Vigyan Samachar


गणतन्त्र दिवस
प्रत्येक वर्ष 26 जनवरी एउटा यस्तो दिन हो जुन दिन प्रत्येक भारतीयको  मनमा देश भक्तिको लहर र मातृभूमिप्रति अपार स्नेह जाग्ने गर्छ।यस्ता धेरै महत्वपुर्ण स्मृतिहरू छन् जो यस दिनसित जोडिएको छ। यो दिन अर्थात 26 जनवरी 1950 मा भारतीय गणतंत्र र यसको संविधान प्रभावी भएको हो। यही दिन हो जब 1965 मा हिन्दीलाई भारतको राजभाषा घोषित गरिएको थियो।भारतमा 26 जनवरीको दिन गणतंत्र दिवस मनाइन्छ।यो हाम्रो देश भारतको एक राष्ट्रिय पर्व हो। हरेक बर्ष 26 जनवरी एउटा यस्तो दिन हो जब प्रत्येक भारतीयको मनमा देश भक्तिको लहर र मातृभूमिका प्रति अपार स्नेह भरिएर आउने गर्छ। यस्ता अनेक महत्त्वपूर्ण स्मृतिहरू छन्,जो यस दिनसित जोडिएका छन्।26 जनवरी, 1950 मा हाम्रो देशमा संविधान लागू भयो र यसरी संसदीय रूपमा एक संप्रभुताशाली समाजवादी लोकतान्त्रिक गणतन्त्रको सरकारको गठनसितै  भारत देश स्थापित भयो।भारतीय संविधान,जसबाट देशको सरकारको रूपरेखाको प्रतिनिधित्व गर्नेगर्छ, जबदेखि पर्याप्त विचार विमर्श गरेर  विधान मण्डलद्वारा भारतीय संविधानलाई अपनाइयो, तबदेखि 26 जनवरीको दिन भारतको गणतंत्र दिवसको रूपमा धेरै उत्साहका साथ मनाउदै आइएको छ र यस दिन राष्ट्रिय अवकाश घोषित गरिएको छ।यस दिनले हामीलाई देशका सबै शहीदहरूको नि:स्वार्थ बलिदानको  स्मरण दिलाउदछ।जसले आज़ादीको सङघर्षमा आफनो जीवन बलिदान गरे अनि विदेशी आक्रमणका विरुद्ध धेरै लड़ाइ जीते। 64 वर्ष पहिला 21 तोपहरूको सलामी पछि भारतीय राष्ट्रिय ध्वजलाई डा. राजेन्द्र प्रसादले फहराएर 26 जनवरी, 1950 मा भारतीय गणतन्त्रको ऐतिहासिक जन्मको  घोषणा गरेको थिए। ब्रिटिश राजबाट छुटकारा पाएको 894 दिनपछि हाम्रो देश स्वतन्त्र राज्य बन्यो तबदेखि प्रत्येक वर्ष सम्पुर्ण राष्ट्रमा बडो उत्साह र गर्वको साथ यो दिन मनाइने गरिन्छ। एउटा  ब्रिटिश उप निवेशबाट एक सम्प्रभुतापर्ण, धर्मनिरपेक्ष र लोकतान्त्रिक राष्ट्रका रूपमा भारतको निर्माण एक ऐतिहासिक घटना थियो।यो लगभग 2 दशक पुरानो यात्रा थियो जो सन् 1930 मा एक सपनाका रूपमा सङकल्प गरियो र 1950 मा यसलाई साकार गरियो। भारतीय गणतन्त्रको यस यात्रामा एक नज़र लगाउँदा  हाम्रो आयोजन अझ अधिक सार्थक भएर जान्छ।
भारतको संविधानलाई लागू गर्नुअघि पनि 26 जनवरीको धेरै महत्त्व थियो।26 जनवरीलाई विशेष दिनका रूपमा चिह्नित गरिएको थियो,31 दिसम्बरसन्1929को मध्य रातिमा राष्ट्रलाई स्वतन्त्र बनाउने पहल गर्दै लाहौरमा भारतीय राट्रिय कांग्रेसको अधिवेशन अवसरमा पण्डित जवाहरलाल नेहरूको अध्यक्षता भएको थियो जसमा यदि अंग्रेज़ सरकारले 26 जनवरी, 1930 सम्म भारतलाई उपनिवेशको पद (डोमीनियन स्टेटस) प्रदान गर्दैनन भने  भारतले आफुलाई पूर्ण स्वतन्त्र घोषित गर्नेछ भनेर चेताउनी दिददै प्रस्ताव पारित गरिएको थियो। 26 जनवरी, 1930 सम्म जब अंग्रेज़ सरकारले केही गरेन तब कांग्रेसले त्यस दिन भारतलाई पुर्ण स्वतन्त्रता गर्ने निश्चयताको घोषणा गर्यो र आफ्नो  सक्रिय आन्दोेलन शुरू गर्यो। भारतीय राष्ट्रिय कांग्रेसको यस लाहौर अधिवेशनमा पहलो पल्ट तिरङगा झण्डालाई फहराइएको थियो,यसका साथै यस दिन प्रतिवर्ष 26 जनवरीको दिन पुर्ण स्वराज दिवसका  रूपमा मनाइने छ भनेर  सर्वसम्मतिले अर्को एउटा महत्त्वपर्ण फसेला लिइयो।यस दिन सबै स्वतंत्रता सैनानी पुर्ण स्वराजको प्रचार गर्नेछन भनेर सहमति बनाइयो। यस प्रकार 26 जनवरी अघोषित रूपले भारतको स्वतन्त्रता दिवस बन्न पुगेको थियो।यसै दिनदेखि 1947 मा  स्वतन्त्रता प्राप्त भएसम्म 26 जनवरी स्वतंत्रता दिवसका रूपमा मनाइन्दै थियो।
संविधान प्रभावी
जब भारत 15 अगस्त, 1947 मा एक स्वतंत्र राष्ट्र बनियो, तब देशले स्वतंत्रताको सही भावनाको आनन्द 26 जनवरी, 1950 उठायो जुन दिन भारतीय संविधान प्रभावी भयो। इस संविधान माफर्त भारतका नागरिकहरूलाई आफनो सरकार चुनेर स्वयं आफ्नो शासन चलाउने अधिकार प्राप्त भयो। डॉ. राजेन्द्र प्रसादले गवर्नमेंट हाउसको दरबार हालमा भारतका प्रथम राष्ट्रपतिका रूपमा  शपथ ग्रहण गर्नुभएको थियो र यसपछि राष्ट्रपतिको काफिला 5 मायलको दूरीमा स्थित इर्विन स्टेडियम पुग्यो जहाँं उनले राष्ट्रिय ध्वज फहराया थिए। तबदिखि नै यस ऐतिहासिक दिवस, 26 जनवरीको दिन पूरा देशमा एक तिहार सरह अनि राष्ट्रीय भावनाका साथ मनाइने गरिन्छ। यस दिनको आफनै अलग महत्व छ जब भारतीय संविधानलाई अपनाइएको थियो।यस गणतंत्र दिवसमा महान भारतीय संविधानलाई पढ़ेर  हेर्दा जुन उदार लोकतंत्रको परिचायक छ, जो यसको भण्डारमा निहित छ।  
यस अवसरको महत्वलाई दर्शाउनका लागि प्रत्येक वर्ष गणतंत्र दिवसमा देश भरि नै उत्साहपुर्वक मनाइने गरिन्छ। राजधानी, नयाँ दिल्लीमा राष्ट्रपति भवनको नजिक रायसीना पहाड़ीदेखि राजपथ भएर इंडिया गेटसम्म अनिपछि ऐतिहासिक लाल किल्लासम्म भव्य परेडको आयोजन गरिन्छ।यो आयोजन भारतका प्रधानमन्त्रीद्वारा इंडिया गेटमा अमर जवान ज्योतिमा पुष्प अर्पित गरेपछि शुरू हुन्छ, अमर जवान ज्योति सबै सैनिहरूको स्मृतिमा  बनाइएको हो जसले देशका लागि आफ्नो जीवन बलिदान दिएका छन्। पुश्प अर्पण गरेपछि 21 तोपको सलामी दिइने गरिन्छ, राष्ट्रपति महोदयद्वारा राष्ट्रिय ध्वज फहराइन्छ अनि राष्ट्रिय गान शुरू हुन्छ।अनि परेड आरंभ गरिन्छ।महामहिम राष्ट्रपतिसितएक उल्लेखनीय विदेशी राष्ट्र प्रमुख हुन्छन, विदेशी राष्ट प्रमुखलाई आयोजनका मुख्य अतिथिका रूपमा आमन्त्रित गरिन्छ।
राष्ट्रपति महोदयको सामुन्नेबाट खुल्ला जीपमा वीर सैनिक मार्च गर्ने गर्छन्। भारतका राष्ट्रपति, जो भारतीय सशस्त्र बल, का  मुख्य कमांडर पनि हुन, वहाँले विशाल परेडको सलामी लिनुहुन्छ। भारतीय सेनाद्वारा आफ्नो नयाँ हतियारहरू र बलको प्रदर्शन गरिन्छ।जस्तै टैंक, मिसाइल, राडार आदि  यसमा सानेल छन्।यसको तत्कालपछि राष्ट्रपतिद्वारा  जसले आफनो क्षेत्रमा अभूतपुर्व साहस देखाएका हुन्छन ति शस्त्र सेनाका सैनिकहरूलाई वीरताको पुरस्कार र मेडल प्रदान गरिन्छ।अनि ति नागरिकहरूलाई पनि सम्मानित गरिन्छ जसले विभिन्न परिस्थितिमा वीरताको अलग-अलग परिचय दिेएका हुन्छन्।
यसपछि सशस्त्र सेनाको हेलिकप्टर माफर्त दर्शकहरूलाई गुलाब र अन्य फुल वर्षा गर्दै फ्लाई पास्ट गर्दछ।सेनाको परेडपछि रङ्गारङ्ग सांस्कृतिक परेड हुन्छ। विभिन्न राज्यबाट आएको झाँकिा रूपमा भारतको समृद्ध सांस्कृतिक विरासतलाई दर्शाइने गरिन्छ।प्रत्येक राज्यले अफनो अनौठो तिहार, ऐतिहासिक स्थलहरू र कलाको प्रदर्शन गर्छन्।यो प्रदर्शनीले भारतीय संस्कृतिको विविधता र समृद्धिको एउटा तिहारको रंग दर्शाउदछ।विभिन्न सरकारी विभाग र भारत सरकारका मंत्रालयहरूका झाँकिहरू मार्फत राष्ट्रको प्रगतिमा आफ्नो योगदान प्रस्तुत गर्दछन्। जब बालबालिका जसले राष्ट्रिय वीरता पुरस्कार गरेका छन् उनीहरू हात्तीमा चढेर आउने गर्छन् अनि देशभरिका स्कूले नानीहरू परेडमा अलग-अलग लोक नृत्य र देश भक्तिको धुनमा गीत प्रस्तुत गर्छन् तब यस परेडको सबैभन्दा रोचक आर्कषण बन्न पुग्छ।
परेडमा कुशल मोटर साइकिल सवार, जो सशस्त्र सेना कार्मिक हुन्छन, उनीहरूले आफनो प्रदर्शन गर्छन्। परेडमा  सर्वाधिक प्रतीक्षा गनुपर्ने भाग फ्लाई पास्ट हो जो भारतीय वायुसेनाद्वारा प्रस्तुत गरिन्छ। फ्लाई पास्ट परेडको अन्तिम चरण हो यसमा  भारतीय वायु सेनाको लड़ाकू विमान राष्ट्रपतिलाई अभिवादन गर्दै मंचबाट जान्छ।
जसलाई इन्टरनेटमा परेड हेर्ने इच्छा हुन्छ उनीहरूलाई जीवन्त वेबकास्ट (बाहिरी वेबसाइट जो एक नयाँ विंडोमा खोलिन्छ)त्यस मार्फत गणतंत्र दिवसको परेड लाखौं व्यक्तियालाई उपलब्ध गराइन्छ। यो आयोजनपछि पनि यसका केही खास भाग मांगअनुसार  वीडियो उपलब्ध गराइने् गरिन्छ।राज्यहरूमा हुने आयोजन अपेक्षाकृत साने स्तरमा हुन्छ र यो सबै राज्यहरूको राजधानिमा आयोजित गरिन्छ।यहाँ राज्यका राज्यपालले तिरङगा झंडा फहराउनु हुन्छ। समान प्रकारको आयोजन जिल्ला मुख्यालय, महकुमा. खण्ड र पंचायत स्तरमा पनि गरिन्छ। प्रधानमंत्रीको सरकारलाई र्याली गणतंत्र दिवसको आयोजन कुल मिलाएर तीन दिनको हुन्छ र 26 जनवरीको इंडियागेटमा यस आयोजनपछि  प्रधानमंत्रीको र्यालीमा एनसीसी केडेट्सद्वारा विभिन्न चम्तकारी प्रदर्शन र ड्रिल प्रस्तुत गरिन्छ।
लोक तरंगसात क्षेत्रीय सांस्कृतिक केन्द्रहरूको  संयुक्त तत्वाधानमा संस्कृति मंत्रालय, भारत सरकारद्वारा प्रत्येक वर्ष 24 देखि 29 जनवरीका बीच ‘’लोक तरंग - राष्ट्रिय लोक नृत्य समारोह’’ आयोजित गरिन्छ। यस आयोजनमा हामिलाई देशका विभिन्न भागबाट आएका रङ्गी-बिरङ्गी र चम्किलो र वास्तविक लोक नृत्य देख्ने सुलभ अवसर प्राप्त हुन्छ।
बीटिंग द रिट्रीटबीटिंग द रिट्रीटले  गणतंत्र दिवस आयोजनाको आधिकारिक रूपले समापन घोषित गर्दछ। सबै महत्वपुर्ण सरकारी भवनहरूमा 26 जनवरीदेखि 29 जनवरीका  बीच रोशनी सुंदरता पुर्वक सजाइने गरिन्छ। प्रत्येक वर्ष 29 जनवरीको साँझ अर्थात गणतंत्र दिवसको तेस्रो दिन बीटिंग द रिट्रीट आयोजन गरिन्छ।यो आयोजन तीन सेनाहरूलाई एक साथ मिलएर सामूहिक बैंड वादनबाट आरंभ हुन्छ जहाँ लोकप्रिय मार्चिंग धुन बजाइन्छ।
ड्रमले पनि एकल प्रदर्शन गर्छन् (जसलाई ड्रमर्स कल भनिन्छ) । ड्रर्मसद्वारा एबाइडिड विद मी (यो महात्मा गांधीको प्रिय धुनहरू मध्ये एउटा बताइन्छ) बजाइन्छ। ट्युबुलर घंटिद्वारा चाइम्स बजाइन्छ, यो धेरै टाडामा राखिएको हुन्छ र यसबाट एउटा मनमोहक दृश्य बनिन्छ।
यसपछि रिट्रीटको बिगुल वादन हुन्छ, जब ब्याण्ड मास्टर राष्ट्रपतिको नजिक जान्छन् र बैंड फिर्ता लिएर जाने अनुमति माग्छन्। तब समापन समारोह पूरा भएको सुचित गरिन्छ। ब्याण्ड मार्च फर्किएर गएको समय लोकप्रिय धुन ‘’सारे जहां से अच्छा बजाउदै जान्छन्। ठीक साँझ 6 बजी  बगलर्स रिट्रीट को धुन बजाउछन र  राष्ट्रिय ध्वजलाई उतारिन्छ अनि राष्ट्रगान गाइन्छ।यसरी गणतन्त्र दिवसको आयोजनको औपचारिक समापन हुन्छ।

मङ्गलमा मोतीरङ्गको ‘फूल’
मङ्गल ग्रहमा फूलको आकार भएको अलग प्रकारको झुरमुट पाइएको छ जसबाट लाल ग्रहमा फूल फुल्ने सम्भावनालाई बल प्राप्त भएको छ।
नासाका वैज्ञानिहरूले यसलाई ‘मंगलको फूल’भनेर नाम दिेएका छन्। यस फुलको तस्वीर नासाको क्यूरोसिटी रोवरले गत महिना खिचेको थियो।तस्वीरमा मोतीको रङ्ग भएको यो फूल एक चट्टानको सतहगेखि े निस्किन्दै गरेको देखिएको छ।
अंतरिक्षमा ऊर्जाको विशाल स्रोत 
अंतरिक्षमा पृथ्वीदेखि देखिनवाला, ऊर्जाको विशाल स्रोत 1,000 किमी प्रति सेकंडको गतिले आकाशगंगाको मध्यमले निस्कन्दैछ।खगोलविदहरूको एउटा दलले अंतरिक्षमा पृथ्वीबाट देखिने, ऊर्जाको   विशाल स्रोतहरूलाई मापन गर्न मदद गरेको र यो  स्रोत 1,000 किमी प्रति सेकंडको  गतिलो आकाशगंगाको मध्यलो निस्किन्दै गरेको दाबी गरोको छन।
न्यूसाउथ वेल्समा एक दूरबीनबाट यस प्रक्रियालाई अवलोकन गरिरहेका  खगोलविदहरूले कथित अंतरिक्ष गीजर नवनिर्मित ताराबाट अत्यंत वेगले  निकलि रहकोबताएका छन्।

अक्टुबरमा शुरू हुनेछ भारतको मंगल अभियान
भारतले मंगल अभियानका लागि अक्तूबर महिनामा इसराको रकेटकलाई प्रक्षेपण गर्ने आशा छ।
यस अभियान अन्तर्गत ‘लाल ग्रह’ मा  जीवनको साक्ष्य र वायुमंडललाई पुग्ने क्षति का बारेमा जानकारी संग्रह गरिने छ। एक शीर्ष वैज्ञानिकले गत 4 जनवरीको दिन कोलकातामा यो खुलासा गरेका छन्।
प्रधानमंत्री मनमोहन सिंहले गत वर्ष स्वतंत्रता दिवसको अवसरमा  ‘मार्स ऑर्बिटर मिशन’ को घोषणा गर्नु भएको थियो।
अब देशको मंगल अभियानले तिव्र गति गइ रहेाको छ र मिशनको समय गरिने पांच प्रयोगका उपकरणलाई मार्च महिना सम्ममा इसरोद्वारा आपूर्ति गरिने आशा छ।
फिजीकल रिसर्च लैबोरेटरीका निदेशक जितेन्द्र नाथ गोस्वामीले पाँच पेलोड मार्च महिनासम्ममा प्राप्त गर्ने आशा गर्दै योजनालाई अप्रैलदेयखि यसलाई उपग्रहसित जोड़ने आशा छ।’’
गोस्वामी मंगल अभियानसित जोडिएका छन्।इसराको भरपर्दो रकेट पीएसएलभी-एक्सएल मार्फत अक्टुबरमा श्रीहरिकोटाबाट उपग्रह प्रक्षेपित गरिने आशा छ।यसले पहिला  पृथ्वीको परिक्रमा गर्नेछ र  पृथ्वीको  गुरूत्वाकषर्ण शक्तिको दायरादेखि बाहिर निस्कनका निम्ति  आवश्यक गति प्राप्त गर्नेछ।
वर्तमान योजना अनुसार उपग्रहलाई 26 नवंबरका दिन पृथ्वीको कक्षाबाट बारि निकाल्न् आाशा छ र यसपछि यो मंगलको यात्रामा जानेछ र त्यो यात्रा लगभग 300 दिन सम्म चल्ने आशा छ।
वैज्ञानिहरूले मंगलको कक्षामा उपग्रहलाई प्रवेश गराउनका लागि आगामि वर्षको 22 सितंबरको तारीख तय गरिएको छ। 
मंगलको कक्षामा पुगेपछि उपग्रह आफुले लगेको रंगीन क्यामेरा र इंफ्रा रेड स्पेक्ट्रोमीटरबाट लाल ग्रहको तस्वीरें लिन शुरू गरर्नेछ भने लेमैन अल्फा फोटोमीटर मंगलको वायुमंडलमा परमाणुविक हाइड्रोजनलाई नाप्नेछ ।

कोलकतामा बनिनेछ पहिलो अन्तरिक्षीय मौसम केन्द्र
कोलकता, 15 जनवरी ।अन्तरिक्षमा मौसमको हाल जानेर ध्रुवीय मार्गहरूमा वायु यातायातको कुशल परिचालनमा सहयोग गर्ने भारतको पहिलो विशेष दक्षता केन्द्रको स्थापना यहाँ यस वर्षको मध्यमा हुनेछ। यस केन्द्रको संयोजक वैज्ञानिक दिब्येंदु  नन्दीले बताए अनुसार अन्तरिक्ष विज्ञानको क्षेत्रमा यो एउटा उत्कृष्ट केन्द्र हुनेछ। यस केन्द्रको  मुख्य प्रयोजन अन्तरिक्ष मौसमको पत्तो लगाउनु हुनेछ। विशेष रूपमा सौरमण्डल र गुरुत्वीय भौतिकीको मौसममा ध्रूवीय मार्गहरूमा वायु यातायात सुगम बनाउनको साथ साथै यो केन्द्र अन्तरिक्षमा लागेको जीपीएस नेटवर्कहरू र सचल उपग्रहहरूको संचालनमा पनि सहयोग गर्नेछ। नन्दीलअनुसार कोरोनल मास इजेक्शन्स (सीएमई) र सौर लपट सूर्यबाट उठ्ने दुइ यस्ता तूङ्गान हुन् जसको कारणबाट ध्रुवीय क्षेत्रहरूमाथि उड्ने विमानहरूलाई  भारी मात्रमा विकिरणको सामना गर्नुपर्छ।दक्षिण एशिया, यूरोप र उत्तरी अमेरिकाबाट धेरै विमान दूरी तय गर्नमा लाग्ने समयलाई कम्ति गर्नको लागि ध्रुवीय क्षेत्रहरूमाथि उड़छन्। यदि सौर मण्डलमा मौसम ठीक छैन भने उपग्रहको संचालनमापनि प्रभाव पर्नेछ। यसको प्रभाव जीपीएस सिस्टम र मोबाइल नेटवर्कमाथि पर्छ। मानव संसाधन विकास मन्त्रालयद्वारा स्वीकृत यो केन्द्र भारतीय विज्ञान, शिक्षा एवं अनुसंधान संस्थान (आईआईएसईआर) परिसरमा स्थापित गरिनेछ। सौर मण्डल वा अन्तरिक्षमा उठ्ने तूङ्गानको जानकारी वा अन्तरिक्ष मौसममा हुने बदलावको जानकारी पहिलानै मिल्न सके वैज्ञानिकहरूले नागरिक उड्डयन विभागलाई यसको बारेमा सूचित गर्नसक्छन्. जसले गर्दा  विभिन्न एयरलाइन्सलाई धेरै उँचाई वा ध्रुवीय क्षेत्रहरूमा उड़ने नोकसानको बारेमा बताउन सकिन्छ। वैज्ञानिकहरूले दूरसञ्चार विभागलाई पनि अन्तरिक्षीय मौसममा हुने बदलावको बारेमा सूचित गर्नेछन् जसले गर्दा उनीहरूले अन्तरिक्षमा लागेको आफ्नो उपग्रहहरूको सुरक्षा गर्न सक्नेछन्। यो केन्द्रले आंकड़ाहरूको विश्‍लेषणको माध्यमबाट गुरूत्वीय भौतिकीको क्षेत्रमा पनि काम गर्नेछ। वैज्ञानिक दिब्येंदु  नन्दी वर्ष 2016 मा शुरू हुने भारतको पहिलो सौर मिशन आदित्यमा पनि सामेल छन्। वहाँले, अन्तरिक्ष मौसमको जानकारी दिने यो केन्द्र यस मिशनको लागि आंकड़ाको विश्‍लेषणमा सहयोग गर्ने बताउनुभएको छ। यो केन्द्रले अन्तरिक्ष विज्ञानको क्षेत्रमा रूचि राख्ने विद्यार्थीहरूलाई पीएचडीको कार्यक्रम पनि उपलब्ध गराउनेछ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद