आना देखि 300 रूपियाँसम्मको यात्रा

आना देखि 300 रूपियाँसम्मको यात्रा
आज विश्‍व मजदुर दिवस। भारत कोश सञ्जालअनुसार हाम्रो देश भारतमा पहिलो पल्ट 15 जुन 1923 मा मई दिवस पालन गरिएको थियो। त्यतिबेला सिक्किममा झारलाङ्गी, बेठी, कुरूवा र कालो भारीले सिक्किमका मजदुरहरूलाई अन्यार र अत्यचारले थिचिरहेको थियो। इतिहासअनुसार आजभन्दा 100 वर्ष अघि अर्थात सन् 1914 मा तत्कालिन छोग्यालले सिक्किमको सामाजिक आर्थिक सूधारका निम्ति सिक्किमका मजदुरहरूलाई सामान्तीहरूको अन्याय र अत्यचारबाट मुक्त गर्ने  सोच बनाए पनि सामान्तीहरूको चुङ्गलबाट मजदुरहरूलाई छुटाएर  बिना रोज काम गराउने प्रथालाई समाप्त गर्ने बिचारलाई  सार्वजनिक रूपमा घोषणा गर्न लगभग 10 वर्ष लागेको थियो अर्थात सन् 1924 मा मात्र तत्कालिन राजाले यस विषयको सार्वजानिक घोषणा गरेका थिए तर पनि श्रमिक मजदुरले पाउने रोज चार आना-आठानाको कुरा सुन्दा आश्रचर्य लाग्छ तर यो भन्दा पनि कम्ति पाउने र थाप्ने गरेको कथा व्यथा सुन्दा मान्छेको समाजमा मान्छेलाई मान्छे गनिन्दैन थिएछ भन्ने बुझिन्छ। बिशौं सताब्दी शूरू भएपछि  विश्‍वका विभिन्न स्थानमा भएका आन्दोलनपछि कतिपय स्थानहरूमा केही हदसम्म मजदुरहरूले सफलता प्राप्त गरे तापनि सिक्किमका मजदुरहरूले निरन्तर परम्परावादी शोषकहरूको शोषण र दमनमा चेप्टि रहनु पर्यो।
 सिक्किममा सन् 1976 मा मात्र श्रम विभागको स्थापना भएको हो। श्रम विभागको स्थापना भए पनि धरातल  स्तरमा मजदुरहरूको दुःख बुझ्ने सोध खोज गर्ने, लागेको चोटमा  मलम लगाउने अभिभावक संस्था थिएन। यद्यपि सिक्किममा एसडिएफ पार्टीको स्थापनासितै गठन भएको यसको भातृ सङ्गठन मजदुर मोर्चाले राज्यमा मजदुुरहरूको निम्ति धरातल स्तरदेखि कार्य गर्ने र मजदुरहरूलाई न्याय दिने कार्य गर्दै आएको छ अनि इतिहासलाई फर्केर हेर्दा मजदुरहरूको स्थिति विकसित देशका मजदुरहरूको समतुल्य बनाउने प्रयासमा सिक्किमले धेरै सफलता प्राप्त गरेको छ। अर्थात आनादेखि 300 रूपियाँसम्मको यात्रा सिक्किमले पुरा गरेको छ। श्रमिकहरूलाई विभिन्न काकूनन् अन्तर्गत  प्रदान गरिने सुविधा जस्तै कर्मचारी भविष्य निधि, न्यूनतम वेतन, कार्यस्थलमा सूरक्षा,स्वास्थ्य विमा लगायत 18 अधिक   श्रमिक कल्याणका श्रम अधिनियम सिक्किममा लागू गरिएको छ। यद्यपि यी कीनूनहरूले प्रदान गरेको पूर्ण अधिकार सबै श्रमिक वर्गले प्राप्त गर्दैछन् के? त्यो सूनिश्‍चित गर्न अभिभावक सङ्गठन र सम्बन्धित विभागको महत्वपूर्ण भूमिका हुन्छ। अधिकार  लिन मजदुर श्रमिक पनि जागरू हुनु पर्छ। यसका निम्ति समाजका हित धारकले कार्य गर्ने प्रण गर्न सक्नु नै मजदुरहरूको कल्याण गर्नु हो। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद