भन्नु केही छैन.......


हिजो तिम्रो पाखामा आगो लाग्दा ,
हाम्रो घर आँगन उज्यालो भयो ।
आज हाम्रो पाखामा पैह्रो गयो,
तर तिम्रै मुहान नै धमिलो भयो।
भुगोललाई सराप्छौ भने सराप,
भन्नु नभन्नु भन
आखिर नाता तोडेर टाडिने तिम्रो प्रवृति र स्वभावले
हाम्रो सुखमा तिमि रिसाउने र तिम्रो दुखमा
हामी खुशाउने परम्परा नै भाको छ,
अरूले मङगलको निम्ति टिकट काटिसके
तिमि हाम्रो अमङगल चिताउनमा नै व्यस्त छौ,
भन्नु केही छैन.............।

Comments

Popular posts from this blog

'अभीष्टको खोज' – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास? • नवीन पौड्याल

सन्दर्भ अन्तर्राष्ट्रिय योग दिवस

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल