Posts

Showing posts from July, 2014

युवा र भविष्य

देशको विकासमा युवावर्गको महत्वपूर्ण योगदान हुन्छ अथवा देशको भविष्य कस्तो हुन्छ त्यो आजका युवाको भविष्य कुन दिशामा अघि बढदैछ त्यसले पनि सुनिश्‍चित गर्दछ।यसै त जमाना प्रतिस्पर्धाको हो, बालबालिकालाई सबै क्षेत्रमा दक्ष बनाउनुपर्छ भन्ने चलन पनि छ। बालबालिकाका अभिभावक कति पारम्पारिक शिक्षामा जोर दिन्छन भने कतिले युगसापेक्ष शिक्षा दिनुपर्छ भनेर जोड दिन्छन।यसमा विद्यार्थीको चासो होस या नहोस उसले जीवन धान्नका निम्ति समाज वा अभिभावकको रूचिलाई पनि स्वीकार्नु पर्छ।असल र दक्ष युवावर्गलाई घर वा स्कूलदेखि  मार्गदर्शन गराउने परम्परा त पुरानो हो।यहाँ महत्वपूर्ण विषय के छ भने सिक्किममा युवाहरू को निम्ति अभिभावकका रूपमा सरकारले काम गर्दै आएको छ। यो यसकारणले पनि महत्वपूर्ण छ,देशका अन्य राज्यमा जति काम युवाहरूको निम्ति हुन्छ त्यो भन्दा कयौ गुणा अधिक काम सिक्किममा    युवाहरूको निम्ति भइरहेको कुरालाई धेरै राजनितिज्ञ र समाजविद्हरूले स्वीकार गरेका छन। पहिला असल शिक्षा दिएर युवाहरूलाई असल नागरिक बनाउने काम भयो। हुन त यो परम्परा सर्वव्यापी नै हो। तर सिक्किम सरकारले एक पाइला अघि बढेर सिक्किमका युवालाई दक्ष

ठूलो अलैंची सङ्कटमा

जलवायु परिवर्तनको प्रभाव, अनुसन्धानका निम्ति आवश्यक स्थानको अभाव, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूको अभाव, गुणस्तरी अलैंचीको विरूवा उपलब्धताको अभाव, सम्बन्धित विभागमा तालमेलको अभाव बाहेक अन्य धेरै लुकेका समस्याहरूका कारण ठूलो अलैंची अहिले सङ्कटमा छ। सिक्किमको कृषि राष्ट्रियस्तरमा चर्चामा छ। जैविक अभियानको सफलताको कुरा देशको संसदमा गुञ्जिएको छ। सिक्किमका कृषकहरू उत्साहित छन्। देशका विभिन्न स्थानबाट सिक्किमको कृषि विषयमा अध्ययन गर्ने चासो लिएर भ्रमणमा आउने कुरा पनि सुनिँदैछ। तर दुःखको कुरा के छ भने, प्रमुख नगदे बालीका रूपमा परिचित सिक्किमको ठूलो अलैंची सङ्कटमुक्त हुन सकेको छैन भन्ने कुरा गम्भीर विषय बन्नपुगेको छ। भारत सरकारको अलैंची अनुसन्धान संस्थानको स्पाइसेस बोर्डले अलैंचीलाई उच्च प्राथमिकता दिएर अनुसन्धानको निम्ति काम गरिरहेको छ तर यस संस्थानका पनि धेरै समस्याहरू छन्। यसलाई अन्य हितधारकहरूको तालमेलको आवश्यक देखिएको छ। अलैंची स्वभावले शीतल वा छाया मनपराउने बाली हो। सिक्किममा केही वर्ष अघिसम्म हिउँद लागेपछि पनि तीन चारपल्ट वर्षा हुने गरेको थियो तर जलवायु परिवर्तनको कारण हिउँदम

अपराध नियन्त्रण गर्न आवश्यक

सिक्किम देशको सबैभन्दा शान्तीपूर्ण राज्यको रूपमा स्थापित छ। विगत केही दशकदेखिनै सिक्किममा शान्ति कायम रहेको कारण अन्तरराष्ट्रिय सीमा राज्यमा पनि शान्ति कायम हुनसक्छ भने कुरालाई सिक्किमले प्रमाणित गरेको छ। तर यो शान्तिलाई निरन्तर दिन सकिन्छ भन्ने कुरा अहिले केही घटनाहरूले प्रश्‍न उठाएको छ। विशेष राज्यमा व्यापक रूपमा सामाजिक अपराधका घटनाहरू बढ्दै जानु एउटा चिन्ताको विषय बनेको छ। सडक किनारमा राखेका वाहन बिहान उठेर हेर्दा नहुनु, धेरै सङ्ख्यामा मोटर वाइक र वाहनहरू हराउनु, वाहन राखेको ठाउँमा तोडफोड गर्नु वा आगो सलकाउनु, मादक पदार्थको अवैध कारोबार निरन्तर बढ्दै जानु, चोरीका घटनाहरू बढ्नु जस्ता कुराले सिक्किमको सामाजिक जनजीवनमा अशान्ति सृजना गर्नसक्छ भन्ने कुरा नकार्न सकिँदैन। हालैमा सिक्किममा वाहन चोरीको घटना बढ्दै गएको कुरा प्रकाशमा आएको छ। विशेष पार्किङको अभावमा सडक किनारमा राखिएको वाहनलाई कुनै पनि समयमा चोरले उठाउने आशंका बढेको छ। राज्यमा बाहिरबाट कामको खोजीमा सिक्किम आउनेले कतिपय स्थानीयलाई समेत संलग्न गराएर छोटो समयमा नै धेरै धन कमाउने लालचमा पनि अपराधका घटनालाई परिणाम दिइरहेको कुर