भारतको गगनयान अंतरिक्षमा जाने


2022 सम्म भारतको गगनयानबाट  अंतरिक्षमा 1जना महिला र 2 जना पुरुषलाई पठाइनेछ। 28 अगस्तको दिन यो जानकारी अंतरिक्ष एवं परमाणु ऊर्जा राज्‍यमंत्री जितेंद्र सिंह र इसरोका अध्यक्ष के शिवनले बताएका हुन्।  हाम्रो देश भारतले 2022 सम्म एक जना महिला र दुइ जना  पुरुषलाई अंतरिक्षमा पठाउने तयारी  गरीरहेको छ।   यसका लागि  भारतीय अंतरिक्ष अनुसंधान संगठन (इसरो) ले रूपरेखा पनि तयार गरिसकेको छ। यो  भारतको पहिलो मानवयुक्‍त अंतरिक्ष अभियान हुनेछ। गगनयान नामले शुरू हुनेवाला अंतरिक्ष अभियानमा   तीनैजना भारतीय अंतरिक्ष यात्री एक हप्ता सम्म अंतरिक्षमा बस्नेछन्।
यो जानकारी अंतरिक्ष एवं परमाणु ऊर्जा राज्‍यमंत्री जितेंद्र सिंह र इसरोका अध्यक्ष के,.शिवनले दिएका छन्। स्मरम गराइन्छ,  प्रधानमंत्री नरेंद्र मोदीले 15 अगस्‍त 2018 को दिन यस अभियानको घोषणा गरेका थिए। इसरोका अध्यक्ष के शिवनअनुसार तिनैजना अंतरिक्ष यात्री अंतरिक्षमा लगभग  सात दिनसम्म बस्नेछन। यस पछि चालक दलका तीनैजना अंतरिक्ष यात्रिहरूलाई गगनयानमार्फत अरब सागर, बंगालको खाड़ी या जमीनको कुनै पनि भागमा उत्रिनेछन्। उनले भने,यो उपलब्धि देशको आजादीको 75औं वर्षगांठभन्दा   छ महीना पहिला नै हासिल गरिनेछ। के शिवन अनुसार यस अभियानका लागि  देशको पहिलो अंतरिक्ष यात्री राकेश शर्माबाट  पनि सहयोग लिन सकिनेछ। स्मरण रहोस ,  राकेश शर्मा पहिलो  भारतीय अंतरिक्ष यात्री हुन जसले  1984 मा रूसको सोयुज टी-11 अंतरिक्ष यानबाट अंतरिक्ष गएका थिए। वर्ष  2022 मा अंतरिक्षमा पठाइने तीनजना अंतरिक्ष यात्रिहरूको चयन भारतीय वायुसेना र इसरोले संयुक्‍त रूपमा गर्नेछ। इस अभियानमा पायलट या इंजीनियरलाई सामेल
गर्ने कुरामा जोड दिइने कुरा आइरहेको छ। अंतरिक्ष  यात्रिहरूको चयनपछि उनीहरूलाई दुइ या तीन वर्ष  सम्म प्रशिक्षण दिइनेछ।इसरोअनुसार सात टन ओजन, सात मीटर अग्लो र लगभग  चार मीटर व्‍यासको गोलाई भएको  गगनयानलाई  जीएसएलवी एमके-3 मार्फत अंतरिक्षमा प्रक्षेपित गरिनेछ। प्रक्षेपित गरेपछि  यो 16 मिनटमा कक्षमा पुग्नेछ।   गगनयानलाई पृथ्‍वीको सतह देखि 3-400 किलोमीटर टाड़ामा भएको कक्षमा स्‍थापित गरिनेछ। यदि भारत यो आफ्नो  मानवयुक्‍त अभियानमा सफल हुन्छ भने हामी अमेरिका, रूस र चीन पछि चौथो सफल देश हुनेछौ।  इसरो ले यो मानवयुक्‍त अंतरिक्ष अभियानको तयारी 2004 देखि नै शुरू गरेको बताएको छ। भारतले आगामी वर्ष अर्थात  2019 को जनवरीमा आफ्नो  महत्‍वाकांक्षी अभियान चंद्रयान-2 गर्न सक्नेछ।  योजनाअनुसार भारत चंद्रयान 2 लाई चन्द्रमाको  दक्षिणी ध्रुवमा पुर्याउनेछ।  यसो गर्ने भारत विश्‍वको पहिलो देश भएर इतिहास रच्नेछ।  भारतीय अंतरिक्ष अनुसंधान संगठन (इसरो) का अध्यक्ष के सिवनले हालै यस अभियान बारे जानकारी दिदै 'जनवरी 2019 मा हामी  आफ्नो ठूलो अभियान चंद्रयान-2 लाई  जीएसएलवी एमके-3-एम 1 मार्फत  लन्‍च गर्नेछौ भनेका छन्।   इसरोका अध्यक्षले भने हामीले यस अभियानका लागि देशभरिका विशेषज्ञहरूबाट समीक्षा गरायौ अनि उनीहरूको विचार जान्ने प्रयास गरेका छौ। सबैले हाम्रो कार्यको  प्रशंसा गरे उनले भने इसरोका लागि यो अहिसम्म कै कठिन अभियान हो।


Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद