बारही मिजोङ- सङकलन

प्रत्येक वर्षको मङसिरे पुर्णिमासग वश्‍वभरी छरिएका मगर जातीको इतिहास जोडिएको छ । मङसिरे पुर्णिामादेखि पन्चमीसम्म पाच दिन गरिने पुजालाई बारही मिजोङ भनिन्छ ।  बारहि मिजोङको अर्थ इश्‍वर हो । यो मङसिरे पुर्णिमाको दिनदेखि 5 दिन सम्म पालन गरिने महत्त्वपूर्ण चाड हो मगर जातीको ऐतिहासिक पर्व हो सस्कार हो सस्कृति हो  । यो पर्वलाई पाँच  दिन विविध पुजा गरि आफ्नै तरिकाले पालन गरिने गरेको छ । मगर जातीले यश पर्वलाई बडो धुमधामसग पालन गरि आफ्नै रितिरिवाजमा जोडेर फलफुल कन्तमुल  आदि लिएर पुजा गर्ने गर्छन् । मगर जातीको विकास, र भाषा साहित्य सस्कृति वर्तमान सरकारको कार्यकालमा मात्रै ट्रेकमा आएको यश   जातीले आफ्नो हक अधिकार प्राप्त गरेको एसडीएफ सरकारकै स्थपना काल यता भएको हो । अब यति मात्रै होइन यश जातीले अन्य जातीकै तुल्नामा शिर खडा गरेर  केन्द्र सरकारको विभिन्न नोकरीको आरक्षणमा 27 प्रतिशत प्राप्त गरेका छन । सब भन्दा ठुलो उपलब्धि र विकास यश जातीलाई सरकारले केन्द्रस्तरको अन्य पछौटे जाती बनाएर विभिन्न अवसर दिने काम गरेको छ । अब यो जातीको अर्को महत्त्वपूर्ण र ऐतिहासिक भनेको मगरजोङ विकास परियोजना साथै मगर राजा   सिन्धुपति सेनको विशाल काय  36 फुटको मुर्ति मगर जाती सङ्ग्रहालय, अध्यन केन्द्र, पुस्तकालय साथै धेरै पुर्वधार दुई वर्षको समय सम्ममा   मङसारी स्थित मगरजुममा हुने छ । सिकिकम यो मगरोङ मङसारीको   इतिहास जोडिएको छ । सिकिकममा मगर जातीहरू पाचौ शताब्दी भन्दा अघि बसो बासो गर्दै आएका हुन  । 1642 भन्दाअघि पनि मगरहरू बसो बासो गर्दै आएका थिए । सिकिकममा मगरहरू पनि आदिम जाती हुन,  तर लेप्चाले पश्‍चिमतिर लखटेको ईतिहास पाइन्छ  । सिकिकमको इतिहासमा फुन्चोक नामग्यललाई पहिलो राज्य अभिषेशमा मगरहरू पनि  थिए । जसमा त्यो बखत फुन्चोक नामग्यललाई राज्यभिषेक गर्दा भोटे लेप्चा, मगर र लिम्बू रहेको इतिहास पाइन्छ । 
मगरजोङ मङसारीमा मगर राजाले राज गर्दै आएको इतिहास छ । यश ठाउँमा सिन्धुपति सेन राजा र रानीलाई  फुन्चोक नाम्गयलको सेनाले आक्रमण गरेको कथा सगै लिम्बू राजा मगर राजा फुन्चोक नाम्ग्यलको सेनाहरू बिच लडाई भएको मगर राजालाई आक्रमण गरेर  मारिएको कथा यश ठाउँसत सम्बन्धित रहेको बताइएको छ । यहाँ मङसारी खेतमा सिन्धुपति सेन राजालाई सेनाहरूले आक्रमण गरेर मारे पछि रानी भागेर भिरमा लुकेको , राजाको सम्पूर्ण सम्पत्ति गाडधन त्यो मङसारीको भिरमा राखेको इतिहास सगै आज पनि यश भिरलाई गाडधने भिर भनेर चिर्चित रहको बताउछन् । यसरी नै यहाँको खेतको नाम पनि राजा खेत सगै राजाको हत्या पछि रानीले रामबाङ खोलाको एउटा छागामा हाम फालेर आत्मा हत्या गरेको इतिहास यश ठाउँसग जोडिन पुग्छ । मङसारीमा मगर राजाका सनाहरू मारिएको थियोे । रानीले गाढधने भिरमा धन लुकाउदै आफुपनि लुकेको इतिहास छ  । सिध्धुपती सेन राजा लाई मङसारीको टारमा मारिएको पनि त्यसताक सगै रहेको इतिहासले समेटेको पाइन्छ । रानाले पनि आखिर  सेनाको हातबाट मर्नुभन्दा आत्मा हत्या गरेर मर्ने निर्णय लिएको अनि यहाँको एउटा छागामा हाम फालेर आत्मा हत्या गरि मरेको इतिहास छ ।
यहाँको रानी खेतको पनि रानीसग इतिहास जोडिएको अर्को रूप पाइन्छ  । रानीले  यश खेतमा खेत रोपेको काम गरेको पौरानिक विषयहरू समिटिएर इतिहास बनेको छ ।   मगर राजा मारियो रानीले आत्मा गरिन अनि यश ठाउँबाट मगरहरू सबै विस्तारै विस्थापित भएको तथा अन्य स्थानमा  भागेर गएको बताइन्छ । यश कारणले गर्दा अहिले मङसारीमा मगर जाती पाइन्दैन ।  गाडधन लुकाएको भिरमा नाग कुदेको विभिन्न पर्वहरूमा यश स्थानमा राती बत्ती बल्ने गरेको आवज आउने बन्धुक पडकेको जस्तो आवजहरू सुनिने गरेको विविध कथाहरू पनि जोडिएको छ ।  यहाँको मगरजोमको इतिहास  जनगणमा छ । मङसारीको मगरजुम जुन छ यो इतिहाससग सम्बन्धित छ । कलान्तरमा आएर अहिले यो स्थान एक तामाङको भएको छ । यहाँको जमिन बुद्ध तामाङको नाम रहेको थियोे भने सिकिकम मगर सघले हालमा अधिग्रहण गरेर अब उसो यश ऐतिहासिक इतिहासमा सम्लग्न रहेको स्थानमा सिन्धुपति सेन राजाको भिमकाया मुर्ति र मगरजोङ विकास परियोजना अन्तर्गत वृहत् पुर्वधार निर्माण गरिने भएको छ । सिकिकम सरकार एसडीएफ जसले मगर जातीलाई मात्रै विकास गर्ने काम नगरेर मगरको भाषा शैली परम्परा र इतिहासलाई सधैंका निम्ति जिउँदो राख्ने काम पनि गर्न सफल भएको छ । अब यतिमात्र होइन यश जातीको लागि सरकारले तिर्थ स्थल नै निर्माण गर्ने श्रीगणेश गरिसकेको छ । 
यो लोक कथामा मात्र सिमित छ यसलाइ जिउँदो इतिहास बनाउनुपर्छ युगयुगसम्म अमेट छाप बनाउनुपर्छ भन्ने सरकारको अनि मुख्य मन्त्री पवन चामलिङको सपना रहेको छ । बर्थाङ मगर जुमको इतिहास कामराङ मगरजुमको इतिहास फामतामको इतिहास सगसगै विभिन्न  गडीहरूहरूको कथाहरू यो ठाउँसग सम्बन्धित रहेको पाइन्छ  । यी स्थानमा मगर राजाले राज गरेको इतिहास छ। 
इतिहास बद्लिदैन तर नयाँ इतिहास बनिन्छ । एसडीएफ सरकारले नयाँ इतिहास बनाउन यसरी जात जातीको तिर्थ स्थल निर्माण गरेर आफ्नो पहिचान दिने भाषा सस्कृति र परम्परालाई समरक्षण गर्ने काम गरेको छ । राज्यमा मगर जाती मात्रै होइन यहाँका प्रत्येक जात जातीको तिर्थस्थल  सगै पहिचान दिने बृहत् पुर्वधारहरू निर्माण गरेर विकासको कार्यलाई चरमचुलीमा पुराएको अर्को इतिहास वर्तमान सरकारको पनि छ । सरकारले जातीको पहिचान मात्रै गराउने काम नगरेर भाषा शैलीसगै इतिहास कोर्ने काम गरिरहेको छ । अब दिनदिनै राज्यमा सबै जात जातीको तिर्थ स्थल भए पछि साच्चै नै सिकिकम धरतीको स्वर्ग हुने अनि पर्यटनको क्षेत्रमा पनि अब्बल स्थानमा पुग्ने भएको छ । बारही मिजोङको पवन अवसरमा मुख्य मन्त्रीले यहाँको विमास परियोजनाको आधारशिला राख्दै अब यहाँ मगर जातीको बृहत् तिर्थ स्थल निर्माण हुने र सिन्धुपति सेन राजाको मुर्ति निर्माण गरिने घोषणा गरेका हुन ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद