युवा र भविष्य
देशको विकासमा युवावर्गको महत्वपूर्ण योगदान हुन्छ अथवा देशको भविष्य कस्तो हुन्छ त्यो आजका युवाको भविष्य कुन दिशामा अघि बढदैछ त्यसले पनि सुनिश्चित गर्दछ।यसै त जमाना प्रतिस्पर्धाको हो, बालबालिकालाई सबै क्षेत्रमा दक्ष बनाउनुपर्छ भन्ने चलन पनि छ। बालबालिकाका अभिभावक कति पारम्पारिक शिक्षामा जोर दिन्छन भने कतिले युगसापेक्ष शिक्षा दिनुपर्छ भनेर जोड दिन्छन।यसमा विद्यार्थीको चासो होस या नहोस उसले जीवन धान्नका निम्ति समाज वा अभिभावकको रूचिलाई पनि स्वीकार्नु पर्छ।असल र दक्ष युवावर्गलाई घर वा स्कूलदेखि मार्गदर्शन गराउने परम्परा त पुरानो हो।यहाँ महत्वपूर्ण विषय के छ भने सिक्किममा युवाहरू को निम्ति अभिभावकका रूपमा सरकारले काम गर्दै आएको छ। यो यसकारणले पनि महत्वपूर्ण छ,देशका अन्य राज्यमा जति काम युवाहरूको निम्ति हुन्छ त्यो भन्दा कयौ गुणा अधिक काम सिक्किममा युवाहरूको निम्ति भइरहेको कुरालाई धेरै राजनितिज्ञ र समाजविद्हरूले स्वीकार गरेका छन।
पहिला असल शिक्षा दिएर युवाहरूलाई असल नागरिक बनाउने काम भयो। हुन त यो परम्परा सर्वव्यापी नै हो। तर सिक्किम सरकारले एक पाइला अघि बढेर सिक्किमका युवालाई दक्ष र असल मात्र होइन विश्वस्तरमा गएर प्रस्तिपर्धा गरेर जीवन धान्न सकुन भन्ने उद्देश्यमा नीति तय गर्यो। हुन त यस सुनौलो अवसरको फाइदा उठाउन युवाहरूले नसके तापनि शुरूवाती चरणमा प्राप्त गर्नुपर्ने लक्ष्य भने अवश्य नै प्राप्त भएको छ। देश तथा विदेशमा सिक्किमका विद्यार्थीका नाम आउन शुरू भएको छ। यसैको परिणाम स्वरूप देश तथा विदेशमा व्यावसायिक र चयनित पाठ्यक्रमका निम्ति सरकारले दिने सहयोग राशिमा पनि वृद्धि गरिएको छ। यसको सोझो फाइदा सरकार भन्दा पनि अधिक फाइदालिने विद्यर्थी र उनीहरूका परिवारलाई नै हुने गरेको छ। यसको उदाहरण सिक्किमको कोटामा अध्ययन गर्ने धेरै डाक्टर आज सिक्किम बाहिर छन्। यसले सरकार त के राज्यलाई नै नोकसानी भइरहेको छ। अन्य धेरै विषय छन्, जहाँ सिक्किम राज्यलाई एउटा सिँढीको रूपमा प्रयोग गरेर जीवन धान्ने र सिक्किमलाई चट्ट विर्सिने पनि गर्छन्। यति हुँदा-हुँदै पनि राज्य सरकारले हिम्मत बनाएर युवाहरूको भविष्य निर्माणमा अहोरात्र परिश्रम गरेको उदाहरण बग्रेलतै छन्। परम्पराअनुसार चुनाउको समयमा मात्र युवा आकर्षण बन्ने गर्छन्। तथापि, सिक्किममा यो परम्परालाई तोडदै पवन चामलिङले पाँचौ पल्ट सरकारमा आए पछि पहिलो प्राथमिकता युवाहरूलाई नै दिएका छन्।
सिक्किमको भविष्य तयार गर्न मुख्यमन्त्री पवन चामलिङले निरन्तर परिश्रम गरिरहेका छन्। यद्यपि, यस परिश्रमलाई युवाहरूले कति मूल्याङ्कन गर्दै छन्। त्यो एउटा चिन्तनको विषय छ। भनिन्छ, चुनाउको घोषणा पत्रमा धेरै जसो युवालाई कुन पार्टीको घोषणा पत्रमा के कस्तो भविष्यमुखी कार्यक्रम छन्। नीति सिद्धान्त कस्तो छ भन्दा अधिक कुन पार्टी र नेताले क्षणिक आनन्द दिन्छन् वा कसले अधिक चिया पानी गर्छन् त्यस तर्फ अधिक ध्यान दिए। यसरी क्षणिक आनन्द र लालचले भविष्य अन्धकार बनिन्छ भन्ने कुरा युवा जमातले सोच्न नसक्नु युवावर्गको भविष्य निर्माण गर्ने नीति र सिद्धान्तको घात मात्र नभएर दुर्भाग्यपूर्ण विषय पनि हो।
Comments
Post a Comment