नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् भने प्रायःजसो दार्जीलिङ-सिक्किमतिर शिक्षण र शिक्षा विभागतिर आवद्ध थिए। श्री पौड्यालले आफ्नो युवावस्थामा रामकृष्ण शर्मा, पारसमणि प्रधान, अगमसिंह गिरी, सिद्धिचरण श्रेष्ठ नरबहादुर दाहाल आदिसित साहित्यिक संसर्ग र सम्पर्कमा रहेका थिए। उनका मौलिक, अनूदित र अनुसन्धानात्मक गरी एघारवटा पुस्तक, तेह्रवटा जति पुस्तक र पाठ्यपुस्तकको लेखन, सम्पादन र प्रकाशन, आठवटाजति साहित्यिक पत्रिकाको सम्पादनमा सरिक छन्। सिक्किममा नेपाली साहित्यिक परिवेश सिर्जना गर्न उनी धेरै सक्रिय रहेका हुन्। पुस्तकको अध्ययन, लेखन, प्रकाशन तथा साहित्यिक पत्र-पत्रिका सम्पादन प्रकाशन एवं साहित्य पढाउँदै उनले आफ्नो सम्पूर्ण जीवन साहित्यलाई समर्पित गरेका छन्। उनका प्रकाशित पुस्तकहरूमा झुम्राक...
Is it Rhododendron?
ReplyDelete