Printing press in sikkim

मुद्रण पत्रकारिता फस्टाउँदै
सिक्किमको मुद्रण पत्रकारिता फष्टाएको अनि यो भारतका अन्य राज्यको तुलनामा आउनसक्ने कुरा राष्ट्रको प्रतिष्ठित राष्ट्रिय दैनिक समाचार पत्रका सम्पादकले उल्लेख गरेर सिक्किमका पत्रकारहरूको हौसला बढाउने काम गरेका छन्। राष्ट्रिय दैनिकका सम्पादकले यो भन्नु अनि राज्य सरकारले राज्यमा प्रजातान्त्रिक संस्थाहरूको पूर्ण कदर गरिएको छ भन्नु एउटा सिक्किाका दुइ पाटा मान्न सकिन्छ। हुन त राष्ट्रिय दैनिकका सम्पादकले आज भन्दा 30-35 वर्ष अघि अर्थात सिक्किम भारतमा विलय हुनु भन्दा अघि र विलय कालको तुलना अहिलेको पत्रकारिता संस्थानले जसरी देशका ठूल्ठूला- मुद्रण संस्थानले सामाजिक उत्तरदायित्वका कार्यहरू गर्छन् सोही अनुरूप यहाँका मुद्रण संस्थानले पनि गर्ने गरेको विषयलाई उठाएर-सिक्किमलाई देशका अन्य राज्यहरूको हाराहारीमा सामेल गराई दिए।
वास्तवमा सिक्किम जस्तो सानो राज्यलाई अन्य कुनै राज्यसित तुलना गर्नु धेरै दृष्टिबाट स्वीकार्न सकिँदैन, तरै पनि पत्रकारिता जगतले यस विषयलाई आधार बनाएर-पुनः सिक्किमको पत्रकारितालाई बलियो आधार दिने कार्यको थालनी गर्न आवश्यक देखिन्छ। यद्यपि यहाँ उल्लेख योग्य विषय के छ भने सङ्घसंस्थाको दृष्टिले सिक्किमको मुद्रण पत्रकारिता सम्भवतः पूर्वोत्तरमा नै प्रथम बन्नसक्छ। हिन्दी, नेपाली, अंग्रेजी आदि दर्जामा अधिक दैनिक समाचार पत्र, 80-अधिक सप्ताहिक, मासिक आदि जोडदा सय-अधिक सम्पादक अनि यससित सम्बन्धित पत्रकार-कर्मचारी गरेर हजार अधिकले पत्रकारिता क्षेत्र मार्फत जीविका चलाउँदैछन्। अर्को महत्वपूर्ण विषय के छ भने पत्रकारिता क्षेत्र एक मात्र एउटा विषय छ जहाँ भारतीय नागरिकले यसलाई सिक्किममा सञ्चालन गर्नसक्छन्, अप्नाउन सक्छन् जसको निम्ति सिक्किम सब्जेक्टको आवश्यक्ता पर्दैन। सिक्किमको पत्रकारिता फष्टाउँदै जाने कारक तत्वहरू अरू पनि धेरैछन्। राज्य सरकारले पनि यस क्षेत्रको विकासका निम्ति धेरै काम गर्दै आएको छ। प्रेस क्लबको स्थापना,  पत्रकारलाई मान्यता दिएर प्रोत्साहन र पुरस्कार दिने, पत्रकारिताका क्षेत्रमा प्रशिक्षण, विज्ञापन आदिको व्यवस्था सरकारले गरेको छ। मीडिया सेन्टर स्थापना गर्ने विषय पनि सरकारको कार्यक्रममा छँदैछ, सम्भवतः वर्ष 2013 भित्र नै यो उपहार पनि सिक्किमका पत्रकारहरूले पाउने आशा छ। तरै पनि मुद्रण पत्रिकाको संख्यामा वृद्धिको अनुपातमा कुशल व्यवसायीहरूको जमात अझसम्म सृजना हुनसकेका छैनन्। अहिले राज्यमा पत्रकारिताको निर्मित वातावरण र प्रोत्साहन दुवै विषय प्रशंसनीय छन् यसमा थप पहल जस्तै पत्रकारहरूको जीवन/स्वास्थ्य बीमा, श्रमजीवि पत्रकारहरूको भविष्य निधि ईपीएफ, आवासको व्यवस्था, जस्ता विषयमा सरकार साथै मुद्रण संस्थानहरूबाट प्रभावकारी पहल हुनु आवश्यक छ। अहिले यी विषयहरूको अभावमा पत्रकारितालाई पेशाको रूपमा अपनाउन, नयाँ पुस्ताले यस क्षेत्रमा भविष्य सुरक्षित नभएको ठान्छन्। यसर्थ जुन स्तरमा मुद्रण पत्रकारिताको संस्कृति फस्टाउँदैछ, त्यसमा केही साधारण विषयहरूमा ध्यान दिन सके अवश्य नै यसलाई उद्योगको रूपमा विकसित गर्न सकिन्छ अनि विद्वानहरूले गरेको तुलना र प्रशंसाको महत्व रहन्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद