निश्चेतक औषधि
भिन्न प्रक्रियामध्ये शल्यचिकित्सा एक प्रमुख पद्धति हो। शल्यचिकित्सा गर्न अगावै बिमारीलाई निश्चेतक-एनेस्थेटिक औषधि दिइन्छ। निश्चेतक औषधि त्यो हो जसले रोगीमा बेहोसी ल्याउँछ। अर्थात शरीरलाई चेतना शुन्य बनाइदिन्छ। कुनै कुनै औषधि यस्ता हुन्छन् जसले पूरै शरीरलाई चेतना शुन्य नबनाइ कुनै निर्दिष्ट स्थानलाई मात्र बनाइदिन्छ र त्यहाँ चिरङ्गार गरे पनि बिमारीलाई कुनै दुखाइको अनुभव हुंँदैन। अहिले यस्ता किसिमका धेरै निश्चेतक औषधि पाइन्छन्।
सर्वप्रथम यस प्रकारको निश्चेतक औषधि पत्ता लगाउने वैज्ञानिकको नाम हो जेम्स योङ सिम्पसन। उनले यस प्रकारको औषधि सर्वप्रथम सन् 1847 मा पत्ता लगाएका थिए। उनको जन्म सन् 1811 को जुन 7 तारिखका दिन स्कटल्याण्डको वार्थगेट भन्ने ठाउँमा भएको थियो। अत्यन्त तीक्ष्ण बुद्धिका सिम्पसनले बाल्यकालमै बेलायतको इडिनवर्ग विश्वविद्यालयमा पुगे र चाँडै नै उनी शल्य चिकित्सकको दर्जा पाउन सङ्गल भए। सिम्पसनको समयमा शल्यचिकित्सा अत्यन्त पीडादायक हुने गर्दथ्यो।
त्यस बेलासम्म कुनै निश्चेतक औषधि पत्ता नलागेकाले बिमारीलाई खाटमा डोरीले कसेर राखिन्थ्यो र शल्यक्रिया गरिन्थ्यो। वास्तवमा त्यो दृश्य अत्यन्त पीडादायक हुने गर्दथ्यो। चिकित्सकले बिमारीलाई पीडा कम होस् भन्ने हेतुले प्रचुर मात्रामा रक्सी वा अल्कोहल खुवाउने गर्थे तर त्यो अत्यन्त अस्थायी प्रकृतिको हुन्थ्यो। जब बिमारीको नशा उत्रन्थ्यो बिमारीले ङ्गेरि उही पीडा वा दुखाइको अनुभव गर्नुपर्थ्यो। स्मरण रहोस्, त्यस्तो पीडादायक दृश्य देख्नुपर्ने अभागी पनि उनै सिम्पसन थिए। आफ्नो अस्पतालमा शल्यचिकित्सा गरिएको बिमारीको हेर्चाह गर्ने कामसमेत सिम्पसन आङ्गै गर्ने गर्दथे। सिम्पसनलाई यो कुरा अत्यन्त पीडादायक हुन थाल्यो। तसर्थ उनले दृढ अठोट लिएकी एक दिन बिमारीको यस्तो पीडा वा दुखाई नाश गर्ने औषधि पत्ता लगाएरै छोडे छन्। त्यसपछि सिम्पसन आफ्नो गहन अध्ययन अनुसन्धानमा जुट्न थाले । आफ्नो यस अनुसन्धान कार्यमा उनलाई हृ्यारिसन नामक अर्का वैज्ञानिकले सहयोग पुर्याएका थिए। दृढ अठोटका साथ धैर्य र लगनशील भई आफ्नो कार्यमा लागिरहेमा कठिन र असम्भव भन्ने कुरा केही पनि थिएन। अन्ततः उनले पनि शल्य चिकित्साको पीडा भगाउन सकिने औषधि पत्ता लगाएरै छाडे।
सिम्पसनले पत्ता लगाएको उक्त औषधिको नाम थियो क्लोरोर्ङ्गम तर अझै पनि त्यसमा एउटा समस्या थियो। त्यो के भने उक्त औषधिले मानव स्वास्थ्यमा हानी गर्छ कि गर्दैन ? यसको उत्तर पाउन सिम्पसनलाई निकै कठिनाइ परेको थियो। आफ्नो बिमारीमाथि नै उक्त औषधि प्रयोग गर्दा कतै उसमा प्रतिकूल प्रभाव पर्ने त होइन? यस समस्याको हल निकाल्न सिम्पसनले उक्त औषधिबारे धेरै तथ्याङ्क बटुले र अन्त्यमा आङ्गूमा नै यसको प्रयोग गर्ने निष्कर्षमा पुगे। उनले त्यो पदार्थ आफ्ना साथीलाई देखाए। अन्त्यमा उनी र उनका दुइ सहकर्मीले त्यस वाष्पशील पदार्थलाई परीक्षणस्वरुप नाकले सुँघेर हेरे। त्यसपछि तीनै जना लामो निद्रामा परे, र धेरै समय पश्चात उनीहरू उठे। शुरूशुरूमा यो औषधि त्यति प्रभावकारी हुन सकेको थिएन तर पछि विस्तारै यसको प्रयोग बढ्न थाल्यो।
सन् 1853तिरको कुरा हो। बेलायतकी महारानी भिक्टोरियाको शल्यक्रिया गर्नु अगाडि यसै औषधिको सङ्गल प्रयोग गरिएको थियो। यसैको ङ्गलस्वरुप महारानी भिक्टोरियाले सिम्पसनलाई सर’ को उपाधि पनि प्रदान गर्नु भएको थियो। त्यसपछि उनी सर सिम्पसनको नामले सम्मानित हुन पुगे। यसरी हाल आएर आधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया गर्न क्लोरोर्ङ्गम एक किसिमबाट वरदान नै सावित हुन पुगेको छ। यस्ता प्रतिभाशाली वैज्ञानिकको सन् 1870 मई 6 का दिन दुखद निधन भयो।
वेयरेबल टेक्नोलोजी
कुरा गरौं घडीको। ठूला घडीमा समय हेरेर काम चलाउने बेला यस्तो दिन आउला भनेर कसैले सोचेका थिएनन् होला। तर प्रविधि विकासको कारणले अहिले कसैलाई पनि मुन्टो ठाडो पारेर समयका लागि माथि हेर्न आवश्यक छैन। धेरैका हातमा घडी छन्, नहुनेले पनि मोबाइलबाटै काम चलाउँछन्।
अहिले भने कुरा गरौं, वेयरेबल टेक्नोलोजी अर्थात् शरीरमा लगाउन सकिने प्रविधिको। गुगल ग्लासको चर्चासँगै पुनः यो विषय फेरि एक पटक तातेको छ। अनुमान लगाउने र बजार नाप्नेका काम थपिएका छन्। खोजी सुरु भएको छ, अब वेयरेबल टेक्नोलोजी कता जाला भनेर। जसमा स्विट्जरल्यान्डको बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी क्रेडिट सुसेले गरेको अध्ययनले अधिकांशको ध्यान तानेको छ।
गत साता कम्पनीले सार्वजनिक गरेको अध्ययनमा वेयरेबल टेक्नोलोजीको बजार अहिले 3 देखि 5 अरब डलर बराबर रहेको देखाउँछ। त्यसै अध्ययनले 5 वर्षभित्र यस्ता उत्पादनको बजार 50 अरब अमेरिकी डलर पुग्ने देखाएको छ। लगाउन मिल्ने कम्प्युटर गुगल ग्लास (चस्मा) बनाउन थालेपछि प्रविधि बजारमा चर्चा चुलियो। कम्पनीको एक्स ल्याबले तयार पारिरहेको यो चस्मा केही समयभित्रै अन्य जस्तै वापर प्रयोग गरेर बजारमा आउने बताइन्छ। बोलेर इन्टरनेट चलाउन मिल्ने यो चस्माको बजार विस्तार बढ्ला। तर यहाँ कुरा गुगल ग्लासमा मात्र सीमित छैन। वेयरेबल टेक्नोलोजीमा धेरै अटाउँदैछ, जस्तो स्मार्ट वाच, जुत्ता, हेड फोन र विस्तारै कपडासम्म पनि।
लगाउन मिल्ने यस्ता प्रविधि अघि ल्याउन सबैभन्दा धेरै सहयोग स्मार्टफोनले गरिरहेका छन्। स्मार्टफोनसँग सम्बन्ध बनाएपछि यस्ता ग्याजेटले के चाहिँ गर्न सक्दैनन् होला? अनुमान लगाउन गाह्रो छ। स्मार्टफोनको बजारका दुइ ठूला खेलाडी एप्पल र गुगलले नै यो नयाँ बजारमा तहल्का मच्चाउने निश्चित छ। किनभने यी कम्पनीलाई अन्यभन्दा बढी अवसर छ।
त्यो किनभने स्मार्टफोन भन्नेबित्तिकै आईओएस र एन्ड्रोइड जोडिएका छन्। केही समयमै वेयरेबल सामान धेरै प्रख्यात हुनेछन्,’ बिजनेस इन्साइडरले लेखेको छ, त्यसका लागि हार्डवेयर, सेन्सर र ब्याट्रीको सुधारले सहयोग गर्नेछ।’ विश्वभर रहेका 25 करोडभन्दा बढी स्मार्टफोनले यस्ता लगाउन मिल्ने प्रविधिसँग सहकार्य गर्नसक्ने क्रेडिट सुसेको अध्ययनमा भनिएको छ।
यससँगै सामसुङ र एप्पलले स्मार्टवाच बनाउन सहकार्य गरिरहेको चर्चा पनि बजारमा उत्तिकै छ। नाइकी, एडिडास लगायतका कम्पनीले पनि यस्ता प्रविधिबाट नयाँ उत्पादन ल्याउने अनुमान आउन थालेका छन्।
जीउमै टाँस्सिएर बस्ने यस्ता उपकरणले के के सूचना संकलन गर्ला भन्ने बहस पनि छ। गुगल अहिले उसको ग्लासबारे अमेरिकी कंग्रेसले सोधेको यसै प्रश्नको उत्तर खोज्दैछ। तर यी सबैलाई छाड्ने हो भने चर्चा गर्न लायक धेरै पनि छन्। स्वास्थ्यलाई नै लक्षित वेयरेबल टेक्नोलोजी बन्ने क्रम पश्चिमी देशमा बढेको छ। शरीरको स्वास्थ्य जाँचेर मोबाइलमा देखाउने ब्यान्ड जबोन अप, स्मार्टफोन क्यामेरालगायत चलाउन मिल्ने 22 गोजी भएको ज्याकेट, पन्जामा रहेको ब्लुटुथबाट मोबाइलमा कुराकानी गर्न सकिने प्रविधि बजारमा आइसकेका छन्। नाइकीले फ्युल ब्यान्ड नामक ग्याजेट ल्याइसकेको छ। शरीरबाट खर्च भएको क्यालोरी, समयलगायत धेरै हेर्न मिल्ने यो ब्यान्ड ब्लुटुथमार्फत मोबाइलमा पनि जोडिन्छ। अनि केटाकेटीलाई सुत्ने समय कथा भन्न सजिलो बनाउने पाइजामा पनि बजारमा छ।
पाइजामा रहेको स-साना थोप्लालाई मोबाइलबाट स्क्यान गरेर कथा निकाली सुनाउन सकिन्छ। अझ स्मार्ट कपडा पनि प्रयोग भएर लुगा बन्ने सम्भावना खोज्न थालिएको छ। यसै महिना अमेरिकामा स्मार्ट फेब्रिक कन्ङ्ग्रेन्स गरिएको थियो। जसमा आउने दिन लगाउने लुगाले कस्तो रूप लिनेछ भन्ने चर्चा भयो। साँच्चै रंग, आकार बदल्न मिल्ने र धुन पनि नपर्ने कपडा आए कति आराम हुने थियो होला?
हरित अभियान राष्ट्र हितमा
सिक्किम राज्य हरित अभियान शुरु गरिएको पनि आठ वर्ष भयो। यस आठ वर्षमा सिक्किम राज्यले पर्यावरण संरक्षणको क्षेत्रमा धेरै महत्वपूर्ण कार्यहरू गर्न सफलता प्राप्त गरेको छ। विशेष पर्यावरणको संरक्षणका निम्ति सञ्चालित हरित अभियानसितै राज्यमा हरित तथा स्वच्छ उद्योगको स्थापना प्लास्टिकको प्रयोगमा निषेध, गौचरणमा प्रतिबन्ध, हिमाल संरक्षकको नियुक्ति, राज्य जैवविविधता संरक्षण बोर्डको गठन, जैविक राज्यको लक्ष्य प्राप्ति गर्ने उद्देस्यसितै जैविक खेतीको विस्तार, धरोहर वृक्षको परिकल्पना, हरित ग्रामको स्थापना, पर्या-पर्यटन उद्योगलाई प्रोत्साहन, ग्रामीण पर्यटन, जनजागरण कार्यक्रम, हिमनदी अध्यय आयोगको गठन, पर्या-शहरको परिकल्पना, ईको-मार्ग आदि विषयहरू पार्वत्य राज्यहरूका निम्ति नै उदाहरणीय कार्य एवं पहल बन्न पुगेको छ।
महत्वपूर्ण विषय के छ भने राज्य हरित अभियानको थालनिसितै राज्यका नागरिकहरूमा पर्यावरण संरक्षण गर्नुपर्छ भन्ने भावना सतहः विकसित हुँदै गएको छ। केही दिनअघि पूर्व सिक्किमको एउटा सरकारी अतिथि गृह परिसरको रूख भटा-भट काटिएकोमा स्थानीयहरूले आपत्ति जनाएको कुरा प्रकाशमा आएको थियो। यसले राज्यका नागरिक पर्यावरण संरक्षण गर्ने विषय धेरै सचेत छन् भन्ने स्पष्ट बनाएको छ।
पर्यावरण संरक्षण गर्नु राज्यको निम्ति मात्र लाभदायक नभएर यो महान कार्य सम्पूर्ण प्राणी जगतका निम्ति महत्वपूर्ण छ। सिक्किमकै सन्दर्भमा भन्नु पर्दा यो हिमाली क्षेत्रमा अवस्थित भएको कारण संरक्षणको विषय राष्ट्रिय हितको विषय बन्नपुग्छ।
एकातिर हिमनदीहरू राष्ट्रका महत्वपूर्ण जलस्रोत हुन भने जैवविविधताको क्षेत्रमा सिक्किमले देशको प्रतिनिधित्व गर्दै आएको छ।
उल्लेख्ययोग्य कुरा के छ भने राज्यले गरेका कार्यहरू देशका अन्य राज्यका निम्ति अनुकरणीय भएकै कारण, सिक्किमलाई हरित राज्यको राष्ट्रिय सम्मान पनि प्राप्त भइसकेको छ। वास्तवमा पर्यावरण संरक्षणका क्षेत्रमा सिक्किमले सञ्चालन गरेका प्रत्येक अभियान र मुख्यमन्त्री पवन चामलिङका प्रत्येक परिकल्पनाहरू विज्ञान एवं पर्यावरणका विद्यार्थी तथा शोधकर्ताका निम्ति अध्ययन- अनुसन्धानको विषय बन्न पुगेको छ। यद्यपि यो विषय अध्ययनको अभावले मूल्याङ्कन हुन सकिरहेको छैन। जे होस्, प्रकृतिलाई पुजा गर्ने जुन परम्परा थियो त्यसलाई सिक्किम सरकारले आधुनिक रूप दिँदै निरन्तर अघि बढाइरहेको छ, अनि यसलाई अवश्यै नै भविष्यले मूल्याङ्कन गर्ने नै छ भन्ने आशा राख्दै सबै एक भएर यस परम्परालाई निरन्तर दिने प्रयास गरौं।
Comments
Post a Comment