Samay News on Basu
दानवीर कमरेड ज्योति बाबुको अन्तिम संस्कार ज्योति बाबुको पार्थिव शरीर घाट होइन अस्पताल पुग्यो
समय संवाददाता कोलकाता, 19 जनवरी। पश्चिम बङ्गालका पूर्व मुख्यमन्त्री एवं वरिष्ठ वामपन्थी नेता ज्योति बसूको आज कोलकातामा अन्तिम संस्कार पूरै राजकीय सम्मानसहित गरियो, तथापि राष्ट्रिय झण्डा तिरङ्गा र पार्टीको रातो झण्डामा लपेटिएको उनको पार्थिव शरीर पञ्चतत्वमा विलिन भएन। उनको अन्तिम यात्रा एक उदाहरण बन्यो आफैमा ऐतिहासिक बन्यो। उनले शोधकार्यका लागि मृत्युपछि शरीर दान गरेर एउटा उदाहरण पेश गरे। आफ्ना प्रिय मार्क्सवादी नेता ज्योति बसूको अन्तिम दर्शन गर्नका लागि कोलकातामा लाखौं मानिस भेला भएका थिए। बसूको अन्तिम यात्रामा लाखौंले सहभागिता जनाए। तर ज्योति बसूको पार्थिव शरीर न त जलाइयो न त दफन गरियो। उनको पार्थिव शरीर अस्पताललाई दान दिइयो। स्वर्गीय वामपन्थी नेता ज्योति बसूको पार्थिव शरीर पञ्च तत्वमा विलिन भएन उनको पार्थिव शरीर शमसानघाट लगिएन। उनले अन्तिम यात्रा अस्पतालको गरे। आज बिहानबाटै कोलकाताका सडकहरूमा मानिसहरूको भीड थियो। मानिसहरू हातमा फूल र आँखामा आशु लिएर ज्योति बाबुलाई बिदा गर्न भेला भएका थिए। स्मरण रहोस्, पूर्व मुख्यमन्त्री ज्योति बसूले आफ्नो शरीर दान गरेका थिए यसैले पार्थिव शरीरको अन्तिम संस्कार गरिएन। उनको अन्तिम यात्रा श्रद्धाञ्जलिपछि एक अस्पतालमा समाप्त भयो। पूर्व मुख्यमन्त्री बसूले आजभन्दा सात वर्षअघि आफ्नो मृत्युपछि \"गणदर्पण\' नामक एनजीओलाई उनको शरीर दान गरिदिने घोषणा गरेका थिए। उनको यस इच्छालाई ध्यानमा राखेर मङ्गलवार बिहान \"पीस अफ हेवन\' नामक फ्यूनरल पार्लरबाट उनको अन्तिम यात्रा शुरु भयो। यसपछि उनको पार्थिव शरीर सचिवालय, विधानसभा हुँदै पार्टी मुख्यालयपछि एसएसकेएम अस्पताल लगियो, जहॉं उनको शरीर शोधकार्यका लागि दान गरियो। आज ज्योति बाबूलाई अन्तिम श्रद्धाञ्जली दिने प्रमुख व्यक्तित्वहरूमा बांग्लादेशकी प्रधानमन्त्री शेख हसीना, यूपीए अध्यक्ष सोनिया गान्धी, बीजेपी नेता लालकृष्ण आडवाणी र बीजेपी अध्यक्ष नितिन गडकरी, वित्त मन्त्री प्रणव मुखर्जी, पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य, माकपा महासचिव प्रकाश करात, माकपा नेता सीताराम यचुरी, भाकपा नेता एबी बर्धन, पूर्व रेलमन्त्री लालुप्रसाद यादव, रेल मन्त्री ममता ब्यानर्जीलगायत पश्चिम बंगाल सरकारका मन्त्रीगण, माकपा तथा वामदलका नेताहरूसहित लाखौं मानिसले श्रद्धाञ्जली अर्पण गरे।
Comments
Post a Comment