Cultivation Of Large Cardamom


ठूलो अलैंचीमा पराग सेचन (संयोग)
स्पाइसेस बोर्ड, भारत
वाणिज्य एवं उद्योग मन्त्रालय
भारत सरकार

भा.कृ.अनु.प.
नयॉं दिल्लीद्वारा
वित्तपोषित

राष्ट्रिय कृषि नवोन्मेशी परियोजना
भारतीय अलैंची अनुसन्धान संस्थान
क्षेत्रीय कार्यालय, स्पाइसेस बोर्ड,
तादोङ, 737102, गान्तोक, सिक्किम


ठूलो अलैंचीमा पराग सेचन

जङ्‌गीबेरासिया परिवारको एक सदस्य ठूलो अलैंची (एमोमम सबुलेटम रोक्सबर्ग) उप-हिमाली राज्य सिक्किम र पश्चिम बङ्‌गालको दार्जीलिङ जिल्लामा उत्पादन गरिने प्रमुख नगदे बाली हो। यो एक बाह्रमासे वनस्पती हो जसको भुइँमन्तिर गानो हुन्छ जसबाट अनेकौं पातसहितको काण्ड र फूलडॉंठ पलाउँछ। पातसहितको काण्डलाई यौगिक-काण्ड पनि भनिन्छ। यसको बोटको उँचाई 1.5 देखि 3.0 मिटरसम्म अग्लो हुन्छ। फूलडॉंठ अथवा फूलको बनावट बाक्लो गरिबसेको  धेरै फूलको गुच्छा हुन्छ। जसमा 40  देखि 50 फूलको झुप्पा हुन्छ। यो स्व. पराग संयोग गर्ने भए तापनि दुवै छेउ मालाको शिर जस्तै तीखो टुसाका कारण विशेष यसलाई पराग सेचन आवश्यक हुन्छ।

फोटोः ठूलो अलैंचीको फूल गुच्छा
फोटो -ठूलो अलैंचीको फूल
निम्न उँचाई (770 एम एएमएसएल-भन्दा अधिक) मा भएको ठूुलो अलैंची विशेष मार्च-अप्रेलमा फूल्छ अनि उच्च-उँचाई अर्थात 1515 एम एएमएसएल भन्दा कम उँचाईमा जुलाईसम्म फूल्ने गछर्र् जो उत्पादनको प्रकारमा पनि निर्भर हुन्छ। एक झ्याङ्गमा गुच्छामा 60 दिन भित्रमा फूल फुलिसक्छ। प्रत्येक फूल गुच्छामा 40 देखि 50 वटासम्म फूल हुन्छ अनि यसमा 10 देखि 15 वटासम्म अलैंचीको दाना हुन्छ। फूल 14 घण्टासम्म जीवन थाम्न सक्ने हुन्छ। घाम लागेको समय बिहान 8 बजेदेखि फुल्न शुरु भएर 8.30 मा बन्द हुन्छ भने  धुम्म अथवा पानी परेको समय 9ः15 देखि फुल्न शुरु भएर 9-30 मा बन्द हुन्छ।
फोटोः
भमराद्वारा पराग हाल्दै, भमरा (बीहेमोरिहोइडासिल)द्वारा पराग हाल्दै , ठूलो अलैंचीको गुच्छा, माटो भित्र रहेको भमराको गुँड

 सबै उँचाईमा ठूलो भमरा (बोमबस्‌ ब्रीभीसेप्स्‌) सानो भमरा र वन मौरी (बी.हेमोरिहोडालिस) दुवैले प्रमुख सेचन अथवा पराग हाल्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको रेकर्ड दर्ता गरिएको छ। मौरी समूह अन्तर्गतको भमरा (बमबल्स्‌ बी) बमबस्‌ प्रजातिको हो। जवान भमरा घर मौरी भन्दा  ठूलो हुन्छ। जवान (भमरा) 31.6 देखि 36.2 एमएम लामो हुन्छ जसले सेतो पेटी बॉंधेको जस्तो देखिन्छ- जसको पेट तथा यसको छेउ-छाउमा मसिनो नरम रौं हुन्छ। यसैगरी  सानो बी. हेमोरिहोडालिस्‌ 18.7 देखि 23.7 एमएम लामो हुन्छ अनि यसले पहेंलो रङ्‌को पेटी बॉंधेजस्तो देखिन्छ यसको पनि पिठ्युँकोपछि मसिनो रौं हुन्छ। एउटा अध्ययन अनुसार फूल-फुल्न थालेको 20 दिन अर्थात प्राथमिक चरणमा सबै उँचाई क्षेत्रमा भमराहरूको मात्रा अत्यादिक  भेटिन्छ। यसपछि मध्य र फूल फुल्ने चरम समयमा (21 देखि 60 दिन)-को अवधिमा भमरा (बी. हेमोरिहोडालिस्‌को) भूमिका अधिक हुन्छ।
यद्यपि बी ब्रोभीसेप्स्ले फूल फुल्ने प्राथामिक चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भने भमरा (बी. हेमोरिहोडालिस्‌) ले फूल फुल्ने मूल समयमा महत्वपूूर्ण भूमिका निर्वाह गरेको पाइन्छ।यी बमबल्स बीलाई नेपालीमा भमरा, बुम बुम टाका भोटिया भाषामा अनि लेेप्चामा टुङबुम भन्ने गरिन्छ।
बमबल्स बी (भमरा) विशेष बिहानको समय अनि सफा मौसममा चरण (फूलमा आउने) अधिक हुन्छ भने पानी परेको समय धेरै कम्ती अथवा शून्य बराबर नै हुन्छ। घर मौरीले ठूलो अलैंचीमा पराग हाल्ने कार्यमा निम्न भूमिका निर्वाह गर्छ। फूलको आकार र मौरीको रस चुस्ने छोटो जिब्रोको कारण अनि एउटा फूलबाट अर्को फूलभित्र प्रवेश गर्ने अति नै सानो मार्ग पनि अर्को कारण मानिन्छ। घर मौरीले एउटा फुललाई दबाएर अर्को फूलमा प्रवेश गर्न असक्षम हुन्छ, यसकारण पनि घर मौरी (एपीसएसपीपी)- ले प्रभावकारी पराग हाल्न सक्दैन। अध्ययन अनुसार एउटा अलैचीको फल तयार गर्न कमसेकम 50 पल्टसम्म भमराले फुलमा रस चुस्न आएको (घुमेको) हुनुपर्छ। एउटा राम्रो गरी फल लागेको अलैंचीको गुच्छा-थुङ्गा भूइँ कटहरजस्तो देखिन्छ।  जब अलैंचीको दाना पाक्छ तब यो खैरोदेखि कालो रङको हुन्छ।

मौरी प्रजाति जसले ठूलो अलैंचीको खेतीमा विभिन्न उँचाईमा प्रराग हाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन्‌, त्यसको रेकर्ड निम्न छः-

उँचाई (ए एमएसएल) पराग भर्ने रेकर्ड पराग हाल्ने समय
उच्च (1500 मिटर मुनि) बोमबस ब्रीभीसेप्स्‌-(भमरा) शुरु,
बी. हेमोरिहोइडालिस्‌, -(भमरा) मध्य र अन्त्यसम्म नै
एपीस डोरसाटा -(मौरी)
मध्य(1000-1500) बी. ब्रीभीसेप्स्‌ शुरु,
बी. हेमोरिहोइडालिस्‌ मध्य र
एपिस डोरसाटा अन्त्यसम्म नै
निम्न (1000 भन्दा कम) बी.ब्रीभीसेप्स, शुरु,
बी.हेमिरिहाई डालिस मध्य र
अन्त्यसम्म नै
एसिप डोरसाटा

याद राख्नु पर्ने केही कुराहरू
1. भमराहरू, प्राकृति स्वभावले नै जङ्‌गली भएको कारण घर मौरी जस्तो यसपलाई कृतिम विधिमा पाल्न सकिन्दैन। यसैले यी वन मौरी प्रजातिमार्फत ठूलो अलैंचीमा पराग भर्नेहरूको प्रबन्धका निम्ति उनीहरूको प्राकृतिक स्वभाव र जीवन शैलिबारे ज्ञान हुन आवश्यक छ।
2. सयपत्री, आरुचा, आरू इत्यादि फूल फुल्ने बोट लगाउनु आवश्यक छ। अलैंची बारीमा यी रुख-पात भए पराग भर्ने भमरा तथा मौरीले खानेे आहार प्राप्त गर्न सक्छन्‌।
3. भमराले माटोमा गुँड बनाउे गर्छन्‌। भमराको अत्याधिक चहल-पहलबाट उनीहरूको उपस्थिति पहिचान गर्न सकिन्छ। यसैले उनीहरूको गुँड भएको क्षेत्रलाई कृषि कार्य अथवा अन्य कार्य गर्दा सदैव सुरक्षित राख्नुपर्छ।
4. फूल फुल्ने समयमा रसायन अथवा विषयुक्त वस्तु प्रयोग गर्नुहुँदैन विशेष बिहानी समय यसको प्रयोग गर्नु हुँदैन।  रसायन अथवा विषयुक्त वस्तुको प्रयोगले पराग हाल्ने मौरी तथा भमराहरू लोप हुनसक्छ, मर्ने अनि मासिन्छ।
5. फूल फुल्ने समय शुरु हुनअघि एकपल्ट अलैंचीबारीको झारपात सफा गर्नपर्छ।
यसले भमरा तथा मौरीलाई फूल फुलेपछि घुम्न सजिलो हुन्छ।
6. झ्याङबाट झार तथा सुकेका पात हटाउनु पर्छ, यसले गर्दा फूलमा मौरी आएर बस्न सजिलो हुन्छ।
7. यदि अलैंचीबारीमा काम गर्ने कृषकको शरीरमा साबुन, सुगन्ध आदि प्रयोग गरेर गएमा पराग हाल्ने प्रक्रियामा बाधा पुग्छ भन्ने साधारण विश्वस छ। कृतिम गन्धले पराग हाल्नेलाई बाधा पुग्नसक्छ। यद्यपि यसको कुनै वैज्ञानिक आधार छैन।

ठूलो अलैंचीमा पराग सेचन
(प्रचार-प्रसार पत्र)
सं आइसीआरआइ/एलसी/एनएआइपी/ईएल/01 (नेपाली)
योगदानकर्ता
टी.एन डेका, एमआर. सुदर्शन, के.ए. साजुु, यु गुप्त र के एन हर्ष
सम्पादक एस.भरादरासन अनि एम.आर. सुदर्शन

प्रकाशक
आइसीआरआइ क्षेत्रीय कार्यालय, स्पाइसिस बोर्ड तादोङ
(राष्ट्रिय कृषि नवोन्मेशी योजना (एनएआइपी))

प्रतिः 1000
नोभेम्बर 2011

विस्तृत जानकारीका निम्ति सम्पर्क गर्नुहोस्‌
भारतीय अलैंची अनुसन्धान संस्थान
क्षेत्रीय कार्यालय, स्पाइसेस बोर्ड,
तादोङ-737102, गान्तोक, सिक्किम
फोन-फ्याक्सः) 03592, 231307,
ई-मेलः ीलळलीळसींज्ञऽसारळश्र.लेा/ ीीीळिलशीसींज्ञऽूरहेे.ले.ळप


स्पाइसेट बोर्ड
 भारत,
वाणिज्य एवं उद्योग
मन्त्रालय, भारत सरकार

भा.कृ.अनु. प नयॉं दिल्लीबाट
वित्तपोषित

ठूलो अलैंचीको खेती
सिटामिना समुहअन्तर्गत जिङ्‌गीबेरासिया परिवारको एक सदस्य मानिने ठूलो अलैंची (एमोमम सबुलेटम रोक्स बर्ग) जसलाई अधिकजसो बढा इलांइची भनेर हिन्दीमा भन्ने गरिन्छ, यो विश्वको एउटा सबैभन्दा पुरानो मसला हो। यो उष्णकटिबन्धीय (अर्ध-गर्मी), पूर्वीय- उप-हिमाली तथा समुद्रतहदेखि एक हजार देखि 2 हजार मिटर उँचाइसम्म उब्जाउ गरिन्छ। यो सिक्किम, दार्जीलिङ, नागाल्याण्ड, उत्तराखण्ड, मणिपुर, अरुणाचल प्रदेस र पूर्वोत्तर भारतका केही भागको प्रमुख नगदेली बाली हो।












फोटोः अलैंची बारी, फूल फुल्दै गरेको र फलको साधारण दृश्य।




मौसम/जलवायुको आवश्यकता
ठूलो अलैंची छहारी मन पराउने पौधा हो। यो उप-उष्णकटिबन्धीय (अर्ध-गर्मी) पूर्वीय, उप-हिमाली क्षेत्रको पहाडी भिरालोमा अर्ध चीर-हरित वनको प्राकृतिक वास भएको वनस्पति हो। यो ठाउँमा कुल प्रति वर्ष लगभग 3000 देखि 35 00 मिलिमिटरसहित 200 दिन राम्रोसॅंग  वृष्टिपात आवश्यक हुन्छ। यो विशेषगरी ठण्डा क्षेत्रको निम्न उँचाई (हिमरेखाको नजिक) र गर्मी क्षेत्रको अत्याधिक उँचाइमा उब्जाउन हुन्छ।
माटोः ठूलो अलैंची गहिरो तथा उर्वरवन्य माटोमा अधिक फस्टाउँछ।  ठूलो अलैंची उत्पादन हुने ठाउँको माटो प्राकृतिक रूपमा साधारणतः अम्लीकरण (एसिडीक) खालको हुन्छ। यसमा 4.5 देखि 6.5 सम्म पोसफोरस्‌, जैविक कार्बनको अनि  नाइट्रोजन अत्याधिक हुन्छ भने यसमा फोसफोरस र पोटासियम मध्यम खाले हुन्छ।

स्थानीय उत्पादित प्रजातिहरू
क्रम सं. प्रजाति उत्पादन हुने स्थानको उँचाई विशेषता
1. साउने मध्यम तथा यस भन्दा उच्चमा बलियो बोट, ठलो र पोटिलो दाना धेरै उत्पादन
2. रम्से उच्च (1500 मिटर)  उँचाईमा बलियो बोट, भिरालो जमिनमा पनि खेती गर्न सकिन्छ, छोटा दाना धेरै उत्पादन
3. जङ्‌गू  गोल्से समुद्रतहदेखि 155 मिटर मुनिको क्षेत्र बोट बलियो हुँदैन, उत्तर सिक्किमको जङ्‌गू क्षेत्रको लागि खास अनुकूल , छिर्के रोग सहन सक्छ तर यसमा फुर्के र पातमा सुम्लाहुने रोग लाग्न सक्नेहुन्छ।
4. भारलाङ्‌गे मध्य र अधिक उँचाई क्षेत्रमा हुन्छ बलियो बोट, उच्च- उँचाईमा यसको प्रगति राम्रो हुन्छ, मोटो- पोटिलो दानाको आकार हुन्छ।
5. राम्ला उच्च बलियो बोट, मध्यम उत्पादन, विशेष एक नासे   र मध्यम- मोटो  आकारको दाना हुन्छ।
6. सेरेमना निम्न उँचाई बोट बलियो हुँदैन तर धेरै फल्छ। प्रति  डॉंठ 2-3 गुच्छा।

स्पाइसेस बोर्डको खोजमुलक अत्याधिक उत्पादनशील छनौट

क्रम सं. छनौट प्राजितको उत्पादन उँचाईमा मेल खाने
1 एसबीएलसी 5 साउने मध्यमदेखि उच्च
2. एसबीएलसी 47 भारलाङ्‌गे उच्च
3. एसबीएलसी 42 जङ्‌गू गोल्से निम्न
4. एसबीएलसी 50 सेरेमना मध्यदेखि - उच्च
5. आइसीआरआइ साउने मध्यदेखि - उच्च
सिक्किम एक
6. आइसीआरआइ साउने मध्यम
सिक्किम दुइ

बिउ हुर्काउने विधिः बीज तथा टुसाको माध्यमबाट ठूलो अलैंचीको विरुवा विस्तार गरिन्छ। भाइरस रोग (छिर्के र फुर्के)बीजमार्फत सर्दैन, यसैले यदि विरुवा राख्ने नर्सरीलाई नयॉं सङ्‌क्रमणबाट अलग्गै र सुरक्षित राखियो भने विरुवामा सरुवा रोग हुँदैन। छिपिएको अलैंचीको दाना अनि फेदको अथवा मध्यम भागको दाना विरुवाका लागि नर्सरीमा प्रयोग गरिन्छ।

पहिलो नर्सरीः आमरूपमा बीज सितम्बरदेखि अक्टोबर महिनामा गहिरो खनेको राम्रोसॅंग पानी बहने माटोमा बीज- ड्याङ तयार गरिन्छ र त्यसलाई घाम-पानीमा खुल्ला छोडिन्छ। 15  देखि 25 सेण्टीमिटर अग्लो एक मिटर चौडा र 6 मिटर अनुकूल लम्बाइ राखेर ड्याङ उठाइन्छ। राम्रोसॅंग सडेको गाइवस्तुको मल माटोमा मिलाइन्छ र ड्याङको माथिल्लो भागको माटो मलिलो र मिहिन बनाइन्छ। ड्याङमा 10 सेण्टीमिटरको दूरी राखेर प्रति ड्याङ 80-100 ग्राम बीज लहरै रोपिन्छ। बीजलाई मिहिन माटोले माथिबाट ढाकिन्छ र पराल अथवा सुखा घॉंसको सोतर (10-15 सेण्टीमिटर बाक्लो) ओच्छ्‌याइन्छ। ड्याङको माथिल्लो भाग चिसो राख्नका निम्ति बीच-बीचमा पानी हाल्नुपर्छ।  उपचार गरिएको बीजको अंकुरण रोपेको 25-30 दिनमा आउँछ। सोतर हटाएपछि औसत अंकुरण देखिन्छ। त्यसपछि ड्याङबीचको दूरीमा मसिनो पारेर काटेको परालको सोतर पुनः ओछ्‌याउनु पर्छ। मान्द्रो अथवा बेतको म्याट वा नेट ठड्याएर तत्कालै छहारीको पण्डाल बनाउनुपर्छ। ड्याङमा नियमित रूपले पानी हाल्नुपर्छ र आवश्यकताअनुसार झार उखेल्नुपर्छ। जब बिरुवा तीन-चार पाते हुन्छ तब त्यसलाई उखेलेर दोस्रो ड्याङमा पुनः रोप्नुपर्छ (सार्नुपर्छ)

पोलीब्याग नर्सरीः 15 द 15 सेण्टीमिटरको फेदमा प्वाल भएको पोलिथिनको थैलो विरुवा रोप्न प्रयोग गरिन्छ। माटो, बलुवा गाईको  गोबरको मिश्रण 4ः1ः1 अनुपातमा थैलोमा भर्नुपर्छ। यो मिश्रणबाट भरिएको पोलिथिनको थैलो पण्डालको छहारीमा एक मिटर चौडा र अनुकूल लम्बाई राखेर  मिलाएर राख्नुपर्छ। 3-4- पात पलाएको बिरुवा अप्रेल-मई महिनामा पोलिथिनको थैलीमा एक मिटर चौडा र अनुकूल लम्बाई राखेर लहरै मिलाएर राख्नुपर्छ। 3-4 पात पलाएको बिरुवा अप्रेल-मई महिनामा पोलिथइनको थैलीमा रोप्नुपर्छ अनि नियमित रूुपमा पानी लगाउनुपर्छ। यसमा रोपिएको बिरुवा 10-12 महिनामा अलैंचीबारीमा रोप्नको नििम्ति तयार हुन्छ।

दोस्रो नर्सरीः
15-सेण्टीमिटर अग्लो र 100 सेण्टीमिटर चौडा अनि अनूकूल लम्बाईमा  ड्याङ तयार गरिन्छ अनि राम्रोसॅंग सडेको अथवा पचेको गाईवस्तुको मल माटोमा मिसाइन्छ र समान सतह बनाइन्छ। अथवा पहिलो नर्सरीमा जस्तै ड्याङ तयार गर्दा हुन्छ।
एकदेखि अर्को बिरुवामा 15 सेण्टीमिटरको दूरी राखेर 3-4 पात पलाएको बिरुवा जुन-जुलाई (बर्खा मास) महिनामा पुनः रोप्नुपर्छ। बीचको दूरीमा काटेको पराल र सुक्खा पात ओछ्‌यानुपर्छ। छहारी प्रदान गर्नको निम्ति ड्याङको माथि पण्डाल ठड्याउनुपर्छ। बिरुवा 45 देखि 60 सेण्टीमिटर अग्लो र 2-3 आँख्ला वा डॉंठ निस्केपछि आउँदो वर्षको जून- जुलाई महिनमा मुख्य खेतमा रोप्नुपर्छ।

टुसा वृद्धि गर्ने नर्सरीः टुसालाई टुसा वृद्धि गर्ने नर्सरीबाट नै उत्पादन गर्नुपर्छ, जहॉं उत्पादित टुसाबाट सरुवा रोग सर्न नदिन पर्याप्त सावधानी अप्नाउनुपर्छ। यस प्रकारको नर्सरीको ठाउँ ठूलो अलैंचीको मुख्य बगैंचाबाट कम्तीमा 500 मिटर टाढा हुनुपर्छ। यसलाई वन्य रूखको छहारी वा कालो पोलिथिनको पण्डाल प्रयोग गरेर 50 प्रतिशत छहारीमा स्थापित गरिन्छ। अनुकूल लम्बाइमा बीचमा 30 सेण्टीमिटरको दूरी राखेर 30 द 30 सेण्टीमिटर खाल्डो बनाउनुपर्छ। राम्रोसॅंग सडेको गाई-वस्तुको मल मिसाउनुपर्छ र रोप्नअघि खाल्डोको जरा त्यसले भर्नुपर्छ, एउटै बढ्‌दै गरेको टुसा र एउटा निस्कदै गरेको मुण्टो अधिक उत्पादनशील रोगमुक्त बगैंचाको टुसा खाल्डोमा 30 सेण्टीमिटर दूरीमा रोप्नुपर्छ। रोप्ने समय मई- जून हो। रोपेपछि बोटको फेदम वनको सुक्खा पात ओछ्‌याउनुपर्छ।
मुख्य भूमिको तयारी
ठूलो अलैंची बारीको तयारी गर्दा, पुरानो क्षतिग्रस्त भएको बोटलाई सफा गर्नुपर्छ। कतिपय बोटहरू किरा लागेको, असिना पानी, तुषारो, ढुँडी/ढुसी  र सुक्खाको कारणले भॉंचिएको अनि सुकेको हुन्छ। यसैले भॉंचिएको अथवा रोगलागेको बोट उखेलेर फ्यॉंक्नुपर्छ अनि त्यस ठाउँमा नयॉं बिरुवा रोर्प्नु पर्छ। हिड्‌ने गोरेटो, सिँचाई अथवापानी बग्ने कुलोको व्यवस्था, मल थुपार्ने खाल्डो र उपचार गर्ने इकाई (भट्टी) बनाउनु पर्छ। खाल्डाको आकार 30 द 30 द 30 सेण्टीमिटरको हुनुपर्छ जो, 1.5 मिटर द 1.5  मिटर (1.8 मी द 1.8 मीटर टुसा उत्पादन) को दूरीमा हुनुपर्छ।
नयॉं बिरुवा लगाउने उचित समय वर्षा याम शुरु हुनेबेला अथवा मई-जून महिना हो।  मल हाल्ने खोबिल्टामा सडेको गाइवस्तुको मल, जैविक मल, (भर्मीकम्पोस्ट)/एफवाइएम आदि प्रति खाल्डा 4 देखि 5 केजीको दरले भर्नुपर्छ।  टुसाबाट एक दुइवटा मण्टो अथवा पालुवा पलाएपछि यसलाई रोप्न सकिन्छ।  टुसालाई गहिरो गरि पुर्नु हुँदैन। रोपेको बिरुवा नभॉंचियोस्‌ यसैले बिरुवालाई टेवा दिने काम गरे राम्रो। बिरुवा रोपिसकेपछि माटोको आद्रता कायम राख्न अथवा फेदमा ओसिलो बनाउन सोतरले छोप्नुपर्छ।


छाहारीः
अलैंची सितल मन पराउने खेती भएकोले कमसेकम 50 प्रतिशत सितलता कायम राख्न सकेमा राम्रो हुन्छ। अलैंची रोप्नअघि नै सितल अथवा छाहारी बनाउने काम गरे राम्रो हो। उतिसको रूखले छिटो माटोको मलिलो पन बढाउने भएको कारण अलैंची बारीमा प्रया छाहारी र सितलताका लागि उतिसको रूख रोप्ने गरिन्छ। यसैगरी पानीसाझ, मलितो, अरगेली, असारे, बिलाउने, खराने, सिरिष, फलेदो, झिंगानी र चिलाउने पनि अलैंची बारीलाई धेरै सितल दिने रूख हुन्‌। छारीका निम्ति रूख 10 देखि 10 मिटरको फराकिलो हुनुपर्छ। यद्यपि, धेरै बेसी सितल/सयलले अलैंचीलाई सेप लाग्छ। यसर्थ समयमा हॉंगा छास्नु पर्छ अनि रूख अग्लो भए राम्रो हुन्छ।

मल तथा पोषण तत्त्वको व्यवस्थाः
राम्रो र टिकाउ उत्पादनको लागि माटोको उर्वरता अनुकूल राख्नुपर्छ। कम्तीमा 4-5 केजी गाई वस्तुको पाकेको  मल, प्रतिबोट लगाउनुपर्छ। मल अप्रेल-मईमा लगाउनुपर्छ। गाई वस्तुको मल नहाले पिना प्रति बोट 500 ग्रामको दरले हाल्न सकिन्छ।
सिंचाईः ठूलो अलैंची एक अर्धसिंचित बाली हो। यसलाई पर्याप्त मात्रामा माटोमा ओस चाहिन्छ तर जर खण्डमा पानी जामिएको यसले सहन गर्न सक्दैन। सुखाको समय अर्थात नोभेम्बर महिनादेखि- मार्चसम्म अलैंचीमा पानी हाल्नु पर्छ अनि सोतरले जमीनलाई ढाकेर माटोलाई सुक्न दिनु हुँदैन।
झारपात उखेल्नेः नचाहिँदो झारपातको वृद्धिलाई नियन्त्रण गर्न साधारणतः वर्षमा तीन-चार पल्ट झार उखेल्ने अथवा गोड्‌ने गरिन्छ। उखेलिएको झारपात- सुखा बोटहरूलाई भुइँमा ओछ्‌याउने, सोतरको रूपमा प्रयोग गर्न सकिन्छ। सोतरलाई अलैंचीको वरिपरि लगाउन सकिन्छ तर झ्याङ्‌भित्र सोतर हाल्नु हुँदैन किनभने यसले पराग हाल्ने मौरीलाई आउन दिँदैन।

फसल काट्‌ने/टिप्नेः
 अलैंचीको सबैभन्दा माथिको दानाको बीज जब खैरो रङ देखि कालो हुँदै गयो भने अलैंची टिप्ने बेला भयो भनेर जान्नु। उक्त रङ देखिएको र राम्रोसॅंग पाकेको देखिएपछि चॉंडै फल लागेको नल 35-45 सेण्टीमिटर अग्लोमा  काट्‌नुपर्छ (नल फॅंडाई) अनि फल पुरा पाक्न दिन 10-15 दिनसम्म त्यतिकै छोड्‌नुपर्छ। अलैंची रोपेको चारवर्षसम्म प्रति हेक्टर 300-1000 केजीसम्म अलैंची फल्नसक्छ। तर यो अलैंचीको बोट र यसको प्रबन्दन ठीक गरेमात्र सम्भव हुन्छ। यदि भनेजस्तो प्रबन्ध र (मलजल र झार पातको प्रबन्धन) मिलाउन सके 15 वर्षसम्म लाभदायक ढङ्‌गमा उत्पादन हुन्छ।
उपचार/अलैंची सुकाउने
भर्खरै टिपेको अलैंचीमा 72 देखि 80 प्रतिशतसम्म आद्रता (पानीको मात्रा हुन्छ) यसलाई सुकाएर 10 प्रतिशतसम्म कम गर्न सकिन्छ। पारम्परिक रूपमा अलैंचीलाई भट्टीमा आगोको राप लगाएर सुकाउने गरिन्छ।  आगोको रापमा सुकाइएको अलैंची रातो रङ कालो-फुस्रो हुन्छ जसलाई बजारमा बेच्न पुऱ्याउँदा कम प्राथमिकता दिइने गरिन्छ। भा.कृ.अनु.पले अलैंची सुकाउने आधुनिक कोष्ट (भट्टी)को विकसित गरेको छ। जसमार्फत तातो हावाबाट अलैंची सुकाउन सकिन्छ, यसो गर्दा अलैंचीको मौलिक रातो रङलाई कमय राख्न सकिन्छ अनि रङ-रातो भएको सुकेको अलैंचीको बजारमा धेरै महत्व हुन्छ।





फोटोः भा.कृ.अनु.पद्वारा विकसित भट्टी अनि यसमा सुकाइएको अलैंची।

ठूलो अलैंचीको खेती
(प्रसार पत्र)
सं. आइसीआरआइ/एसली/एनआइपी/ईएल/02 (नेपाली)

योगदानः
के.एन हर्ष, टी.एन डेका, एमआर सुदर्शन, के.ए साजु अनि यु गुप्त

सम्पादक
पी. नटराजन र एम आर सुदर्शन
प्रकाशक
आइसीआरआइ क्षेत्रीय कार्यालय, स्पाइसिस बोर्ड, तादोङ र (राष्ट्रिय कृषि नवोन्भिशी योजना (एनएआइपी))
प्रतिः एक हजार
नोभेम्बर 2011

अधिक जानकारीका निम्ति सम्पर्क गर्नुहोस्‌
भारतीय अलैंची अनुसन्धान संस्थान
क्षेत्रीय कार्यालय स्पाइसिस बोर्ड,
तादोङ 737102, गान्तोक सिक्किम
फोन अनि फ्याक्सः 03592 231307,
ईमेलः ीलळलीळसींज्ञऽसारळश्र.लेा


ठूलो अलैंचीमा ढुँडी लाग्ने रोग (कलेक्टोरिचम ब्लाइट) को निवारण

स्पाइसेस बोर्ड
भारत
वाणिज्य एवं उद्योग
मन्त्रालय भारत सरकार

आइसीएआर, नयॉं दिल्लीद्वारा प्रायोजित

राष्ट्रिय कृषि नवोन्मिशी योजना
भारतीय अलैंची अनुसन्धान संस्थान
क्षेत्रीय कार्यालय, स्पाइसेस बोर्ड,
तादोङ, 737102, गान्तोक, सिक्किम


ठूलो अलैंचीमा लाग्ने ढुँडी रोग कलेक्टोरिचम ब्लाइट) को निवारण

वर्तमान समयमा ठूलो अलैंचीको उत्पादन घट्‌दै जानुको प्रमुख कारण ढुँडी अथवा ढुसी (ब्लाइट रोग) हो। यद्यपि यो पहिलोपल्ट 1984 र यसपछि क्रमशः 1988-मा पत्तो लागेको थियो तर यो सन 1999 सम्म साधारण नै रहेको थियो। यसपछि यो रोगको प्रकोप बढ्‌दै गयो अनि यसले ठूलो अलैंची खेतीलाई कमजोर बनाउँदै गयो। यो रोग अहिले सबै क्षेत्र र उँचाइमा भएको अलैंची खेतीमा देखा परेको छ।
उपलब्ध लक्ष्ण तथा रोग देखिइनु
साधारणतः वर्षा याम शुरु हुनअघि अर्थात मार्च महिनादेखि मई सम्म मा यो रोग देखा पर्छ। अनि वर्षा याममा छिटो-छिटो बढेर जान्छ।
कलिलो पातमा शुरुमा चोट जस्तो फुस्रो, पहेंलो टाटे-पाटे दाग देखिन्छ। यो विस्तारै अध्यॉंरो-खैरो रङ्‌मा फेरिन्छ जसले गर्दा बोर मुर्झाउँछ अनि सुक्दै जान्छ।
  शुरुमा केही संक्रमण पातकतो अघिल्लो भाग वा लेभिनामा देखा पर्छ। यसपछि पात हरियो रङबाट पहेंलो खैरो अनि फुस्रो हुँदै जान्छ अनि थोप्ला अथवा टाटे-पाटे दाग बनिन्छ, यसले पछि गएर सबै पात सुकाउँछ अनि पातको करङमात्र बॉंच्ने गरेको देखिन्छ। यसपछि यस रोगले संक्रमण गरेको डॉंक्ला मर्किन्छ। अर्थात जुन ठाउँमा रोगको संक्रमण हुन्छ त्यही ठाउँमा बोट अथवा अलैंचीको डॉंक्ला भॉंचिन्छ।
  रोगको लक्ष्ण विशेष छिपिएको (जवान) झ्याङका नयॉं डॉंठ अथवा टुसामा देखापर्छ। यसले गर्दा विस्तारै नयॉं टुसा वा डॉंठ पलाउने क्रम घट्‌दै जान्छ। बीजहरू सेता तथा कचल्टिने गर्छ।

फोटोः
 रोग लागेको अलैंची , पातको अघिल्लो भागमा देखिने लक्ष्ण ,  बोटमा देखिने लक्ष्ण, बोट भॉंचिने तथा मर्किने,  कचलटिएको दाना र नपाकेको बीजन, रोग ग्रस्त (कीटानुयुक्त) बोट।

आकस्मिक जीव/कारण
यो रोग विशेष ढुँडी/ढुसी (क्लेक्टोरिचम जिलोइस्पोराडिस्‌ (योन अवस्था, ग्लोमिरेला सिनगुलाटा)- का कारण हुने गर्छ।

निवारण/प्रबन्धनः पर्यावरण र माटोका कारणले ठूलो अलैंचीमा रोग लाग्ने गर्छ अनि अन्य कारणहरूमा पौधा (बोटको) स्वस्थ्य र रोग थाम्न सक्ने क्षमतापनि निर्भर गर्छ। सफल उत्पादनका निम्ति चेतनशील कर्य तथा उपाय अप्नाउनु पर्छ।
1. नर्सरीः साधारणतः मुख्य अलैंची बारीको तुलानामा नर्सरीमा रोग लाग्ने घटना धेरै कम्ती मात्रामा  हुने गर्छ। यद्यपि, धेरै जसो रोग प्रभावित अथवा संक्रमित विरुवाबाट नै सर्ने गर्छ। यसैले यस रोगबाट छुटकारा पाउन कुनै रसायन अथवा जैविक उपचार अलैंचीको बोटलाई गर्न सकिन्छ। गानो/जरा अनि डुकु/डॉंक्लामा कपर अक्सीक्लोराइड 0.3 प्रतिशत अथवा तीन प्रतिशत जैविक कीटनाशकको समिश्रणले विरुवा रोप्नअघि 30 मिनटसम्म उपचार गर्नुपर्छ। जैविक कीटनाशक समिश्रण तयार गर्दा तीन लीटर प्रति 100 लिटर पानीमा स्युडोमोनस्‌ फ्लोरीसेन्स र बेसीलस्‌ सबटिलिस मिसाउनु पर्छ।
2. पुरानो अलैची बारीः
रोगको संक्रमणले मात्र अलैंची खेतीलाई नष्ट गर्छ भन्ने छैन। माथि उल्लेख गरिएका लक्ष्णअनुसार रोग पहिचान गर्नुपर्छ। नियमित रूपमा अलैंची बारीको सर-सफाई गरेर पनि रोगलाई नियमन्त्रण गर्न सकिन्छ। संक्रमित अलैंचीको झ्याङलाई उखेल्ने तथा संक्रमित बोटलाई काटेर जलाउने गरे राम्रो हुन्छ। कहिलये पनि संक्रमित बोटलाई मल र सोतरका रूपमा प्रयो गर्नु हॅंदैन। रोग लागेको बोट र सोतर प्रयोग गर्दा स्वस्थ्य बोटमा रोग सर्न सक्छ। राम्रो गरी सरसफाई गरेपछि जैविक कीटनाशक स्युडोमोनस फ्लोरीसेन्स र बेसिलस सबटिलिस छर्किनु पर्छ। प्रत्येक 100 लिटर पानीमा जैविक कीटनाशक मिश्रण गरेर 200 देखि 250 बोटलाई छर्किनु अथवा निथुर्क हुने गरी भिजाउनु पर्छ।
पौधाको स्वस्थ्यलाई सदैव उपचार गरिनुपर्छ। प्रत्येक वर्ष मल लगाउनु पर्छ। हिँउदे महिना सुखा बढेर अनि पानी नलगाए बोट कमजोर हुन्छ अनि यसले गर्दा बोट भॉंचिन सक्छ।  अधिक वर्षाको समयमा पनि रोगले अधिक संक्रमण पनि गर्न सक्छ। यसैले हिँउदको दिनमा अलैंची बारीमा सिंचाई अनिवार्य छ। अधिक मात्रामा संक्रमित अलैंचीबारी अथवा पारम्परिक अलैंची बगानमा 3-4 वर्षसम्म अन्य खेती गर्नुपर्छ(खेती परिवर्तन) अथवा खेती नगरिकन राख्न सकिन्छ।
3. नयॉं ठाउँमा अलैंचीको खेतीः
गैर पारम्परिक ठाउँलाई नयॉं खेती गर्नका निम्ति प्रयोग गर्न सकिन्छ। खुल्ला सब्जीबारी अथवा खेत अथवा जङ्‌गल फॉंडेर पनि नयॉं खेती लगाउन सकिन्छ। उपलब्ध मौनवशक्ति र अन्य आवश्यकतालाई ध्यानमा राखेर नयॉं ठाउँ तयार गर्नपर्छ। भविष्यमा अलैंचीलाई आवश्यक पर्ने सितल/छाहारीको निम्ति रूख-पातका विरुवा जो अलैंचीका निम्ति लाभदायक हुन्छ। सुरिलो अथवा अग्लो रुख नभएको नै ठीक, उब्रिएको बिरुवालाई रोग संक्रमित ठाउँमा अथवा अन्यत्र खेती गर्न योग्य ठाउँका निम्ति सुरक्षित राख्न सकिन्छ।

ठूलो अलैंचीमा हुने ढुँडी रोगको प्रबन्धन
(प्रचार-प्रासर पत्र)
सं. आइसीआरआई/एलसी/एनएआरपी/ईएल/03 (नेपाली)
योगदानः
के.एन साजु, टी.एन डेका, एमआर सुदर्शन, के.ए हर्ष अनि यु गुप्त

सम्पादक
एके विजयन र एमआर सुदर्शन
प्रकाशक
आइसीआरआइ क्षेत्रीय कार्यालय, स्पाइसिस बोर्ड, तादोङ र (राष्ट्रिय नोवन्मेशी) कृषि योजना (एनएआइपी))
प्रतिः एक हजार
नोभेम्बर 2011

अधिक जानकारीका निम्ति सम्पर्क गर्नुहोस्‌
भारतीय अलैंची अनुसन्धान संस्थान
क्षेत्रीय कार्यालय स्पाइसिस बोर्ड,
तादोङ 737102, गान्तोक सिक्किम
फोन अनि फ्याक्सः 03592 231307,
ईमेलः ीलळलीळसींज्ञऽसारळश्र.लेा/ीीीीळिलशीसींज्ञऽूरहेे.ले.ळप


Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद