कृषिबालीको विमा
सिक्किमका कृषकहरूले हाल कृषि बालीको बिमा गर्ने विषयमा माग उठाउन थालेका छन्। कृषि प्रधान देशमा कृषकहरूको यो विषय महत्वपूर्ण पनि छ। यसरी नै वैज्ञानिक तथा प्राकृतिक विशेषज्ञहरूअनुसार सिक्किम सबै प्रकारका प्रकोपका निम्ति संवेदनशील छ। भुइँचालो विषय मानिस धेरै जागरूक छन्, यद्यपि समय बित्दै जाँदा यसलाई पनि भुल्ने गरिन्छ। यसरी नै बर्खा लागेर पानी पर्न थालेपछि विषेश कृषकहरूको मनमा त्रास बढ्ने गर्छ। यसैसित आउने भल-बाढी र हुरी बतास पनि राज्यको निम्ति संवेदनशील विषय बन्ने वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकहरूअनुसार साइक्लोन अर्थात हुरी बतासले पनि सिक्किम राज्यलाई छुट्याउँदैन। यद्यपि, यस विषयमा धेरै जागरण र सुरक्षाका उपायहरू विषय कम्ती नै चर्चा भएको देखिन्छ। गाउँ-बस्तीमा हुरी बतास चलेर रुख भाँचिएको, घर-गाई-गोठका छाना उडाएको साग सब्जी, धान, मकै कोदो सबै नै क्षतिग्रस्त बनाएको धेरै देखिने गरिन्छ।
यसरी नै सिक्किमको भौगोलिक संरचना अभिन्न किसिमको भएको कारण राज्यको कतिपय स्थानमा सुख्खा (खडेरी)-को प्रकोप पनि देख्ने गरिन्छ भने असिना-पानीले पनि वर्षमा एकपल्ट कृषकहरूलाई सताउने गर्छ। प्राकृतिक प्रकोपपछि मानवजनित प्रकोपको दृष्टिले पनि सिक्किम संवेदनशील छ। तीन अन्तरराष्ट्रिय सीमाले घेरिएको राज्यमा कुनै पनि समय आपदको स्थिति आउनसक्छ। यद्यपि, देशको सुरक्षासित सम्बन्धि इकाई र स्थानीय प्रशासन सर्तक रहेको हुँदा आजपर्यन्त यस आपदालाई दोहोर्याउने आँट भएको छैन - नहोस् पनि। तथापि यस सुरक्षित स्थानलाई आफ्नो लुक्ने ठाउँका रूपमा प्रयोग गर्नसक्छन् भन्ने विषय पनि गहन छ। तरैपनि सिक्किमले सीमा राज्यको परिभाषा नै बद्ली गरिदिएको कुरालाई भने राष्ट्रले नै स्वीकार गर्दै आएको छ।
यस धरतीमा आएपछि सबैलाई सुरक्षित वातावरणमा बाँच्ने अधिकार छ। यसैले यहाँ विविध प्रकारका आपदादेखि भाग्नु भन्दा अधिक सुरक्षात्मक उपायहरू अपनाउने कुरालाई ध्यान दिन आवश्यक छ। कृषकहरूले पनि यस आपदाबाट भाग्नुभन्दा कृषि बालीको बिमा गरेर आफ्नो उत्पादनलाई सुरक्षित राख्ने कुरा पनि स्वीकार्य नै हुनुपर्ने।
Comments
Post a Comment