Samay News on Basu
दानवीर कमरेड ज्योति बाबुको अन्तिम संस्कार ज्योति बाबुको पार्थिव शरीर घाट होइन अस्पताल पुग्यो समय संवाददाता कोलकाता, 19 जनवरी। पश्चिम बङ्गालका पूर्व मुख्यमन्त्री एवं वरिष्ठ वामपन्थी नेता ज्योति बसूको आज कोलकातामा अन्तिम संस्कार पूरै राजकीय सम्मानसहित गरियो, तथापि राष्ट्रिय झण्डा तिरङ्गा र पार्टीको रातो झण्डामा लपेटिएको उनको पार्थिव शरीर पञ्चतत्वमा विलिन भएन। उनको अन्तिम यात्रा एक उदाहरण बन्यो आफैमा ऐतिहासिक बन्यो। उनले शोधकार्यका लागि मृत्युपछि शरीर दान गरेर एउटा उदाहरण पेश गरे। आफ्ना प्रिय मार्क्सवादी नेता ज्योति बसूको अन्तिम दर्शन गर्नका लागि कोलकातामा लाखौं मानिस भेला भएका थिए। बसूको अन्तिम यात्रामा लाखौंले सहभागिता जनाए। तर ज्योति बसूको पार्थिव शरीर न त जलाइयो न त दफन गरियो। उनको पार्थिव शरीर अस्पताललाई दान दिइयो। स्वर्गीय वामपन्थी नेता ज्योति बसूको पार्थिव शरीर पञ्च तत्वमा विलिन भएन उनको पार्थिव शरीर शमसानघाट लगिएन। उनले अन्तिम यात्रा अस्पतालको गरे। आज बिहानबाटै कोलकाताका सडकहरूमा मानिसहरूको भीड थियो। मानिसहरू हातमा फूल र आँखामा आशु लिएर ज्योति बाबुलाई बिदा गर्न भेला भएका थिए।