्र गतिमा निर्माण कार्यहरू अघि बढाएपछि राज्यको निर्माण क्षेत्रमा पनि  मजदुरहरूको सङ्ख्या बढ्दै गयो। यसरी राज्यमा बढेका कलकारखानासितै निर्माण कार्यहरूले मजदुरहरूको सङ्खा पनि बढेर गयो। एउटा ठूलो समूहलाई न्याय प्रदान गर्न एसडीएफ सरकारले सदैव प्रयास गर्दै आएको छ अनि समयअनुसार मजदुर वर्गलाई कल्याण गर्न उदारणीय कार्य र घोषणा पनि गरेको छ। यस वर्ष पनि मजदुर दिवसको अवसरमा मजदुर वर्गको कल्याणका निम्ति धेरै महत्वपूर्ण घोषणा भए। 
स्मरणीय छ, सिक्किममा मजदुर हितका सबै केन्द्रिय कानूनहरूलाई लागू गरिएको छ। सिक्किममा वर्ष 1980-मा रू 8 मात्र रहेको मजदुहरूको ज्याला थियो। यसलाई बढाएर उच्च क्षमताका मजदुरका लागि 319 रुपियाँ प्रतिदिन र साधारणका लागि 220 रूपियाँ प्रतिदिन पुर्‍याइएको छ। सिक्किममा उच्च पार्वतीय भत्ता (हाई अल्टिच्यूट एलावन्स्) 8,000 फीटदेखि माथि 50 प्रतिशत, 12 देखि 16000 फीटसम्म 75 प्रतिशत र 16,000 फीटभन्दा माथि शतप्रतिशत रहेको छ।  यसलाई पनि संसोधन गरेर 6000 देखि 8,000 फीटसम्मका लागि पनि 25 प्रतिशत अल्टीच्यूड एलावन्स् दिने घोषणा भएको छ। यसरी नै कामको समयमा ज्यान गएमा, ती ज्यान गुमाउनेका परिवारले पाउने एक्स् ग्रेसिया रू एक लाखबाट बढाएर 4 लाख बनाउने घोषणा भएको छ भने उद्योगहरूमा काम गर्ने सबै मजदुरूहरूले आधारभूत आवश्यकता जस्तैः आवाश, चिकित्सा सुविधा आदि चाडै लागू गर्ने विषयमा मुख्यमन्त्रीबाट विशेष निर्देश भएको छ। यस बाहेक सबै मजदूरहरूका लागि ड्रेस-कोड अनिवार्य हुनुपर्छ आदि विषयहरू श्रमिक मजदुरहरूको कल्याण गर्ने दिशामा सिक्किम एक पाइला अघि बढेको छ। 
सामाजिक समानताका निम्ति शिक्षा सबैभन्दा ठूलो हतियार हो। श्रमिक वर्गका नानीहरू पढ्नदेखि वञ्चित हुनुहुदैन। फ्याक्टरी मालिकहरूले मजदूरका छोरा-छोरीहरूका लागि राम्रो शिक्षा पाउने व्यवस्था सुनिश्‍चित गर्दै हरेक मजदुरका नानीहरूले स्कूलमा भर्ना पाउनुपर्छ भन्ने कुरालाई मालिक, श्रम विभाग, शिक्षा विभाग सबैले जिम्मा लिनुपर्छ भन्ने कुरा धेरै महत्वपूर्ण र ऐतिहासिक मान्नु पर्छ। सरकारको नीतिलाई कार्यन्वयन गर्न सम्बन्धित विभाग र श्रमिकहरूको अभिभावक सङ्गठनले थोरै कसरत गरेमा दायित्वपूर्ती गरेमा मजदुर कल्याण नीतिको क्षेत्रमा पनि सिक्किमले देशमा उच्च छवि बनाउन सक्छ भन्दा अतियुक्ति नहोला।   

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद