Posts

Showing posts from June, 2013
 निश्‍चेतक औषधि भिन्न प्रक्रियामध्ये शल्यचिकित्सा एक प्रमुख पद्धति हो। शल्यचिकित्सा गर्न अगावै बिमारीलाई निश्‍चेतक-एनेस्थेटिक औषधि दिइन्छ। निश्‍चेतक औषधि त्यो हो  जसले  रोगीमा बेहोसी ल्याउँछ। अर्थात शरीरलाई चेतना शुन्य बनाइदिन्छ। कुनै कुनै औषधि यस्ता हुन्छन्  जसले पूरै शरीरलाई चेतना शुन्य नबनाइ कुनै निर्दिष्ट  स्थानलाई मात्र बनाइदिन्छ र त्यहाँ चिरङ्गार गरे पनि बिमारीलाई कुनै दुखाइको अनुभव हुंँदैन। अहिले यस्ता किसिमका धेरै निश्‍चेतक औषधि पाइन्छन्।  सर्वप्रथम यस प्रकारको निश्‍चेतक औषधि पत्ता लगाउने वैज्ञानिकको नाम हो जेम्स योङ सिम्पसन। उनले यस प्रकारको औषधि सर्वप्रथम सन् 1847 मा पत्ता लगाएका थिए। उनको जन्म सन् 1811 को जुन  7 तारिखका दिन स्कटल्याण्डको वार्थगेट भन्ने ठाउँमा भएको थियो। अत्यन्त तीक्ष्ण बुद्धिका सिम्पसनले बाल्यकालमै बेलायतको इडिनवर्ग विश्‍वविद्यालयमा पुगे र चाँडै नै उनी शल्य चिकित्सकको  दर्जा पाउन सङ्गल भए। सिम्पसनको समयमा शल्यचिकित्सा अत्यन्त पीडादायक हुने गर्दथ्यो।  त्यस बेलासम्म कुनै निश्‍चेतक औषधि पत्ता नलागेकाले बिमारीलाई खाटमा डोरीले कसेर राखिन्थ्यो र शल्यक्रि

Sikkim

 सिक्किम गणतन्त्रको 38 वर्षमा 7 मा भारतले स्वाधीनता प्राप्त गर्यो त्यसपछि सिक्किममा राजनीतिक पार्टीहरूको स्थापना शुरु हुनथाल्यो। प्रथममा यी राजनीतिक पार्टीहरूले सिक्किममा जमीनदारी प्रथाको उन्मूलन हुनु, गणतान्त्रिक सरकारको गठन गर्नु र भारतीय संविधानको आधारमा भारतमै सिक्किमलाई विलय गर्नु आदि मागलाई अघि बढाएको थियो। भारत स्वाधीन भएको तीन वर्षपछि अर्थात 1950 मा सिक्किमका राजा टाशी नामग्याल र भारत सरकारमाझ सन्धि भएको थियो। त्यस सन्धिअनुसार सिक्किम भारतको संरक्षणमा थियो। भारतले सिक्किमको विदेशी सम्बन्ध, रक्षा र रणनीति संवादलाई आफ्नो अधीनमा लिएपछि स्थानीय राजनीतिक पार्टीलाई आफ्नो माग अघि बढाउन धेरै सजिलो भएको थियो। 1970 को शुरुदेखि नै राज्यमा स्थापित भएका राजनीतिक पार्टीहरूले राजशासनको विरोध गर्दै गणतान्त्रिक पद्धतिमा सरकार स्थापना गर्ने मागलाई अझ तीव्र बनाउँदै लगे। यसका निम्ति 1973 मा वृहत आन्दोलन भएको थियो। सिक्किममा बिग्रँदो प्रशासनिक व्यवस्थालाई ध्यानमा राख्दै भारत सरकारले यसलाई सम्हाल्न बी. एस. दासलाई मुख्य प्रशासक नियुक्त गरेको थियो। लगभग 25 वर्षको सङ्घर्षपछि अर्थात 16 मई, 1975

Printing press in sikkim

मुद्रण पत्रकारिता फस्टाउँदै सिक्किमको मुद्रण पत्रकारिता फष्टाएको अनि यो भारतका अन्य राज्यको तुलनामा आउनसक्ने कुरा राष्ट्रको प्रतिष्ठित राष्ट्रिय दैनिक समाचार पत्रका सम्पादकले उल्लेख गरेर सिक्किमका पत्रकारहरूको हौसला बढाउने काम गरेका छन्। राष्ट्रिय दैनिकका सम्पादकले यो भन्नु अनि राज्य सरकारले राज्यमा प्रजातान्त्रिक संस्थाहरूको पूर्ण कदर गरिएको छ भन्नु एउटा सिक्किाका दुइ पाटा मान्न सकिन्छ। हुन त राष्ट्रिय दैनिकका सम्पादकले आज भन्दा 30-35 वर्ष अघि अर्थात सिक्किम भारतमा विलय हुनु भन्दा अघि र विलय कालको तुलना अहिलेको पत्रकारिता संस्थानले जसरी देशका ठूल्ठूला- मुद्रण संस्थानले सामाजिक उत्तरदायित्वका कार्यहरू गर्छन् सोही अनुरूप यहाँका मुद्रण संस्थानले पनि गर्ने गरेको विषयलाई उठाएर-सिक्किमलाई देशका अन्य राज्यहरूको हाराहारीमा सामेल गराई दिए। वास्तवमा सिक्किम जस्तो सानो राज्यलाई अन्य कुनै राज्यसित तुलना गर्नु धेरै दृष्टिबाट स्वीकार्न सकिँदैन, तरै पनि पत्रकारिता जगतले यस विषयलाई आधार बनाएर-पुनः सिक्किमको पत्रकारितालाई बलियो आधार दिने कार्यको थालनी गर्न आवश्यक देखिन्छ। यद्यपि यहाँ उल्लेख योग्य वि