भारतकी ‘ अग्निपुत्री ‘ या ‘ मिसाइल-वुमन अव् इंडिया ‘ को रूपमा परिचित – डा.टेस्सी थोमसलाई थोरै मात्र चिन्ने गर्छन। किनभने यीनले आफ्नो अहिलेसम्मको सम्पूर्ण जीवन भारतको अग्नि मिसाइललाई अनेक उन्नत एवं परिष्कृत संस्करणका लागि अनुसन्धान गरेर यसलाई विकसित गर्नुमा नै समय बिताएकी छन्। भारतको 3500 किलो मीटर सम्म लक्ष्य साध्ने अग्नि- 4 मिसाइलको सफल परीक्षणपछिदेखि नै रक्षा अनुसन्धान एवं विकास संगठन अर्थात {DRDO} की यी महिला वैज्ञानिक डा. टेस्सी थोमसलाई अग्नि पुत्रीको नामले सम्बोधन गर्न थालिएको हो। जस्तो प्रकारले डा.ए.पीजे अब्दुल कलामलाई भारतका मिसाइल-मेन भनिन्छ , किन कि उनले आफ्नो सम्पूर्ण जीवन देशको मिसाइल कार्यक्रम अंतर्गत- पृथ्वी , आकाश , अग्नि , नाग , धनुष , त्रिशूल र ब्रहमोस जस्ता मिसाइलको अनुसन्धान र विकासमा समर्पित गरेका थिए। उसै गरी डा. टेस्सी थोमसका लागि पनि अग्निपुत्रीको नाम एकदमै उपयुक्त छ , किन भने यीनले यीनै मिसाइल परियोजनामा अग्नि मिसाइलका लगभग सबै संस्करणलाई जन्म दिएकी छन्। उनी डा.अब्दुल कलामलाई आफ्नो गुरु मान्छिन , जो भारतका मिसाइल कार्यक्रम र परियोजनाका जनक हुन। विश्वले डा.