वैज्ञानिक समुदायले विज्ञानमा समयबद्ध ढंगले नोबेल पुररूकार प्राप्त गर्नका लागि काम गर्नु पर्ने
र्े तथा प्रौद्योगिकीमा मानिसको जीवन परिवर्तन गर्ने क्षमता छ:राष्ट्रपति

भारतका राष्ट्रपति श्री प्रणब मुखर्जीने वैज्ञानिक समुदायलाई भारतको  भविष्य-निर्माणकालागि वैज्ञानिक संस्कृतिलाई बढ़ाउने सम्बन्धमा कार्य गर्नु पर्ने आह्वान गर्नु भएको छ।
श्री मुखर्जीले 3 जनवरीको दिन कोलकतामा भारतीय विज्ञान कांग्रेसको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदैँ उक्त कुरा बताउनु भएको हो।वहाँले भन्नु भयो, भारत 2035 सम्म प्रमुख महाशक्ति बन्ने आशा छ। भारतले मानवीय र सामाजिक मूल्यहरूसितै प्रमुख ज्ञान शक्तिका रूपमा पनि अघि बडनु पर्छ। राष्ट्रपतिले अझ भन्नु भयो, भौतिकीको क्षेत्रमा भारतका  सीभी रमनलाई नोबेल पुरस्कार प्राप्त भएको 83 वर्षभयो। यसैले अब वैज्ञानिक समुदायले विज्ञानको क्षेत्रमा समयबद्ध ढंगले नोबेल पुरस्कार प्राप्त गर्नका लागि कार्य गर्नुपर्छ।
राट्रपति श्री प्रणव मुखर्जीले प्रौद्योगिकीमा मानिसको जीवन परिवर्तन गर्ने क्षमता भएको पनि बताउनु भएको छ।राष्ट्रपतिले प्रौद्योगिकीको बलमा अर्थव्यवस्था मजबूत बनाउन सकिन्छ भन्नु भयो।
राट्रपति 3 जनवरीको दिन कोलकातामा आयोजित भारतीय विज्ञान कांग्रेसको शताबिदी समारोहको उद्घाटनमा बोल्नुहुदै थियो। उद्घाटन समारोहमा प्रधानमंत्री डॉ. मनमोहन सिंह, पश्चिम बंगालका राज्यपाल श्री एम.के. नारायणन, पश्चिम बंगालकी मुख्यमंत्री सुश्री ममता बनर्जीसहित नोबल र एबल पुरस्कार प्राप्त गण्यमान्य व्यक्ति पनि उपस्थित थिए।

राट्रपति महोदयले अझ भन्नु भयो, विज्ञान मानवीय मस्तिष्कको सृजनात्मक प्रयास हो। विज्ञानले सदैव महान वैज्ञानिकहरूको प्रकृतिका रहस्यहरू लाई सम्झन प्रेरणा दिएको छ।प्रौद्योगिकी पनि यसै विज्ञानको शाखा हो जो अर्थव्यवस्थामा आमूल परिवर्तन गराउनमा अपार क्षमता राख्दछ।

श्री प्रणव मुखर्जीले भन्नु भयो, आधार परियोजना  पनि यसै प्रौद्योगिकी परिर्वतनको अङ्गहो, जो हितधारकहरूलाई सीधा लाभ पुर्याउदछै।यदि हामिले विश्व अर्थव्यवस्थामा आफ्नो बर्चस्व बनाउनु हो भने हामिले अभिनव प्रयोगहरूमा ध्यान दिनु पर्नेछ।राट्रपतिले भ़न्नुभयो, विज्ञान, प्रौद्योगिकी र अभिनव प्रयोग नीतिले  यस सन्दर्भमा विकासको रूपरेखा निश्चित गरिदिेएको छ।
 शिक्षा प्रणालीका बारेमा राट्रपतिले भ़न्नुभयो, हाम्रो शिक्षा प्रणाली यस्तो हुनु पर्छ जसमा विज्ञान संस्कृतिको विकासलाई बढ़ावा मिलोस ताकि समाजमा विज्ञान र प्रौद्योगिकीमा विशेष ध्यानदिन सकियोस। राट्रपतिले  वैज्ञानिक समुदायलाई आह्वान गर्दै भ़न्नुभयो,उनीहरूले विज्ञान संस्कृतिलाई प्रोेत्साहन दिने कार्य गरून ताकि हाम्रो भविष्य समृद्ध हुन सकोस। यस अवसर पर भारतका प्रधानमंत्री डॉ. मनमोहन सिंहले विज्ञान, प्रौद्योगिकी   र नवाचार नीति 2013 जारी गर्नु भयो तथा त्यसको पहिलो प्रति राष्ट्रपतिलाई सुम्पिए।
पुर्व राष्ट्रपति डाक्टर ए.पी.जे. अब्दुल कलामद्वारा बाल विज्ञान कांग्रेसको उद्घाटन

भारतका पुर्व राष्ट्रपति डॉ. ए.पी.जे. अब्दुल कलामले 4 जनवरीको दिन कोलकातामा बाल विज्ञान कांग्रेसको उद्घाटन गर्नु भयो। बाल विज्ञान कांग्रेसको उद्घाटन सत्रलाई सम्बोधन  गर्दै डा.कलामले भन्नुभयो भारतीय विज्ञान कांग्रेस महान वैज्ञानिक एस.एन. बोस, जे.सी. बोस, मेघनाथ साहा, सर सी.भी. रमण, श्रीनिवास रामानुजम, होमी भाभा र विक्रम साराभाई तथा अनेक भारतीय वैज्ञानिकहरूको उपलब्धिहरूमा आधारित छ।कलामले विचार र कार्यहरूमा श्रेष्ठता विषयमा विचार व्यक्त गर्नु भयो।वहाँले यस अवसरमा उपस्थित उदयीमान युवा वैज्ञानिकहरूलाई विज्ञानलाई जीवनमा विचार र कार्यको श्रेष्ठताका रूपमा र यसकालागि  आफनो सर्वाधिक क्षमताका साथ कामगर्ने प्रेणा दिनुभयो।  वहाँले भन्नुभयो म दुइ महान आवश्यकताको महत्वमा ध्यान केन्द्रित गर्न चहान्छु - यो हो विज्ञानको महत्व र वैज्ञानिक उदारता। डा. कलामले ऊर्जा संरक्षण र वैज्ञानिक दृष्टिकोणको निर्माणका बारेमा पनि विचार व्यक्त गर्नु भयो।
डा. कलामले भन्नुभयो,  जसले असंभवको परिकल्पना गर्ने साहस गरे , उनीहरूले नै सबै मानवीय सीमालाई भङ्गग गर्नसके जसलाई ्इतिहासले प्रमाणित गरेको छ। मानव प्रयासको प्रत्येक क्षेत्रमा, चाहे त्यो विज्ञान हासे, औषधि, खेल, कला होस अथवा प्रौद्योगिकी, जसले असम्भवको   परिकल्पना गरे र उपलब्धिहरू प्राप्त गरे, उनीहरू नै हाम्रो इतिहासका अङ्ग बन्न पुगे।आफ्नो परिकल्पनाको सीमालाई भङ्ग गरेरनै उनीहरू विश्‍वमा परिवर्तन ल्याउन सफल बने।
पूर्व राष्ट्रपतिले सन् 2012 मा आयोजित राज्य बाल विज्ञान कांग्रेस, बाराबंङ्कीमा आयोजित उत्तर प्रदेश राज्य विज्ञान कांग्रेस, कोयम्बत्तूर, तमिलनाडूमा भएको दक्षिणी क्षेत्रीय विज्ञान कांग्रेस, दरभंगा (बिहार) मा भएको मेगा विज्ञान मेला र वाराणसीमा भएको राष्ट्रीय बाल विज्ञान कांग्रेसमा विधार्थीसित पनि विचारको आदान-प्रदान गर्नु भ़एको।डाक्टर कलामले गड पार्टिकलको अविष्कारका बारेमा  सर्न प्रयोगशालामा दुइ दलको हालैको घटना बारेमा पनि चर्चा गर्नुभयो। गड पार्टिकल महान वैज्ञानिक पीटर हिग्सको नाममा र हिग्स बोसन नामक प्राथमिक अणुका लागि प्रसिद्ध नाम हो। सन् 2011 मा यस दिशामा केही प्रगति भएको छ र संभवत आगामी केही वर्षमा हामी गड पार्टिका बारेमा राम्रो तरीकेले बुझ्न सक्छौं। साथै  कसरी पदार्थ विद्यमान छ र कसरी यो यह ब्रह्ममण्ड अस्तित्वमा आयो भन्ने  रहस्यको पनि उद्घाटन गर्न सकिन्छबाल विज्ञान कांग्रेसको उद्घाटन। डा0 कलामले  युवा वैज्ञानिकहरू , भावी वैज्ञानिकका रूपमा आफ्नो वैज्ञानिक खोजका लागि सैद्धान्तिक भौतिकी जस्ता विषयलाई अपनाउने र अणु भौतिकीको यस अद्वितीय क्षेत्रमा अधिक खोज गर्नमा महत्वपूर्ण भूमिका निर्भाह गर्नेछन भन्ने आशा पनि व्याक्त गर्नुभयो।
केन्द्रिय विज्ञान एंव  प्रौद्योगिकी तथा भूमिविज्ञान मन्त्री डा0 एस. जयपाल रेड्डीले यस समारोहको अध्यक्षता गर्नुभएको थियो।
यस अवसरमा डा0 कलामसित इन्फोसिस ट्रेवल पुरस्कार प्राप्तकर्ता केही  युवा छात्र पनि उपस्थित थिए। यसमा मुख्य रूपले तुनीर डे, कपिल, फयाम शेख, रीमा कुमार, बबीता, कुसुमित गडकर, अनुराधा दासगुप्ता, एन्जेल दिवेश मिश्रा, बी. मधु र पुलकित गडराव सामेल छन्।
यस वर्ष चर्चामा हुने 10 खोज
कालोज्वरोको नयाँ भेक्सीन
दिसम्वर महिनामा इंडियन इंस्टीट्यूट अफ् केमिकल बायोलजीका  वैज्ञानिक नाहिद अलीले 10 वर्षको कडा मेहनतपछि कालो ज्बरोको नयाँ भेक्सीन विकसित गरे। प्रतिष्ठित सान्इस मेगजीन जर्नल अफ् मलिक्यूलर फार्मास्यूटिक्समा प्रकाशित यस खोजबाट पश्चिम बङ्गालसमेत उत्तर व पर्वी भारतको कालोज्वरो प्रभावित क्षेत्रलाई धेरै आशा छ।
बायो-एब्जार्बेबल स्टेंट्स
ड्रग कंट्रोलर जनरल अफ् इंडियाले हालमा  नै बॉयो-एब्जार्बेबल स्टेंट्सको प्रयोगलाई मंजूरी दिएको छ। यसले हृदय रोगिहरूलाई धेरै राहत मिल्ने छ किनभने जाम धमनिमा मेटल स्टेंट्सले समस्या हुन्छ। त्यही बायो-एब्जार्बेबल स्टेंट्स 18 महीनको  आसपास आफै नै गलेर जान्छ।
कैंसररोधी फिजेटिन
जेएनयू कैंसर बॉयोलॉजी लैबोरेटरीमा कैंसररोधी तत्व फिजेटिन माथि चलिरहेको रिसचर्को
पनि अझ लाभकारी परिणाम आउन सक्छ। यसको पछिल्लो  शोधबाट आइफल, प्याज एव केही सब्जिहरूमा पाइले प्राकृतिक तत्व फिजेटिन मार्फत कैंसर रोक्न मदद मिल्ने पतो लागेको छ।
आँखाको कृत्रिम कोशिका
चैन्नई स्थित संकारा नेत्रालयका वैज्ञानिकका अनुसार कार्नियल ट्रांसप्लांटका लागि दिइने आँकाको अवशेषबाट यस्तो रेटिना सेल्स विकसित गर्न सकिन्छ , जो आँखाको  अन्धोपन र खराब हुदै गरेको रेटिनाको उपचार गर्न सकिन्छ। आउने समयमा यो महत्वपूर्ण खोज ति लाखों मानिसका लागि आशाको किरण मानिन्छ जो जाति नहुने खालको अन्धोपन अथवा खराब रेटिनाको  बीमारीलेे ग्रस्त छन्।
मलेरिया ड्रग सिनरियाम
भारतद्वारा विकसित प्रभावशाली मलेरिया ड्रग सिनरियाम भविष्यमा बहुप्रचलित आर्टिमिसिनिन ड्रगको विकल्प हुन सक्छ।यो कृत्रिम ड्रग हो, जसलाई प्रयोगशालामा रासायनिक प्रक्रियाले तयार गरिएको हो, जबकि आर्टिमिसिनिन पौधाबाट तयार गरिन्छ।
नेचुरल हार्ट-पेसमेकर
एक स्पेशल जीनलाई इंजेक्ट गरेर पेसमेकर सेल्सबाट हृदय गतिको कमिलाई दूर गर्नलाई बायोलजिकल थिरेपी यस साल काफी चर्चामा रहन सक्छ।
13 अरब वर्ष पुरानो गैलेक्सी
नासाको हब्बल टेलीस्कोपको मददले अहिलेसम्म सबैभन्दा दूरस्थ आकाशगंगाको खोज भएको छ।यसमा 13 अरब वर्ष पुरानो 7 गैलेक्सि सामेल छन्।यस बर्ष पनि हब्बल टेलीस्कोपका अझ अन्य खोजहरू धेरै चर्चामा रहने आशा छ।

-हृदय रोग बताने वाला ट्रेडमिल टेस्ट एक्सरसाइज ट्रेडमिल टेस्ट मार्फत महिलाहरूको हृदयको स्थितिलाई पतो लगाउनु संभव हुनेछ। यस टेस्टको समयमा दुइ स्पेसिफिक इलेक्ट्रोकार्डियोग्राम माफर्त महिलाहरूको हृदयको शक्तिको अनुमान लगाउनु सहजहुनेछ।
10,000 गुना तेज ट्रांजिस्टर
शोधकर्ताहरूले 10,000 गुना तेज ट्रांजिस्टर तयार गरेका छन्। लेजर पल्सेजबाट चलनेवाला यो ट्रांजिस्टर इलेक्ट्रोनिक जगतमा काफी उपयोगी साबित हुनेछ।
पसर्नलाइज्ड मेडिसिन
डीएनएको सिक्वेंसिंग गरेर ब्रिटेनमा आम मानिसका लागि पसर्नलाइज्ड मेडिसिन चाडै नै शुरू हुनेबाला छ।जसमाफर्त कैंसर वा केही विशेष रोगिहरूलाई  धेरै लाभ मिल्नेछ। यस प्रकारको पसर्नलाइज्ड मेडिसिन अन्य देशहरूमा पनि शुरू हुन सक्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद