शोषक

जुकाले खुन चुस्यो,
तर उसले वदलामा, 
मानिसलाई 
ऐन्टिबाइटिक दियो। 
मच्छडले खुन खायो 
बदलामा
डेनग्यू र मलेरिया नै दियो,
तर शोषकले,
थाहै नपाई महापुरूषहरूको 
सङघर्षलाई खायो।
 बदलामा
संसारलाई दिएन केही,
तर पनि सङघर्ष जारी छ।
भोकमारी,गरीबी र शोषणको अन्त्य ऩभए पनि 
कम्बर कसेर आउदैछन, 
शोषक को अन्त्य गर्न।


Comments

Popular posts from this blog

'अभीष्टको खोज' – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास? • नवीन पौड्याल

महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी