Sikkim Tourism

पर्यटनः विश्‍वको ध्यान आकर्षण गराउँदै

सीमावर्ती राज्यलाई शान्तिपूर्ण राख्न सफलता प्राप्त गर्दै आएपछि एसडीएफ सरकारले देशकै निम्ति सीमावर्ती क्षेत्र औं राज्यको परिभाषा नै बदली गरिदिएको कुरा अहिले विश्‍व पर्यटन बजारमा सर्वाधिक चर्चाको विषय बन्न पुगेको छ। विशेष विश्‍वको वृहत ट्राभल गाइड पुस्तक प्रकाशक लोनली प्लानेट कम्पनीले- गरेको एउटा सर्वेक्षण (भोट)-मा आगामी वर्ष 2014 सिक्किम विश्‍वकै लोकप्रीय पर्यटन गन्तव्य बन्ने दावी गरेको छ। वास्तवमा शान्तिपूर्ण वातावरण, प्राकृतिक सुन्दरता, जैविक उत्पादन तथा विचार, तीर्थ स्थल, हिमालयीन सुन्दरता, पर्यामैत्री परम्परा तथा सोच आदि नै सिक्किमको निम्ति महत्वपूर्ण तत्वहरू बन्न पुगेका छन्। 
यी सबै तत्वहरूको जोगाड गर्न एसडीएफ सरकारले निरन्तर प्रभावकारी नीति निर्माण तथा विस्तार गर्दै आएको छ। यस अतिरिक्त सिक्किमलाई निशुल्क वरदान स्वरूप प्रकृतिबाट प्राप्त भएको प्राकृतिक संसाधनलाई दिगोरूपमा प्रयोग गर्न नीतिमा पर्यटनको एउटा कार्यक्रम एकान्तवास पनि पर्दछ। सिक्किमको घना जङ्गल साथै मनोरम प्राकृतिक दृश्य साथै विविध सांस्कृतिको उपलब्धताले पनि ग्रामीण पर्यटनलाई विस्तार गर्ने प्रचुर अवसरहरू सृजना गरेको छ भने सरकारले यसतर्फ ध्यान दिएको थप पूर्वाधारहरू थप्ने कार्य गरेको छ। शुरूमा कुनै पनि विषय अनौठो लाग्छ। यस्तै एसडीएफ सरकारको नवीनतम कार्यक्रम अन्तर्गत शुरू गरिएको थियो जैविक राज्य अभियान। शुरूमा यो अभियान अनौठो थियो। धेरै प्रतिक्रियाको सामना पनि सरकारले गर्नु पर्‍योे तर अहिले यो अभियान सिक्किमलाई विश्‍वमा परिचित गराउने एउटा प्रमुख विषय बन्न पुगेको कुरा लोनली प्लानेट पनि पुष्टि गरेको छ।
सिक्किमको प्राकृतिक संसाधन स्थानीय क्षेत्रका निम्ति मात्र सिमित छैन। विशेष हिमाली राज्यमा भएका जलस्रोतहरू सफलताका निम्ति पनि उतिक्कै महत्वपूर्ण छन् भन्ने कुरालाई उच्च प्राथमिकता दिएर सरकारले पर्यामैत्री कार्यक्रमहरू विस्तार गर्दै आएको कारण राज्यको वन्य क्षेत्रमा पनि वृद्धि हुँदै गएको छ अनि यसको परिमाज पनि सकारात्मक रूपमा देखा पर्दैछन्। पर्यटन कै कुरा गर्दा हिमाली क्षेत्रमा विविध विषयलाई पर्यटनका रूपमा विकसित गर्ने अवसरका कारण पनि सिक्किमलाई विश्‍व स्तरमा परिचित गराउन सकिएको छ। सहासिक पर्यटन एकान्तवास (बनवास) होम स्टे, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, हिमनदी, मनोरमदृश्य र पंक्षी अवलोकन आदि विषयमा कार्य शुरू गरिएकाले पनि पर्यटकहरू सिक्किमप्रति आकर्षित बन्दै आएका छन्। अहिले सिक्किमले आफ्नो पर्यटनलाई विश्‍वस्तरमा प्रचार प्रसार गर्नु भन्दा अधिक अहिलेसम्मको प्रचार-प्रसार पछि सिक्किमले प्राप्त गरेको ख्यातिपछि सम्भावित पर्यटकहरूको भीडलाई प्रबन्ध गर्न आवश्यक पूर्वाधारतर्फ पुनः समीक्षा गरेर यसतर्फ ध्यान दिने समय आएको छ।
विशेषतः राज्यको प्रमुख तथा साना शहरमा भएका होटलपछि अहिले होमस्टेहरूले पनि पर्यटकहरूका निम्ति बासको प्रबन्धन गर्न सहयोग पुर्‍याएको छ। यद्यपि, होटल र होमस्टे वर्तमान अवस्था मात्र भविष्यको आवश्यक्ता पूर्ति गर्न असम्भव हुने कुरामा वर्तमानमा नै विचार गर्न आवश्यक देखिन्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद