Social Media
सोसियल मीडिया पनि आदर्श आचार संहितामा पारदर्शिता अथवा चुनाउमा सबैलाई समान अवसर उपलब्ध गराउन केही समयदेखि सोसियल मीडियालाई पनि आदर्श आचार संहिताको परिधिभित्र राख्नुपर्ने कुरा गरिँदै थियो। अन्ततः चुनाउ आयोगले सोसियल मीडियामा पनि आदर्श आचार संहिता लागू हुने घोषणा गरेको छ। महत्वपूर्ण कुरा के छ भने, राजनीतिक एवं सामाजिक समूहको तर्फबाट चुनाउको समयमा जसरी अन्य मीडियालाई नियन्त्रण गरिन्छ, त्यसरी नै सोसियल मीडियालाई पनि नियन्त्रण गर्ने माग गर्दै आएका थिए। आयोगको आदेशअनुसार सबै प्रत्याशीहरूले ई-मेल र सोसियल मीडियाको एकाउन्टको विवरण उपलब्ध गराउनु पर्नेछ। यसरी नै सोसियल मीडियामा दिइने राजनीतिक विज्ञापनलाई पनि प्रमाणित गर्नु पर्नेछ अनि नयाँ मीडियामा गरिएको खर्चको रेकर्ड पनि राख्नु पर्नेछ। उल्लेख्य, राजधानी दिल्ली, छत्तीसगढ, मध्य प्रदेश, मिजोरम र राजस्थानमा अहिले विधानसभा चुनाउको घोषणा भइसकेको छ, अनि यी राजयहरूमा गत चार अक्टोबरदेखि सोसियल मीडियामा पनि आचार संहिता लागू भएको छ। अर्को महत्वपूर्ण विषय के छ, आदर्श आचार संहिता प्रिन्ट र टीभीका विषयवस्तुमा पनि लागू गरिएको छ। यद्यपि अहिले राजनीतिक दलह