1. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका उपन्यास: ‘अभीष्टको खोज’ (सन् 1992), ‘द्रोह’ (सन् 2002), ‘विद्रोह’ (सन् 2005)। कथा सङ्ग्रह: ‘मेरो मनको साइनो तिम्रो मनलाई’ (सन् 1992)। कविता सङ्ग्रह: ‘समृद्ध व्यथा: कङ्गाल अभिव्यक्ति’ (सन् 1997), ‘रगतको हस्ताक्षर’ (सन् 2000)। विविध: ‘विचार, क्रान्ति र परिवर्तन’। भीम दाहालको जन्म सन् 1954 नोभेम्बर 29 मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती भन्ने ठाउँमा भएको हो। यिनले बी.ए. अनर्स सम्मको शिक्षा हासिल गरेका छन् भने पत्रकारितामा पिजी गरेका छन्। सिक्किम विधान सभामा केही समय अनुवादक भएर काम गरेका दाहाल सिक्किम हेराल्डको सहसम्पादक, जिल्ला सूचना अधिकृत हुँदै सिक्किम हेराल्डको सम्पादक पनि भएका हुन्। उनी राजनैतिक क्षेत्रमा पनि देखा पर्छन्। उनी सिक्किमको एक मात्र लोकसभाका तीनपटकसम्म सांसद बनेका हुन्। 2. भीम दाहालको औपन्यासिक प्रवृत्तिको संक्षिप्त अध्ययन
Comments
Post a Comment